बैशाख/महामारी रोग कोरोनाबाट बच्न नेपाल सरकारले गरेको लडाउन अवधि करिब दुई महिना पुग्नै लागेको छ । लडाउनको कारण दैनिक काम गरेर आफ्नो खर्च धान्ने मज्दुरहरु बढी मारमा परेका छन् ।
यस्तो जटिल अबस्थामा एक समाजसेवी ब्यक्तित्व तुलसी श्रेष्ठले काठमाडौंमा निशुल्क खाना खुवाउने अभियान सुरु गर्नुभएको छ । अभियन्ता तुलसी श्रेष्ठका अनुसार अभियानमा निशुल्क खाना खुवाउन थालेको १४ दिन पुगेको र आफूले सुरु गरेको अभियानमा धेरै ब्यक्तिको साथ र सहयोग जुट्न थालेको बताउनु भएको छ ।
अभियन्ता तुलसी श्रेष्टले अहिलेसम्म ११सय जनालाई राहात वितरण गर्नुभएको , र दिनमा ४०० जनालाई निशुल्क खाना खुवाउदै आएको जानकारी दिनुभएको छ । उहाँको यो अभियानमा साथ दिन धेरै व्यक्तित्वहरु जुटिरहनु भएको छ । हाल यो सेवा काठमाण्डौं र ललितपुरका बिभिन्न १२ स्थानहरुमा उपलब्ध गराइरहेको छ तथा बिर अस्पताल र ट्रमा सेन्टरमा पनि मिती बैसाख २३ गते बाट खाना उपलब्ध गराइने जानकारी अभियान्ता श्रेष्ठले दिनुभएको छ ।
यसैगरी अभियानलाई सफल पार्न इम्मानुयल कृपा चर्च १५ धरानले यस्तो जटिल प्रस्थितिमा भोकलाई भोजन जुटाउने असल अभियानमा सबै लाग्नु पर्छ भन्दै अभियानको लागि  सात हजार सहयोग गरेको छ । ईम्मानुयल कृपा चर्चको तर्फबाट अभियानमा खटिरहनु भएका सबै संवयसेवकहरुलाई पनि धन्यवाद दिनु भएको छ । साथै बिश्वभरि छरिएर रहेका सम्पुर्ण मण्डलीहरुलाई ईम्मानुयल कृपा चर्चका रेभ.पा. हिमाल रार्ई ज्यूले यो महामारीमा आर्थिक सहयोग निम्ती सबैमा अपिल समेत गर्नुभएको छ ।
बिस्तृत जानकारीको लागी तुलसी श्रेष्ठ : ९८६३३२२७९३