ललितपुरको सातदोबाटोस्थित स्तुति पशंसा मण्डलीका पा. अमर थापाका धर्मपत्नी स्वर्गीय एस्तर थापाको आज अन्तिम विदाई तथा श्रद्धाञ्जली सभा भयो । उहाँ २०७७ साउन ९ गते शुक्रबारको दिन विहान १०ः३० बजे प्रभुमा सुत्नु भएको थियो । उहाँको जन्म वि.सं. २०२२ कार्तिक १६ गतेका दिनमा भएको थियो । ५५ वर्षको उमेरमा उहाँ अनन्तको घरमा प्रवेश गर्नु भएको छ । उहाँ प्रभुमा सुत्नु भएको एक हप्ता पछि आज श्रद्धाञ्जली सभा भयो ।
सोही मण्डलीका एल्डर डेविट लेप्चाले परमेश्वरको वचनबाट सान्त्वना दिनुभएको थियो । उहाँले सच्चा गुरुआमाको भुमिका खेलेर स्वर्ग जानुभयो । परमेश्वरको वचनले हामीलाई मलमपट्टीको काम गर्दछ । हामीसँग जिउँदो आशा रहेको छ ।

विभिन्न व्यक्तिहरुले उहाँको बारेमा बताउनु भयो । उहाँको श्रीमान् पा. अमर थापाले आमापछि दोस्रो आमा रुपमा माया, प्रेम, वास्ता गरेको बताउनु भयो साथै स्तुति प्रशंसा मण्डली यहाँसम्म आउन उहाँको अतुलनिय योगदानको चर्चापरिचर्या गर्नुभएको थियो ।

स्वर्गीय थापाले क्यान्सर रोगको उपचार गराइ रहनु भएको थियो । उहाँको १ छोरा र २ छोरी रहेका छन् । उहाँको पार्थिव शरिरलाई चितवनमा समाधि गरिनेछ । नेपाली इसाई समुदायमा पनि स्तुति प्रशंसा मण्डलीको महत्वपूर्ण योगदान रहेको छ । उहाँको श्रीमान् पा. अमर थापा सो मण्डलीका संस्थापक पाष्टर हुनुहुन्छ । मण्डलीलाई देशविदेशबाट सान्त्वना पत्र, फोनहरु आइरहेको छ ।

Leave a comment.

Your email address will not be published. Required fields are marked*