काेभीड-१९काे महामारीको कारण लामाे समयकाे लकडाउनले खाध्यान्न संकटकाे सामना गरिरहेका १०२ परिवारलाई नेपाल राष्ट्रिय मण्डली संगति प्रदेश नं. १ र प्रदेश नं.१ इसाई समाजले संयुक्तरूपमा धरान ख्रीष्टियन समाजद्वारा सामाजिक दुरी कायम राख्दै राहत वितरण गरेकाे छ। धरानका २०वटा मण्डलीका अति विपन्न परिवारलाई पहिलाे चरणमा राहत प्रदान गरिएको समाजका अध्यक्ष रेभ.शामुयल राईले बताउनुभयाे। हामी क्रमश:धरानमा भएको मण्डलीका अति विपन्न परिवारलाई राहत वितरण गर्दै जानेछाै राहत वितरण कार्यक्रममा प्रदेश नं.१ इसाई समाजका महासचिव पा.मेहरमान ह्युज गिरीले बताउनुभयाे। धेरै दिनकाे लकडाउनकाे कारणले कमाएर परिवारलाई धान्न गाराे भएकाे अवस्थामा याे राहतले ठुलो गुन लगाएकाे नव जीवन चर्च,धरान-१२का टेम्पाे चालक बीर बहादुर मगरले खुशी हुदै बताए । “के खाने हाेला भनेर प्रार्थना गरिरहेकाे बेला परमेश्वरले यसरी जुटाउनुभयाे। हाम्राे परमेश्वर यहाेवा यिरे हुनुहुन्छ।” चामलकाे बाेरामा नाम्लाे कस्दै धरान-१५ गणतन्त्र टाेल निवासी नानी माया बिकले बताईन। राहत स्वरुप १ बाेरा चामल,दाल र तेल उपलब्ध गराएकाे एन सि एफ र एन सि एसकाे संयुक्त प्रकाेप राहत सेवा समितिका प्रदेश १ संयाेजक तथा नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रिय सहसचिव रेभ.हिमाल जाेसेफ राईले जानकारी दिनुभयाे। अाउदाे दिनहरुमा रेड जाेनमा परेकाे प्रदेश नं.१का विभिन्न स्थानहरुमा राहत वितरण कार्य गर्दै जाने रेभ.राईले बताउनुभयाे। राहत वितरण कार्यमा नेपाल ख्रीष्टियन समाजका सचिव रेभ.कुबेर गुरुङज्युकाे पनि सहभागीता रहेकाे थियाे।