Category: Interview

उपत्यकव्यापी ख्रीष्ट जन्मोत्सव २०१८ कार्यक्रम सम्पन्न

आज काठमाडौंको नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा उपत्यकाव्यापी संयुक्त ख्रीष्टजन्मोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा विभिन्न पाष्टरहरु र नेताहरुले ख्रीष्टमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नु भएको थियो ।
नेता महेश बस्नेतले ख्रीष्टियनहरुको समस्या नजिकबाट हेरेको, यसको लागि पहल पनि गरिरहेको बताउनु भयो ।
अर्का नेता न्युछे नारायण श्रेष्ठले नेपाली काँग्रेसमा जुन हिन्दू धर्मको कुरा आएको छ तर हिन्दू राज्य नहुने बताउनु भयो । नेपाली काँग्रेसका ४ तारामा १ तारा धार्मिक स्वतन्त्रता भएको जिकिर गर्नुभएको थियो ।

पाष्टरहरु उल्लेखनिय उपस्थिति रहेको सो कार्यक्रममा सर्वसाधारण भने न्युन रहेको थियो । आयोजकले केही कमिले गर्दा यस्तो हुन पुगेको समेत कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रममा कसकसले के के बोल्नु भयो सो हेर्नुहोस्

हेरेपछि भित्री पाप देखे जस्तो मलाई लाग्यो

सन् १९३० अप्रिल २४ दिनमा बुबा जोसेफ र आमा सुममति रोंगोंगबाट जन्मुभएको राजेन्द्रकुमार रोंगोंग हो  । पादरी गंगप्रसाद प्रधानका हाँगा हुनुहुन्छ । उहाँ पादरीको जेठी छोरीको, माइली छोरीको जेठा छोरा । गंगाप्रसाद प्रधानको पनाती हुनुहुन्छ । उहाँको आÇनो बुबा इलामबाट हुनुहुन्थ्यो । कामको सिलसिलामा उहाँको बुबा भारतको कालिम्पाङ्कतिर लाग्नु भयो । रोंगोंग भनेको इलामको लेप्चा थर हो । नबुझेर कसैले रोङगुन, कसैले रङगीन त कसैले राँगा पनि भनेका छन् । २ छोरी, १ छोरा र नातिनातिनाका साथमा आÇनै निवास सानेपा स्थायी रूपमा बसोबास रहेको छ । वरिष्ठ पाष्टर रोवर्ट कार्थकको बहिनी जर्मित कार्थकसँग विवाह गर्नुभएको थियो । लामो बैवाहिक जीवनयापन गरेका रोंगोंग, स्वर्गवासी धर्मपत्नीको अभाव महशुस गर्नुहुन्छ । वरिष्ठ पाष्टर रोर्वट कार्थकलाई दाइ भन्न औधि रूचाउनु हुन्छ ।

पाष्टर रोर्वट कार्थक र राजेन्द्र रोंगोंग अगुवाइमा नेपाली इसाई मण्डली संस्थापक हुनुहुन्छ । जवानबाट एकै हलोमा बाँधिएका यी जोडी कहिले पनि छुट्टिएनन् । जसको स्वरुप स्थापित ज्ञानेश्वर मण्डली हुन पुग्यो । एक उदाहरण पनि    हुनुहुन्छ । सबैको लागि ।

 

कसरी येशूलाई चिन्नु भयो ?

गंगाप्रसाद प्रधानबाट ४ पुस्ते ख्रीष्टियन, नामताङ्क (जोसेफ) बाट ३ पुस्ते ख्रीष्टियन हुनुहुन्थ्यो । स्वत ख्रीष्टियन उहाँलाई  लाग्थियो ।  चर्च जाने आउने हुन्थ्यो तर उद्धार, मुक्तिको ज्ञान नै थिएन । येशू किन कू्रसमा मर्नुभएको त्यो पनि राम्रोसँग थाहा  थिएन । एकपटक विलिग्राहमले भनेको वा लेखेको कुराले मनममा छाप पर्यो । मोटर गाडीको दराजमा कोही जन्यो भने त्यो मोटर हुन्छ र ? कोही ख्रीष्टियन घरानामा जन्मिदैमा त्यो ख्रीष्टियन हुँदैन । ख्रीष्टियन बन्नु पर्दछ । येशूमा जन्मनु पर्दछ । विस्तारै सिक्दै जानुभयो ।

पंजावबाट जोडनजान खान आउनुभयो, उहाँ अग्लो हुनुहुन्थ्यो । आत्मिक पनि त्यतिकै । राजेन्द्र थपे, “खानले हेरेपछि भित्र पाप हेरे जस्तो मलाई लाग्यो ।” पछि उहाँले राजेन्दैलाई हिन्दीमा यसरी सोध्नुभयो ।

खान : मर्ने कै बाद कहाँ जाहेगे ?

राजेन्द्र : नर्कमै…।

उहाँले येशूको बारेमा सिकाउनु भयो साथै प्रार्थना पनि गर्न लगाउनु भयो ।

फेरी सोध्नुभयो,

खान : मर्ने कै बाद कहाँ जाहेगे ?

राजेन्द्र :  नर्कमै…।

फेरी सम्झाउन भयो र गाली गर्नुभयो । प्रार्थना गर्न सिकाउनु   भयो । फेरी सोध्नुभयो,

खान : मर्ने कै बाद कहाँ जाहेगे ?

राजेन्द्र : स्वर्गमै … ।

खान : अब पाप ककेगा कि नैगरेगा ?

राजेन्द्र :  नही करेगा … ।

खान : तुम्हारा बाप दारु खाके माँ को मारेगा । तुम क्या   गरेगा ?

राजेन्द्र : बापको मारेगा … ।

खान : बापको मार्ना पाप है कि नही है ?

राजेन्द्र :  है … ।

यसरी खानले सोधेको प्रश्नबाट कसरी उम्के थाहा छैन । उहाँले उहाँलाई धेरै कुरा सिकाउनु भयो ।

खान बेलुकी घरमा आउनुभयो । संगति दिनुभयो । उहाँले यूहन्ना ३ बाट बोल्नु भएको थियो । येशूलाई मुक्तिदाता भनि विश्वास गरे ।

कसरी रोर्वट काथर्कसँग  भेटभयो ?

उहाँको बुबा पुलिस हुनुहुन्थ्यो । विभिन्न ठाउँहरूमा जानु पर्ने बाध्यता थियो । उहाँले १० वटा स्कुल चाहारी सक्नुभएको थियो । कलेज पास गरेर सकेपछि कालिङपुङ्कमा विज्ञान विषय थिएन । डाक्टर बन्ने इच्छा पनि अधुरो रहयो । सन् १९४६ मा पा. रोवर्ट कार्थकसँग भेटभयो ।  कालिङपुङ्कको जाने गरेको चर्चमा युथ कार्यक्रम (ईश्वर रत्न झुण्ड)     थियो । एक जना जवान, हेन्मस, नजिकै भएर नमस्कार गर्नुभयो । त्यो बेला जयमसिह भन्ने थिएन । रोवर्टले भने, “कहाँबाट आउनु भएको भाइ ?” भाइभन्दा उहाँको हृदयलाई छोयो । त्योदेखिको सम्बन्ध आजसम्म गाढा र ताजा छँदैछ । त्यसपछि पा. रोवर्ट  र उहाँ विभिन्न कार्यक्रम, प्रार्थना र मिसनमा सँगै काम गर्नुभयो । पाष्टर रोवर्टको ज्याइ पनि हुनुभयो । रोवर्ट कार्थकलाई उहा“लाई अगमवक्ताको रूपमा लिनुहुन्छ । उहाँबाट धेरै नै कुरा सिक्नुभइरहको छ ।

नेपालमा आउने योजना कसरी ब¥यो ?

सानैमा उहाँको आमाले नेपाल देशको लागि अर्पण गर्नुभएको थियोे । उहाँको आमाले मिसनरीहरूलाई अंग्रेजी भाषा सिकाउनु हुन्थ्यो । मिस एलिजा बेथ फ्राङ्कलिन (बेलायत)लाई पनि अंग्रेजी सिकाउन भएको थियो । त्यही मिस एलिजाले स्कुलमा पनि पढाउनु हुन्थ्यो । उनीले उहाँहरूलाई बाइबलिय  शिक्षा तथा व्यवहारिक शिक्षा सिकाउनु हुन्थ्यो । उहाँको आमाबाट राजेन्द्रको बारे सबै थाहा गर्नुभएको थियो । सानैमा आमाले नेपालको लागि अर्पण गरेका कुरा मिस एलिजाले सम्झाउँदा उहाँ अनकनाउनु भयो । उहाँ २०, २१ वर्षको हुनुहुन्थ्यो । त्यस बेलामा युथहरूमा जागृति पनि आएको थियो । नेपालका जानको लागि तयार हुनुभयो ।

उहाँको त्यस बेलाको चर्चमा धेरै पढ्नु र धेरै पैसा कमाउनु पाप हो भन्ने सिकाउथ्यो ।  वि.ए. अध्ययनको लागि अन्यौल  भयो । पढ्ने कि नपढ्ने भन्ने विषयमा । प्रभुको अनुग्रहमा वि.ए. पास हुनुभयो । त्यस बेलामा उहाँसँग सबै पुस्तक पनि थिएन न त कुन कुन पुस्तक पढाइ हुन्छ त्यसको पनि हाम्रोसँग ज्ञान थिएन । अरूले भनेको आधारमा पढेर उहाँले पास गर्नुभयो ।

सन् १९५० तिर रोवर्ट कार्थक र र उहाँ रक्सौल हुँदै नेपाल आउनुभएको थियो । काठमाडौंसम्म आउने हाम्रो इच्छा थियो तर हेटौंडासम्म मात्र आउन सक्नुभयो । अचम्मको कुरा इसाई भनेको त्यहाँ मान्छेले नबुझ्ने, पाप बारेमा बताउँदा      नबझ्ने । उनीहरूलाई यस्ता कुराहरूका बास्तै थिएन । उहाँहरु त्यहीबाट फर्कनुभयो ।

नेपालबाट एक टिम आएको थियो । त्यो टिमको उद्देश्य नेपाललाई शिक्षाको क्षेत्रमा सहायता पु¥याउने थियो । त्यो टिममा एक जना अमेरिकन नागरिक, डा. टेकनाथ उप्रेती हुनुहुन्थ्यो । वि.ए. पास भएका प्रवासी नेपालीहरूलाई खोज्दै आउनु भएको थियो । उहाँले अमेरिका पनि लग्ने आश्वसन दिनुभएको थियो ।

उहाँ नेपाल आउन तयार हुँदा उहाँको आमामात्र राजी हुनुभयो । तर बुबा र श्रीमतीले पठाउन चाहनु भएको     थिएन । यो कुरा रोवर्ट कार्थकसँग पनि पुग्यो । डा. राजेन्द्र रोंगोंग अनुसार, “रोवर्ट कार्थक कलेजमा पनि पढ्न अबल हुनुहुन्थ्यो । दाजुको हातमा प्रायःजसो बाइबल हुन्थ्यो । खेलकुद हुँदा पनि एक कुनामा बसेर बालबल अध्ययन गरेको मैले देखेको थिए ।” रोवर्ट कार्थक पनि नेपाल आउन तयार   हुनुभयो । जसले गर्दा उहाँलाई पनि बाटो खुल्यो । जम्मा ११ जना नेपाल जानको लागि तयार हुनुभयो । नेपाल गएर के  गर्ने ? कसले पैसा दिने ? आदिको कुनै ठेगाना थिएन । नेपाल आउनु ४ दिन लाग्यो । मिमरा आएर डिसी ३ हनुमान प्लेन चढेर काठमाडौं आइपुग्नुभएका थिए ।

सिधै भक्तपुर आइपुग्यौं । १२ कोठाको नयाँ घर थियो । तर चर्पीको व्यवस्था नै थिएन । नयाँ ठाउँ, नयाँ घर महिला दिदीबहिनी रुदै थिए । रोवर्ट कार्थकले प्रार्थना गर्नुभयो । खाना खायौं तर महिला दिदीबहिनी रुने क्रम रोकिएको थिएन । त्यही बेला एक जना नेवारज्यू रक्सीले मातिएर  “टुट् गएया दिल…।” गीत गाउँदै हिड्नु भएको थियो । त्यसपछि सबैजना हाँसे र त्यस रात बित्यो ।

भक्तपुरमा सबै स्कुलमा काम खोज्न जानुभयो । काम त मिल्थ्यो तर उहाँको परिचय ख्रीष्टियन भएर दिँदा अचम्म मानिथ्यो । ख्रीष्टियन भएको कारणले काँही पनि काम   मिलेन । एक अमेरिकनको स्कुल रहेछ । उसले उहाँलाई बोलायो । नेपाली नागरिकता भएको त्यहाँ पनि काम पाउनु भएन । तर प्राथमिक स्कुलको लागि तालिम लिनुभयो । त्यो तालिममा सबैजना दौरा सुरुवाल लगाएका थिए भने उहाँले मात्र सट् र पान्इट लगाउनु भएकोले सबैजनाको नजर उहाँमा थियो । उहाँले वचनलाई भने, “कतिले मास्टर सा”व कति पढ्नु भएको ? विए … ।”  अचम्म मानेका    थिए । त्यहाँ कोही कक्षा ८ मा पढेका थिए कोही भने कक्षा २ मा पढेका पनि थिए ।

प्रवासको नेपालीका लागि नेपालमा त्यो बेलामा गाह्रो     थियो । उहाँहरुलाई पढाउने  शिक्षक राष्ट्र कवि माधवप्रसाद धिमिरे हुनुहुन्थ्यो । राष्ट्र कवि भने, “सबैले आफ्नो गाँउको बारेमा निवन्ध लेखेर ल्याउनुहोस् ।” भक्तपुरको ज्यापुको बारेमा लेख्न उहाँलाई मन लाग्यो । ज्यापुहरूको छोराछोरीले ६ वर्षको उमेरसँग आफ्नो बुबालाई देखेको हुँदैन्थ्यो । किनभने उनीहरु उठ्नु भन्दा अगाडि काम जान्थे र उनीहरू सुतेपछि घर   फर्केन्थे । यो बारेमा लेखेर लग्दा राष्ट्र कविले भने, “रंगमजी … तपाईंको लेखे राम्रो छ । तपाईंको लेखले मलाई छायो ।” यस्तो उत्साहको शब्द अगाडि बढ्ने मौका पाउनुभयो । उहाँले भने, “अरूको अघि जान डर लाग्ने र बोली पनि भक्भकाउने थिए । यस्तो हुन्छ, होला भनेर सोचेको पनि थिएन ।”

त्यही बेलामा परमेश्वरको बारेमा बताउँदा ति मानिसहरूलाई एउटा ईश्वरका कुनै ज्ञानै थिएन । तर पनि प्रायः लाई परमेश्वरको बारेमा बताउने गर्नुहुन्थ्यो । परमेश्वरको खुल्मखुला भने बताउन सक्नुभएन । बताउँदा पापको सामान्य ज्ञान भएकोले बताउन गाह्रो हुन्थ्यो ।

भक्तपुरमा विदेशीहरुलाई स्कुल संचालन गर्न नपाउने भएकोले उहाँहरु काठमाडौं सर्नुपर्यो ।

भुवनलाल जोशीको वनस्थली स्कुल खोल्नुभएको थियो । त्यहाँ बल्लबल्ल काम पाउनुभयो तर ७ महिनासम्म काम गर्दा पनि एकपैसा पाउनु भएन । उहाँले नागरिकताको लागि निवेदन दिनुभएको थियो । त्यो बेलाको व्यवस्था प्रवासी नेपालीहरुको लागि फर्केर आएमा १ वर्षमा नै नागरिकता पाइन्थ्यो । उहाँले वि.स. २०१३ सालमा नेपाल आउनुभयो भने वि.स. २०१४ सालमा नागरिकता पाउनु भएको थियो । पा. रोवर्ट कार्थकको चाहिँ नागरिकता मिलेन किनभने उहाँको पुर्खा सिकिमको थिए । अहिलेसम्म पनि पा. रोवर्ट कार्थकले नेपाली नागरिकता लिनुभएको छैन । त्यो बेलामा ६ वर्षमा दिने चलन थियो तर पनि पाउनु भएन । पछि १२ वर्षमा दिने व्यवस्था थियो तर पनि पाउनु भएन ।  पाष्टर रोवर्टका छोरा पाष्टर सामुएल कार्थक बल्लबल नागरिकता दियो । तर उहाँको कान्छो छोरा दानिएललाई भने नागरिकता सरकारले दिएन । कस्तो अन्याय ?

बाइबलको उल्थासम्बन्धमा धेरैको भ्रमात्मक छ ?

धेरैको बुझाइ यो छ कि विलियम केरीले नेपाली बाइबल उल्था गर्ने जिम्मा पाएका थिए र त्यो जिम्मा पादरी गंगाप्रसाद प्रधानलाई दिइयो । यो बास्तवमा सत्य होइन । विलियम केरीले बाइबल उल्था शुरु गर्नुभयो तर नयाँ करारमा मात्र       गर्नुभयो । पूरै बाइबल पूरा गर्न सक्नुभएन । तर गंगाप्रसाद प्रधानले विलियम केरीको कामको निरन्तरता दिनुभएको  होइन । छुट्टै उहाँले बाइलबल उल्था गर्ने काम गर्नुभयो । गंगाप्रसाद प्रधानको बारेमा अझ जानकारी चाहिएमा पुस्तकमा खोजेर पढ्नु होस् ।

पहिलो विएड गर्ने व्यक्ति ।

नागरिकता नपाउनेजल १ वर्ष विएड गर्नुहोस् भनेर सरहरूले भन्नुभयो । त्यसपछि पढ्न थाल्नु भयो । पढेको बापत पैसा पनि दिइन्थ्यो । ६ महिनापछि नागरिकता पाएपछि महिनाको ८० रुपैया दियो । ६ महिनाको एकमुष्ट पैसा लिँदा पहिलो पटक लुगा हाल्नुभएको थियो । १४ महिना लगाएर बल्ल कोर्ष सक्यो । परिक्षामा पास पनि हुनुभयो । हस्तलिखित प्रमाण पत्र प्राप्त  गर्नुभयो । रोचक यो छ कि उहाँको रजिष्टेसन नम्बर १, रोल नम्बर पनि १ थियो । एकजना विधार्थी उत्पादन गर्न १ करोड भन्दा वढी लगानी लाग्यो रे ¤ जम्मा ३, ४ सय विधार्थीहरू थिए । हिसाव गर्दा सबैको भार उहाँलाई परेछ । पछि डिल्ली, भारतबाट मान्यता प्राप्त दियो । त्यहाँ पनि गएर पढ्नु पर्यो । वि.स. २०१६ सालमा लेक्चर पनि बन्नुभयो । छात्रबृद्धि पाएर अमेरिकमा पिएचडी गर्ने मौका पनि    पाउनुभयो ।

उपत्यकाको चर्चको इतिहास

सन् १९५६ सालमा पुतलीसडकका शुरु भयो भने सन् १९५७ सालमा सानो झुण्डबाट नेपाली इसाई मण्डली (ज्ञानेश्वर मण्डली) शुरु भएको हो । कति मानिसहरु अंग्रेजी सिक्न आउनुहुन्थ्यो । सिकाउँदा टेस्ट बुक बाइबल बनाएर सिकाउनुहुन्थ्यो ।

वि.सं. २०१६ तिर समयमा पाल्पामा प्रेम प्रधान लगायत ११ जना जेल परेका थिए । युएमएनका पूर्व जोनाथन लिङ्कदेन, ज्ञान शाह, प्रकाश राई, उहाँ लगायत साथीहरू गृह मन्त्रालयमा गयौं । त्यहाँ गृह मन्त्रीका सहायक हाकिमले भने, “यो गल्ती भएको हो,यो काँग्रेसको सरकार हो । हाम्रो झण्डामा ४ तारा छन् । त्यसमध्ये १ तारा धर्र्मनिरपेक्षता पनि हो ।” तर १ हप्ता पछि छुट्ने आश्वसन दिएका थिए । त्यसपछि वि.सं. २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिए र हिन्दू राष्ट्र घोषणा गरे ।  हिन्दू राष्ट्र भएपछि मुद्दा लम्बियो । अन्तः प्रेम प्रधानलाई ६ वर्ष जेल पर्नुभयो भने अरू १ वर्ष जेल परे । साथै आÇनो जात फर्काउनु पर्ने सर्त थियो ।

त्यो बेला रोवर्ट कार्थक बाइबल कजेज पढ्न      जानुभयो । सबै जिम्मेबरी उहाँमा आयो । एकजना विश्वास गरेका भाइ मण्डलीमा आउनुभयो । भाइ भने, “विश्वास गरिसके अब बप्तिष्मा दिनुहोस् ।” त्यस्तो भन्दा उहाँ झस्किनु भयो । उहाँले भन्नुभयो, “भाइ ¤ बप्तिष्मा लिदाँ के हुन्छ ? थाहा छ नि ¤”  भाइले थपे, “मैले यस्तो प्रभु पाँए । उहाँले मेरो आत्मा बचाउनुभयो । जे भए पनि बप्तिष्मा लिन तयार छु । तपाईंलाई डर लाग्छ भने होस ¤” त्यस्तो भन्दा उहाँलाई ठूलो चुनौती भयो । प्रार्थनासहित सल्लाह भयो र विदाको दिन तोकी बप्तिष्मा कार्यक्रम हुने भयो । कालोपुलको धोवीखोला सुनसान थियो । घरहरू पनि थिएन । खाल्डो खन्नुभयो । दिदीबहिनीहरू माथि डाँडामा बस्ने र कोही मान्छे आएरमा खबर गर्ने र छोरो मान्छे चाँडो चाँडो बप्तिष्मा दिने । त्यो दिन शिवरात्रीको दिन रहेछ । कसैले पनि उहाँहरूलाई बास्ता नै गरेनन् । त्यो नै ज्ञानेश्वर पहिलो बप्तिष्मा थियो । पछि त्यो भाइ कता जानुभयो । भेटघाट नै भएन ।

उहाँलाई जती सतावट भयो उती नै मान्छे थपिन थाल्यो । कतिले भन्थे, “जति सताए पनि यिनीहरू दब्दैनन् ।” त्यो बेलामा सरकारले भने, “बाहिर प्रचार नगर्नु ।” उहाँहरूले चर्चभित्रमा प्रचार गर्ने काम गर्नुभयो । त्यो बेलामा कालो कभर र रातो किताब देख्ने वितिक्कै प्रहरीले पक्रेर लग्थ्यो र पिटाइ पनि खानु पर्यौ ।

अर्को रमाइलो कुरा । वि.एड. कक्षामा निरन्तरता दिने ५ जना मात्र थिए । त्यसमा सबैले सुरुवाल लाँएथे । उहाँमात्र पेन्ट र सर्ट लगाउँदा सबैले जमिनदारको छोरा हो भन्ने ठान्थे । तर उहाँले प्रष्ट पारिदिनुभयो । कुराकानीको सिलसिलामा उहाँले भन्नुभयो, “म ख्रीष्टियन” साथीले भने, “ख्रीष्टियन ¤”  फेरी उहाँले भन्नुभयो, “हो, म ख्रीष्टियन ।” अर्को साथीले भने, “ नेपाली पनि ख्रीष्टियन हुन्छ र ¤”  “हो, म ख्रीष्टियन ।” अर्को साथी रिसले भने, “तिमी मूला ख्रीष्टियन ।” फेरी उहाँ भन्नुभयो, “ हो… म मूला ख्रीष्टियन ।”  त्यो बेलाका साथीहरूका सोचाइ ख्रीष्टियनहरूले ईश्वर मान्दैन रे ¤ उहाँले ख्रीष्टियन झन् वढी ईश्वरलाई मान्छन् । पाप क्षमा र स्वर्गमा विश्वास गर्ने मानिसहरू हुन् भनेर बताउने भएको थियो ।

पिएचडी परेपछि सह–सचिवमा, विभिन्न आइएनजिओबाट धेरै अफर आयो तर उहाँलाई आÇनो बोलावटमा स्थिर रहनुभयो । बोलावट नै चासोको विषय हुनुपर्दछ । अरूमा ध्यान नै गएन । उहाँले भन्नुभयो, “लामो जीवनमा कति गल्ती गरियो होला तर पनि बोलावटमा पक्का भएँ ।”

परमेश्वरको महान् आज्ञा मात्र होइन जिम्मेबारी पनि हो । पछिल्लो समय यही कुरामा उहाँ लागि रहनुभएको छ । परमेश्वरको राज्य फरक छ । परमेश्वरको छोराछोरी जहाँ पुग्छ, जान्छन् र गर्छन । परमेश्वरको राज्यमा धार्मिकता, प्रेम, शान्ति र आनन्द पनि हो । यो कुरा बताउने हाम्रो जिम्मेबारी हो । परमेश्वरले दिनुभएको जीवन जिउने समय हो । प्रभुमा एकतामा रहनु पर्ने समय पनि हो । सेवा २ प्रकारका हुन्छ । एक परमेश्वरको गर्ने सेवा र छिमेकीलाई गर्ने सेवा । हामी सबै सेवाहरुमा लाग्यौै । धन्यवाद ।

 

With Bishwas Thapa

याबेस-3

बिहीबार, मे ३, वैशाख २०
‘परमेश्वरले तिनको बिन्ती सुन्नुभयो ।’ —१ इतिहास ४ः१०

याबेसले ‘ठूलो इलाका मलाई दिनुहोस्’ भन्ने प्रार्थना गर्दा, उनले भन्दैथिए, ‘प्रभु, म आपूmसँग भएको भन्दा धेरै चाहन्छु, र म तपाईंसँग त्यो माग्छु !’ यी मानिससँग ठूलो लक्ष्य थियो, र परमेश्वरले तिनलाई आशिष् दिनुभयो । यहाँ तीनवटा साधारण गलत बुझाइ छन् जसले हामीलाई ठूलो लक्ष्य लिनबाट रोक्न सक्छन्ः १) हामी डरलाई नम्रता भनी गलत रूपमा लिन्छौँ । ‘अँह, म यो कहिल्यै गर्न सक्दिनँ’ भन्नुचाहिँ नम्रता हो भनी हामीले सोचिरहेकाछाँै होला । तर त्योचाहिँ न्रमता होइन; त्यो त डर हो । यस्तो प्रकारको डरचाहिँ विश्वासको कमी हो । साँचो नम्र व्यक्तिले चाहिँ यसो भन्छ, ‘परमेश्वरको सहायताले म त्यो गर्नसक्छु । परमेश्वरको आशिष्को कारण म गर्न सक्छु । सायद म आफँैले यो गर्नसक्दिनँ, तर परमेश्वरको सहायताले म यो गर्न सक्छु ।’ त्योचाहिँ वास्तविक नम्रता हो । २) हामी अल्छीपनलाई सन्तुष्टिको रूपमा लिने भ्रममा पर्छौं । हामी पावलको भनाइ उद्धरण गर्छौंः ‘जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु’ (फिलिप्पी ४ः११) । यसको अर्थचाहिँ तपाईंले योजनाहरू बनाउनु हुँदैन भन्न खोजेको होइन । पावलले ‘मसँग कुनै योजना छैन वा भविष्यको निम्ति कुनै पनि योजना छैन’ भनेका होइनन् । वास्तवमा बरु त्यसको विपरीत कुरा गरेका हुन् । उनले ‘पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै’ (फिलिप्पी ३ः१३) भन्ने कुरा गरेका छन् । यदि तपाईंसँग दर्शन छैन भने वा उद्देश्य छैन भने परमेश्वरसँग माग्नुहोस् । ३) हामी सानो सोचाइलाई आत्मिकताको रूपमा लिने भ्रममा छौँ । केही मानिसले भन्छन्, ‘म आफ्नै सानो तरिकाले परमेश्वरको सेवा गर्छु ।’ किन तपाईं बृहत् रूपमा परमेश्वरको सेवा गर्न सुरु गर्नुहुन्न ? किन आपूmलाई धेरै प्रयोग गर्न उहाँलाई अनुमति दिनुहुन्न ? अरू कतिपयले भन्छन्, ‘अँ, म जस्तो छु यतिमै म ठिक छु । त्यो तरिकाले नै परमेश्वरले मलाई बनाउनुभएको छ ।’ आपूmलाई वृद्धि गर्न नसक्दा परमेश्वरलाई आरोप लगाउनु गलत हो किनकि उहाँले तपाईंलाई वृद्धि गराउनको निम्ति आवश्यक सबै सामाग्री र उपायहरू जुटाउनुभएको छ । सत्यताचाहिँः ठूलो सोच राख्नुहोस्, नत्र तपाईंले परमेश्वरलाई बाधा दिनुहुनेछ !
आत्मिक भोजन ः व्यवस्था ३–४,मर्कूस ६ः७–१३, भजन २, हितोपदेश ११ः२२–२३

याबेस (३)

बिहीबार, मे ३, वैशाख २०‘परमेश्वरले तिनको बिन्ती सुन्नुभयो ।’ —१ इतिहास ४ः१०याबेसले ‘ठूलो इलाका मलाई दिनुहोस्’ भन्ने प्रार्थना गर्दा, उनले भन्दैथिए, ‘प्रभु, म आपूmसँग भएको भन्दा धेरै चाहन्छु, र म तपाईंसँग त्यो माग्छु !’ यी मानिससँग ठूलो लक्ष्य थियो, र परमेश्वरले तिनलाई आशिष् दिनुभयो । यहाँ तीनवटा साधारण गलत बुझाइ छन् जसले हामीलाई ठूलो लक्ष्य लिनबाट रोक्न सक्छन्ः १) हामी डरलाई नम्रता भनी गलत रूपमा लिन्छौँ । ‘अँह, म यो कहिल्यै गर्न सक्दिनँ’ भन्नुचाहिँ नम्रता हो भनी हामीले सोचिरहेकाछाँै होला । तर त्योचाहिँ न्रमता होइन; त्यो त डर हो । यस्तो प्रकारको डरचाहिँ विश्वासको कमी हो । साँचो नम्र व्यक्तिले चाहिँ यसो भन्छ, ‘परमेश्वरको सहायताले म त्यो गर्नसक्छु । परमेश्वरको आशिष्को कारण म गर्न सक्छु । सायद म आफँैले यो गर्नसक्दिनँ, तर परमेश्वरको सहायताले म यो गर्न सक्छु ।’ त्योचाहिँ वास्तविक नम्रता हो । २) हामी अल्छीपनलाई सन्तुष्टिको रूपमा लिने भ्रममा पर्छौं । हामी पावलको भनाइ उद्धरण गर्छौंः ‘जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु’ (फिलिप्पी ४ः११) । यसको अर्थचाहिँ तपाईंले योजनाहरू बनाउनु हुँदैन भन्न खोजेको होइन । पावलले ‘मसँग कुनै योजना छैन वा भविष्यको निम्ति कुनै पनि योजना छैन’ भनेका होइनन् । वास्तवमा बरु त्यसको विपरीत कुरा गरेका हुन् । उनले ‘पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै’ (फिलिप्पी ३ः१३) भन्ने कुरा गरेका छन् । यदि तपाईंसँग दर्शन छैन भने वा उद्देश्य छैन भने परमेश्वरसँग माग्नुहोस् । ३) हामी सानो सोचाइलाई आत्मिकताको रूपमा लिने भ्रममा छौँ । केही मानिसले भन्छन्, ‘म आफ्नै सानो तरिकाले परमेश्वरको सेवा गर्छु ।’ किन तपाईं बृहत् रूपमा परमेश्वरको सेवा गर्न सुरु गर्नुहुन्न ? किन आपूmलाई धेरै प्रयोग गर्न उहाँलाई अनुमति दिनुहुन्न ? अरू कतिपयले भन्छन्, ‘अँ, म जस्तो छु यतिमै म ठिक छु । त्यो तरिकाले नै परमेश्वरले मलाई बनाउनुभएको छ ।’ आपूmलाई वृद्धि गर्न नसक्दा परमेश्वरलाई आरोप लगाउनु गलत हो किनकि उहाँले तपाईंलाई वृद्धि गराउनको निम्ति आवश्यक सबै सामाग्री र उपायहरू जुटाउनुभएको छ । सत्यताचाहिँः ठूलो सोच राख्नुहोस्, नत्र तपाईंले परमेश्वरलाई बाधा दिनुहुनेछ ! आत्मिक भोजन ः व्यवस्था ३–४,मर्कूस ६ः७–१३, भजन २, हितोपदेश ११ः२२–२३

Posted by Message of Hope Nepal on Monday, April 30, 2018

वास्तवमा हामी व्यवस्थापक हौ, उहाँ मालिक हुनुहुन्छ

सुदिप खड्का महिमा मण्डलीको पास्टर हुनुहुन्छ । उहाँले विगत १७ वर्षदेखि पास्टरीय सेवकाइ गर्दै आइरहनुभएको छ । उहाँले पास्टरको रुपमा मण्डलीमा सेवकाइ मात्र नभई सामाजिक कार्य पनि गर्दै आइरहनुभएको छ । वचन मिडिया समूहले पास्टर सुदिप खड्कासँग लिएको अन्तर्वार्ताको सारसंक्ष्ोप यहाँ प्रस्तुत गरिएको छः

 

चर्च सेवकाइ कसरी सुरू भयो ?
म १५ वर्षको हुँदा परमेश्वरले बोलावट दिनुभयो । सिक्दै, बुझ्दै १७ वर्ष अघि महिमा चर्च सुरू भएको हो । हालसम्म काठमाडौं उपत्यकामा ८ वटा चर्चहरू छन् भने उपत्यका बाहिर लगायत भारतमा गरी ३५ वटा भन्दा बढी मण्डलीहरू रहेका छन् ।

यी चर्चहरू कसरी संचालन भइरहेका छन् ?
यो एक बोलावट हो । मण्डलीको संचालक र व्यवस्थापक येशू स्वयम् हुनुहुन्छ । मण्डली व्यवस्थापन बाइबल स्कूलबाट सिक्ने कुरा होइन, पवित्र आत्माको अगुवाइबाट व्यवस्थापन हुनुपर्दछ । मानिसको भूमिका भन्दा परमेश्वरको भूमिका महत्वपूर्ण छ । वास्तवमा हामी व्यवस्थापक हौ, उहाँ मालिक हुनुहुन्छ  । परमेश्वर कुमाले हुनुहुन्छ । उहाँले भाँडाहरू (मण्डली) लाई व्यवस्थापन गर्नुहुन्छ ।

मण्डली बृद्धि कस्तो भइरहेको छ ?
हामी बढाईचढाई गर्दैनौं । हामी बृद्धिमा सहभागी भएका छौं तर हामीले दिएको शिक्षाले होइन । मण्डलीमा आएका बिरामी निको हुन्छन्, अशान्तिमा भएका मानिसहरू शान्ति खोज्दै मण्डलीतर्फ आउँछन्, जातिय प्रथाको अन्धकारबाट छुटकाराको निम्ति आउँछन्, पापबाट छुटकाराको निम्ति मानिसहरु मण्डलीमा आउने गर्दछन् । मानिसहरू विभिन्न बहानामा आए तापनि परमेश्वरले ती सबैलाई उद्धार र मुक्ति दिनुभएको छ । तर पनि प्रेरितको पुस्तकमा भएको बृद्धि परमेश्वरले गर्न सक्नुहुन्छ ।

सन् २००८ सालमा रंगशालामा सम्पन्न चंगाई कार्यक्रमलाई कसरी लिनुभएको छ ?
त्यो नेपाली ख्रीष्टियन समुदायको ऐतिहासिक कार्यक्रम थियो । बिहान नयाँ बानेश्वरको प्रतिनिधि सभामा भएको हलमा १५ सयभन्दा बढी अगुवा पास्टरहरूको भेला भएको थियो । दिउँसो रंगशालामा बृहत कार्यक्रम भएको थियो । ३० हजार भन्दा बढी हामी ख्रीष्टियनहरू जम्मा भएर परमेश्वरको महिमा गरेका थियौं । त्यो वास्तवमा परमेश्वरको अभियान थियो किनभने पहिलो पटक ख्रीष्टियनहरुले रंगशाला प्रयोग गर्न पाएका थिए । त्यहाँ कैयौं विरामीहरू निको भएका थिए, अहिले पनि सो भिडियो गर्न सकिन्छ । यसको प्रभाव कस्तो भयो भनेर एकिन साथ भन्न गाह«ो छ तर राष्ट्रियरूपमा यति धेरै इसाईहरू जम्मा भएकोले प्रभाव त हुने नै भयो । त्यस कार्यक्रमको समितिमा ३७५ जना थिए ।

त्यस्ता राष्ट्रियस्तरको कार्यक्रम फेरि पनि हुनुपर्दछ कि पर्दैन 
होला ?
सबैको समय हुन्छ । पृष्ठभूमि र सान्दर्भिकता हुन्छ । के को लागि वा कुन
उद्देश्यको लागि कार्यक्रम गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामीले एकअर्कालाई उत्साह दिन भने छोड्नु हुँदैन किनभने हामी अल्पसंख्यक समुदायलाई अझ आवश्यक पर्दछ । यदि हाम्रो उद्देश्य ठीक छ भने फेरि पनि गर्दा फरक पर्दैन तर आजको अवस्थामा यो गर्नुपर्दछ वा पर्दैन भन्ने विषयमा म अनभिज्ञ नै छु । यस्ता ठूला कार्यक्रमहरूमा राजनीति गर्ने र व्यक्तिलाई
प्रसिद्ध गर्ने हो भने आवश्यक छैन । स–साना समूहमा यस्ता कार्यक्रम भइरहनु पर्दछ । उत्साहको निम्ति भएपनि यस्ता अभियानहरू भइरहनु पर्दछ ।

सामाजिक कार्यहरूमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
परमेश्वरमा आएपछि घरबाट विभिन्न प्रकारको सतावटहरू खेप्नु प¥यो । सर्लाहीमा रहेको प्रेम प्रधानको अनाथलयमा हुर्केको हुँ म । मलाई कसैले हुर्काउनु भयो, योगदान दिनुभयो । त्यसलाई नै निरन्तरता दिएको हुँ । बाइबलले अझ प्रेरणा दिएको छ । याकूब १ः२१ पदमा अनाथ र विधुवाको हेरचाह गर, यही नै धर्म हो भनेर सिकाएकोले यस पवित्र कार्यमा लाग्ने र गर्ने प्रेरणा मिलेको हो । बाइबलले विश्वासअनुसार कार्य गर भनेकोले पनि हो । हामी ज्योति र नून हौं । ज्योतिले उज्यालो दिन्छ भने नूनले स्वाद दिन्छ । यही सिद्धान्तलाई अभ्यास गरिरहेको छु । हामी इसाई एक हातमा सुसमाचार र अर्को हातमा सामाजिक कार्य लिएर जानु पर्दछ । हामीसँग पैसा छैन भने पनि यस कार्यलाई निरन्तरता दिनुपर्ने दायित्व हो । समाजमा सरसफाई गर्ने, थाकेको, प्यासीहरूलाई पानी दिँदा पनि त्यो महत्वपूर्ण हुन जान्छ । यसरी मेरो जीवनबाट सामाजिक कार्य भइरहेको छ ।

सामाजिक कार्यबाट देश विकासमा सहायता दिन सकिन्छ कि ?
कति सरकारले गर्नुपर्ने कार्यहरू मण्डलीहरूले गरिरहेका छन् । भत्किएका परिवार जोडिएका छन्, विभिन्न कुलतमा परेकाहरूले छुटकारा प्राप्त गरेका छन्, सामाजिक कार्यमा मण्डलीका मानिसहरूको भूमिका महत्वपूर्ण रहिआएको छ । यसरी विभिन्न माध्यमबाट देश विकासमा सहयोग गरिआएको छ ।

परिवार महत्वपूर्ण छ कि सेवकाइ ?
हाम्रो सबैभन्दा ठूलो शत्रु शैतान हो । शत्रुले परिवारलाई छुटाउन सक्यो भने त्यो सफल हुनेछ । यो परिवारभित्रको युद्ध हो, बाहिरी त सामान्य नै हो ।विवाह एक बीऊ हो भने परिवार एउटा सानो बोट हो । यसलाई पानी हाल्नु पर्दछ, गोडमेल गर्नुपर्दछ साथै चाहिने आवश्यक तत्वहरू पनि दिनुपर्दछ । पहिलो चेला भनेको श्रीमती हो भने त्यसपछिका चेलाहरू भनेको
छोराछोरीहरू हुन् । विवाह एउटा जटिल छ तर पनि समूहमा कार्य ग¥यौं भने अन्तिम लक्ष्यसम्म पुग्न सक्दछौं । परिवार एकजनाको दर्शन होइन, यो सामूहिक दर्शन हो । छोराछोरीको पनि दर्शन हो । यसरी परिवार पहिलो भयो भने चर्च र
सेवकाइ स्वतः बलियो हुँदै जान्छ । पहिलो परिवार र त्यसपछि सेवकाइका पाटाहरू महत्वपूर्ण हुन् ।

अन्तमा केही भन्नुहुन्छ कि ?
हामीले परमेश्वरको आवाज सुन्नु पर्दछ । परमेश्वरको आवाजबिना बेकार हुन्छ । मानिसको पहिलो प्राथमिकता आत्माले खाना पाउनु पर्दछ । भित्री आत्मामा दिनदिनको जीवनमा बढ्दै जानुपर्दछ । तपाईं निराश नहुनुहोस् किनभने गधाबाट बालमलाई बोल्नुभयो, कागद्वारा एलियालाई खाना ल्याउनुभयो यस्तै माछालाई बोल्नु भई योनालाई माछाले निल्यो र योनाले परमेश्वरको आवाज सुन्ने बनाउनुभयो । अवश्य पनि तपाईंहरूसँग पनि परमेश्वर बोल्नुहुन्छ । भँगेराको फिक्री गर्नुहुन्छ भने हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ ! हामीले परमेश्वरको राज्य र धार्मिकता मात्र खोज्नु पर्दछ, उहाँले सबैथोक थपिदिनु हुन्छ । यसको लागि ज्योतिमा बस्नु पर्दछ र ज्योतिमा हिँड्नु पर्दछ । हिड्नुहोस् नथाक्नुहोस… कार्यलाई निरन्तरता दिइरहनुहोस् ।
मण्डलीको चिन्ता, फिक्री परमेश्वर स्वयम्ले लिनुहुन्छ किनभने परमेश्वर मण्डलीको शिर हुनुहुन्छ । उहाँले कसरी सम्हाल्नु पर्ने उहाँलाई प्रष्ट थाहा छ । जति गरूंगो भारी पनि परमेश्वरमा बिसाउनुहोस्, उहाँले आनो समय असल गर्नुहुन्छ । वचन मिडिया समूहलाई धेरै धन्यवाद यो मौकाको लागि ।

जापानमा एक परिवार भएर हामी सबै सेवकाइ गर्दैछौं ।

मोरङ्गको लेटा∙ नगरपालिका वडा नं ३ मा जन्मिनुभएको श्री सुर्य राई लेटा∙ प्रशंसा चर्च कमलपुरको एल्डर, छिमेकी सेवकाइ नेपालको निर्देशक एन. सि. एफ. नेपाल युवा समिति पूर्वान्चलका पूर्व अध्यक्ष हुनुहुन्छ र हाल उहाँ जापानको टोकियोमा बसोवास गर्दैआउनुभएको छ । उत्साह नेपाली चर्च टोकियोमा एल्डरको रुपमा सेवाकाइ गर्दै आउनुभएको श्री सुर्य राई नेपाली इसाई एकता समाजको समेत अध्यक्ष हुनुहुन्छ । उहाँसँगको अन्तर्वार्ताको मुख्य अंश प्रस्तुत छः

 जापान कसरी प्रवेश गर्नुभयो ?
म जापानचाँहि रोजगारीको सिलसिलामा आएको हुँ र जापानमा प्रायः सबैजसो पढाई तथा रोजगारी कै लागि आउँछन् ।

 कसरी प्रभु येशूलाई ग्रहण गर्नुभयो ?
हाम्रो परिवार(रीतिले रित्याएको र थितिले थिचेको) एकदमै परम्परावादी थियो । मेरो बुबाको कारण हामी ख्रीष्टियन भयौं । उहाँ आफै झारफुक गर्ने सामान्य धामी, कुलपूजा गर्ने, धर्मकर्म गर्ने व्यक्ति साथै अत्याधिक जाँडरक्सी सेवन गर्नुहुन्थ्यो । हाम्रो परिवार बुबासँगै घरमा सबैजसो बिरामी परिरहन्थ्यौं । एकपटक बाबा १५ महिनासम्म बिरामी पर्नुभयो । सकेसम्म सबै ग¥यौं । तर निको हुनुभएन । त्यसपछि अन्तिम विकल्पको रुपमा हामीले प्रभु येशूलाई विश्वास ग¥यौं । नभन्दै प्रभुले बुबालाई चंगाई दिनुभयो ।
हामीले प्रभुलाई विश्वास गर्दा हामी नै हाम्रो गाउँमा पहिलो इसाई थियौं तर अहिले प्रायः गाँउमा धेरैजसो ख्रीष्टियन भएका छन्, मण्डली स्थापना भयो र बुबा आफै पनि पास्टरीय सेवामा हुनुहुन्छ । प्रभुलाई महिमा होस् ।

जापनमा नेपाली इसाईहरुको अवस्था कस्तो छ ?
त्यहाँ नेपालीहरुको प्रवेश धेरै वर्षदेखि निरन्तररुपमा भइरहेको छ । जसमा नेपाली इसाईहरु पनि प्रशस्त मात्र आइरहनु भएको रेकर्ड छ तर नेपाली भाषी चर्च अभैm स्थापना हुन सकेको छैन । यसका विभिन्न कारणहरु छन् । जापान निकै नै कानुनी तथा व्यवस्थाहरु अत्यन्त कडाइकासाथ लागू हुन्छ ।
अरु देशको तुलनामा यहाँ छुट्टीको समय एकनास हुँदैन । यस्तो अवस्थाले गर्दा कति विश्वासीहरु संगतिबिहिन भएर बसिरहनु भएको छ । संगति नहुँदा उहाँहरु आफू ख्रीष्टियन हुँ भन्न पनि लजाउनुहुन्छ । यस्ता विभिन्न कारणले गर्दा जापानमा संगति स्थापना नभएको मेरो अनुभव छ । तर जस्तो विषम परिस्थितिमा पनि परमेश्वरको काम र राज्य रोकिदैंबन । हामी विगत ३–४ वर्षदेखि एकजुट भइरहेका छौं । फलस्वरुप नेपाली इसाई एकता समाज जापान गठन भइसकेको छ । प्रत्येक शहर र प्रान्तमा नेपाली भाषी संगति हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो । कुनै पनि इसाई संगतिबिहिन नहोस् भन्ने मूल लक्ष्यकोसाथ यो समाज गठन भएको हो । यस एकता समाज सबै मण्डलीहरुसँग हातेमालो गरी अगाडि बढिरहेको छ । पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने जापानमा नेपाली भाषी संगति र चर्चहरु बढ्दै गइरहेको छ । सुस्त भइरहेको इसाईहरु विभिन्न समयमा संगति गर्ने बानी विकास हुँदै गइरहेको छ । नयाँ वर्ष लगायत अरु समयमा यस समाजले विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको
छ । त्यस्ता कार्यक्रमहरुमा दिदीबहिनीहरुको उल्लेखनीय रुपमा उपस्थिति भइरहेको छ ।

जापानमा नेपाली इसाईहरुको संख्या कति होला? एकतामा कसरी समट्दै हुनुहुन्छ ?
जापानमा नेपालीहरुको संख्या लगभग ७५ देखि ८० हजारको हारहारी छ । जसमध्यै इसाईहरु ३५ सय देखि ४ हजारको संख्यामा छ। अहिले पनि धेरै ठाउँमा संगतिबिहिन भएर बसिरहेका अवस्थामा भेटघाटको निम्ति जान्छौं । यसरी जापानमा रहेका नेपालीबीचमा आत्मिक जागृतिको कार्य भइरहको छ । संगतिको निम्ति तृष्णा सबैमा जागेको छ ।
धेरै ठाउँबाट अहिले पनि संगतिको लागि फोन आउने गरेको छ । आवश्यक सहयोग र पहल हामीले गरिरहेका छौं । नेपाली इसाई एकता समाज जापानको आयोजनामा गोष्ठी तथा नयाँ वर्षको कार्यक्रम, ख्रीष्टमस कार्यक्रम आदि क्रियाकलापहरु आयोजना गरिरहेका छौं । यी यस्ता माध्यमबाट हामीले एक अर्कासँग नजिक हुन सम्पर्क र सम्बन्ध बढाउने, एकतामा राख्ने
कोशिस जारी छ । सँगसँगै हामीले इसाई समाजबाट नेपालमा भूकम्पपीडित, बाढीपीडित र अन्य सामाजिक कार्यमा पनि सहयोग गर्दै आएका छौं । हाम्रो लागि हजुरहरु सबैले प्रार्थनामा याद गरिदिनुहोला । जापानमा अन्य बिदाको तुलनामा सेवा संगतिको लागि समयसँगै विभिन्न कुराहरुको समस्या छ । तर पनि हामी जापानको सबै शहरहरुमा नेपाली संगति स्थापनाको लागि जुटेका छौं । जापानी मण्डलीहरु र अगुवाहरुसँग पनि सहकार्य गरिरहेका छौं ।

जापानको धेरै मण्डलीहरु र संगतिहरु छन् तर उत्साह नेपाली मण्डली नै पहिलो संगति मण्डली भन्ने आधार के छ ?
मेरो सेवकाइ गर्ने मण्डली उत्साह नेपाली मण्डली टोकियो हो र हाम्रो मण्डली नै जापानमा पहिलो नेपाली मन्डली हो । हामी घमण्ड गर्दैनौं तर यो कुरा कहिलेकाँही आउने गर्दछ । किनभने जापानमा धेरै ठाउँहरुमा संगतिहरुको
खोजीकार्य भयो । नेपाली संगति पाउने स्थिति भएन र विवाह, बप्तिस्माको लागि नेपालीहरुलाई गाहो भयो । नेपाली पास्टर हामीसँग पनि थिएन र इसाई एकता समाज जापानको पहलमा र उत्साह नेपाली मण्डलीको टोकियोको सहकार्यमा नेपालबाट पास्टर बोलाएर हामीले जापानमा नै पहिलो पास्टर चन्द्र खपांगीज्यूलाई पास्टर अभिषेक ग¥यौं । अहिले पवित्र विवाह, बप्तिस्मा, बाल अर्पण आदि धार्मिक कार्यको लागि धेरै सहज र सरल भएको छ । यो हिसाबले हामी नै पहिलो हौं भन्ने हो । यसलाई ठूलो रुपमा नलिनु राम्रो हुन्छ तर जहाँ जे जसरी भए पनि मिलेर हामी काम गरोरहेका छौं । महत्वपूर्ण कुरा हामी एकतामा छौं र जापानमा एक परिवार भएर हामी सबै सेवकाइ गर्दैछौं ।

 नेपाल र जापानका इसाईहरूबीच कसरी सुमधूर सम्बन्ध स्थापना गर्न सकिन्छ ?
हामी बिदेशमा भए तापनि हाम्रो तन्मन् संधै नेपाल र नेपाली प्रति नै छ । जापानभरि छरिएर रहेका नेपाली इसाई दज्युभाई, दिदीबहिनी तथा नेपाली संगति, नेपाली इसाई एकता समाज जापानको एकै उद्देश्य भनेको हामी जहाँ छरिएर रहे तापनि मिलेर एकतामा रहेर हाम्रा प्रभु येशूको सेवकाइ गर्नु नै हो । नेपालका इसाई अग्रजहरुलाई जापानको हाम्रो कार्यक्रममा निम्तो गरेर सामाजिक कार्यमा हातेमालो गरेर सेवकाइमा सहायता गरेर भावी युवाको पुस्तालाई असल नेतृत्व प्रदान गरेर, प्रार्थना साथ हाम्रो सम्बन्ध सुमधुर रहन सक्दछ । यो सबै कुराको लागि नेपाली इसाई एकता समाज जापान र हाम्रो उत्साह मण्डली टोकियोमा नै सकारात्मक र प्रतिवद्ध छौं ।

 जापानमा इसाई संगति विश्वासीहरुको चुनौतीको बारेमा के भन्नुहुन्छ ?
जापानमा हामी अत्यन्तै व्यस्त जीवन बिताइरहेका छौं । हामीसँग भेटघाट गर्ने र प्रार्थना गर्ने समय पनि नहुन सक्छ । तर म भन्न चाहन्छु कि जापानमा व्यस्ततासँगै विभिन्न समस्याग्रस्त भएर पनि हामी बाँचिरहेका हुन्छौं। हामी दिन प्रतिदिन जब संगति जान्छौं, प्रार्थना गर्छौं, प्रभुका जनहरुसँग एकतामा एकसाथ रहन्छौं । एकले अर्काको निम्ति प्रार्थना गछौं । प्रभुको वचनमा रहेर उहाँको भयमा जीवन जिउँछौ भने हाम्रो सबै असफलताहरु, डरको आत्माहरु, अशान्तिहरु र बिग्रिएका सम्बन्धहरुमा प्रभुले सहायता गर्नुहुनेछ । प्रभु येशूले हामीलाई विजयको जीवन दिनु हुनेछ (व्यवस्था २८ः १२–१३) । मा परमेश्वरको वचनमा लेखिएको झैं हामीलाई शिरमा राख्नु हुनेछ, फेदमा होइन ।

 अन्त्यमा केही भन्नुहुन्छ कि ?
संसारभरि नै अहिले नेपाली भाषी संगतिहरु वृहत्तरुपमा स्थापना भैरहेको छ । यसै दौरान पनि प्रभुको अनुग्रहले हामीलाई डो¥याउँदै हुनुहुन्छ । जापानको लागि साथै नेपाली भाषी संगतिहरु र सेवकाइको लागि निरन्तर प्रार्थनामा सम्झिदिनु होला । साथै नेपालमा रहनुहुने सबै मण्डली, सेवकाइ र अगुवाहरुको लागि हाम्रो निरन्तर प्रार्थनामा छ । हाम्रो देश नेपाल समृद्धितर्फ
बढ्ने छ । शान्ति स्थापना हुनेछ । सबै इसाईहरूको एकता बलियो हुने कुरामा म ढुक्क छु ।
अन्त्यमा, मेरो महत्वपूर्ण भनाइ राख्ने सुनौलो अवसर दिनुहुने वचन पत्रिकालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । नेपाली इसाई एकता समाज जापान र उत्साह नेपाली मण्डली टोकियोबाट पनि, जयमसिह !

सामाजिक अभियन्ता : जीवन रायमाझी

अझै पनि नेपालबाट भारतको मुम्बई लगायत बिभिन्न तेश्रो मुलुकमा नेपाली चेलिबेटी बेचबिखन हुने घटनाक्रम रोकिएको छैन । चेलीबेटी बेचबिखन नेपालका लागि विकराल समस्या र कहिल्यै नमेटिने कलङ्क बनेको छ । बेचविखनको पुरानो बाटोबाट नभइ अहिले दलालहरुले विभिन्न कामको बाहानामा खाडी मुलुकलगाएत देश लैजाने भन्दै नेपाली चेलीहरुलाई भारतलगाएतका मुलुकहरुमा ललाई फकाई बेचविखन गरिरहेका छन् । यसरी दिनानुदिन चेलिबेटी बेचबिखनको क्रम बढ्दै जानुले नेपाल र नेपालीको स्वाभीमान मानै दख्खल पुर्यायको छ । यस्ता अपराध गर्नेको बिग बिगी सर्बत्रै भएको पाईएता पनि रोकथमका लागि गरिएको झिनो प्रयास सफल हुन सकेको छैन । गरिबी, अशिक्षा, बेरोजगारी र महिलामाथि हुने भेदभाव घटाउनु र बेचबिखन निर्मुल पार्नु सहज भने छैन । दलालको पञ्जाबाट चेलीहरुलाई बचाउन र समस्यालाई पूर्ण रुपमा निर्मुल पार्ने संकल्प गर्ने हो भने त्यो असम्भव पनि छैन । वास्तममा अपराध नियन्त्रण तथा महिला र बालिका लक्षित आर्थिक सहयोगलाई प्रभावकारी ढंगले लागु गरिने हो भने चेलीबेटी बेचबिखनको समस्या हल हुन्छ । रोकथामको प्रयास त सरकारी,गैर सरकारी तथा बिभीन्न समुदायबाट पनि हुँदै आएको छ । अब यसलाई थप सशक्त रूपमा एउटा राष्ट्रकै महत्वपूर्ण एजेन्डा बनाएर समुदाय संघ संस्थालाई समेटी देशव्यापी अभियान चलाउनु जरुरी भइसकेको छ । साथै बेचबिखन सम्बन्धि कानुनमा कडाई ल्याउनुका साथै बेचिएकारूको उद्धार र पुर्नस्थापनाका लागि विशेष किसीमको निती नियमको आवश्यक छ । जसको फलस्वरूप हजारौं चेलीे उद्वार हुनु साथै नेपाली भुमीमै नयाँ जीवनको सास लिई स्वतन्त्र भई जिउन पाउने छन् भने हजारौं बेचबिखनको सिकार भई नारकीय जीवन बिताउनु पर्ने मृत्युरूपी जेलमा पुग्नबाट बच्ने थिए ।

 

येशू सम्बत भनिन्छ

आज १ जनवरी २०१८। यस सम्बतलाई इस्वी वा इसा वा येशू सम्बत भनिन्छ । ऐतिहासिक रूपमा यो सम्बत येशू ख्रीष्टको यस पृथ्वीमा भएको आगमन पछि शुरू भएको सम्बत हो । विश्व इतिहासलाई सम्बोधन गर्दा बिसी र एडी भनिन्छ । बिसी भनेको बिफोर क्राइष्ट वा ख्रीष्टभन्दा पहिलेको समय र एडि भनेको एनो डोमिनी वा परमप्रभुको वर्ष वा येशू आउनु भएपछिको समय भन्ने बुझिन्छ । यी दुवै शब्दहरू येशूं ख्रीष्टसँग सम्बन्धित छन् । आज मानिसहरू यो सम्बतलाई प्रयोग गर्छन् र यसको खुशीयाली मनाउँछन् तर जसको नाउँमा यो शुरू भएको हो उहाँलाई उच्चारण गर्न पनि चाहँदैनन् । यो कस्तो दुःखदायी कुरा । यही समाचारमा पनि विश्वभर अंग्रेजी नयाँ वर्षको स्वागत भनेर गल्ती सन्देश प्रवाह गरिएको छ । आजको १ जनवरी २०१८ अंग्रेजी सम्बत नभएर यो इस्वी वा येशू सम्बत हो । कृपया सही समाचार संप्रेषण गर्नका लागि म अनुरोध गर्न चाहन्छु । हामी इतिहासको तथ्यलाई नमारौँ । त्यो अन्याय हुन्छ । इस्वी वा येशू सम्बत २०१८ को शुभकामना दिन चाहन्छु । जीवित परमेश्वरले तपाईंहरु सबैलाई शान्ति समृद्धि प्रेम क्षमा र मिलापको जीवन दिनुभएको होस् ।
रेभ डा बाल कृष्ण शर्मा
काठमाण्डौ

भोलिको दिन सबै कुरा राम्रो हुन्छ भन्ने आशा छ – बि.पि. खना

जनजागरण पार्टीका महासचिव बि.पि. खनालसँग समसामयिक बिषयमाथि गरिएकाे कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

फौजदारी विध्येयकका बारेमा ख्रीष्टियन समुदायबाट दुई वटा धारणा आए, तपाईंको धारणा चाहिँ के छ ?
यसलाई स्वागत गर्न पर्छ भन्ने मलाई लाग्दैन किनभने जब कुनै पनि प्रकारले कुनै उपायद्वारा सुसमाचार प्रचार गर्न पाइन्न भन्ने जुन विचार यो कानुनमा आयो खासगरी १५६ दफामा, त्यो दफाले हामीलाई केहि पनि नगरेर बस भन्ने खालको एउटा बन्देज लगाउँदै गर्दा यसैलाई स्वागत गर्नुपर्छ भन्न पटक्कै लाग्दैन । अर्को कुरा चाहिँ हामी प्रोग्रसिव हुनपथ्र्यो, प्रगतितिर जानुपथ्र्यो, राजनीति परिवर्तन भनेको परिवर्तनका लागि हो, पछि फर्कनका लागि होइन । तर संविधान बन्दै गर्दा र कानुन बनेर आउँदासम्म हामी कष्ठभूमिको दिशातिर गईराखेका छौं, त्यस अर्थमा पनि यसलाई स्वागतयोग्य मान्न सकिन्न ।

हामी भन्नाले ? अलिक स्पष्ट पारिदिनुहोस् न ।
व्यक्तिगत रुपमा भन्दा चाहिँ त्यही नै भन्छु तर संस्थागत रुपमा कुरा गर्दाचाहिँ हामीले पार्टीमा यसलाई स्वागत नगर्ने कुरा गरेको हो । यो ड्राफ्ट हुँदै गर्दादेखि नै एक प्रकारको लबिङ हामीले ग¥यौं । जब पब्लिक कमेन्ट्सको लागि दुई वर्ष अगाडि सार्वजनिक रुपमा प्रतिक्रिया मागिएको थियो । त्यतिबेला पनि हामीले सक्दो प्रयत्न ग¥यौं र यो दफा विशेष गरी यो भाग नौ को तत्कालिन दफा १५४ देखि १५८ सम्मको दफा अहिले परिवर्तन भएर दफा १५५ देखि १५९ भएको छ । त्यो दफा गलत छ, गलत मनसायबाट आएको छ भनेर त्यतिखेरको विधान समितिमा हामीबाट झण्डै ४२,००० कमेन्टहरु दर्ता भएको छ । तर कुनै पनि कुरालाई वास्ता नगरीकन जुन ढंङ्गले आयो, यो चाहिँ पूर्व योजना, सुनियोजित ढंङ्गले ख्रीष्टियनहरुलाई प्रहार गर्ने गरी आयो र यसले अन्तत कुनै पनि अल्पसंख्यक धार्मिक समुदायको हित गर्दैन । त्यो ठहर गरेर पार्टीले नै हामीले यसको विरोध गरेका हौं भने अब व्यक्तिगत रुपमा आफू पार्टीमा भएको कारणले गर्दा पनि र व्यक्तिगत रुपमा यो विचारको विपक्षमा उभिएको कारणले यसलाई व्यक्तिगतरुपमा स्वागत गर्ने कुनै कारण म देख्दिन ।

यस फौजदारी विध्येयक त जबर्जस्ती धर्म परिवर्तन गराउन खोज्नेका लागि मात्र बाधक छ भन्ने तर्क महासंघको छ नि त, त्यसमा तपाईंको विचार के छ ?
कसरी त्यो तर्क आयो भनि बुझ्नपर्छ, धाराले आफै प्रष्टसँग बोलेको कुरालाई पढ्नुप¥यो, उहाँहरुले पढ्यौं त भन्नु भएको छ । विद्वानहरुसँग बसेर छलफल पनि ग¥यौं भन्नु भएको छ, ती विद्वानहरु को थिए, जबकि त्यो लेखिएको कुरालाई अर्को अर्थमा व्याख्या गरिदिने किनभने त्यसको स्पिरिटलाई हेर्नुपर्छ । स्पिरिटचाहिँ कुनै पनि हालतमा सनातन बाहेकको धर्म प्रचार गर्न समेत नदिने हो । धर्म परिवर्तन गराउने कुरो दोश्रो हो । यहाँ चाहिँ के भनिन्छ भने धर्म परिवर्तन गर्ने उद्देश्यले, त्यो मनसायले गरिने कुनै पनि कामलाई गैर कानुनी मान्दछ । भोलि ख्रीष्टियनहरुले गर्ने कुनै पनि प्रकारको कामलाई धर्म परिवर्तन गराउनको लागि गरिएको हो भनेर रिपोर्ट गरियो भने के हुन्छ ? काम गर्नुभन्दा अगाडी बन्देज लाग्छ । कारवाही भोग्नुपरेको स्थिती अहिले नै छ भने भोली के होला ? यसको भावना नै गलत छ, यो विभेदकारी छ । यो सनातन बाहेक भन्ने वित्तिकै त्यसमा आपत्ति हो । एउटा अंग्रजी पत्रिकालाई दिइएको अन्तरवार्तामा चाहिँ खुलेर विरोध गर्नु भएको छ र नेपाली भाषामा त्यसलाई समर्थन गर्नुको अर्थ चाहिँ के हो ? यो बुझ्न गारो भाछ, किनभने अन्तराष्ट्रिय समुदायलाई चाहिँ हो हामी यसको खिलाफमा छौं भन्ने तर नेपालीमा चाहिँ स्वागत के उद्देश्यले गरिएको हो ? त्यसकारण यो स्वागतलाई एकदमै अनौठो ढङगले हेरिराखेको छु । त्यो भाषा, भावना, शब्द, वाक्य, कुनै पनि स्वागत योग्यका छैनन् । जबर्जस्ती भन्ने शब्दमात्र त्यहाँ पढिएको थियो कुरा ठीकै हो । हामी जबर्जस्तीको पक्षमा छैनौं,े सही हो । ममाथि जबर्जस्ती गर्नु भन्दा पनि अगाडि तपाईंलाई केहि गर्न नदिने खालको जुन सुनियोजित योजना छ, यो भावनाले बोकेको, त्यसलाई कसरी स्वागत गर्ने ? यहाँ त कुनै शब्द, वाक्यद्वारा धर्म प्रचार गर्नुहुन्न अनि ती वाक्यहरु, चिन्हहरु प्रयोग गरेर सनातन देखि मानि आएको त्यो धर्मको भावनामाथि चोट पुर्याउनु हुन्न । के भन्न खोजेको ? त्यसकारण यो सोझै पाकिस्तान र अरब राष्ट्रहरुमा भएको लाष्टिङ्ग ल को कपी हो र भारतमा धर्म सम्बन्धि यो जुन डिस्क्रिमिनेसन व्याख्या छ, उनीहरुको कानूनको फौजदारी ऐनको कपी हो । यसलाई स्वागत गरिरहदा भोलि हाम्रा थुप्रै मान्छे जेल पर्छन अनि त्यति बेला चाहिँ के भन्ने नि ? यहाँ क्याम्पेन गर्ने मान्छेहरु त थुप्रै आएको देखियो । दुइटा घटना चरिकोट र सल्यानको घटनाले हामीलाई देखाइसक्यो ।

महासंघले गरेको पत्रकार सम्मेलनमा २०५८ सालको राष्ट्रिय जन गणनामा उल्लेख भएका सबै धर्म नै सनातन धर्म हुन भन्ने कुरा आयो नि ? 
यो चाहिँ अब बठ्याईं हुनसक्छ हाम्रो शब्दमा खेलवाड हुन सक्छ तर सनातन भन्ने वित्तिकै पराकालपूर्वदेखि चलि आएको हो । अव त्यसमा हामी पनि पराकालपूर्व देखि नै चलि आएका हौँ भन्न सकिन्छ । नेपाल राज्यको एकीकरण हुनुभन्दा अगाडि ख्रीष्टियनहरुको उपस्थिति यहाँ थियो । पृथ्वी नारायण शाहले लखेटेकै हुन् । त्यो इतिहासलाई जोडेर हामी पनि सनातनदेखिका हांै भन्ने तर्क ठिकै होला तर अहिले आम मान्छेले सनातनलाई के बुझ्छ पहिलो कुरा अनि दोश्रो कुरा चाहिँ सर्वोच्च अदालतले चाहिँ यसको पहिलो डेफिनेसन दिनु पर्ला । आधिकारीक निकाय को हो ? अदालतले सनातन भनेको यही धर्महरु हुन् भनेर नभनुञ्जेलसम्म हामीले हाम्रो बठ्याईंमा गरेको शब्दको परिभाषाको अर्थ हुन्न ।

यस किसिमको फरक बुझाईले ख्रीष्टियन समुदायलाई कतिको असर पार्छ ?
तत्काल असर पार्छ । विभाजन नै ल्याउँछ तर कालान्तरमा यो दिगो रहन्न । यो कारणले आएको विभाजन चाहिँ दिगो रहन्न किनभने यथार्थ यथार्थ नै हो । सत्य कुरा मान्छेले बुझ्छ । कसले कति बुझेर यो काम गरेको छ भनेर पछि लेखाजोखा हुन्छ, त्यसकारण अहिले दुई धारमा उभिएको देखिएतापनि भोलि उहाँहरुले पनि उभिन कर लाग्छ र दुई धार पनि क्रिएटेट दुई धार हो भन्छु म किनभने कतिचोटी एउटा पक्षले एउटा काम गर्यो त्यसको खिलाफमा अर्को ठयाक्कै उल्टो अर्थ लाग्ने खालको काम गर्नुपर्ने जुन पुवागह्र बन्दै आएको छ हामीमाझ, यो घातक छ । त्यसले हामीलाई घाटा नै दिन्छ तर अहिले यो कारणले गर्दा हाम्रो समुदायभित्र ल्याइराखेको विभाजन लामो समय रहँदैन । एउटा गलत हो, एउटा ठीक हो भन्न त आउँछ अनि त्यो गलत भनिएको दिन कहाँ लाज पचाउने हो, अहिलेदेखि योजना बनाए हुन्छ गलत काम गर्नेहरुले ।

अहिले नेपालमा चुनाव भईरहेको छ तर जनजागरण पार्टीले चाहिँ के गरिरहेको छ, बताइदिनुहोस् न ?
अहिले हामी गठबन्धनमा प्रवेश ग¥यौं । औपचारिक रुपमा त्यो सर्तमा पार्टीलाई वैधानिक रुपमा राष्ट्रिय दलकै नेतामै कायम राख्नेसम्मको सोच हाम्रो भयो अनि त्यही सोचलाई जायज मानेर माओवादी एकता केन्द्रसँग गठबन्धन गरिएको हो । तर गठबन्धनले अलिकति अर्कै रुप लियो भन्नुपर्छ । जब माओवादी एकता केन्द्र र एमाले एकता केन्द्रको गठबन्धन अगाडी बढयो, त्यसले स्वभाविक रुपमा हामी सानो दल भनि हामीलाई ओझेल पार्ने काम गरेकै हो । सायद त्यसैको असर हुनसक्छ, अहिले हामीमाथि एक ढङ्गले धोका भाछ, अन्याय भाछ किनभने गठबन्धन भनेको पार्टनरसीप थियो, साझेदारी थियो, यसमा तिमीलाई पनि फाइदा हुन्छ, हामीलाई पनि फाइदा हुन्छ भनेर गरिने हो यो । धर्म कर्म जस्तै हो हाम्रो भाषामा भन्दा खेर तर त्यस्तो होइन अब ठीकै छ तिमी मेरो खेत काम गर, ज्याला पनि दिन्न, खेताले गर्दा चिया पानी खाऊ जस्तो ढङ्गको गठबन्धन बनाउन खोजे पछि हामीले गम्भीर भएर सम्भवत पाँच वर्षका लागि अब के गर्ने भनेर सोच्ने बेला आएको छ । अब निश्चित रुपमा जनजागरण पार्टीले आफ्नै नाम, आफ्नै व्यानरमा उचालेर भोट माग्न अब नपाएको अवस्था हो । यो गठबन्धनले हामीलाई त्यहाँ पु¥याइदियो । तर त्यसको अर्थ अब हामीले अरुको खेतालै भइरहनुपर्छ भन्ने छैन । हाम्रा कतिपय कुराहरु सुनिश्चित भएनन् भने हामी गठबन्धनबाट पछि फर्किन पनि सक्छौं र पाँच वर्षका लागि नयाँ ढङ्गले पार्टी भित्रै र बाहिर पनि संगठन केहि परिमाजर्न गर्नुपर्ने अवस्था आउन सक्छ ।

२०७० सालमा जनजागरण पार्टीलाई भोट हाल्ने मतदाताहरुले यसपाली के गरोस् भन्ने चाहनुहुन्छ ? 
अब सोझो रुपमा लियो भने हाम्रो जुन क्षेत्रमा प्रतिनिधित्व हुने देखिएको छ, त्यो क्षेत्रमा भोट हाल्न सम्भव हुनसक्छ । भन्नाले प्रतिनिधि सभामा एउटा सिटको लागि सुरक्षित छ, प्रदेश सभामा एक सीट सुरक्षित होला भन्ने सम्म देखिएको छ । यसो त्यसो हो भने ती क्षेत्रका लागि भोट दिन सकिन्छ ।

प्रसङ्ग बदलें, समुदायको हितका लागि तपाईंबाट सकारात्मक पहलको आशा गर्न सकिन्छ कि सकिन्न ? 
मैले विगतमा फर्किनै पर्छ जतिबेला म संविधानमा सुझाव समूहमा सक्रिय भएर काम गरिरहेको थिएँ । मलाई दिइएको जिम्मेवारी समन्वय गर्ने नै थियो । म आफूलाई त्यतिबेला सफल भएको ठान्छु । मलाई परमेश्वरको अनुग्रह थियो किनभने एउटा माहोल सृजना भएको थियो । त्यो बेला एक दुई अगुवा वाहेक सबैजना एकै थलोमा उभिनु भएको थियो। तर सबैजना त्यहाँ उभिएको देख्नासाथै अब म सबैभन्दा शक्तिशाली हुँ भन्ने खालको सोंच हामीभित्र जसरी पलायो र महासंघ गठन गर्ने त्यो सपना सुरु भयो । मैले त्यतिबेला आपत्ति जनाउँदै भनेको थिएँ, हामीसँग अलरेडी दुइटा छन्, हामीले ती दुइटालाई मिलाउ सक्नु प्राथमिकतामा पथ्र्यो । तर उनीहरुलाई मिलाउने कुरा छोडेर अब हामी नयाँ तयार गरौँ, सबै मिल्छन् भन्नु चाहिँ मूर्खता थियो । केहि समयदेखिको मेरो एउटा प्रयासबाट एनसीएस र एनसीएफ नेपालबीच तपाईंले कनफलिक्ट भएको देख्नुहुन्न । मेरो त्यहाँ भूमिका छ । उनीहरु अहिले एउटै हलोमा नारिन तयार छन् । नमिलेको महासंघ हो । महासंघमा सायद मैले छोड्नु गल्ती थियो कि हैन अब त्यहि रहिरहेको थिएँ भने सायद केही गर्न सकिन्थ्यो कि इन्फलूयन्स हुन्थ्यो कि तर मैले मेरो इन्फलूयन्स अब सिधियो भनेर नै हो मैले छोडेको । के भनेर म अल्मलिरहेको त्यहीँ नै हो । तर प्रयास रहिरहन्छु । प्रयास गर्नचाहिँ थाकेको छैन । सबै एक ठाउँमा उभिन पर्छ भन्ने चाहिँ मलाई लाग्छ । सायद अहिले एजेण्डाहरुको कुरामा कित्ताकाटै गरेको भए एकता हुन्थ्यो कि । एकता भन्नाले सबै एउटै हुनुपर्छ भन्ने होइन तर कार्यगत एकता हुनुप¥यो वा फलानो काम तिमीले गर वा फलानो काम मैले गर्छु भन्यो भने त एकताको आत्मा आउँछ, त्यहाँ काम हुन सक्छ, तर सल्लाह चाहिँ हुनुप¥यो ।

आउने दिनमा के र कस्तो आशा राख्न सकिन्छ ? 
म त्यति धेरै आँतिएको पनि छैन । यो बिग्रिन्छ, खत्तम हुन्छ भन्ने पक्षमा म छैन । हिजो एउटा समय थियो र अझ त्यो समय यद्यपी कन्टीन्यूमा छ । यहाँ अलिकति चुरीफुरी देखाउने मान्छे ढाँटरै भएपनि नेता बन्थ्यो । अब त्यो सँधै टिक्दैन । त्यसकारण मेरो कहाँ कोसँग कति पहँुच छ र मेरो घरको लिभिङ्ग रुममा कति ठूल्ठूला मान्छेसित बसेर मैले फोटो खिचेको छु, थियो, हेर त मैले फोटो खिचेर राखेको थिएँ नि भनेर देखाएर पनि हामीले लिडरसिप सेल ग¥यौं । अब लिडरसीपमा त्यो मार्केटिङ्ग चल्दैन । अब चल्ने मार्केटिङ्ग भनेको हामी कति जेनयुइन भएर सेवा गर्न तयार छौँ । त्यसकारण भविष्यमा आउने नेतृत्व त्यही ढङ्गले आउनुपर्छ । मेरो बुझाई यही हो । यदि त्यो जेनयुइन नेतृत्व आइदियो भने अरुहभित्तामा राखेको छु त्यो फोटोहरुको अव अर्थ लाग्दैन । हिजो चाहिँ यहाँ फलानो फलानो मान्छेसँग मेरो साँठगाँठरु यसै पनि ओइलाउनु पर्छ । यसै पनि पछि हट्नुपर्ने दिन आउँछ किनभने जब मान्छेले बुझ्छ, यो मान्छेले मलाई यति धेरै सहायता गरेको रहेछ, यो यो मान्छेले चाहिँ यति धेरै मलाई प्रयोग गरेको रहेछ भन्ने कुरा जब खुल्छ । खुलिसके पछि सिद्धिन्छ । त्यसकारण को नेता हुने, को लिडर हुने, कसले साँच्चिकै नेतृत्व गर्ने भन्ने कुरा समयले देखाउने कुरा हो । म आत्तिएको छैन । भोलिको दिन सबै कुरा राम्रो हुन्छ भन्ने आशा छ ।

अन्तमा के सन्देश दिन चाहनुहुन्छ ? 
मेरो आग्रह छ कि कसैले भन्छ भन्दैमा भनेकै पछि नलागौँ । उ पनि कमजोर हुनसक्छ । उसको पनि अध्ययन कम हुन सक्छ । कसैले म नै हुँ भनेर दाबी गर्दैछ भने त्यो मान्छेले गरेको दाबीको पछाडि त्यसको भायबलिटी खोजौँ । उ कतिको सही, उसको जीवन के हो, उ कहाँबाट आयो । जन्मेर, हुर्कद,ै अनुभव गर्दै आएको होला । त्यो मान्छे को हो ? के गर्दै आयो ? तिनीहरुले दाबी गरेको विगतको कामहरुलाई अध्ययन गर्नुप¥यो । चलाखीपूर्ण कुरा गरेको भरमै उसको पछि नलागौँ । परमेश्वरबाट आएको ज्ञान, बुद्धि, बल प्रयोग गरेर को ठीक हो भनेर छुटयाउने समय आएको छ । समयले सबै कुरा ल्याउँछ पनि तर आफूले पनि त्यसमा केहि मिहेनत गर्नुप¥यो ।

प्रस्तुति: दिनेश श्रेष्ठ (युवा दर्शन मासिक पत्रिका )

युवा दर्शन पत्रिकाका प्रकाशक दिनेश श्रेष्ठले सिवी गहतराजसँग गर्नुभएको ताजा अन्तर्वार्ता

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजसँग हालै विघटित भएको संसदले पारित गरेको र राष्ट्रपतिबाट अनुमोदन भएको फौजदारी विधेयक लगायतका समसामयिक बिषयमाथि युवा दर्शन पत्रिकाका प्रकाशक दिनेश श्रेष्ठले गर्नुभएको ताजा अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

अस्ति यहाँहरूले पत्रकार सम्मेलन गरेर विघटित संसदले पारित गरेको र हालसालै राष्ट्रपतिबाट पनि अनुमोदन भएको फौजदारी विधेयक ख्रीष्टियन समुदायको लागि स्वागतयोग्य छ भन्नुभयो, त्यो विधेयक कसरी स्वागतयोग्य छ ?

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल नेपाली ख्रीष्टियन समुदायको हकहित, स्थायित्व र पहिचान स्थापित गर्नको लागि विगत लामो समयदेखि निरन्तर क्रियाशिल रहेको निकाय हो । मैले नेपालको बैधानिक कानुन २००४, २००७, २०२१ र २०४७ सालको संविधानसम्म राम्रोसँग अध्ययन गरेको छु । यो फौजदारी विधेयक आउनु अगावै पनि २०४७ सालको संविधानमा पनि धर्मलाई मौलिक हकमै राखिएको थियो र जबर्जस्त धर्म परिवर्तन गराउनेलाई दण्डनीयको व्यवस्था पहिलेकै संविधानमा थियो । पहिलेकै संविधानमा परम्परा चलिआएको धर्मलाई खलल पु¥याउने, परिवर्तन गराउन खोज्नेहरूको लागि दण्डनीय व्यवस्था पहिलेदेखि नै थियो र अहिले पछिल्लो चरणमा जसरी फौजदारी विधेयक जारी भयो, यो फौजदारी विधेयकलाई राम्रोसँग अध्ययन गरौं, यसका सभापति रामनारायण विडारी, संविधानविद् लगायतसँग हामीले छलफल ग¥यौं । यो फौजदारी विधेयकमा भएको धार्मिक अधिकारसम्बन्धी भएको कुरा सामाजिक ऐन अन्तर्गत राखिनुपर्नेमा किन फौजदारी विधेयकमा राखियो भनि प्रश्न गर्ने ठाउँचाहिँ छ । हालै बनेको कानुनलाई गहन तरिकाले अध्ययन ग¥यौं भने जवर्जस्त गरेर वा प्रलोभन देखाएर धर्म परिवर्तन गराउनेहरूका लागि दण्डनीय सजाय तोकेको हो तर व्यक्तिको धार्मिक स्वतन्त्रता त ग्यारेन्टी गरेको छ, जसले गर्दा यस विधेयकले ख्रीष्टियन समुदायलाई क्षति पु¥याउने देखिंदैन । जवरजस्त धर्म परिवर्तनका पक्षमा ख्रीष्टियन समुदाय छैन किनभने प्रभु येशुले पनि भन्नुभएको छ, यसकारण जाओ र सबै देशका मानिसहरुलाई चेला बनाओ, पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ । तर उहाँले यहाँ जवर्जस्त गरेर भन्नुभएको छैन नि, त्यसैले हामी जवर्जस्त धर्म परिवर्तनका पक्षमा छैनौं । कतिपय मानिसका नियतले हामीलाई असर पारे बेग्लै कुरा हो तर यस विधेयकले हामीलाई असर पार्ने कुनै ठाउँ म देख्दिन । यो अल्पसंख्यकको पक्षमा पनि छ तर हामीलाई फौजदारी ऐन २०७४ मा धर्मलाई फौजदारी कसुरमा राखेकोमा मात्र आपत्ति हो, यसलाई सामाजिक कसुरमा राख्नुपर्दथ्यो । त्यो बाहेक अरू सबै स्वागतयोग्य नै छ ।

त्यसो भए कतिपय ख्रीष्टियन अगुवाहरूले किन यस विधेयकलाई विरोध गरेका होलान् त ?

यो विधेयक आगामी वर्ष २०७५ भदौ महिनादेखि मात्र लागू हुन्छ, त्यसैले अन्धाले हात्तीको पुच्छर छामेजस्तो मात्र भएको हो, यो लागू भएपछि यी सबै भ्रम चिरेर जान्छन् । यस विधेयकले धर्म प्रचारलाई बन्देज गरेकै छैन । बाध्यतामा पारेर, प्रलोभन देखाएर र धम्क्याएर धर्म परिवर्तन गराउनेका लागि मात्र यो विधेयक बाधक हो । हामी ख्रीष्टियनले कसैलाई पनि जवर्जस्त रुपमा धर्म परिवर्तन गराउने पक्षमा कोहि पनि छैनौं जस्तो मलाई लाग्छ । अब कतिपय साथीहरूले किन विरोध गरेका छन् भने धर्म परिवर्तन गराउन बन्देज ग¥यो भनि विरोध गर्नुका कारण कतिपयले आफ्नो राजनीतिक अभिष्ट पूरा गराउनका लागि, त कतिलाई प्रोजेक्ट बनाएर नेपालका धर्म परिवर्तन गर्न रोक्यो भनि पैसा देऊ भनि पैसा माग्नका लागि हो, यहाँ त कतिपयले विदेशीसँग पैसा माग्न थालिसकेका छन् । हामी यी सबै भ्रम चिर्नलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ख्रीष्टियन समुदायमा सरकारी निकायका मानिसहरूलाई पनि राखेर नेपालको संविधान र कानुन विशेष गरी फौजदारी विधेयकको भाव के हो भनेर व्यापक रुपले छलफल र बहस चलाउनेछौं । यहि विधेयकलाई केन्द्रीत गरी देशव्यापी अभियान बनाउँछौं ।

यहाँ अरूलाई येशु ख्रीष्टलाई ग्रहण गराउँदा, पानीको बप्तिस्मा दिंदा पास्टरले त धर्म परिवर्तन गराएको ठहरिन्छ नि त भनि कतिपयले तर्क गर्छन् नि, यस सम्बन्धमा के भन्नुहुन्छ ?

मण्डली भनेको पवित्र धार्मिक स्थल, आस्था र भावनासँग जोडिएको कुरा हो । म सबै पास्टर तथा अगुवाहरू सबैलाई आग्रह गर्न चाहन्छु कि अब तपाईंहरूले जो कोहिलाई ग्रहण गराउँदा र पानीको बप्तिस्मा दिंदा एउटा निवेदन दिन लगाएर म प्रभु येशुलाई ग्रहण गर्न र उहाँको बाटोमा हिड्न तयार छु, म स्वइच्छाले येशु ख्रीष्टलाई ग्रहण गर्न चाहन्छु र म पानीको बप्तिस्मा लिन चाहन्छु भनि निवेदन लेख्न लगाई दुई औंठाको छाप सहित हस्ताक्षर गराई लिनुहोस् र प्रक्रिया पु¥याउन सुझबुझकासाथ ऐन, कानुन पढ्नु प¥यो र आवश्यक अभिलेख राख्नुप¥यो नि । कसैलाई झुक्याएर हामीलाई ख्रीष्टियन बनाउनु छैन नि होइन र ? यहाँ जवर्जस्त धर्म परिवर्तन गराउनेलाई दण्ड सजाय छ तर कसैले म ख्रीष्टियन बन्छु, येशुलाई ग्रहण गर्छु र पानीको बप्तिस्मा लिन्छु भन्ने व्यक्तिलाई ग्रहण गराउँदा र पानीको बप्तिस्मा दिंदा कसरी जवर्जस्ती गरेको ठहरिन्छ र ! कोहि खराब नियतले आएको छ भनि हामीलाई थाहा हुँदैन, त्यसैले सुझबुझका साथ पास्टर तथा अगुवाले आफू जोगिन ग्रहण गराउँदा र पानीको बप्तिस्मा दिंदा होसियारी अपनाउनु पर्ने चाहिँ हुन्छ । कानुन खराब छैन तर मानिसको खराब नियत छ । यहाँ कानुनबाट भन्दा पनि मानिसको खराब नियतबाट हामी जोगिनुपर्दछ ।

केहि दिनअघि तपाईंहरूले प्रधानमन्त्री शेर बहादुर देउवा लगायत नेपाली कांग्रेसका बरिष्ठ नेताहरूसँगको भेटमा आगामी चुनावमा नेपाली कांग्रेसलाई सहयोग गरेर जाने सहमति गर्नुभयो भन्ने यहाँ हल्ला छ त ?

सम्मानीय प्रधानमन्त्रीलाई भेट गर्न र ज्ञापन पत्र बुझाउन महासंघको ठूलो टोली प्रधानमन्त्री निवास वालुवाटार पुगेको हो र त्यहाँ नेपाली कांग्रेसका बरिष्ठ नेताहरू सहित भएको भेटमा हामीले आफ्ना ज्ञापन पत्र पेश गरेका हौं । हामीसँग राज्यले गरेको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयन र ख्रीष्टमस पर्वमा दिंईदै आएको सार्वजनिक विदा फेरी कायम गर्न माग गरेका हौं र सो पूरा गर्ने प्रतिज्ञा पनि गर्नुभएको हो । जे कुरा त्यहाँ भएको छ, त्यसलाई ठूला मिडियाले पनि प्रचार गरेको छ, देखाइएको छ । हामीले हाम्रा माग मात्र पेश गरेका हौं तर त्यहाँ कुनै सहमति भएको छैन भनि सबैलाई स्पष्ट पार्न चाहन्छौं । ख्रीष्टियन समुदायलाई मन नपराउने कतिपय मिडिया तथा केहि व्यक्तिले यस कुरालाई बंग्याएर महासंघको बदनाम गराउन लागेको हर्कत मात्र हो । यसका कुनै सत्यता छैन । महासंघ सम्पूर्ण नेपाली मण्डलीहरूको छाता संगठन हो । यसले कुनै राजनीतिक दलको पक्ष लिंदैन तर सबै ख्रीष्टियन समुदायको पक्ष लिएर हकहितको लागि क्रियाशिल रहने संगठन हो । हुनसक्छ महासंघभित्र विभिन्न राजनीतिक दलप्रति आस्था राख्ने ब्यक्ति हुन सक्छ तर महासंघले कुनै पनि राजनीतिक दलको पक्ष लिएर वकालत गर्दैन र गर्न सक्दैन । अतः म सबै ख्रीष्टियन दाजुभाई तथा दिदी बहिनीहरुरूलाई यस्ता हल्लाको पछि नलाग्नु हुन र आउन लागेको निर्वाचनमा आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रपूर्वक मतदान गर्न महासंघ हार्दिक अपिल गर्दछौं ।

पछिल्लो समयमा महासंघले पनि राजनीति गर्न थाल्यो भन्छन् नि, खास यथार्थता के हो ?

ियो महासंघ ख्रीष्टियन समुदायको हकहित, स्थायित्व, पहिचानका लागि क्रियाशिल रहेको भएकोले विभिन्न राजनीतिक दलको सामु जाने र आफ्ना कुरा राख्ने, छलफल र बहस गर्नुपर्ने हाम्रो बाध्यता हो र त्यसरी कुरा गर्दैमा हामीले कसरी राजनीति ग¥यो र ! यसलाई त्यसरी नबुझिदिनुहुन अनुरोध गर्दछु ।

अनि एपि मसिहा पार्टीसँग महासंघको नाम जोडिदै आउने गर्छ त, किन होला ?

यो सरासर गलत भ्रम हो । यसमा कुनै सत्यता छैन । एपि मसिहा पार्टीमा मानिसहरू पहिले महासंघमा थिए भन्ने आधारमा यो कुरा आएको होला । उहाँहरूले राजनीति गर्न पार्टी खोलिसकेपछि महासंघसँग उहाँहरूको कुनै सम्बन्ध छैन भनि स्पष्ट पार्न चाहन्छु । यस्ता नचाहिने कुराका पछि नलाग्नु हुन र यस्ता भ्रम नर्छनु हुन सबैलाई अनुरोध गर्दछु ।

अन्तमा के भन्न चाहनुहुन्छ ?
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल नेपाली मण्डली, ख्रीष्टियन समुदायकै हकहित र संरक्षण गर्नका लागि क्रियाशिल रहेको संस्था हो । समग्र समुदायको हितको लागि नै हामी क्रियाशिल छौं । त्यसैले तपाईंहरू सबैले महासंघले गरिरहेको कामको लागि प्रार्थना सहित साथ र सहयोग गरिदिनुहोला । महासंघप्रति अनावश्यक धारणा बनाउनु र हल्लाको पछि नलाग्नुहुन सबैमा अनुरोध गर्दछौं । धन्यवाद ।