Author: BACHAN TV

फौजदारी संहितामा धर्मः कसुर र सजाय विधेयक सम्बन्धि अन्र्तक्रिया कार्यक्रम

२० भदौ २०७४, काठमाण्डौँ । गत साउन २५ गते व्यवस्थापिका संसदबाट पारित फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक–२०७४ सम्बन्धमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले बेथशालोम पुतलीसडक चर्च काठमाण्डौँमा विभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरु संघसंस्थाका प्रमुखहरुको वृहत जनसहभागितामा अन्र्तक्रिया कार्यक्रम भव्यतका साथ सम्पन्न गरेको छ ।

महासंघका सचिव पा. तेज बहादुर रोक्काको कुशल संचालन र सह–अध्यक्ष डा. फिलेमोन क्षेत्रीबाट सुरुको प्रार्थना भएको उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष सि.बि. गहतराजले गर्नुभएको थियो भने विधायन समितका सदस्य एवम व्यवस्थापिका संसदका सांसद माननीय रामनारायण बिडारीज्यूले प्रमुख आतिथ्यता र कार्यक्रमको दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको हो । साथै अतिथिहरुमा मुस्लिम समुदायका अध्यक्ष खुसिद् आलम, वानी नेपालका राष्ट्रिय निर्देशक डा. समित अहम्मद, फ्रिडम फर अलका सचिव मानवअधिकारकर्मी खगेन्द्र ओली, संविधानविद् अधिवक्ता धर्मराज रेग्मी लगायत महासंघका पदाधिकारीहरु मञ्चमा हुनुहुन्थ्यो ।

कार्यक्रममा आशिष मण्डलीका यूवाहरुले स्वागत नृत्य प्रस्तुत गरी आतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने महासंघका महासचिव पा. पदमनाथ पराजुलीले मञ्चमा आसिन अतिथिहरु र उपस्थित सम्पुर्ण पाष्टर तथा अगुवाहरुलाई स्वागत सहितको मन्तव्य राख्नुभएको थियो । त्यसैैगरी महासंघका उप–महासचिव तथा प्रवक्ता पा. सागर बँैजुले कार्यक्रमको संक्षिप्त जानकारी दिनुभएको थियो सो कार्यक्रमका सहजकर्ता संविधानविद् अधिवक्ता धर्मराज रेग्मीज्यूबाट फौजदारी संहितामा धर्मः कसुर र सजाय सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुका साथै त्यस विषयसँग सम्बन्धित उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । अधिवक्ता रेग्मीले नेपालको संविधान धारा २६ धार्मिक स्वतन्त्रताको हकः १ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफनो आस्था अनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता भएकोले सबैले आफनो धर्म मान्न, अभ्यास र संरक्षण गर्न पाउने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो साथै नेपालको फौजदारी संहिता फ्रान्सको नेपोलियन संहिता भन्दा ४२५ वर्ष पुरानो कानुन रहेको समेत उहाँले जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माननीय रामनारायण बिडारीले अहिले पारित भएको विधयेक धार्मिक समुदायहरुको लागि सजाय दिनको लागि नभई संरक्षणको लागि हो, यदि धर्मलाई राजनीतिले नियन्त्रण गर्न खोज्छ भने त्यो पाइँदैन भनि बताउनुभयो । साथै यस विधेयक सँग कुनै पनि धार्मिक समुदाय् नबुझि नडराउन उपस्थित सम्पुर्णलाई आग्रह गर्नुभएको थियो ।
त्यसैगरि महासंघका अध्यक्ष गहतराजले कार्यक्रमको समापन गर्नुभएको थियो भने सल्लाहकार एलिया प्रधानले अन्तिम प्रार्थना गर्नुएको थियो ।

सिङ्गिङ्ग एन्ड डान्सिङ्ग स्टार २०७४

मकल राई बान्तबा। भाद्र १७। कभनेन्ट डान्स एन्ड म्युजिक एकेडेमी द्वारा इसाई कलाकारको उजागर गर्ने तथा परमेश्वरको महिमा गर्ने उद्देश्यले नृत्य तथा गायन प्रतियोगिता सिङ्गिङ्ग एन्ड डान्सिङ्ग स्टार २०१७ सञ्चालन भइरहेको छ।
यश नृत्य तथा गायन प्रतियोगितालाई सिङ्गिङ्ग एन्ड डान्सिङ्ग स्टार २०१७ नामाकरण गरिएको छ। बिगत ६ महिना अघिदेखि अधिराज्य भरिबाट विभिन्न जिल्लाबाट अडिसन लिइएको थियोे। अडिसनका क्रममा लगभग १००० एक हजार जनाको सहभागिता रहेको थियो। निर्नायकका रुपमा गायन तर्फ संगितकार गगन सुब्बा र गायक राजेश राई हुनुहुन्छ भने नृत्य तर्फ नीलीमा कोइराला र शानीया शाह हुनुहुन्छ।
अहिलेसम्म अडिसन लगायत पाँचौ राउन्ड सम्पन्न भैसकेको छ। यस पटक टप ११ को छनोट भएको छ। जसमा नृत्य ११ र गायन ११ गरि २२ जना टप ११ को लागि छानिएका छन्। जसमा नृत्य तर्फ क्रमशः आकृती राई, स्यारोन मगर, जस्ती महर्जन, बीनीता मगर, तबीता घिमिरे, नबीना श्रेष्ठ, बिबेक घिमिरे, किरण मगर, अदीती मगर, जनम लामा र गायन तर्फ कृष्टीना राई, एकान्त लिम्बू, अमर रहपाल, पत्रुश थापा, मनोज लामा, रेवीका राई, भरत राई, शेखर तामाङ, मोहन मगर, ज्योति लिम्बू, प्रतिज्ञा मगर रहेका छन्।
यश प्रतियोगितामा प्रथम हुनेले एक लाख पचास हजार साथै एल्बम र म्युजिक भिडियो प्राप्त गर्नेछ। भने दोश्रो हुनेले एक लाख साथै एल्बम र म्युजिक भिडियो प्राप्त गर्नेछ। अहिलेसम्मको सम्पूर्ण अडिसन लगायतका राउन्ड मण्डलीहरुमा हुदै आइरहेको थियो। अब दशै लगत्तै नेपालीको राष्ट्रिय टेलिभिजन च्यानल सगरमाथा टेलिभिजनबाट प्रशारण हुने भएको छ।यो नृत्य तथा गायन प्रतियोगिता लगातार १८ पटक प्रशारण हुनेछ।
यो नेपाली इसाई क्षेत्रमा पहिलोपटक गरिन लागिएको पहिलो कार्यक्रम हो जसलाई नेपालीको राष्ट्रिय टेलिभिजन च्यानलको माध्यमबाट प्रशारण गर्ने भएको छ। यस कार्यक्रमको बारेमा जानकारी दिदै आयोजकले दाबी गरे यो कार्यक्रम संसारकै पहिलो इसाई नृत्य तथा गायन प्रतियोगिता हो जो देशको राष्ट्रिय च्यानलले प्रशारण हुदैछ।

इसाई सांगीतिक कार्यकम २०७४ सम्पन्न

यही २०७४ भाद्र २० गते एक भब्य कार्यक्रम सम्पन्न भएको छ । रेमनेन्ट मिडिया क्रियसनले आयोजन रहेको हो । आशा चर्च, कपनस्थित सो कार्यक्रमा कर्ण दास, राजेश राई, सृष्टि सुनार, सुस्मीता राई, राहुल बिश्वासले गीत सुनाएर थिए । एस पि रिभिलेशन समुह र सलिशा मगर, कृष्टीना राईले नृत्यद्धारा आफ्नो प्रस्तुति दिएका दिए । भने सोहि कार्यक्रममा कुमार अब्राहम र कुमार बर्देवाले भ्रस्टचार बिरुद्ध हास्य व्यङग्य गरेर दर्शकहरुलाई मनोञ्जन दिएका थिए । इसाई कलाकारिताप्रति सर्मपित मुख्य उद्देश्यका साथ केही वर्षदेखि शुरु भएको मिडियो हो । यस मिडियाबाट इसाई चलचित्र झल्केसमेत निर्माण भइसकेको छ ।
उत्साहजनरुपमा कार्यक्रम सम्पन्न भएको जानकारी आयोजक समितिबाट मेरो गड डट कमलाई गराउनु भएको छ । अव भाद्र २४ गते शनिवार २ वजे ललितपुर, सातदोवाटो स्थित स्तुती प्रशंसा मण्डली हुँदैछ ।

विशप प्रतिष्ठापन उत्सव

११ मई, २०१७ मा बिलिभर्स इस्टर्न चर्च सिनड सचिवालय, केरला, भारतमा आयोजित एक भव्य समारोहकाबीच भारतका विभिन्न राज्यका साथै अन्य देशका विशप अभिषेक कार्यक्रममा नेपालका दुई भिकार जनरलहरू रेभ. फा.हेमचन्द्र शर्मा र रेभ.फा.धनबहादुर तामाङ विशप पदमा अभिषेक हुनुभएको छ । उक्त समारोहमा घोषणा भएअनुसार विशपद्वय ११ मई, २०१७ मा बिलिभर्स इस्टर्न चर्च सिनड सचिवालय, केरला, भारतमा आयोजित एक भव्य समारोहकाबीच भारतका विभिन्न राज्यका साथै अन्य देशका विशप अभिषेक कार्यक्रममा नेपालका दुई भिकार जनरलहरू रेभ.फा.हेमचन्द्र शर्मा र रेभ.फा.धनबहादुर तामाङ विशप पदमा अभिषेक हुनुभएको छ । उक्त समारोहमा घोषणा भएअनुसार विशपद्वय हेमचन्द्र शर्मा र धनबहादुर तामाङको ९ जुलाई, २०१७ का दिन बिलिभर्स इस्टर्न चर्चका मेटोपोलिटन डा. के.पी. योहन्नान्को गरिमामय उपस्थितिमा विशप प्रतिष्ठापन उत्सव भव्यताका साथ समापन भएको छ । अब बिलिभर्स इस्टर्न चर्च नेपालको नेतृत्व विशप हेमचन्द्र शमाले गर्नुहुनेछ  । यस उत्सवमा  भू.पू. प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व भौतिक योजना तथा निर्माणमन्त्री हिँसिला यमी साथै, अन्य अतिथिज्यूहरूको उपस्थितिमा उत्सव सम्पन्न भयो ।  यस विशप प्रष्ठिापन उत्सवमा विशप डा. नारायण शर्मा, विशप डा. शामूयल म्याथ्यू, विशप डा. जुरिया वरदान, विशप साइमोन जोन साथै पोखरा डायोसिसका भिकार जनरल रेभ. फा. चित्रकुमार रूपाचाकोे विशेष उपस्थिति रहेको थियो भने नेपाल अधिरज्यभरका प्रमुख चर्चका वरिष्ठ पास्टर लगायत गुरूजनहरू, ख्रीष्टियान महासंघका अध्यक्ष सि.बि.गहतराज, नेपाल ख्रीष्टियान समाजका अध्यक्ष रेभ. बर्णवास श्रेष्ठ साथै वभिन्न संघसंस्थाका प्रमुख, सेवक सेविका गरी १५ सयको भेला यस उत्सवमा रहेको थियो ।   उक्त प्रतिष्ठापन कार्यक्रमको सञ्चालन रेभ. फादर मान्जा तामाङ्कले गर्नु भएको थियो । पानसमा बत्ती बालेर उद्घाटन बिलिभर्स इस्टर्न चर्चका मेटोपोलिटन डा. के.पी. योहन्नान् लगायत अतिथिहरूबाट भएको थियो । स्वागत मन्तव्य विशप डा. नारायण शर्माले गर्नुभएको थियो  र शुभकामना मन्तव्य डा. के.पी. योहन्नान्, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वमन्त्री हिसिला यमी, माननीय लोकमणी ढकाल, सि.बि. गहतराज वर्णवास श्रेष्ठ लगायतका बक्ताले दिनुभएको थियो ।