२७ जुलाई २०२० मा ललितपुरस्थित क्वालिटी व्याङक्वेटमा सँग–सँगै सिकौं भन्ने विषयमा एक दिने नेपाली ख्रीष्टियन मिडिया तालिम सम्पन्न भएको छ । सो कार्यक्रममा शुरुको प्रार्थना पा. राजेश पन्तले गर्नुभएको थियो भने संचालनद्धय दिनेश श्रेष्ठ र हिरा खड्गीले गर्नुभएको थियो । कार्यक्रममा डा. विपी खनालले ख्रीष्टियन मिडियाको इतिहासको बारेमा विस्तृत रुपमा चर्चापरिचर्चा गर्नुभएको थियो । उहाँले ख्रीष्टियन मिडिया यहाँसम्म आउनुमा धेरै अग्रजहरुको योगदान बारे बताउनु भएको थियो । साथै ख्रीष्टियन मिडियाहरु धेरै नै अघि बढेको उहाँको ठम्याइ छ ।
संचारकर्मी कुमारसिंह बिष्टले ख्रीष्टियन मिडियाले नेपालमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको थियो । मिडियाले सुसमाचार, चेला निर्माण केन्द्रिय हुनु पर्दछ साथै मण्डलीको हितको लागि कार्य गर्नु पर्ने बताउनु भयो ।

नेपाली ख्रीष्टियन मिडियाको वर्तमान अवस्थाको बारेमा विश्वास थापाले बताउनु भएको थियो । उहाँले नेपाली ख्रीष्टियन मिडियाकर्मी कोष खडा गर्नु पर्ने अवस्था देखेको बताउनु भयो । संचारकर्मी गाह्रो समयमा, विरामी भएमा वा अन्य भैइपरि आउने सम्भावना देख्दै यो कोष गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले तत्काल १० हजार सो कोष दिने बताउनु भएको थियो ।

सुमित नेपालीले मिडियाकर्मीलाई विभिन्न भिडियो कसरी खिच्ने भनेर सिकाउनु भयो । उहाँले क्यामरा थिच्ने होइन, खिच्ने हुनु पर्दछ भन्ने बताउनु भयो । साथै भिडियो खीच्दा हुने गल्तीहरु र सही कसरी खीच्ने भनेर डेमो देखाउनु भएको थियो । साथै दिनेश श्रेष्ठले मिडियाको अवस्था र खेलेको भूमिकाका चर्चा गर्नुभएको थियो ।

हिरा खड्गीले नेपाली ख्रीष्टियन मिडियाको प्रतिविम्बित र बृद्धी बारेमा प्रष्टसँग सिकाउनु भएको थियो । सँगसँगै कसरी सिक्ने र कसरी अघि बढ्ने भनेर सिकाउनु भएको थियो । बृद्धीको योजना कस्तो हुनुपर्दछ ? हाम्रा गल्ती केके हुन् ? कसरी आफूलाई सुधार गर्दै अघि बढ्ने भन्ने बारेमा प्रष्ट खाका दिनु भएको थियो ।

 

सफल मिडियाकर्मीको संकेतको बारेमा पनि चर्चा गर्नुभएको थियो साथै कसरी गल्तीलाई सुधार्दै फेरी आफ्नो काममा केन्द्रित हुने कुरा सरल प्रकारले सिकाउनु भयो ।