Category: Literature

के विश्वासीहरूको निम्ति मण्डलीमा नियमित उपस्थिती अनिवार्य छ ?

हामी एउटाले अर्कालाई प्रेम र असलकामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथिविचार गरौं । कतिजनाको सङ्गतिमानजाने बानी हुन्छ, तर हामीचाहिँएकसाथ भेलाहुन नछोडौं । तर प्रभुको दिननजिकआइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ ।
–हिब्रू १०ः२४,२५
संसारभरी नै पछिल्लो शताब्दीमा मण्डलीमा उपस्थितिहुने विश्वासीहरूको संख्यामाह्रास आइरहेको तथ्यहरूबाहिरिरहेका छन् । नेपालको सन्दर्भमा यस्तो ठ्याक्कै अध्यायनहरूनभएकाहोलान् तर पछिल्लो समय युवा पुस्ताहरू मण्डली उपस्थितिमा रुचीकमभएको देखिन्छ । विषेश नेपालीयुवाहरूविदेसमाकामगर्न जाँदा वर्षौं सम्म मण्डलीको रेखदेखमा नरहेको र संगतिमा सहभागीनभएको पाइन्छ । कति पटक स्वइच्छाले त कतिपटक कामको वाध्यता, स्थानीयभूगोलमा मण्डलीको उपलब्धतानहुनु र मण्डलीमा दिइने शिक्षाआदि कोही कारणहरू हुनसक्छन् युवा पुस्ता संगतिमानियमितउपस्थितिमाअनुदारहुनुमा । बढ्दो सहरीकरणको जीवनशैली, अध्यायन र करियर प्रतिको मानिसको चासो, व्यस्तजीवनशैली, पारिवारीक जिम्मेवारीको बढ्दो बोझआदि कारणले नेपालमापनि संगतिमाउपस्थितिको चासो र आवश्यक्ताको रूचीभविष्यमा घट्न सक्छ । यहाँ मण्डलीमा नियमित र विश्वासयोग्यउपस्थितिको महत्वको विषयमाचर्चा गरिनेछ ।
विश्वासयोग्य र नियमित रुपमा मण्डलीमा जानु र उपस्थितीहुनु अति नै आवश्यक छ । मण्डलीमा उपस्थितभएर परमेश्वरको आरधनागर्नु नितान्तआवश्यक छ, सायद तपाईंले महशुस गर्नुभएको भन्दापनिअझ बढी महत्वपूर्ण हुनसक्छ । मण्डलीको उपस्थितीमाअनियमित र विश्वासयोग्यनहुनुले तपाईंको विषयमानिश्चित संदेश प्रवाह गर्छ र निश्चितरूपमातत्कालको निम्तिछोटो तर गहिरो असर निम्त्याउँछ । शारीरिक अस्वास्थ्यताको कारणले वाकुनै अर्को वैधानिकआधार भएको कारण बिनायदितपाईं परमेश्वरको जनहरुसँगको उपस्थितीमा जानबाट चुक्नुभएको छ भने ः
१. यसले तपाईंको हृदयको चिसोपना र स्थानिय मण्डली स्थापनागर्नुभएको ख्रीष्ट येशू प्रतिको तपाईंको उत्कट प्रेमको अभावलाई प्रकट गर्दछ (प्रकाश २ः४; ३ः२०) । हरेक विश्वासी हृदयमाजोसिलो भएवानभएको मापनगर्ने एउटा मापकचहिँ मण्डलीमा उसको उपस्थितिपनिहो । येशूले मण्डली स्थापनागर्दा एकजनाको निम्तिवाएक्लो रहनको निम्ति स्थापनागर्नुभएन तर उहाँको उद्देश्य एकअर्कालाई प्रेम गर्नको निम्तिमानिसहरु भेलाहुनुपनिहो । यसले अन्यविश्वासी र येशूसँगको गहिरो प्रेमको र आत्मिकगहिराईको मापनगर्दछ ।
२. यसले नयाँकरारमाभएको मण्डलीले अभ्यास गरेका उदाहरणहरूरु र परमेश्वरको पवित्रवचनमादिइएको आज्ञाहरूप्रतितपाईंको उदाहरणलाई देखाउँछ (प्रेरित २ः४१; हिब्रू १०ः२५) ।समूहीक संगतिमाउपस्थिती परमेश्वरको उदेश्य हो र यो परमेश्वरको वचनको आज्ञा पनिहो ।
३. यसले आउने दिनको निम्तितपाईंले पाउने आशिषबाट तपाईंलाई लुट्छ ।यदितपाईं एक्लो हुनुभयो भने यसले तपाईंको आत्मिक वृद्धिलाई सहायतागर्दैन तर जब मानिसहरुसँग भेलाभएर विश्वासीजनहरूसँगको सम्बन्धमा हुर्कनुहुन्छ यसले तपाईंको आत्मिक वृद्धिलाई सहायता गर्छ ।
४. यसले तपाईसँगको परस्पर सेवकाइबाट पाउने सहायता र भातृत्व आशिषबाट तपाईंका संङ्गी विश्वासी सहकर्मीहरुलाई छल गर्छ, “हामी एउटाले अर्कालाई प्रेम र असलकामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथिविचार गरौं ।”(हेर्नुहोस् १ थेसलोनिकी ५ः१४; हिब्रू १०ः२४) ।विश्वासीहरु एकअर्काका सहयोगीहरु हुन् । विश्वासीले एकअर्कामाकमजोरहरूलाई निर्माण गर्नु आवश्यक छ यसको निम्तिनियमित मण्डलीमा उपस्थितिआवश्यक पर्दछ ।
५. यसले हरेक विश्वासीको आत्मामा र समग्र मण्डलीको (मण्डली ख्रीष्टको शरीर) जीवनमाबास गर्नुहुने पवित्रआत्मालाई शोकित तुल्याउँछ ।पवित्रआत्माको कामहामीलाई एकअर्कामा सम्बन्धमा हुर्कन, क्षमादिन, पाप स्वीकार गर्न र निश्वार्थ प्रेममा वृद्धिहुन सहायतागर्नु पनिहो । पवित्रआत्माले हामीलाई वृद्धिहुन सहायतागर्न चाहनुहुन्छ ।
६. यसले तपाईंको आत्मिकजीवनको वास्ता राखेर परमेश्वरको वचनको सेवकाइगर्ने मण्डलीका गोठालाहरु र तपाईंको जीवनको आत्मिक सहयात्री मण्डलीका अन्य सदस्यहरु शोकित तुल्याउँछ (हिबू्र १३ः७ र १७; १ थेसलोनिकी ५ः१२,१३) । मण्डलीमा अन्यविश्वासी सदस्यहरू तपाईंको आत्मिक वृद्धिमा पक्कापनिखुसी हुन्छन् तर कमजोर आत्मिकअभ्यासमा साँच्चै नै दुःखित हुन्छन् ।
७. यसले तपाईको गलतगवाहीको कारणद्धारा अन्यविश्वासीहरूलाई पनिकमजोर, अविश्वासयोग्य, अल्छि र स्वर्थी बन्नअभिप्रेरित गर्छ । नयाँविश्वासीहरू र विश्वासमाकमोज अन्यविश्वासीहरूको निम्ति ऊ त्यो …. मण्डलीमा आएको थिएनवाआउँदैन… भन्ने जस्ता बहानाहरु सुनिन्छन् ।विश्वासीहरूरु अरूले देख्ने र पढ्ने खुल्लापत्रहुन् (कोरिन्थी ३ः२,३क)
८. यसले तपाई गाँसिनु भएको शरीर अर्थात् तपाईंको स्थानियमण्डलीका अन्यविश्वासीहरूलाई निराश तुल्याउँछ ।तपाईं आफ्नो निम्तिमात्र सोच्ने स्वार्थी होइन तर अरुको निम्तिजिउने व्यक्ति बन्नुपर्छ । येशूले पनिआफ्नो मात्रखुशी र चाहना हेर्नुभएन तर उहाँनिस्वर्थ भएर मानिसहरूको निम्ति संसारमाआउनुभयो ।
९. यसरी मण्डलीमा तपाईंको अनियमितउपस्थितीले विश्वास नगरेका अन्यमानिसहरूको बीचमापनिकमजोर गवाही बन्छ (हेर्नुहोस् यूहन्ना १३ः३५; १ यूहन्ना ३ः१३,१४) ।तपाईं अरूको निम्ति ठेस लाग्ने बाधाको कारण बन्नु परमेश्वरको उद्देश्य होइन ।
१०. यसले तपाईं सदस्यहुनुभएको मण्डली प्रतिको तपाईंको कमजोर दर्शन छ भन्ने कुरा देखाउँछ(यर्मिया २९ः१०,११) । स्थानिय मण्डलीमा हरेक सदस्यहरूजिम्मेवार बन्नु आवश्यक छ । कोहीएकजना सदस्यमात्रपनिजिम्मेवार भएनभने यसले समग्र मण्डलीको हानी गर्छ ।
११. यसले तपाईं सदस्य भएको मण्डलीसँग तपाईले पुरा गर्नु पर्ने दायित्व प्रति अनाज्ञाकारी बनाउनका साथै तपाईंले मण्डली र परमेश्वरसँग बाँध्नुभएको करारलाई पुरानगर्ने व्यक्ति बनाउँछ ।
१२. यसले तपाईंलाई डरलाग्दो गरी रित्तो बनाउँछ र विश्वासबाट पछी हट्ने जस्तो गम्भिर परिणमतर्फ डो¥याउँछ (हिब्रू १०ः२५ लाई १९ देखि ३९ पदसँगको सन्दर्भमा पढ्नुहोस्) ।यदि संगतिमा उपस्थिति हुनुभएन भने तपाईं एक्लो भएर आफैं पनि निरास हुनुहुन्छ तर हरेक हप्ता अरुलाई भेट्दा अरुलाई उत्साहित गराउनुका साथै तपाईं आफैं पनि उत्साहित हुनुहुनेछ ।
१३. यसले तपाईंको निम्ति परमेश्वरले आरधना गर्नको निम्ति दिनुभएको दिन र समय प्रति तपाईंको अनादर देखाउँछ ।परमेश्वरले सबैलाई उही समय दिनुभएको छ र यसको आदर सबैले गर्नुपर्छ ।
एउटा ख्रीष्टियन ख्रीष्टको स्थानिय मण्डलीलाई प्रेम गर्नको निम्ति केवल येशू ख्रीष्टमा विश्वासद्धारा अनुग्रहबाट मात्रबचाइएको हो –हेर्नुहोस् भजनसंग्रह २७ः४, ८४ः१,२ र १०, ८७ः१–३) । यदि कोहीव्यक्तिमा ख्रीष्टको मण्डली प्रति प्रेम र कुनै चासो छैन भने र स्थानिय मण्डलीसँग कोहीजोडिन र आफैंलाई चिनाउनचाहँदैन भने उसको विश्वास नै साँचो हो कि होइनभनिशंकागर्नुपर्ने हुन्छ । कोहीव्यक्तिमाभएको साँचो र बचाइने विश्वासले सो व्यक्तिमा ख्रीष्टले प्रेम गर्नुहुने कुरा प्रतिपनि प्रेम जगाउँछ । येशूले मण्डलीलाई प्रेम गर्नुहुन्छ र मण्डलीको निम्तिआफैंलाई वलिदानगर्नुभयो । यस सन्दर्भमाजोन ओवेनले यसरी उल्लेख गरेका छन्;
“येशूमाविश्वास गरेको स्वीकार गर्ने र आफ्नो अनन्त उद्धारको आफैंवास्ता राख्ने हरेक विश्वासीकोआफ्नै दायित्वहो की, स्वयंसेवकरूपमा र आफ्नै राजीखुसीले उसले आफुलाई ख्रीष्टको स्थानीय मण्डलीमा जोडेर राख्छ… कोहीव्यक्तिले कानूनी रुपमा सच्चा र सम्मानितछ भने ऊ,उहाँ (ख्रीष्ट)को न्यायालयमा सम्मानित रुपमा नै देखापर्छ ।”  (Works, Vol.15, ‘Duty of Believers to join Themselves In Church Order,’ pp.319-327)

हामी सबैले आफ्नो हृदयबाट दाउदले झैं आनन्द साथभनौं, “जबतिनिहरुले मलाई भने, परमप्रभुको भवनमाहामीजाऔं, तब म आनन्दितभएँ (भजनसंग्रह १२२ः१) ।

प्रेम नारायण भट्टराई, शक्तिशालीबप्तिस मण्डली

(नोटयो लेख इर्ल ब्ल्याकवर्नको ‘मण्डलीमा उपस्थिती ः के यो आवश्यक छ ?’ (Church Attendance: Is It Important? By Earl Blackburn, Reformed Baptist Publications) को संसोधितअनुवादमाआधारितछ । यहाँउल्लेख गरिएकाबुँदाहरु सो लेखबाट लिएकाभएपनित्यसको व्याख्या र प्रयोग भने मौलिकहुन् ।)

जीवनमा सधैं अवसरहरु आउँदैन …. आएको अवसरलाई तुरुन्तै समाउन सक्दनु पर्दछ ।

दिपेश एक युवा हुन । एक जना किसानको छोरीको गहिरो प्रेममा डुबेका हुन्छन् । जसरी भएपछि छोरी माग्न जान्छन् । किसान आफै खेतबारीमा व्यस्त थिए ।
विभिन्न कुराकानी बल्ल उनका छोरी माग्न आएको कुरा बताउँछन् । किसान मुस्कृुराउँदै भन्छन्, “ प्रिय छोरा उता गएर उभिए, म ३ बाट गोरु पालैपालो छोड्छु, तिमीले त्यस गोरुहरुको पुच्छर समात्यौं भने म मेरो छोरी तिमीलाई दिन्छु ।”

पूरा बलका साथमा दिपेश तयार हुन्छन् । उहाँसँग जोस, जाँगर, हिम्मत, बलसँग तयार हुन्छ । उताबाट किसानले पहिलो गोरु छोड्छ । बलियो गोरु थियो । उसले सोच्दछ, “ भो… यो बलियो रहेछ । अर्कोलाई समात्छु भनेर उसले निर्णय गर्दछ । त्यो गोरु उसको छेउबाट जान्छ ।

फेरी अर्को गोरु दोस्रो ढोकाबाट निस्कन्छ । अचम्म…. अविश्वनिय… दुर्लभ… कहिले नदेखेको गोरु हुन्छ । सायद यो असम्भव नै छ । उसले भन्दछ, “यसमा बल लगाउनु भन्दा त अन्तिम आउने लगाउँदा ठिक छ ।” त्यो दोस्रो गोरु पनि उसकै अगाडिबाट जान्छ ।

तेस्रो ढोका खुल्दछ । उसको अनुहारमा उज्यालोसहितको मुस्कान छर्दछ । अचम्म…. अविश्वनिय… दुर्लभ… कहिले नदेखेको तेस्रो गोरु उसको अगाडि हुन्छ । कति नै कमजोर, दुब्लो र हिड्ने मुश्किल…. विस्तारै विस्तारै गोरु अघि वढ्छ ।
उ पूरा तयारीको साथ अघि वढछ् । पूरा बलको साथ बुरुक उफ्रेर… हात पुच्छर समाउन खोज्दछ .. अवसोच त्यस गोरुको पुच्छरै हुँदैन ।

जीवनमा सधैं अवसरहरु आउँदैन …. आएको अवसरलाई तुरुन्तै समाउन सक्दनु पर्दछ ।
– संकलन ः रामहरी थापा
सक्दो शेयर गरौं… लाखौं जनतासमक्ष पुगाऔं ।

तपाईं जो महान हुनुहुन्छ

रामप्रसाद पौडेल

यो लेख तपाईंको सुन्दर ब्यबहार र अनौठो सोख देखेर तयार पारिएको हो । यो लेख पढेर तपाईंले परमेश्वरले तपाईंको जीवनमा गर्नुभएको अचम्मको कामको लागि उहाँलाई धन्यवाद दिन सक्नुहुन्छ । यो लेख तपाईंको जीवनको समग्र अध्ययन हो । यसमा मैले तपाईंको अद्धितीय जीवनशैलीको प्रशंसा गरेको छु । प्रशंसा सुन्न कसलाई मन लाग्दैन र ? बडो खुशीसाथ तल पढेर हेर्नुहोस् है त….. ।

तपाईं काठमाण्डौं, पोखरा, विराटनगर, धरान, नेपालगञ्ज, धनगढी, हेटौंडा, बुटवल वा अन्य कुनै शहरमा बसेर भव्य सेवकाई गर्ने परमेश्वरकोे दास हुनुहुन्छ । तपाईंको अण्डरमा धेरै मण्डलीहरू स्थापना भएका छन् । तपाईं धेरै सेवकहरूको अन्नदाता हुनुहुन्छ । तपाईं कुनै सम्प्रदाय, संस्था वा प्रतिष्ठानको जुझारु नेतृत्व गर्नुहुन्छ । तपाईंलाई समयमा भेट्न सकिँदैन, एक साता पहिल्यै समय लिनुपर्छ । म जान्दछु तपाईं अति व्यस्त हुनुहुन्छ । तपाईंलाई भेट्नेहरू धन्यका हुनेछन् । तपाईं वर्षमा थोरै दिन मात्र नेपालमा बस्नुहुन्छ बाँकी समय तपाईंको विदेशमै बित्छ । हुँदै नभए पनि वर्षमा एकपटक त तपाईंले एसिया छिचोल्नै पर्छ ।
तपाईं इसाईहरूको राष्ट्रिय नेतृत्व गर्नुहुन्छ । तपाईं नेपालको मण्डलीको इतिहास बन्दै हुनुहुन्छ । तपाईंलाई हेरेर नै धेरै नयाँहरू उत्साह प्राप्त गर्छन् । तपाईंलाई आफ्नो जीवनको हिरो ठान्दै तपाईंजस्तै हुन चाहनेहरू नेपालमा धेरै छन् । तपाईंको व्यक्तित्व शालीन छ । तपाईंमा नम्रता देख्न पाईन्छ । तपाईं सभा सम्मेलनमा आगो झार्ने वक्ता हुनुहुन्छ । तपाईंको वचनले धेरै जनाले जोश पाएका छन् र सेवकाईमा विलीन हुने आँट समेत गरेका छन् । तपाईंले विभिन्न कार्यक्रममा बोल्ने दुई शब्दले विशेष महत्व राख्छन् । तपाईंले लेख्ने पुस्तकहरु लाभप्रद छन् । नेपालका मण्डलीहरुको निम्ति ती पुस्तकहरु अति नै उपयोगी छन् । अरूको पुस्तकहरूमा तपाईंले दिने शुभकामनाका शब्दहरु पनि अति नै शुभ छन् । तपाईं वास्तवमै अति उच्च हुनुहुन्छ ।
तपाईं परमेश्वरको आशिषित् जन हुनुहुन्छ । तपाईंले सेतै फूलेको कपालमा लगाउनुभएको मेहन्दी महंगो मार्काको रहेछ क्यारे तपाईंको कपाललाई दुरुस्त प्राकृतिक बनाएको छ । फूलेकै भए पनि तपाईंको केस कति राम्रा ? तपाईं महंगो गाडी चढ्नुहुन्छ । वातानुकूलित चारपाङग्रेबाट सर्लक्क ओर्लँदा तपाईं स्वर्गदूत झैं देखिनुहुन्छ । म मान्दछु त्यस बेलामा तपाईं हुनुभएको भए स्वर्गदूतहरुले पनि तपाईंलाई आदर्श ठान्दा हुन् । तपाईंले लगाउने जुत्ता अति चिल्ला छन् । जुत्ता रक्षाकै लागि भए पनि तपार्इंले गाडी चढ्नै पर्छ । फेरि त्यो गाडी परमेश्वरले दिनुभएको आशिष् पो हो त । आशिष्लाई इन्कार गर्न पनि त भएन नि, हैन र ? आशिष् पाएकै कारण तपाईं आलिसान महलको मालिक हुनुभएको छ । तपाईं पनि सायद निर्धक्क हुनुहुन्छ कि जगत्को अन्त्यसम्म तपाईंको महल स्थिर रहनेछ । प्रभुको आगमनमा पनि तपाईं त्यो घर वा गाडीभित्र लुकेर आफूलाई सुरक्षित गराउन सक्नुहुन्छ । बाहिर फेरो जाँदा तपाईं तारे होटलमा बस्नुहुन्छ र होटल मालिकलाई समेत आशिषित् बनाउनुहुन्छ । होटलमा तपाईं सोडसीहरुको चाह गर्नुहुन्छ र श्रीमतीहरूलाई फोनमा आई मिस यु अ लट भन्दै अप्रिल फुल मनाइदिनुहुन्छ ।
तपाईं प्रकृतिलाई अति नै प्रेम गर्ने परमेश्वरको इमान्दार उत्तराधिकारी हुनुहुन्छ । तपाईंको घर वरपर अदनको बगैंचा छन् । त्यहाँ कहिलेकाहिँ तपाईं आफ्नी श्रीमतीसँग प्रेमालाप गर्नुहुन्छ र आदम र हव्वाको लीला कल्पनुहुन्छ । अहो तपाईंको पुष्पवाटिका कति सुन्दर ? हजारौं पुष्पहरूले शोभित ती बेबिलोनको झुलनबाग झैं देखिन्छन् । तपाईंलाई देख्नेहरूले कुनै रीतिले पनि सम्झन सक्तैनन् कि तपाईं कुनै दिन चप्पल पड्काएर शहरका गल्ली हुँदो रोजिरोटीका लागि भौतारिँदै हिँड्नुहुन्थ्यो । अहिले त तपाईं कहाँ हो कहाँ । तपाईं लाखौं मूल्यमा कुकुर किनेर पाल्नुहुन्छ र आफू झन् सुरक्षित भएको महशुस गर्नुहुन्छ । ती कुकुरहरूलाई तपाईं दैनिक १ किलोभन्दा बढी मासु कलेजो खुवाउनुहुन्छ बरु आफू हड्डीकै सुप पिउन तयार हुनुहुन्छ । आखिर परमेश्वरले दिनुभएको आशिष् न हो । कुकुरको पालन पोषण र रक्षाको लागि तपाईं महिनामा हजारौं खर्च गर्नुहुन्छ । कहिलेकाहीँ सपिङ्ग गर्न जाँदा तपाईंलाई फोहोरी बालबालिकाले घेर्छन् र तपाईं सामु हात पसार्छन् । यो कुराले तपाईंलाई दिक्क लगाउँछ । तपाईं तिनीहरूलाई हपार्नुहुन्छ र आफ्नो कुकुरको लागि महंगो सामान किनेर फर्कनुहुन्छ । तपाईंले कुकुरलाई आफ्नो सन्तान तुल्याउनुभएको छ, त्यसकारण सन्तानको पालनपोषण गर्ने अभिभावकको कर्तव्य कुशलतापूर्वक निभाइरहनु भएको छ । तपाईं राति कुकुरसँगसँगै सुत्नुहुन्छ र तपाईंकी श्रीमती पनि । तपाईंले श्रीमतीबाट भन्दा कुकुरबाट बढी न्यानो महशुस गर्नुभएको छ । आफ्ना वर्करहरुलाई तपाईं महिनैपिच्छे २५०० बाँड्नुहुन्छ र आफ्नो कुकुरको खर्च हिसाब गरेर वर्करहरुसँग तुलना गर्नुहुन्छ । निश्चय नै तपाईंको कुकुर पाँचजना वर्करभन्दा बढी भएकोले तपाईं मख्ख पर्नुभएको छ । तपाईं आफ्नो घरमा आउने पाहुनाहरूलाई कुकुरसँग परिचय गराउनुहुन्छ र भन्नुहुन्छ “यो मेरो सन्तान हो यसलाई म अति प्रेम गर्छु ।” कुकुर लपलपाउँदै तपाईंको मुख चाट्न आउँछ । कुकुरबाट प्रेम पाएर तपार्इं फेरि धन्य हुनुभएको छ ।
तपाईं आफ्नो दाताहरूप्रति अति नै इमान्दार हुनुहुन्छ । उनीहरूले चाहे अनुरुपकै रिपोर्ट बनाउने कला जान्नुभएको छ । उनीहरू आफ्नो लगानीको क्षेत्र अवलोकन गर्न आउँदा तपाईं अग्लो डाँडामा उनीहरुलाई लिएर जानुहुन्छ र देखिने जति गाउँ सबैमा स्तरीय सेवकाई भइरहेको जनाउ दिनुहुन्छ । राजनीतिक परिस्थितिको कारण दाताहरू त्यो गाउँमा जान नसक्ने बताउँदै उनीहरुलाई पुनः होटलमै फर्काइदिनुहुन्छ । दाताहरुको सामुन्ने तपाईं आत्माले भरिनुहुन्छ र आफ्नो जातिको लागि रुनुहुन्छ । तपाईंको रुवाईले दाताको आत्मालाई छुन्छ र सपोर्ट बढ्ने सम्भावना हुन्छ । सपोर्ट बढेपछि तपाईको जीवनशैली स्तरीय हुन्छ । कुकुरहरूको हेरचाहमा ध्यान दिन सकिन्छ । २५ सय गोटाको एकाध वर्कर पनि थप्न सकिन्छ । तपाईं यी सबै गुनेर परमेश्वरलाई धन्यवाद दिनुहुन्छ ।
तपाईंको जीवन बखान सुनेर तपाईंलाई रमाइलै त लाग्यो होला नि । केही नराम्रो लाग्यो भने तलको ठेगानामा इमेल गर्नुहोला वा पत्रिकामा प्रतिकृया पठाउनुहोला । यतिखेर चाहिँ तपाईंलाई परमेश्वरले गर्नुभएको सहायताको लागि आउनुहोस् एक पटक फेरि धन्यवाद दिऊँ ।
लष्कतबचmन२नmबष्।िअयm

जुवा–२

आखिर हाम्रो जीवनमा जे हुन्छ, सब परमेश्वरकै इच्छानुसार राम्रै हुन्छ । हामी जीवनमा थुप्रै आपत–विपतबाट गुज्रन्छौँ, ती हामीलाई विरक्तिमा डुबाउने दुर्दिन हुन्छन् तर परमेश्वर सदा भला हुनुहुन्छ । उहाँप्रति स्थिर मनका भइ भक्तिमा लागि पर्यौं भने हाम्रा हरेक खराब परिस्थितिलाई पनि अन्तमा असलमा नै बद्लनुहुन्छ । यही कुरा आज मेरो जीवनमा फेरि सत्य साबित भएको छ । म कति काँतर, मलाई परेको त्यो दुर्दशामाथि फेरि कहिल्यै प्रभुको दया नपर्ला भनी म विचलित हुन्थें किनकि मेरी छोरीले जानी–जानी प्रभुको आज्ञा उल्लंघन गरेकी थिई तर प्रभुलाई धन्यवाद होस, उहाँले मेरो त्यो दुर्दशालाई सुन्दरतामा परिणत गरिदिनुभो । मेरी छोरीले जानेरै बाटो बिराएकी थिई तर प्रभुले नजानेर बाटो बिराएकी झैं क्षमा गरिदिनुभो । आखिर आÇना छोराछोरी बरालिएर गएपनि उहाँ सधैं प्रेम गर्नुहुन्छ र एकदिन पक्कै फर्काई ल्याउनुहुन्छ भन्ने प्रमाण हो यो । आखिर हाम्रो जीवनमा जे हुन्छ, सब परमेश्वरकै इच्छानुसार राम्रै हुन्छ । हामी जीवनमा थुप्रै आपत–विपतबाट गुज्रन्छौँ, ती हामीलाई विरक्तिमा डुबाउने दुर्दिन हुन्छन् तर परमेश्वर सदा भला हुनुहुन्छ । उहाँप्रति स्थिर मनका भइ भक्तिमा लागि पर्यौं भने हाम्रा हरेक खराब परिस्थितिलाई पनि अन्तमा असलमा नै बद्लनुहुन्छ । यही कुरा आज मेरो जीवनमा फेरि सत्य साबित भएको छ । म कति काँतर, मलाई परेको त्यो दुर्दशामाथि फेरि कहिल्यै प्रभुको दया नपर्ला भनी म विचलित हुन्थें किनकि मेरी छोरीले जानी–जानी प्रभुको आज्ञा उल्लंघन गरेकी थिई तर प्रभुलाई धन्यवाद होस, उहाँले मेरो त्यो दुर्दशालाई सुन्दरतामा परिणत गरिदिनुभो । मेरी छोरीले जानेरै बाटो बिराएकी थिई तर प्रभुले नजानेर बाटो बिराएकी झैं क्षमा गरिदिनुभो । आखिर आÇना छोराछोरी बरालिएर गएपनि उहाँ सधैं प्रेम गर्नुहुन्छ र एकदिन पक्कै फर्काई ल्याउनुहुन्छ भन्ने प्रमाण हो यो । म एक विधवा नारी, मैले छोरीलाई दुःख गरी हुर्काए । उसलाई मैले सानैदेखि प्रभुप्रति इमान्दार हुन सम्झाइरहन्थें अनि ऊ मेरा हरेक अर्तिलाई आज्ञाकारी बालिका झैं शिरोपर गर्थी । उसले कहिल्यै पनि मेरो भावनामा चोट पुग्ने काम गरिन र गर्ने पनि छैन भन्ने कुरामा म विश्वस्त थिएँ, तर जवानीको हुरीमा ऊ बलियी रूखझैं अडिन नसकी एक्कासी बत्तिई जसले मेरो शिर सबैका सामु झुक्यो । मैले सपनामा पनि नसोचेको गल्ती मेरै छोरीले गर्दा मलाई मेरो पुरै संसार गर्लयाम्–गुर्लुम् ढले झैं भयो । मलाई आÇनै छोरीप्रति चरम घृणा उत्पन्न भयो किनकि मैले त्यतिन्जेल दिएको शिक्षालाई उसले आज्ञाकारी झैं सुनेपनि व्यवहारमा आज्ञाकारी भइन ।‘‘‘अविश्वासीसित एउटै जुवामा ननारिओ…’’ जवानीमा पाइला टेक्न थालेदेखि म उसलाई यी वचन बरोबर याद दिलाइरहन्थें, ताकि उसले जीवनको कुनैपनि मोडमा अविश्वासीलाई जीवनसाथी बनाउने चेष्टा नगरोस् । यसो गर्नु सिधै परमेश्वरको आज्ञा उल्लंघन हो भन्ने कुरा पनि मेरो अर्ति–उपदेशमा सधैं समावेश हुन्थ्यो र ऊ ज्ञानी भएर मेरो कुरा मान्थी, ऊ भन्थी—‘मम्मी ! ‘‘तपाई चिन्ता नगर्नोस्, मैले कहिल्यै परमेश्वरको आज्ञा तोड्ने छैन ।’’ तसर्थ म मेरी छोरीप्रति ढुक्क थिएँ ।समय बित्दै गयो, उसलाई माग्न चर्चबाटै थुप्रै मान्छे आउन थाले, उसले धेरैलाई अस्विकार गरी, त्यसमा मैले कर गर्नु त भएन, म उसकै इच्छालाई महत्व दिन्थें । प्रार्थना गर्दा जहिल्यै ‘प्रभु मेरी छोरीलाई एक असल जीवनसाथी जुटाइदिनुस् भनिरहन्थें । उसलाई माग्न आएदेखि उसको मुहार केही मलिन देख्न थालें । मैले उसलाई सोधें– ‘के भयो तँलाई ? किन उदास देखिन्छेस् ? अनि उसले मेरो काखमा आÇनो शिर राखी भनी–‘मम्मी ‘‘यदि म बिहे गरी गएँ भने हजुर एक्लै हुनुहोला है ?’’ उसको बालापन देखेर मलाई हाँसो उठ्यो ।    ‘धत् ! लाटी, आÇनो लोग्नेको घर त जानुपर्यो नि, म सधैं तेरो छेउमा हुने होइन केरे, मैले मायालु पारामा उसको कपाल मुसार्दै भनें, अनि फेरि भनें—तँलाई केको चिन्ता परेछ अचेल हँ ? किन तेरो मुख उदास देखिन्छ ? तँलाई मैले बिहे गर्न कर गरेछैन केरे, यो त तेरै इच्छा हो ।मैले उसको मनसाय बुझ्न धेरै प्रयास गरें तर उसले भनिन । मसित जे कुरा पनि नलुकाई भन्ने छोरीले त्यसबेला चाहिँ लुकाई कि ऊ एक अविश्वासी युवकलाई प्रेम गर्छे जसको मैले पटक्क चाल पाउन सकिनँ ।अँ ! फेरि अर्को एकजना विश्वासी युवकले माग्न आएको थियो । मलाई त केटो राम्रै लाग्यो तर उसले साविक झैं सरासर इन्कार गरी, मेरो मनमा अलिकति चिसो त पसेकै हो तर उसलाई मैले घरिघरि सोध्नु उचित मानिनँ ।त्यसको भोलिपल्टको दिनदेखि अनायास ऊ हराई । कलेज गएकी छोरी साँझ हुन्जेलसम्म घर नआउँदा मेरो मन आत्तियो, मनमनमा परमेश्वरलाई पुकार्दै उसको साथीहरूलाई सोधपुछ गरें, धेरैले ‘थाहा छैन, भन्दा कुनै भवितव्यको आशंकाले म झन् आत्तिएँ । ‘मेरी छोरी जहाँ होस् सुरक्षित होस् प्रभु भन्दै गएँ । अन्तमा उसकै कलेजकी साथी वृन्दा मेरो डेरामा आई अनि मैले उसलाई छोरीको बारेमा झट्टै सोधिहालें । उसले भनी, आंटी नआत्तिनुस, पवित्रालाई केही पनि भएको छैन बरू यो पढ्नुहोला । म गएँ, भन्दै उसले मेरो हातमा एउटा कागजको पाना थम्याएर गइहाली । म अवाक भएँ, काँपिरहेको हातले पट्टाइएको पाना खोलेर त्यसमा कोरिएका शब्द पढ्न लागें, हस्तलेखन छोरीकै हो भनेर मैले चिनें ।‘मम्मी ! मलाई माफ गर्नुहोला, जीवनसाथीको मामिलामा म हारें । म परमेश्वरको यो आज्ञामा दृढ हुन कोसिस गर्दागर्दै पनि सकिनँ, अन्ततः म आज अविश्वासी भएपनि मेरै दिलमा बसेको मान्छेसित एउटै जुवामा नारिन पुगेकी छु । मलाई आÇनै अज्ञानी छोरी सम्झी माफ गर्नुहोला । मैले रोजेको पुरूष अविश्वासी भएपनि उसलाई मैले मनग्ग्ये सुसमाचार सुनाएकी छु, त्यसैले ऊ परमेश्वरलाई श्रद्धा गर्छ । उसले ग्रहण गरेरै परिवारको स्वीकृतिमा मलाई लैजान चाहेको थियो तर उसको परिवारले उसको कुरा पटक्क मानेन । अन्तमा उसलाई अर्कै केटीसित विवाह गर्नैपर्ने दबाव आयो । आÇनो परिवारको खातिर उसले हाम्रो प्रेमलाई मेटिदिने दुष्प्रयास गर्न सकेन, त्यसैले मलाई भगाउने नै अन्तिम निर्णय उसले लियो । त्यसैले मैले पनि तपाईंको खातिर वा परमेश्वरको खातिर आÇनो प्रेमलाई लात मार्न सकिन । मम्मी, एकपल्ट १ कोरिन्थी ७ः१३ र १ पत्रुस ३ः१–२ हेर्नुस् न, के थाहा मैले विवाह गरेपछि उसको पनि आत्मा बाँच्ला कि ? ऊ र उसको परिवारले पनि चाँडै प्रभुलाई चिन्न सकोस् भनी प्रार्थना गरिदिनुहोला । मैले यो पर्खाल नाघेपनि प्रभुप्रतिको मेरो विश्वासलाई तोडेकी छैन र तोड्ने पनि छैन । हाम्रो बाध्यतालाई बुझ्नुहोला, थाहा छैन, म यो पाप किन गर्दैछु तर प्रभु जान्नुहुन्छ, सबैकुरा उहाँकै हातमा सुम्पेकी छु, प्रभुले तपाईलाई सम्हालिने शक्ति दिउन्, आमेन…. ।

पत्र पढ्दा पढ्दै मेरो धरातल हल्लिरहेको थियो, झन् पढेर सिध्याएपछि त मलाई आफू बर्बाद भएको अनुभव भयो, ‘रातभरी रूँग्यो, बुढी ज्युँदै, भनेजस्तो मैले त्यतिन्जेल दिएको शिक्षा बालुवामा पानीझैं भएपछि मलाई रीस उठ्यो, कारण जेसुकै भएपनि प्रभुको आज्ञा तोडेकोले म छोरीप्रति रूष्ट भएँ, यस मानेमा मलाई झन् रीस उठ्यो किनकि उसले मलाई आमा भएर पनि आमाजस्ती सोंचिन, पहिल्यै मैले सोध्दा मलाई यो गुप्त कुरा भनेकी भए म अरू विश्वासीजनसँग सल्लाह गरेर पवित्र विवाहकै चाँजो मिलाउने थिएँ तर उसले मेरो मातृत्वमाथि नै ठेस पुराई, म त नहुनुपर्ने भएपनि त्यतिबेला रीसले एकदम रन्थनिएँ, त्यो पत्र त्यहीं च्यातचुत पारी प्रार्थनामा जोडजोडले कराउन थालें‘ । लौन यो के देखायौ नि प्रभु, मैले छोरीको लागि असल जीवनसाथी जुटाइदिनुस् भनेथें तर यो के भयो नि….। म प्रार्थनामा प्रभुसित पनि आक्रोश पोखें, मैले त मेरी छोरीले एक असल विश्वासी नै जीवनसाथी पाओस् भनेर कामना गरेथें तर यो कुरा एकदम सत्य हो कि मैले प्रार्थनामा ‘असल जीवनसाथी मात्र भनेकी थिएँ । ‘असल विश्वासी जीवनसाथी भनेकी थिइन, तर मेरो मनले विश्वासी नै चाहेको थियो र हृदयका कुरा जान्नुहुने परमेश्वरले यो कुरा पनि जान्नुहुन्छ भन्ने कुरामा म ढुक्क थिएँ । तर यदाकदा प्रार्थनामा बोलिएको सानो शब्दले पनि धेरै फरक पार्दो रहेछ भन्ने कुरा मैले बुझें किनकि मेरी छोरीको जीवनसाथी अविश्वासी भएपनि असल नै निस्क्यो । मैले ‘विश्वासी शब्द प्रयोग नगर्नुमा परमेश्वरको ठूलो योजना रहेछ जुन म सिल्लीलाई के थाहा ।
अँ ! अचानक छोरी अविश्वासीसित पोइल जाँदा मलाई त प्रभुले पनि छक्काएजस्तो लाग्यो, मैले त रूँदै ‘किन मलाई यसरी छक्काउनुभयो प्रभु ? भनी प्रश्न गरें, पत्र पढेपछि म यति विचलित भइथें कि मैले त्यस साँझ प्रार्थना गर्दागर्दा पूरा रात छर्लंग बितेको पनि पत्तै पाइनँ, भोलिपल्ट बिहान भंगेराका चिरबिर सुन्दा पो म झल्याँस्स ब्यूँझें, रातभरी घुँडा टेकेर घोप्टो परेको हुनाले मेरो खुट्टा झम्झमायो, आँसु पनि भुइँमा खसेर ओस्सिएको थियो अनि छाम्दा आँखा र गालामा आँसुका पाप्रा बसेका थिए ‘जेजस्तो भएपनि प्रभु तपाईंकै इच्छा, प्रभु धन्यवाद भन्दै आÇनो काम–धन्दा गर्न उठें ।

आश्चर्य…. त्यस बिहानचाहिँ मेरो रीस मत्थर भएको थियो । बरू छोरीले दुःख पाउली कि भनेर मलाई पीर पर्यो तर खराबलाई असलमा परिणत गर्ने मेरा परमेश्वरले यो घटनालाई पनि उहाँकै महिमामा परिणत गरून् भन्ने कामना गरें किनकि त्यस रात रोई–रोई प्रार्थना गर्दा मैले एउटा अलौकिक दर्शन पाएँ जुन दर्शनमा म हुरूरू उडेर स्वर्गमा पुगेको थिएँ, जहाँ जता हेरेपनि निख्खर सेतो दूधै दुध मात्र देखेकी थिएँ  ।

अँ, दुई महिनासम्म उसले मलाई फोन पनि नगर्दा मेरो मन आत्तियो, कहाँ छे ? को केटा हो ? कस्तो छ ? मलाई केही थाहा थिएन, पहिलाको मोबाइल नम्बर पनि फेरेकी रहिछ । वृन्दालाई के हो कसो हो भनिसोध्दा केटा गुल्मीको बाहुन हो रे, मान्छे राम्रै छ रे, तँलाई फोन गरी भने मैले ‘मलाई नि फोन गर्न भन, म रिसा छैन भन भने । एकपल्ट वृन्दालाई उसले फोन गरिछ । मेरो बारेमा धेरै सोध्थी रे, मेरो रीस मरेपछि बल्ल फोन गर्छु भन्थी रे । त्यतिन्जेल मैले वृन्दालाई मेरो कुरा भनेकी थिइनँ, उसका कुरा सुनी मेरो मातृत्व हिउँझैं पग्लियो, आखिर आÇनै दसधारा दुध खुवाएर हुर्केकी छोरी त हो, आÇनो सन्तानले जतिसुकै गल्ती गरेपनि आमालाई माया नलाग्ने त कुरै छैन  । दुई महिना बितेपछि उसले मलाई फोन गरी, मैले एकै सासमा हालखबर सोधें, उसले ‘म खुशी छु, चिन्ता नलिनुस् मम्मी भनीथी, मैले सान्तवनाको लामो सास फेरें अनि ‘ज्वाईंसाहेबसित चाँडो मकहाँ आएस् भनें, उसले मेरो आग्रहमा सहमति जनाई । एकछिन ज्वाईंसाहेबसित पनि कुरा भयो । ज्वाईंको बोली मीठै लाग्यो । दुवैले हालखबर ठीकठाक भने तर मलाई कताकता केही नमिलेको झैं लागिरह्यो । जे होस्, छोरीले आÇनो अविश्वासी परिवारलाई पनि प्रभुमा ल्याउन सकोस् भनी प्रार्थना गरें ।

यस्तै गरी, सात महिना बिते । ऊ मलाई बेलाबेलामा फोन गरिरहन्थी र मलाई गृहस्थी जीवन राम्रै चलिरहेको भन्थी तर अचानक एक बेलुकी मलाई पूर्वसूचना पनि नदिई मेरो दैलोमा ऊ टुप्लुक्क आइपुगी, मैले ‘आइँ छोरी तँ एक्कासी यहाँ ? कसरी ? भनेर सोधें, मेरो आश्चर्य मिश्रित प्रश्न सुन्नासाथ ऊ मलाई ग्वाम्लाङग अँगालो हाल्दै ‘मम्मी..मम्मीको पीडायुक्त क्रन्दनसित रून थाली ।पछि सबै कुरा उसले मलाई नलुकाई भनी । उसलाई घरमा सासु–ससुराबाट ख्रीष्टियान भनेर राम्रो व्यवहार थिएन । आखिर मेरो मन पहिल्यैदेखि चस्केको त्यसै होइन रहेछ । उसले त्यहाँ सुसमाचार त सुनाई रे तर जंगलको रूवाइ भएछ । उसको लोग्नेले त राम्रै सोंचाई राख्थ्यो रे तर एकदिन ज्वाईंले सबैका सामु ख्रीष्टलाई ग्रहण गरौं भन्दा ठूलो रडाको मच्चिएछ । सम्धिनीले मेरी छोरीलाई ‘तँ मेरो छोरोलाई मुहुनी लाउने बोक्सी, आजै कि मेरो छोरोलाई छोड्, कि तेरो परमेश्वरलाई छोड् भनेर अत्तो थापिछन् । सधैंको किचकिच मेरी छोरीले सहँदै आएकी थिई तर त्यो रडाको उसलाई साह«ै असह्य भो किनकि पति र परमेश्वरमा एकलाई चुन्नुपर्ने धर्मसंकटमा उसलाई पारिएको थियो । म मेरी छोरीमा गर्व गर्छु । आजसम्म मैले दिएको शिक्षालाई उसले लात मारेकी रहिनछे, उसले सजिलै भनी ‘मम्मी ! म तपाईंको छोरोलाई छोड्न सक्छु । बरू म मेरा परमेश्वरलाई छोड्दिन । आजसम्म मैले तपाईंहरूको आत्मा जोगाउन प्रयास गरें तर म हारे । तपाईंको छोरो तपाईं नै राख्नुस्, म परमेश्वरकी छोरी हुँ, उहाँकै रहनेछु । मैले खोजें भने त तपाईंको छोरोजस्तो हजारौं पाउन सक्छु तर परमेश्वरलाई पाउन सक्दिन । यसकारण आज म तपाईंको छोरोलाई छोड्न तयार छु ।

यही कारण ऊ मेरो दैलोमा पुनः टुप्लुकिएकी रहिछ । मैले गहभरि आँसु झार्दै उसलाई सान्तवना दिए । ‘यो सब तेरै गलत कदमको परिणाम हो छोरी, तर तैंले जे गरिस्, ठीक गरिस् । आÇनो पतिभन्दा परमेश्वरलाई उच्च स्थान दिएर तँ फर्केकी छस् । अब उहाँले नै यी सब खराबीलाई असलमा परिणत गर्नेछन् ।
त्यसपछि मेरी फूलजस्तै हाँस्ने छोरीले हाँस्नै बिर्सेकी थिई तापनि ऊ प्रभुमा धेरै खारिंदै थिई, म उसलाई कसरी हुन्छ ज्वाईंसित पुर्नमिलनको ढोका खोलिदिन प्रभुसँग प्रार्थना गर्न थालेकी थिएँ, छुट्टिएको दुई वर्षपछि ज्वाईं विदेशिएको खबर आयो अनि त्यसको एक वर्षपछि ज्वाईंले मलाई फोन गर्यो । मम्मी ! म पनि विश्वासी भइसके, मैले यही कतारमै प्रभुलाई चिने । अब पवित्रालाई मदेखि मेरो परिवारले कसैले पनि अलग गर्न सक्दैन । मम्मी ! म पवित्रालाई अति प्रेम गर्छु…..मैले फोन गर्दा मसित बोल्न भनिदिनुस् प्लीज । आहा ! क्या खुशीको खबर मेरो ज्वाईं विश्वासी भएछ, परमेश्वरलाई धन्यवाद दिंदै छोरीलाई मैले सब कुरा बताए । ऊ रोई, म पनि रोएँ । त्यसपछि फेरि फोन आउँदा ऊ ज्वाईंसित बोली, ऊ हर्षाश्रु झार्दै बोलेको दृश्य देखें, त्यो दृश्य धेरैबेर हेर्न सकिन । त्यसैले भान्सामा लुके, अनि पूरा चार वर्षको विदेश बसाईंपछि ज्वाईं नेपाल आयो र दुई प्रेम–जोडीको पुर्नमिलन भयो । छोरीज्वार्इं यतै मसँगै बसेर सानोतिनो व्यापार–व्यवसाय गर्न थाले । त्यसको एक वर्षपछि ज्वाईंले अर्को खुशीको खबर सुनायो, उसका आमाबा पनि विश्वासी भएछन् । प्रभुलाई धन्यवाद ।

त्यसको एक वर्षपछि हामी सम्धिनी–सम्धिनीको भेट भयो । भेटपछि कुराकानीको क्रममा सम्धिनीले मलाई यसो भनि‘….मैले तपाईंकी छोरीलाई ‘‘कि त मेरो छोरा छोड् । कि त तेरो परमेश्वर”भन्दा, म तपाईको छोरोलाई छोड्छु बरू तर परमेश्वरलाई छोड्दिन’’”भन्दा म तीन छक्कै परें । प्रेम गरेर भागेर आएपछि पनि आÇनो बुडालाई भन्दा देउतालाई पो रोज्दा मैले चित खाएँ, आइ कस्तो देउता रैछ यस्तो बुडालाई भन्दा बढी माया लाग्ने, भनेर म आफैंलाई सोध्न थाले । हा,े त्यसै दिनदेखि हो, सम्धिनी ! मैले परमेश्वरलाई खोज्न थालेको, बुहारी गएपछि मनमा केही बिराएको जस्तो हुन्थ्यो तर म घमण्डी थिएँ । छोरोलाई अर्को बिहे गरौं भनेर कर गरें तर ऊ रिसाएर विदेशियो । विदेशबाट आएपछि हाम्लाई नभेटेर बुहारीसँगै बस्छ रे भन्ने सुनेपछि साहै« मन दुख्यो । दस धारा दूध खुवाएर हुर्काको एउटै छोरोले त्यसरी माया मार्दा जिउँदै मर्याझैं भयो, एकपल्ट त्यो भुन्टेले हाम्लाई फोनमा भन्यो—‘आमा, म तपाईंहरूलाई धेरै माया गर्छु तर पवित्रालाई हेपेको म सहन सक्दिन, जोइटिंग्रे भएर विदेशी देउता मान्यो भनेर नरिसाउनुस्, बरू मेरो माया लाग्छ भने एकपल्ट परमेश्वरलाई चिनेर त हेर्नु, को विदेशी ? को स्वदेशी ? बल्ल थाहा हुन्छ”…ए सम्धिनी अनि त मलाई साँच्चै गाउँको मण्डली जान मन लाग्यो । मरिलानु के छ र ? छोरोको माया पाउँछ भने हाम्लाई पुर्खाको धर्म के काम ? भनेर बुडाबुडी सल्ला गर्यौं अनि मण्डली जान थाल्यौं…अनि बल्ल बुझें सम्धिनी कि परमेश्वर पो हाम्रो देउता रैछ, त्यो ढुंगा त बिचमा हाम्रो बाजे–बराजुले बाटो बिराएर त्यसै देउता भाको रैछ । धन्न ! चेत आयो सम्धिनी ।

मेरी छोरीले चालेको त्यस खराब कदमबाट अन्त्यमा उहाँले असल थोक नै निकाल्नुभयो, सम्धिनीको कुरा सुनेपछि म प्रभुप्रति अझै धन्यवादी भएँ, झल्याँस्स त्यतिखेरै मैले दर्शनमा देखेको दूधै दूध सम्झें जसको अर्थ मैले पहिले खुट्याउन सकेकी थिईनँ, तर त्यत्तिखेरै बुझें कि त्यो परमेश्वरबाट असलको संकेत रहेछ ।तथापि फेरि कसैकी विश्वासी छोरीले अविश्वासीसित एउटै जुवामा नारिने दुस्प्रयास चाहिँ नगरोस् किनकि त्यसको दण्ड त पक्कै मिल्छ जुन दण्डले त्यस छोरीको विश्वास डगमगाउन पनि सक्छ किनकि मेरी छोरीले पनि दण्ड त पाई तर उसले विश्वासलाई पक्रिराख्न सकेकीले पो । त्यसैले अविश्वासीसित हम्मेसी आँखै नजुधाउनू, जुधिहाले सोंच–सम्झेर जुधाउनू किनकि होशियार ! यो जुवा हलुको छैन……।(समाप्त)

  • Aruna Chhantyal Aaroo

शत्रुदिवश

(आज असल मित्रहरुलाई सम्झने दिन रे )

तिमी उठ
तर यसरी उठ् कि
हेर्छु भन्नेहरु
साँच्चै हेरेका हेरेकै होउन्

उठ्दै गर्दा तिमी
यति जरुर बुझेर उठ्नु

तिम्रो
कुरा काट्नेहरु
बिलकुल तिम्रो दुश्मनहरु होईनन्
हुन्’त तिम्रो असल विज्ञापनदाताहरु
जसलाई तिमीले पैसा तिर्नपर्दैन
तर ढुक्क हुनु कि
उनिहरु केवल तिम्रै नामको मात्रा
विज्ञापन गरिरहनेछन् हमेसा

तिम्रो
खुट्टा तान्नेहरु
उनिहरु नि तिम्रो दुश्मन होईनन्
हुन्’त तिम्रो शुभचिन्तकहरु
जसले तिम्रो प्रत्येक गल्तिहरुलाई
झर्को नमानि औलाई रहन्छन्
यात्राको होशियारीता जनाईरहन्छन
आरिस गर्दै’नै भएनि सचेत गराईरहन्छन्
ताकि तिमी परसम्म पुग
जो कोहि तिम्रो आत्मिय साथिले पनि गर्दैन्

तिमीलाई आँखा तर्नेहरु
आफ्नो जीवनको सर्वश भुलाएर
तिम्रै मात्र बाटो नियाली रहन्छन्
तिम्रै मात्र पाईलाहरु केलाई रहन्छन्
आफु सुतिनसुति तिम्रै बारेमा सोचिरहन्छन्
यतिका वास्ता त
तिम्रै अभिभावकले पनि गर्दैनन्

अरे
जसलाई तिमी शत्रुहरु भन्छौ
खासमा उनिहरु त
तिम्रो बबाल दर्शकहरु पो हुन त
जसलाई बिना निम्तो
तिम्रो खेल हेर्न मनपर्छ
जितमा मात्र होईन
हारमा पनि ताली बजाउन मनपर्छ ।
उनिहरु छन्
र त तिमी सचेत बाँचिरहेछौ
प्रत्येक पदचापमा होशियारीता अपनाई रहेछौ
तिमीलाई आफु जीवित हुनुको आभास दिलाई रहेछन् हरदम
उनिहरु

दर्शकबिनाको खेल
विज्ञपनबिनाको सिरीयल बोरिङ्ग हुन्छ ।

तिमीले त सबै
सित्तैमा पाईराहेछौ

सबैलाई
धन्यबाद दिदैगर्दा
तिमीले कहिले आफ्ना शत्रुहरुलाई
धन्यबाद दिएका छौ ?
मैरै सफल्ता हेर्नलाई भएनि
लामो आयु बाँचुन भनेर
कहिल्यौ आशिष बोलेका छौ?

कुरा बुझ्नेहरु
हर्षको साथ शत्रुदिवस मनाउन तयार हुन्छन
कुरा नबुझ्नेहरु सिलीङफेन खोज्दै हिड्छन्

हन् साँचि
शत्रुदिवश चाहिँ कहिले हो सरकार
मनैदेखि धेरैलाई धन्यवाद दिनु छ ?

  • Nirpati Rai

मुक्तक

येसुसंग एउटा चोखो साइनो लाउनु छ

उनकै महिमा को निम्ति गित गाउनु छ ll

दुनियाँले जे भनेर भाड्न खोजे पनि

उनलाइ बिश्वास गरि धेरै आशिष् पाउनु छ ll

  • अभिराज खाती (अन्जान)

विश्व र नेपालको मण्डली इतिहास विश्व र नेपालको मण्डली इतिहास

 

इतिहास भन्नाले कुनै देश, जाति, संस्था, दर्शन आदिको उत्पत्ति र विकासको कथा वा वृतान्त नै इतिहास हो । सामान्य अर्थमा भन्नुपर्दा वितेका घटनाहरूको वर्णन, अध्ययन वा तत्सम्बन्धी ग्रन्थ चाहिँ इतिहास हो । इतिहास लेख्ने व्यक्ति, इतिहासको विद्वान र इतिहासविद् नै इतिहासकार हुन् । एतिहासिक विवरणलाई सर्पमान्य सत्य तथ्यमा आधारित भएर लेख्नुपर्ने भएकाले इतिहास लेख्नु भनेको फलामको चिउरा चपाए जस्तै गाह्रो कुरा हो । इतिहास लेख्ने कार्य त्यति सरल छैन । कसैले लेखिदिएको इतिहास पढ्न जति सजिलो छ । त्यहि भएर होला, प्रायःजसो इतिहास लेख्ने आँट गरिँदैन । तर पनि आउदो पुस्ताहरूको लागि इतिहास लेखिदिनु चुनौती छ र इतिहास लेखिदिएर इतिहासकार बन्न पाउनु हाम्रो सौभाग्य हो । अझ मण्डली इतिहास लेख्ने, राख्ने र बनाउने जिम्मा हाम्रो पुस्तालाई छ । हामी पहिलो पुस्ता देखि १९÷२० औं शताब्दीको इतिहास अध्ययन गर्दैछौ । तर आउदो पुस्ताहरूले यही हाम्रो २१ औं शताब्दीलाई इतिहासको रूपमाआउदो पुस्ताहरूले पढ्नेछन् । त्यसैले हामी पढ्न र मनन योग्य इतिहास बनौं र स्वर्णीम इतिहास कोरौं भन्दै विश्व, नेपाल र काभ्रेको ख्रीष्टिय मण्डली इतिहास प्रस्तुत गर्न चाहन्छु । मण्डली इतिहास विभिन्न दृष्टिकोणबाट लेख्ने गरिएको भएतापनि विशेष गरी मण्डली बृद्धिको दृष्टिकोण र ख्रीष्टियन शिक्षाको दृष्टिकोणबाट इतिहास लेख्छन् । हुन एउटै ग्रन्थमा मण्डली इतिहासका सबै पक्ष समेट्नु त्यति सजिलो छैन । पुरातात्विक श्रोतहरू, ख्रीष्टिय अभिलेख, प्राचीन कथाहरू तथा गवाहीहरूद्वारा संकलित ख्रीष्टियन मण्डलीको विकास नै मण्डली इतिहास हो । इतिहास भनेको वास्तवमा, परमेश्वरले मानिसद्वारा भएर के कस्ता प्रभाव र कामहरू गर्नुभयो भन्ने जानकारी र अध्ययन हो । मण्डली इतिहास भनेको महिना बर्ष, तथा नाउँ र ठाउँहरू मात्र कण्ठ गर्नु कदापि होइन । बरु, कुनै पनि मितिमा घटेका घटनाको प्रभाव मानवजीवनमा कसरी र किन प¥यो सोको अध्ययन र विश्लेषण चाहिँ साँचो इतिहास हो । जसले अर्को पुस्तालाई सदैव पाठ सिकाउँछ । इतिहासले अग्रजहरूको सम्झना र उहाँहरू प्रति वफादार बनाउँदछ । हिब्रु १३ः७ । इतिहासले पृष्ठभूमिको वृहत ज्ञान दिदछ । इतिहासले योगदान तथा सेवा पु¥याएका व्यक्ति वा संस्थालाई अजर बनाई इतिहास अमर रहन्छ । ख्रीष्टिय मण्डली बृद्धिको जानकारीदिन्छ । इतिहासले हामीलाई चेतावनी र चुनौती पनि दिन्छ ।

 

ख्रीष्टिय मण्डलीको इतिहास भनेको प्रभु येशू ख्रीष्टका अनुयायीहरूको जीवनी र सुसमाचार नै हो । प्रेरितको पुस्तकमा भएका सम्पूर्ण विवरण नै पहिलो शताब्दीको मण्डली इतिहास हो । प्रेरित १,२,३ र ४ अध्याय अनुसार पनि पवित्रआत्माको शक्ति, अभिषेक र वरदानलाई प्रयोग गरेकाछन् । ख्रीष्टको आज्ञाबमोजिम सुसमाचार प्रचार, पश्चताप, ग्रहण, बप्तिस्मा र संगतिलाई यरूशलेम, यहुदिया, सामरीया र पृथ्वीको अन्तसम्मै मण्डली स्थापना गरेको देखिन्छ । सुसमाचार र मण्डली स्थापना गरेकै कारण ख्रीष्टको खातिर धेरैले सहिद हुनुप¥यो । इतिहासका हरेक कालखण्डमा चरम सतावट सहदै ख्रीष्टको मण्डली बृद्धिहुदै आएको इतिहास हामीसँगछन् ।  ख्रीष्टिय मण्डली सबै जाति, भाषा, सँस्कृति, वर्ग र वर्णका मानिसहरूका लागि हो । तै पनि यो विशेष स्थान यरूशलेमबाट शुरु भयो । कारण यो पाँचै महादेशको लागि केन्द्रविन्दुमा अवस्थित छ । पापको कारण परमेश्वरको संगति देखि टाढिएका पापी मानिसहरू र पवित्र परमेश्वर बीच मिलाप गराउन येशू यस संसारमा आउनुभएको हो । परमेश्वरको राज्यबारे सिकाउनुभयो । आश्चार्यकर्महरू गर्नुभयो । पापी मानिसको उद्धार र मुक्तिको लागि आफ्नो प्राण समेत दिनुभयो । धेरैलाई सेवा, शिक्षा, तालिम दिनुभयो । महान आज्ञा पनि दिनुभयो । उहाँको पछि लाग्ने ५ हजारभन्दा पनि बढि थिए तर उहाँलाई पूरा हृदयले खासै पछ्याउनेहरू जम्मा १२० जना मात्र थिए । ( प्रेरित १ः१४,१५) सेवकाइका लागि ७० जनालाई चलाउनु भए तापनि १२ जना चेला छानेर हुर्काउनुभयो, अनि आफ्नो जिम्मेवारी उनीहरूलाई दिनुभयो । प्रभु येशूले भन्नुभयो “ म यस चट्टानमाथि आफ्नो मण्डली स्थापित गर्नेछु ।” (मत्ती १६ः१८) उहाँले पत्रुस माथि भन्नुभएको होइन, तर पत्रुसले “ तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ” भनी गरेको स्वीकार र विश्वासमाथि आफ्नो मण्डली स्थापित गर्छु भन्नुभएको हो । त्यसैैले उहाँलाई प्रभु भनी स्वीकार गर्ने हरेकको माझ उहाँले मण्डली स्थापना गर्नुहुन्छ । यसैले येशू ख्रीष्ट नै मण्डलीको संस्थापक हुनुहुन्छ ।

 

पेन्तिकोसको दिनमा १२० जना माथिल्लो कोठामा प्रार्थनाका लागि भेला भएका बेला पवित्रआत्मा आउनुभएपछि भने उहाँको मण्डलीको शुरुवात भयो र पवित्रआत्माको शक्ति पाएपछि उनीहरू अब सक्रिय भए । मण्डली जागृति भएकै दिन आफैभित्र सीमित नरही सुसमाचार प्रचार गर्ने काम गरे र एकैदिन तीन हजार मानिस थपिए । (प्रेरित २ः३८–४०) मण्डलीको जन्मपछि प्ररित२ः४१–४७ अनुसार, विश्वासीहरू प्रेरितहरूको शिक्षा सुन्न, प्रार्थना र संगतिमा दिनहुँ भेला हँुुन्थे, बाँडचुँड गरी खान्थे सबै कुरा साझा थियो । मण्डलीमा प्रभु येशूको आश्चार्यकर्म भएकाले मानिसहरूमा भय उत्पन्न भयो । मण्डलीमा सबै सदस्यहरू सँगसँगै रहन्थे । दिनहुँ संगतिमा जान्थे र ३ हजार, ५ हजार हुदै उद्धार पाएकाहरूको संख्या बढ्दै गयो । तर दुःखको कुरा, मण्डलीले ठूलो सतावट र अत्याचार भोग्नुप¥यो । फलस्वरुप मण्डली अब तितरवितर भयो । तितरवितर भएका जागृत चेलाहरू जहाँपुगे तेहि सुसमाचार प्रचार तिव्र बनाए । सतावटले त अब मण्डली केवल यरूशलेममा मात्र सीमित रहेन, बरु यहूदिया, सामरियामा पनि मण्डली विस्तार भयो । (प्रेरित९ः३१) । यसरी मण्डली वृद्धि रोकिएन (प्रेरित १६ः५) तर दिनहुँ बढ्दै गयो । अब त चेलाहरूको संख्या हजारौं भयो । पहिलो शताब्दीको अन्तसम्ममा त, रोमी संसारको हरेक प्रमुख शहरमा मण्डली स्थापना भइसकेको थियो । यसैगरी सन् ५२ मा सन्त थोमा भारतबर्ष सम्मै आइपुगे र धरै मण्डली स्थापना भए । ख्रीष्टियन विश्वासलाई सताउने शावल नै येशूको दर्शन पाएपछि पावल मण्डली संरक्षक बन्न पुगे । पावल नै ख्रीष्टियनमतलाई विश्वव्यापी बनाउने महान् मिसनरी, कुशल लेखक र मण्डलीका बल हुन् । प्रेरित १५ अध्याय अनुसार यरूशलेम मण्डलीमा एकता, व्यवस्थापन र विधानको निम्ति सभा बसेको छ । पहिलो शताब्दीको मण्डलीलाई १२ प्रेरतहरू, बप्तिस्मा दिने यूहन्ना, स्थिफनस, पावल, वर्णबास, मत्तियास, लुका लगाएत त्यो बेलाका साधारण विश्वासीहरूले तिव्रगतिमा वृद्धि र विस्तार गरे । ख्रीष्टको सुसमाचारको खातिर प्रायसबैलाई नै सहीद बनाए । तेस्रो शताब्दीका धर्मपिता टर्टुलियनले भनेकाछन् कि,“सहीदहरूको रगत नै मण्डलीको बीउ हो । ९त्जभ दयियम या तजभ mबचतथचक ष्क तजभ कभभम या तजभ अजगचअज।० उनको भनाईको अर्थ जति इसाईलाई सताइन्छ त्यतिकै मात्रामा मण्डलीको तिव्र वृद्धि हुन्छ । त्यो बेलाका मण्डली तिव्रविस्तार हुनुको प्रमुख कारण प्रभावशाली संगति र सहभागीता नै हो । प्रेरित २ः४२–  ४७ अनुसार सबै विश्वासीहरू चेलाहरूको संगति, शिक्षा, संयुक्त भोज र प्रार्थनामा लागिरहन्थे । मण्डलीहरू पूर्ण रूपमा स्वाचालित, स्वतन्त्र र सक्रिय थिए । यरूशलेम आमा मण्डली भएतापनि अन्यजाति मण्डली एन्टिओकले भने सुसमाचार प्रचार गरी आत्मा जित्ने काममा सक्रिय भूमिका निर्वाह ग¥यो । विश्वका चारैतिर मण्डली विस्तारमा मिसनेरी मण्डलीमा एक नमुना मण्डली बन्यो । वर्तमान समयका विश्वको सवभन्दा ठूलो मण्डली दक्षिण कोरियाको योंइदो फूलगोष्पल चर्च मान्न सकिन्छ । जुन चर्च पा.डा.पावल (डेभिड) योङ्गीचोले सन् १९५८ मा शुरु गर्नुभएको थियो । सो चर्चले विश्व सयौ देशमा हजारौं मिसनेरी पठाइरहेकोछ । सन् २०१० को रेकर्ड अनुसार यस मण्डलीका १० लाख भन्दा बढी विश्वासीहरू रहेकाछन् । विश्वव्यापी रूपमा मण्डलीभित्र सुधारवादी आन्दोलनको प्रमुख मार्टिन लुथरको जन्म सन् १४८३ जर्मनीमा भएको थियो । १५१२ मा उनले विटनबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरे । जर्मनी भाषामा पवित्र बाइबल पूरै उल्था गरे । उनले विभिन्न पुस्तकका टिप्पणी पनि लेखेकाछन् । सुधारवाद आन्दोलन गर्न “ धर्मीजन विश्वासले नै जिउँछ”रोमी १ः१७ पदले उनलाई प्रेरणा दियो । ३१ अक्टोबर १५१७ मा खास रोमन क्याथोलिकबाट प्रोटेस्टेन्स हुने सुधारवादी आन्दोलनको जन्मभयो । विश्व मण्डली १५२९ बाट दुईभागमा विभाजित भयो । त्यस पश्चात मण्डलीका विभिन्न युग हुँदै बढिरह्यो ।  पहिलो शताब्दीः मण्डली स्थापना र विस्तारको युग । दोस्रो देखि पाँचौ शताब्दीः मण्डली परिचित भएको युग । छैटौं देखि एघारौं शताब्दीः अन्धकारमय युग । बाह्रौ देखि चौधौं शताब्दी ः मण्डली महान् भएको युग । बाह्रौ देखि अठारौं शताब्दी ः मण्डली सुधारको युग । उन्नाईसौं देखि बीसौं शताब्दी ःजनजागरण, मिसनरी र सुसमाचारको युग । एकाईसौं शताब्दी ः आधुनिक, प्रविधि तथा विश्वदृष्टिको युग भएको छ । यसरी यरूशलेम, यहूदिया, सामरीया हुँदै पृथ्वीको अन्त सम्मै ख्रीष्टको साक्षी विश्वव्यापी बनेको छ । ७ अब मानिस मध्ये ३ अर्ब भन्दा बढी मानिसले येशूलाई चिन्दछन् । त्यसैगरी नेपालमा सर्बप्रथम क्रिश्चियन मिसिनेरीहरूको प्रवेश सन् १६२८ मा भएको थियो । तात्कालिन राजा लक्ष्मीनरसिंह मल्लले पोर्चुगलका मिसिनेरी जेसुइट फादर जुआन काब्रललाई हार्दिकताका साथ् स्वागत गरेका थिए । राजाले फादरलाई एउटा ताम्रपत्र दिएर पुरस्कृत समेत गरेका थिए, जुन ताम्रपत्रमा इसाईमतको प्रचार गर्न अनुमति दिइएको थियो । त्यसपछि सन् १६६१ मा बेल्जियमका मिसिनेरी अल्बर्ट र अष्ट्रियाका मिसिनेरी जोहानले नेपाल भ्रमण गरे, तर उनीहरू लामो समय नेपालमा बसोबास गरेनन् । यसको धेरै बर्षपछि सन् १७०३ मार्च १४ का दिन ६ जना केपुचिन फादरहरू इटालीको रोमबाट नेपालतर्फ हिंडे । आधुनिक खालका यातायातका साधनहरू नभएको तात्कालिन समयमा उनीहरूलाई काठमाडौं आइपुग्न झन्डै ४ बर्ष लाग्यो । सन् १७०७ फेब्रुअरी २१ का दिन काठमाडौं आइपुगेका उनीहरू व्यवस्थित हिसावले चाहिं सन् १७१५ बाट नेपालको भूमिमा बसोबास गर्न लागे । नेपाल आएको झन्डै ५३ बर्षपछि सन् १७६० मार्च २४ का दिन फादर ट्रान्क्विलियसले काठमाडौंमा द एजम्प्सन अफ आवर लेडी नामको चर्च सुरु गरे ।

 

परमेश्वरको अनुग्रह र ती मिसिनेरीहरूको कठोर मेहनतको फलस्वरूप उपत्यकाका नेवार समुदायका दर्जनौं मानिसहरूले प्रभु येशूमा बिश्वास गरे । पछि गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरेपछि सन् १७६९ मा बिदेशी केपुचिन फादरहरूका साथमा ५७ जना नेपाली इसाईहरूलाई पनि देशनिकाला गरेर भारतको बेतियातर्फ पठाइदिए । आज पनि भारतको बेतियामा नेवार समुदायका इसाईहरू भेट्न सकिन्छ । सन् १७६९ मा नेपाली क्रिश्चियनहरूलाई प्रवाश पठाइए पछिको झन्डै १८० बर्ष इसाईमतको निम्ति नेपालको ढोका बन्द नै रह्यो । त्यसपछि सन् १९५० सम्म कोहि पनि नेपाल आउन र प्रचार गर्न पाएनन् । यहाँसम्म कि नेपालकै भूमिमा जन्मेका नेवार इसाईहरूले समेत आफ्नो देशमा रहन पाएनन् । यसरी नेपाल देशको इतिहासले क्रिश्चियनहरूमाथि बर्बर दमन गरेको देखिन्छ । नेपाली इतिहासको यो पाटोले स्पष्ट गर्दछ कि नेपालका क्रिश्चियनहरू भर्खर छिरेकाहरू होइनन् । राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु अघि नै काठमाडौं उपत्यकाका थुप्रै नेवारहरू क्रिश्चियन भइसकेका थिए । आधुनिक नेपालको एकीकरणको इतिहासभन्दा नेपालका क्रिश्चियनहरूको इतिहास पुरानो छ । छोटकरीमा भन्नुपर्दा, एकीकरणबाट नेपाल भन्ने देश बन्नु अघि नै यहि भूमिमा जन्मेका थुप्रै मानिसहरूले इसाईमत ग्रहण गरिसकेका थिए । हिन्दु धर्मलाई राज्य(धर्मको रूपमा स्वीकार गरिनुभन्दा कयौं बर्षअघि नै नेपालमा क्रिश्चियनहरू थिए । तात्कालिन नेपाल उपत्यकामा पृथ्वीनारायण शाहको प्रवेश हुनुअघि देखिनै यहाँ क्रिश्चियनहरू थिए । के इतिहासको  यो पाटोलाई बिर्सेर क्रिश्चियनहरूलाई घरीघरी ऐतिहासिकताको प्रश्न उठाउनु जायज होला र ? कतिपयले क्रिश्चियनहरूको आस्थाको नभई क्रिश्चियनहरूको कामको मात्र बिरोध गरेको भनेर पनि दावी गर्दछन् । क्रिश्चियनहरूमाथि जबर्जस्ती धर्मपरिवर्तनको आरोप बग्रेल्ती लाग्ने गरेको छ । यो सतप्रतिशत सत्य कुरा हो कि जबर्जस्ती वा प्रलोभनमा पारेर कसैले कसैको धर्मपरिवर्तन गराउन पाइँदैन । तर, केलाई भन्ने जबर्जस्ती धर्मपरिवर्तन ? केलाई भन्ने प्रलोभन ? खान नपाउनेहरूलाई खान दिनु, लगाउन नपाएकाहरूलाई एकसरो लगाउन दिनु, अनाथलाई आश्रय दिनु पाप होइन । चाहे यसलाई पाप भनियोस् वा प्रलोभन । क्रिश्चियनहरूले कुनैपनि अवस्थामा यी कामहरू गर्न छाड्ने छैनन् । लाखौ नास्तिकहरूले येशूलाई विश्वास गरीरहेकाछन् भने ती नास्तिकहरूले केको धर्म परिवर्तन ? किनकि उनीहरू कुनै धर्ममा नै थिएनन् ।

 

स्व.पादरी गंगाप्रसाद प्रधानको जन्म काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाइ १८५१ अर्थात वि.स.१९०८ अषाढ २२ गते भएको थियो । बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोरा थिए । उनका जेठा दाजु प्रभुनारायण र दुई दिदिहरू सँगै थिए । विशेषकारणले पहाडको रानी दार्जिलिङ २९ मे, १८६१का दिन पुगे । ४ जुलाई, १८७० अर्थात उनको १९ औं जन्मदिनमा मेकफर्लेनको स्कूलमा भर्ना भए । अलाहाबाद पुगी २४ जनवरी १८७५ मा पादरी बिनकूपबाट बप्तिस्मा लिए । उनको विवाह एलिजाबेथ राईसँग भयो र उनीहरूको २ छोरा र ६ छोरीहरू जन्मिए । अनुवाद को काममा मिसनेरी पादरी टर्नबुल र किल्गोर जस्ता ग्रीक र हिब्रु भाषा विदहरूबाट पनि सहयोग लिएर सन् १९१४मा  अनुवाद गरी किङ्ग जेम्स भर्सनको विलकुल हुबहु अनुवाद भएपछि कलकत्ताबाट प्रकाशित भएर आइपुग्यो । गोरखापत्र ’ भन्दा ४÷५ महिनाले जेठो पत्रिका ‘गोर्खे खबर् कागत्’ मासिक पत्रिका हो । उनको ‘द गोर्खा प्रेस’बाट  १ जनवरी, १९०१ मा प्रकाशन शुरु गरी जीवन पर्यन्त सम्म प्रकाशनमा आएको बुझिन्छ । दार्जीलिङको सन्त कोलम्बा मण्डलीमा १९०१  अगस्तको शुभदिनमा पूर्ण पादरीको रूपमा ५० बर्षमा अभिषेक गरियो । उनले असल चेला वा अगुवा निर्माण गरी मण्डलीको जिम्मेवारी र प्रतिष्ठित पदभारबाट बीस बर्ष सेवारत रहेर १९२१ मा अवकाश ग्रहण गरे । महिनौ दिन लगाएर आफ्नो जाति र देशमा परमेश्वरको काम गर्ने भनेर रक्सौल, विरगञ्ज हेटौंडा भिमफेदी हुदै काठमाडौं आउदा यहाँको सरकारले श्री ५ पृथ्वीनारायण शाहको पालामा विदेशी मिसनेरी लगाएत काठमाडौंको इसाई नेवारहरूलाई ( उनीहरू भारत को वेतिया कुहडीमा ) देशनिकाला गरे झैं इसाई धर्मको प्रचारप्रसार गर्लान भनेर तुरुन्तै दार्जलिङमा नै उनीहरूलाई खेदेर पठाए । रुदै रुदै फर्कदा गंगाप्रसादको मन साहै रोएको हुनुपर्छ । सायद त्यो बेला नेपालमा सेवा गर्ने मौका पाएका भए नेपाली मण्डली र उहाँको राज्य विस्तार हुनेथियो । देशमा उनको सपना पूरा भैसक्थ्यो होला । उनको सेवकाइमा शिक्षक, अनुवादक, लेखक, सम्पादक र पादरीको रूपमाजीवनको अन्त्य सम्म नै सेवागर्दै रहे । २८ मार्च, १९३२ का दिन दार्जीलिङमा ८१ बर्षको उमेरमा उनी स्वर्गे भए ।  तर दार्जिलिङ्ग, सिक्किम, कालिङ्गपुङ्ग लगाएत विभिन्न स्थानका नेपाली भाषीहरूले नेपालको लागि प्रार्थना र मिसनको कामको लागि नेपालको वोर्डरहरूमा सेवासंगति र सुसमाचार प्रचार निरन्तर भयो । नेपालगञ्जमा स्व.पा. वर्णबास राई, पोखरामा पा.डेभिड मुखिया र दाउद मसिंह, काठमाडौं उपत्यकामा पा.तिरबहादुर देवान, पा.रोवर्ट कार्थक लगायत पुतली सडक चर्चका पाष्टर आदिले सन् १९५० भन्दा अघिदेखि सुसमाचारको काम गरेको भएतापनि मण्डलीको रूपमा पहिलो मण्डली सन् १९५२ मा रामघाट मण्डली पोखरामा शुरु भयो । नेपालका अन्य शहर काठमाडौं, भक्तपुर, धरान, नेपालगञ्ज, बुटवल, पाल्पा, बनेपा, गोरखा, कञ्जनपुर आदि ठाउँका केहि चर्चहरूले ५० औं वार्षिक उत्सव पनि मनाइसकेकाछन् । सन् १९५० देखि १९७४ मा विश्वासीको संख्या ८०० पुग्यो । ८ बर्ष पछि १९८२ मा यो संख्या १५ हजार पुग्यो । सरकारी तथ्याङ्क अनुसार ः सन् २००१ मा नेपालमा ख्रीष्टियनहरूको संख्या ः  १,०१,९७६ जना छन् । सन् २०११ मा नेपालमा ख्रीष्टियनहरूको संख्या ः ३,७५,६९९ पुगेकोछ । वृद्धि दर २६८ प्रतिशत हुन्छ । तर ख्रीष्टियन संघसंस्थाको भनाई अनुसार हाल नेपालमा १५÷२० लाख भन्दा बढी इसाईहरू रहेको दावी गरेका छन् । वृद्धिदर हेर्दा नेपाल एसियाको सवभन्दा तीव्र गतिमा मण्डली वृद्धि भएको देशमा पनि परेको छ । आमेन् !

 

– समयकुमार रम्तेल

ख्रीष्टिय अभिलेख तथा स्रोत केन्द्र

बनेपा–४ नाला, काभ्रे

Religious Freedom in Nepal – Teetering on the Edge of a Precipice

Nepal is a country known throughout the world for its spectacular geography. It is home to eight of the world’s ten tallest mountains and perhaps most famously, to Mount Everest, the highest point on Earth.

 

But below the awe-inspiring Himalayan peaks lies a country which is at a significant point in its constitutional and political life. This beautiful country is at pivotal moment where recent and prospective changes, if not amended, may have serious consequences for freedom of religion or belief in the country. This was the overarching conclusion drawn by an international delegation of parliamentarians that visited Nepal, 9-12 October 2017.

 

Travelling under the auspices of the International Panel of Parliamentarians for Freedom of Religion and Belief (IPPFoRB), and at the invitation of the recently created IPPFoRB Nepal Chapter, parliamentarians from Latin America, Africa, North America, Europe and Asia met with civil society organisations, Nepalese parliamentarians and government ministers. These meetings provided unique insights into the health of religious freedom in Nepal and left little doubt that this most basic of human rights is under immense stress teetering on the edge of precipice.

 

International parliamentarians were shocked to find that while Nepal’s constitution establishes the country as a secular state, there are certain constitutional provision that infringe upon freedom of religion or belief in the country. Of particular concern is Article 26(3), which jeopardises the fundamental right of every individual to follow a religion of his or her own choice and to manifest that religion in word and action. It states:

 

No person shall, in the exercise of the right conferred by this Article, do, or cause to be done, any act which may be contrary to public health, decency and morality or breach public peace, or convert another person from one religion to another or any act or conduct that may jeopardize other’s religion and such act shall be punishable by law.

 

Yet more worrying still, on 8 August 2017 the Nepalese Parliament passed secondary legislation to give effect to this Clause. This Criminal Code Bill is currently awaiting the President’s signature, and if it becomes law, it contains provisions which infringe yet further upon the right to freedom of religion or belief in the country.

 

The wording of Clause 158 of Section 9 of the Bill, which criminalises the ‘hurting of religious sentiment’, is worryingly similar to the blasphemy laws in Pakistan, which make it a criminal offence to speak negatively about another’s religion. These laws are poorly defined and widely misused to settle personal scores, to target religious minorities or to further extremist agendas. Decades of misuse of the blasphemy laws have resulted in a situation where even voicing disagreement with these laws in Pakistan can lead to violence.

 

There is a very real risk that the provisions of Clause 160 in Section 9 of the Bill, which restrict religious conversion, could be invoked against a wide range of legitimate expressions of religion or belief, including the charitable activities of religious groups, or merely speaking about one’s faith. We know that similar anti-conversion laws in force in neighbouring Burma and in six Indian states have been misused to foster social intolerance and violence towards peaceful religious activities, and to falsely accuse religious minorities – especially Muslims and Christians – of forcefully converting others.

 

True, Nepal is not Pakistan, but we have already seen threats to freedom of religion or belief in Nepal that gives cause for concern that the country risks following Pakistan down a slippery slope of increased restrictions and heightened societal hostility against religions minorities. Last June, eight Nepali Christians were charged with attempting to convert children after simply sharing a comic book on the story of Jesus. Fortunately they were acquitted of all charges in December 2016, but similar cases could occur in the future, particularly if this Bill becomes law and the Constitution remains unchanged.

 

These developments demonstrate a worrying inconsistency with the requirements of Article 18 of the International Covenant on Civil and Political Rights (ICCPR), which lays out clear protections for religious freedom as a fundamental right of every individual, and which Nepal is bound to implement according to its own 1991 Treaty Act.

 

In the rush to pass its new constitution the government appears to have forgotten it is a signatory to international treaties that protect an individual’s right to have a religion, to change that religion and even to have no religion at all. Nepal needs to be careful that it doesn’t develop a reputation as the type of country that on the one hand signs international treaties, but then does the polar opposite when drafting and implementing its own laws.

 

This situation must change. Civil society organisations and parliamentarians in Nepal need to redouble their efforts to hold the government to account for its international obligations. This though is a struggle that is far too important just to be left to domestic actors.

 

The International Panel of Parliamentarians for Freedom of Religion or Belief, which has a presence in over 70 countries, is committed to pressing governments around the world to add their weight to these efforts by pressing the President of Nepal to withhold her signature from the Criminal Code and, when the time is right, amend Article 6 (3) of Nepal’s Constitution.

 

These actions are not optional, but are vital, if we are to ensure that the right to freedom of religion or belief is upheld in this beautiful, mountainous and awe-inspiring country.

 

Lokmani Dhakal, Member of Parliament, Nepal, and Chair of IPPFoRB Nepal Chapter

David Anderson, Member of Parliament, Canada, and Chair of the IPPFoRB Steering Group

पास्टरको झोला

कथा
– रोशन प्रजापति
धुलिखेल, काभ्रे
छुकछुक छुकछुक गर्दै छुट्न लागेको एउटा रेलको यात्री जस्तै, सुनामीको बाढले लखेटिएर हतार हतार भाग्दै गरेको हतास मानिसजस्तै रोहितको जीवन उसको दौड, उस“गै सधै“ टा“सिरहने झोलाले दह्रो संकेत गरेको छ । कसैस“ग गफ गर्दा होस् या खाना खा“दा होस्, उसको शरीरमा झुण्डिएको झोला उसबाट अलग्ग हुन कहिल्यै मान्दैन । कहिल्यै निस्कन नसक्नेगरी सुपरग्लुले नै चिप्काएसरी । थाहा छैन राती सुत्दा पनि झोला च्यापेर नै सुत्दो हो ।
“के गर्ने बानी नै लागिसक्यो । जीउमा झोलाको भारी नभए के के नपुगेजस्तो के के नभएजस्तो । जस्तो अलिनु तरकारीजस्तै, लय र छन्द नमिलेको कविताजस्तै अनि लाजै पचाएर भन्दाखेरी गधालाई भारी नपुगेजस्तै ।” फिस्स हा“स्थ्यो अनि फेरि गम्भीर हुन्थ्यो रोहित कसैले उसको शरीरमा सधै“ टा“सिरहने झोलाबारे प्रतिक्रिया जनाएको बेला ।
रोहित अपवाद होइन, एउता वर्गको प्रतिनिधि पात्र हो । रोहितजस्ता प्रायः पास्टरहरूको का“धबाट झोला उत्रिदैन । उनीहरूको साथमा हरपल हरदम झोला झुण्डिरहेको हुन्छ । झोलाको प्रकृति फरक होला, बनौट फरक होला अनि सोही मुताबिकको मूल्यमा भिन्नता होला । कोही पिठ्युमा डे ब्याग बोक्छ भने कोही अगाडि एउटा का“धमा मात्र तुर्लुङ्ग ऊनी झोला भिर्छ । अरुहरूले स्पोर्ट ब्याग, ट्रेकिङ ब्याग अनि मिलेट ब्याग बोक्छन् । सुकिला सुट र टाइमा ठा“टिने हुनेखानेहरू भने फाइल ब्याग र ल्यापटप ब्याग बोक्न थालिसकेका छन् ।
उपहार पाएको रहेछ रोहितले झोला भ्वाइस अफ पास्टर्स भन्ने संस्थाबाट । झोलास“गै सुट र पाइन्ट पनि । गोरखाको बिर्दी बजारमा रोहितको मण्डली छ । भेटी दसांस गरेर महिनामा दुई हजार उठ्दैन उसको मण्डलीमा । भुराभुरी समेत जोड्दा मण्डली आउने सय नाघ्छ तर हरेक हप्ता होइन । बप्तिस्मा लिने उस्तै बीसको हाराहारीमा । खेतीपाती र वस्तुभाउमा सधै“ व्यस्त हुन्छन् उनका विश्वासीहरू । महिलाहरूलाई खेतबारीको कामबाट कहिल्यै पूmर्सद नमिल्ने । मण्डली भवनमा भजन गाएको सुनेपछि गोड्दागोड्दैको धान छोडेर मण्डली भवनतर्पm दौडिन्थे । असिनपसिन हु“दै एक कुनामा गुन्द्री तानेर बस्थे पटपटी फुटेको गोडालाई मैलो फरियाको सप्कोले छोप्ने असफल प्रयास गर्दै । कुमाल बज्यैले बनाएको चिया नखाई त काम गर्ने जा“गर नै चल्दैन भनेर एकाबिहानै बिर्दी बजार झर्ने पुरुष भनाउ“दाहरू पनि भजनको तीखो आवाज सुनिन थालेपछि मात्र हा“सको चालमा मण्डलीतर्पm लाग्थे । खोल्सातिर पुगेपछि मुखमा कोचेको खैनीलाई एकपल्ट यताउता पल्याकपुलुक हेर्दै फुत्त फाल्थे । कसैले देखिहालेमा कोइला जस्तो दा“त देखाउ“दै ङिच्च हा“स्थे, “के गर्नु, नानीदेखि लागेको बानी । यो च्याप्न पाइएन भने के भा के भा जस्तो हुन्छ । काममा जा“गर नै चल्दैन ।” देख्ने सज्जनहरूलाई उनीहरूको मुखबाट ह्वास्स निस्केको खैनीको तिख्खर गन्धले बान्ता नै आउलाजस्तो भई हतार हतार नाकमुख छोपिहाल्नुपथ्र्यो । उता रोहित भने डा“डाको टुप्पामा बसेर कुन दिशाबाट को आउ“दैछ भनी स्तुतिप्रशंसाको समयसम्म पनि आ“खा तानी तानी हेरिरहन्थ्यो । थरी थरीका यस्ता ‘विश्वासी’हरूलाई संगालेर बसेका पास्टर रोहितलाई भ्वाइस अफ पास्टर्स संस्थाले दिएको सुट आÇनो मण्डलीमा सुहाएजस्तो लागेन । पसिना र सुर्तीको तिख्खर मिश्रणमा सुट कागको बथानमा बकुलाजस्तै लाग्यो ।
रोहितलाई झोला च्याप्न भ्वाइस अफ पास्टर्स संस्थाले सिकाएको हो । पहिला त ऊ प्लास्टिकको झोलामा बाइबल र भजन किताब राखेर हिंड्ने गथ्र्यो । स्वतन्त्र मण्डली । कहीं कतैबाट सपोर्टको आशा थिएन । आशाले खोलेका पनि थिएन । परमेश्वरबाट दर्शन पाएर खोलेको भन्थ्यो । बाउको बिंडो पा“च रोपनी खेतमा खार खोलाको मद्दतले दुई बाली धान लगाउ“थ्यो । धान लगाउ“थ्यो भन्नु मात्रै हो, एक दुई पल्ट पानी हाल्न र धान काट्ने बेला छाता बोकेर डिलमा उभिन बाहेक उसले पूmर्सद पाउ“दैनथ्यो त्यही विश्वासीहरूको सेवामा खटिंदा । उसको सोझी श्रीमती सोफियाले सबै घरव्यवहार धानेकी छिन् । सोफियाले विश्वास गर्नु अघि सैतानबाट धेरै दुःख झेलेकी थिइन् । आंैसी पूर्णिमा आउनुहु“दैन, शरीरभरी सोला हानेर इन्तु न चिन्तुको अवस्थामा पुग्थिन् । रोहितले अनेक प्रयास गर्दा पनि सोफियालाई ठीक पार्न सकेन । सहाराविहिन अवस्थामा एक दिन रोहितको पूmपुले ‘बुहारीलाई चर्चमा लगे निको हुन सक्छ, चर्च लैजा’ भनी फोनबाट आज्ञा दिएपछि ऊ सोफियालाई लिएर चर्च सोध्दै सोध्दै सिर्दी गएको थियो । सोफियाको लागि मण्डलीले प्रार्थना गर्न थाल्यो । उनीहरू दुवै जनाले ख्रिस्टलाई ग्रहण गरे तर निकै हप्तासम्म सोला हान्ने क्रम रोकिएन । एक दिन पिपलको फेदमा बनाएको चौतारीमा आराम गरिरह“दा रोहितलाई धामीले सम्झायो, ‘रोहित बाबु, चर्च लगेर तिम्री श्रीमती निको हु“दैन । चर्चबाट मन्त्र फुकाएर आऊ । म तिम्रो श्रीमतीलाई निको पारिदिन्छु ।’ धामीको कुराले रोहितलाई दोसा“धबाट उभ्यायो । चर्च लान थालेको धेरै समय भइसक्यो । रोग बीसको उन्नाईस हु“दैन । यता धामी चर्चबाट मन्त्र फुकाएर आएमा निको पार्ने कुरा गर्छ । चर्चमा त त्यस्तो कुनै मन्त्र नै गरेको छैन । कसरी फुकाएर ल्याउनु ? आखिर धामी झा“क्रीकहा“ पनि अघाउञ्जेल नधाएको होइन । अब जे सुकै होस्, चर्च जान छोड्दिन भनेर उसले धामीलाई जवाफ फर्कायो । त्यसको केही दिनमै सोफियालाई ठीक हुन थाल्यो । उही सोफिया आज पा“च रोपनी जग्गामा धान खेती गरी परिवार धानिरहेकी छिन् । गोठमा गाई पनि स्याहारेकी छिन्, कुखुरा पनि पालेकी छिन् । घरको चामलले गर्दा रोहितलाई सेवकाइ गर्न भरथेग पुगेको छ । बारीको तरकारीले मनग्गे पुगेको छ । परमेश्वरको अनुग्रहले बा“चेको हुनाले सोफियाले नै रोहितलाई सेवकाइमा लाग्न प्रेरित गरेकी थिइन् ।
संस्थाबाट झोला पाएपछि रोहितलाई सेवकाइमा केही सहज भयो । सिर्दी मण्डलीका अगुवा दूधराजले उसलाई संस्था चिनाएको थियो । झोला पाएको दिन ऊ निकै खुशी भएको थियो । अहा ¤ कति राम्रो झोला भनेर अझ एक दुई जनाले प्रशंसा गरिदिंदा उसलाई आपूm एक हात माथि पुगेको भान भएको थियो । प्लास्टिकको झोलामा भन्दा यो स्पोर्ट ब्यागमा बाइबल, भजन किताबको अलावा अरु धेरै थोक अट्ने भएको छ । अब उसको झोलामा कलम, नोटबुक, पकेट क्यालेण्डर, रुमाल, मञ्जन बुरुस, काइ“यो, साबुन, चश्मा सबै अट्छ । सेवकाइको क्रममा जुनसुकै ठाउ“मा बास बस्नु परे पनि अब उसलाई कुनै समस्या छैन । नित्यकर्म गर्नलाई आवश्यक सबै थोक झोलामा अटेकोले ऊ ढुक्कस“ग बास बस्न सक्छ । उसले दूधराजलाई मनमनै धन्यवाद दियो ।
बेला मौकामा पास्टर रोहितलाई संस्थाले काठमाडौं बोलाइरहन्थ्यो । झरी बादल होस् या कठ्याङ्ग्रिने जाडो । उसलाई सेमिनारमा अनिवार्य पुग्नु पर्दथ्यो । फेरि सेमिनारबाट कहिले पनि खाली हात फर्कन पनि पर्दैनथ्यो । यसैले मण्डलीको जुनसुकै कार्य पनि था“ती राखेर ऊ काठमाडौंतिर हुतिन्थ्यो । संस्थाले दिएको सुट काठमाडौं जाने बेला मात्र काममा आउ“थ्यो । दूधराजस“गै सेमिनारमा भाग लिने क्रममा उसले स्तरअनुसारको झोला पायो । प्लास्टिकको झोलाले पनि निकै वर्ष सेवकाइ धायो । भएकै थियो । पछि संस्थाले गर्दा स्पोर्ट ब्याग बोक्ने अवसर पायो । चलेकै छ । गाउ“ठाउ“मा त्यही झोला पनि कति पल्ट ‘ठूलो’ देखिन्थ्यो ‘विश्वासी’हरूको माझ । तर सहरमा सेमिनारीहरूको बीचमा भने त्यही झोला निकै ‘सानो’ देखिने रहेछ ।
“दूधराज दाजु, झोला पनि थरी थरीको हु“दो रहेछ हगी । आÇनै परिवारको दुःखले मण्डलीसम्म डो¥यायो । तपाईंको सल्लाहले मण्डली पनि स्थापना गरियो । कस्तो झोला बोक्नुपर्ने रहेछ भन्ने कुरा पनि थाहा थिएन । हुन त प्लास्टिकको झोलाले पनि निकै समय धानेकै हो । तपाईंको संगतले गर्दा यति राम्रो झोला बोक्ने अवसर पनि मिल्यो । हामी गाउ“बाट आएकालाई त यही पनि ठूलो छ तर यहा“ त वाफ रे वाफ कद अनुसारको झोला । झोलाको वजनले नै थिच्ला जस्तो पो छ त ।” रोहितले कौतुहलतालाई मनमै दबाइराख्न सकेन । झोलाको बयानले एकपल्ट दूधराज पनि जिल्ल प¥यो । उसले पनि हतारमा आ“खा डुलायो । पुलपिटबाट कुर्लदै गरेको पास्टरको झोलाले पुलपिटको आधाभन्दा बढी भाग ओगटेको थियो । होचो कदको पास्टरको टाउको त्यही झोलाले बेला बेलामा छेक्ने गथ्र्यो । पास्टरभन्दा झोलाको महŒव बढी भएको जस्तो महसुस हुन्थ्यो । पुलपिट पछाडि आसन ग्रहण गरेर बसेका चिल्ला, गोरा, गहु“ गोरा, अग्ला, होचा, मोटा, भु“डी हालेका, स्याप्प सुकेका, कपाल रंगाएका, तालु खुइलेका सबै महानुभावहरू पनि कसैले चोरेर लग्ला जस्तै गरी हातमा झोला च्यापेर बसेका थिए । दूधराजले कहिले पनि याद गरेको थिएन । आज पहिलो पल्ट उसले पनि पास्टरको प्रवचनमा भन्दा पनि झोला नियाल्नमा समय खर्चिन थाल्यो । सा“च्चिकै रमाइलो भयो उसलाई पनि थरी थरीका आकर्षक झोलाहरू देखेर । संस्था प्रवेशको सुरुवातीमै पाएको आÇनो झोला त अब खुइलिन थालिसकेको थियो । बूढीले दुई तीन पटक त उध्रेको भाग बेरंगी धागोले सिइदिइसकेकी थिई । भान्छाको ध्वा“सोले कालोमैलो हुने नै भयो । आÇनो झोला देखेर आपैmलाई पहिलो पल्ट लाज लाग्यो । गाउ“ठाउ“मा ठा“टले बोक्ने झोला संस्थाको कार्यक्रममा लुकाउनुपर्ने भयो ।
“माफ गर्नुस् है दाजु । मैले अघि तपाईंलाई प्रवचनको बेला झोलाको कुरा कोट्याएर डिस्टर्ब गरे“ । झोलाको सकसकले साउती गर्न बाध्य बनायो ।” खाना खाने क्रममा रोहितले आÇनो गल्ती महसुस ग¥यो । वास्तवमा रोहितले झोलाको कुरा उप्काएपछि दूधराजको प्रवचन सुनाइमा पूर्णविराम लागेको थियो । त्यसपछि ऊ झोलाकै अनुसन्धानमा लागेको थियो । का“धमा बोकेको झोलास“ग रिस उठेको थियो । भ्वाइस अफ पास्टर्स संस्थामा धाउन थालेको पा“च वर्ष नाघिसकेको छ । संस्थाप्रवेशस“गै पाएको झोलाले सौता देख्नुपरेकोे छैन । सुटको पनि रंग उडिसकेको छ । खेलौनाजस्ता सोलारका चाइनिज बत्तीहरू कति त घर पुग्ने पाउ“दैन । पुगेका बत्तीहरू एक दुई पल्ट उज्यालो पार्दै एउटा कुनामा थन्किन थालेका थिए । प्रत्येक पटकको भेटघाटमा केही न केही त अवश्य पाउ“थ्यो तर धेरैजसो म्युजियममा सजाउन मिल्ने हुन्थ्यो । दिएको कुरा नलिई पनि नहुने । लियो भने पनि गाउ“को झुप्रोमा नसुहाउने, नअटाउने । बरु पटकै पिच्छे थरी थरीका झोला नै दिए हुने । दूधराजले अहिले महसुस गर्न थाल्यो । किनभने पास्टरको लागि झोला जति महŒवपूर्ण थोक अरु के नै होला । खाना खा“दा, शौचालय जा“दा, यात्रा गर्दा, सुस्ताउ“दा हरपल साथ रहने भनेकै झोला हो । श्रीमतीले साथ छोडेको बेला समेत झोलाले साथ छोड्दैन ।
“वास्तवमा तपाईंले भनेपछि म झल्या“स्स भए“ रोहित भाइ । यतिका वर्ष भयो यो संस्था धाउन थालेको । तपाईं मेरो मनको मान्छे । राम्रै लागेर तपाईंलाई पनि लिएर आए“ । साथी पनि हुने सहयोग पनि हुने भन्ने ठानेर । तपाईंले सोधिहाल्नुभयो । यो झोला भन्ने चीज अजिबको छ । उः पर, झोला च्यापेर अट्टहास हा“सो हा“सिरहेको पास्टर देख्नुभयो नि । गौर गरेर उसको झोला हेर्नुहोस् त । कति बडेमाको छ । ढ्याप्पै उसको भु“डी ढाकिएको छ । लाग्दो होला के के होला उसको झोलाभित्र ?” चम्चाले मुखमा गा“स हाल्दै दूधराजले सत्यताको एउटा पाटो उप्काउन थाल्यो । वास्तवमा दूधराजले पनि यही आएर चम्चाले खाना खान सिकेको हो । बूढीले खाना खाने बेलामा एउटै सिलाबरको थालमा राखिदिएको दाल, भात, तरकारी मज्जाले हातले मुछी स¥याप स¥याप खाने बानी परेको दूधराजलाई चराले जस्तै चम्चाले थोरै थोरै गा“स मुखमा कोच्दा सुरुमा त भोकै मरेको थिएन । तर ठाउ“अनुसारको व्यवहार सिक्नुपर्ने नै भयो । अहिले सहरमा बानी परिसक्यो । घरमा त परमेश्वरले दिनुभएको चम्चा भन्दै हातैले खाना खान अभैm छोडेको छैन । सिलाबरको थाललाई भने अहिले स्टिलको थालले प्रतिस्थापन गरेको छ ।
रोहितले दूधराजले इङ्गित गरेको दिशातर्पm हे¥यो । खुइलेको तालुमा बा“की भएको कपाल पनि बडा गजबले तेल राखेर टल्काएको थियो । खासै पर नभएकोले उसको आ“खाको चमक सहजै अनुमान गर्न सकिन्थ्यो । सा“च्चै के के अटाउ“छ होला त उसको झोलामा ? उत्तर पाउने आशामा खा“दा खा“दैको गा“स छोडेर रोहितले दूधराजको मुहारमा हे¥यो । मुखको गा“स सकेर दूधराजले भन्न थाल्यो, “रोहित भाइ, सत्य तीतो भए पनि लुकाउनु हु“दैन, लुक्दैन पनि । ऊ अहिले मण्डलीको उच्च स्थानमा पुगेको छ । सुन्दैछु भ्वाइस अफ पास्टर्स संस्थाको पनि अध्यक्षको दाबेदार हो । उसको झोलाभित्र साम, दान, दण्ड, भेद सबै कुरा अटाउ“छ । कुन विश्वासीलाई कसरी तह लगाउने सबै कुरा झोलाभित्र मज्जाले मिलाएर राखेको छ । पास्टरमा अभिषेक भएपछि त झन् उसको चुरीफुरी निकै बढेको छ । कसैले केही भनेमा अभिषिक्त जनलाई जे पायो त्यही भन्ने ? गाली गर्ने ? भन्दै का“चै निलौंला जस्तो गथ्र्यो तर आÇनो मुखमा भने लगाम लगाउ“दैनथ्यो । झोलाभित्रबाट गालीको वर्षा सुरु भएपछि वरपरका विश्वासीहरूले कान थुन्नु नै वेश । शंका लाग्छ, वास्तवमा उनीहरूलाई कसले अभिषेक गरेको हो ? मानिसले कि परमेश्वरले ?”
“आÇनो आङमा भैंसी हि“डेको नदेख्ने तर अर्काको आङमा जुम्रा हि“डेको भनेको जस्तै हो कि ? अझ म त सुन्दैछु यहा“ त आपैmले आपैmलाई अभिषेक गर्ने पास्टरको पनि कमी छैन । धन्न उनलाई त कसैले अभिषेक गरेको रहेछ ।” रोहितले हरियो खुर्सानी टोक्दै भन्यो । उसको कुरामा सही थाप्दै दूधराजले भन्यो । “हो, ठ्याक्कै त्यस्तै । अनि ऊ अर्को कुखुराको साप्रा लुछ्दै गरेको पास्टर देख्यौ ? उसको अभिषेक कहिले भएको हो कसैलाई थाहा छैन । ऊ भने दार्जिलिङमा अभिषेक भएको भनेर फलाकी हि“ड्छ । अहिले गाउ“तिरका पास्टरहरूलाई अभिषेक गर्न थालेका छन् । ऊ जहिले पनि त्यही ल्यापटप ब्याग बोक्छ । उसले आÇनो झोलाभित्र हुनुपर्ने नैतिकता चाहि“ झिकेर फालेछ अनि अहिले बदनामीको पोको घुसारेर राखेको छ भन्ने सुन्छु । खोई, के हो ? के हो ? तैपनि सबैले उसैलाई मान्छ । हामी पनि मानेरै यहा“ आएका हौं । उसको ब्यागभित्र रहेको ल्यापटपमा सारा संसार अटाउ“दो रहेछ । हेर्न हुने, हेर्न नहुने, गर्न हुने, गर्न नहुने सबै कुरा भ्याउ“दोरहेछ । यसैले त सबै उसैको पछि लाग्दोरहेछ । उसको झोलाबाट चुहेका केही नोटहरू टिप्न पाइन्छ कि भनेर हामीजस्ता सोझा पास्टरहरू हिउ“द बर्खा केही नभनी दौडेर आउ“छौं ।”
“सबै उस्तै हो ?” खा“दाखा“दैको प्लेट भुइ“मा राखेर रोहितले सोध्यो ।
“सबै कहा“ उस्तै हुन्छ र ? धान खेतमा सामा त भइहाल्छ नि । परमेश्वरका सा“चो आराधकहरू त यसरी पद र पैसाको पछि लाग्दै लाग्दैन अनि लागेका पनि छैनन् । यहा“ त राम्रो भन्दा पनि नराम्रोको प्रचार बढी हुने भएर विश्वासीहरूको मनमा पास्टरहरूप्रति वितृष्णा जागेको मात्र हो । ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर अभिषेकको धाक लगाउ“दै हि“ड्ने यस्ता एक दुई जना व्यक्तिहरूले गर्दा समाजले औंला उठाउने मौका पाएका छन् । असल पास्टरहरूले त संसारको मान पदवी भन्दा स्वर्गको मुकुटको लागि मरिमेटेर लागिपरेका छन् । संसारमा उनीहरूको नाम छैन न त दाम नै कमाउन सकेका छन् तर परमेश्वरको नजरमा असल मोतीहरू हुन् । यहा“ युसुफजस्ता शुद्ध हृदयका अनि पावलजस्ता त्यागी पास्टरहरू कति छन् कति । उनीहरू मण्डलीको सेवकाइमा दिन–रात खटिरहेका छन् जसले गर्दा यसरी संस्था खोल्दै हि“ड्न भ्याएका छैनन् । अहिले यस संसारमा उनीहरूको मूल्याङ्कन कसले गरिदिने ? भनिन्छ नि ‘बोल्नेको चामल बिक्छ नबोल्नेको पिठो पनि बिक्दैन ।’ समय परिवर्तनशील छ । अब चामलभन्दा पिठोको महŒव बढिरहेको छ । चामल खान रुचाउनेहरू सुगरको रोगी हुन थालेका छन् । हामी पनि यही चामलको खोजीमा यहा“सम्म आएका हौ“ । एउटा झोलाको लोभले विश्वासीहरूको चाहनालाई लात मारेर यताउता भौंतारिरहेका छौं । वास्तवमा हामी हाम्रा विश्वासीले दिएको पिठोमै सन्तुष्ट हुन जानेको भए हाम्रो जीउ पनि लाग्थ्यो, तागत पनि मिल्थ्यो । मैले पनि यो कुरा ढिलो बुभे“m र अहिले पश्चाताप लागिरहेछ । अब पनि तपाईंलाई यो सत्यता प्रकट गरिएन भने मलाई परमेश्वरले पनि माफी दिनुहुन्न जस्तो लागेर आज भन्दैछु ।” दूधराजले भन्दै गर्दा रोहित जुरुक्क उठ्यो । ऊ झोला बोकेर फटाफट बाहिर निस्क्यो । दूधराज पनि उसको पछि पछि लाग्यो ।
घर पुग्नु अगाडि खार खोलामा रोहितको ध्यान गयो । उसकी श्रीमती सोफिया खार खोलाको पानी धान खेतमा लगाउ“दै रहिछिन् । श्रीमतीको नजिक पुगेपछि उसले आÇनो झोलामा रहेको सबै थोकहरू एउटा प्लास्टिकको झोलामा राख्यो । उसले झोलालाई खार खोलामा बगाइदियो । श्रीमतीको मुहारमा हेरेर उसले भन्यो, “सोफिया, त्यो झोलाको पछि लाग्दा लाग्दा झोलाजस्तै म उध्रिदै गए“ । त्यो झोला हाम्रो मण्डलीमा सुहाएन पनि । यसैले बगाइदिए“ । अब म पनि तिमीस“गै खेत गोड्छु, पानी लाउ“छु, तरकारी रोप्छु अनि त्यही तरकारी प्लास्टिकको झोलामा राखेर आ“बुखैरेनी बजारमा लगी बेच्छु । झरी, बादल, आ“धी, असिना नभनी झोलाको पछि दौडिन ठीक लागेन । जुनसुकै प्राकृतिक प्रकोप पनि यही विश्वासीहरूस“ग मिलेर खप्छु । विश्वासीहरूको छहारीमा नै मैले रम्नुपर्छ ।” प्लास्टिकको झोला बोकेर रोहित घरतर्पm उकालो लाग्यो । उसको कुरा बुझ्न नसकेर सोफिया ऊ गएको बाटोतर्पm हेरिरहिन् ।

मानिसहरु पिच्छे बाइबलप्रतिको धारणा फरक–फरक रहेको पाइन्छ

उपयुक्त ज्ञान र सटिक उत्तर नपाएको कारण मानिसहरु पिच्छे बाइबलप्रतिको
धारणा फरक–फरक रहेको पाइन्छ । कतिले सोच विचार नगरी बाइबल मानिसहरुको उत्फट्याङ्गको उपज हो, भन्दछन् । तर खास बाइबल के हो ? र यसको अस्तित्व र विकास कसरी भयो भन्ने आधिकारिक तथ्य पत्ता नलागाउँदासम्म हामी आफै पनि भ्रममा पर्छौं र अरुलाई भ्रम छर्दै हिँड्छौं । भ्रममा पर्नु र भ्रममा पार्दै हिँड्नु अघि भ्रमलाई पूर्णविराम लगाउँन निष्पक्ष
खोज अनुशन्धान गर्नु नै यात्राको पहिलो कदम हो । त्यसो भए बाइबलको अस्तित्व विकास कसरी भयो त ? बाइबल अस्तित्वमा हुनुको कारणहरु हेरौँ ।
१.परमेश्वर स्वयंम आफै अस्तित्वमा भएकोले ः बाइबल परमेश्वरको अस्तित्व छ भन्ने कुराको अकाट्य प्रमाण हो । उहाँको अस्तित्व चाहिँ आदि र अन्त्य, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ भन्ने हो । (यशै ४८ः१२; प्रका १ः८) अर्को शब्दमा उहाँको सुरु र अन्त छैन । परमेश्वर हिजो आज र सदासर्वदा एक समान हुनुहुन्छ ।
(हिब्रु १३ः८) अब यहाँ बाइबल कुनै दुई व्यक्तिको सम्बन्ध होइन यो पूर्ण एक व्यक्तिको सम्बन्ध हो । त्यसैले बचन नै
परमेश्वर हुनुहुन्छ र परमेश्वर नै बचन हुनुहुन्छ । (युह १ ः १,२) बचनले उहाँको अस्तित्वलाई प्रकट गदर्छ भने उहाँले आफ्नो अस्तित्व बचनद्वारा प्रकट गर्नुहुन्छ । त्यसैले सबै टलेर जानेछ तर परमेश्वरको बचन टल्ने छैन । यो अस्तित्वमा छ ।
(मत्ती २४ः३५)
२.परमेश्वरका मानिसहरु अर्थात ख्रीष्टको मण्डली अस्तित्वमा भएकोले
परमेश्वरको बचन स्वर्गबाट लेखेर दिएको पुस्तक होइन न ता पृथ्वीको मानिस स्वर्ग उक्लेर गई लिएर आएको बचन हो ।
परमेश्वर आफै पृथ्वीमा आफ्नो मानिसहरुकहाँ बारम्बार उपस्थितिमा
प्रेरणा दिई लेखिएको बचन हो ।
(व्यब ३० : ११–१४) जहाँ सिद्धता छ त्यहाँ धर्मशास्त्र चाहिँदैन न ता कानूनको नै व्यवस्था हुन्छ । ज्योति अन्धकारको लागि हो भने झैं परमेश्वरको बचन पाप र अधर्म भएको संसारको लागि खाँचो बन्यो । बाइबल परमेश्वरले पृथ्वीका आफ्ना मानिसहरुसँग हिंड्डुल गर्दा बताइएका उद्देश्य, योजना, प्रेम, प्रतिज्ञा, आशिष, छुटकारा, उद्धार, अगुवाई र मार्गनिर्देशन गरेका कुराहरुसंग सम्बन्धित छ । बाइबल अस्तित्वमा हुनको कारण परमेश्वरका मानिसहरु पुरानो करारमा चुनिएको इस्रायली जाति र नयाँ करारमा विश्वास गर्ने उहाँको दुलही मण्डली हो ।
(उत् १२ : १–३; मत्ती १६:१८) जसले गर्दा बाइबल सिकाउनलाई, अर्र्ती दिनलाई,र धार्मिकतामा तालिम दिनलाई लाभदायिक छ । (२ तिमो ३ : १६ ) बाइबललाई पवित्र आत्माले सुरक्षित र सुदृढ बनाएको कारण अस्तित्वमा छ । (यूह १६ः १३)
अब हामीले परमेश्वरको बचन बाइबल लिखित रुपमा कसरी अस्तित्व र विकास हुँदै गयो भन्नेबारेमा हेर्नेछौं ।
बाइबल ९द्यष्दभि० शब्द ल्याटिन भाषाको दष्दिष्बिू बाट लिईएको हो । जसको अर्थ ुउबउभचु यच ु कअचयििु भन्ने हुन्छ । नेपालीमा पत्र वा चर्मपत्र भनिन्छ । बाइबल पुस्तकहरुको संगालो हो ।
परमेश्वरको बचन बाइबल भिन्दा–भिन्दै व्यक्ति र समयकालक्रमानुसार करिब ४० जना लेखकले करिब १६ सय वर्ष अवधिमा परमेश्वरले गरेका काम र घटनाक्रमलाई क्रमबद्धरुपमा संग्रह गरेको ६६ वटा पुस्तकहरुको संगालो नै बाइबल हो । यसलाई पुरानो करार
(३९) र नयाँ करारमा (२७) गरी दुई भागमा विभाजन गरीएको छ ।

१. पुरानो करार अस्तित्व र विकास ः बाइबल एकै समयमा लेखिएको सिंगो पुस्तक होइन । सबै भन्दा पहिला मरमेश्वरले मोशालाई व्यवस्थाको पुस्तक दिनुभयो ,जुन पाँचवटा छन् । यहि नै पहिलो पटक लिखित रुपमा अस्तित्वमा आएको परमेश्वरको बचन थियो । जसलाई हिब्रुमा तोरह भनिन्छ । त्यसपछि विभिन्न कालखण्डमा परमेश्वरले इस्राएलको परमेश्वरको रुपमा यहोवे परमप्रभुको रुपमा अगुवाई गर्दै हिड्नुभयो मोशाको मृत्युपछि यहोशूदेखि मलाकीको पुस्तकसम्म
परमेश्वर यहोवे परमप्रभुको रुपमा विभिन्न
पूजाहारीहरु,न्यायकर्ताहरु, राजाहरु
र अगमबक्ताहरुबाट बोल्नुभयो जुन बचनलाई तिनीहरुले लेख्ने काम गरे । यहोवेको अर्थ परमप्रभु हो । परमेश्वर सबै जातिहरु, भाषाहरु, देशहरुका एकमात्र परमेश्वर हुनुहुन्छ । तर मानिसहरु पापबाट पतन भइसकेपछि मानिसहरु विभिन्न जातिहरु, भाषाहरु र देशहरुमा संसारभरी फैलिदै गए
(उत् १०ः३२) र आ–आफ्नो इच्छाको कुरा गर्दै गए । तर परमेश्वरले एक व्यक्तिलाई चुन्नुभयो जसको नाम अब्राहम थियो । जो पछि गएर इस्रायली जातिको रुपमा परिचित भयो । परमेश्वरको प्रतिज्ञा अब्राहममाथि थियो । (उत् १२ :१–३) त्यो प्रतिज्ञा चाहिँ यहोवे परमेश्वर नै सारा मानिसहरुका
परमेश्वर हुनुहुन्छ भनी संसारका सबै मानिसलाई बताउनु थियो । त्यसैले परमेश्वर यस संसारमा सबैका परमेश्वर भएतापनि सबैले उहाँलाई नचिनेको कारण परमेश्वरले आफैलाई इस्रायलीहरुका परमेश्वरका रुपमा सबै पृथ्वीका मानिसहरुबीचमा आफूलाई चिनाउँन खोज्नु भयो । त्यसैले होला यो बाइबल यहुदीको वा ख्रीष्टियनहरुको धर्मशास्त्र हो,भनी मानिसहरु बुझ्दछन् तर परमेश्वरचाहिँ आफ्नो बचनबाट सबैको परमेश्वरको रुपमा चिनाउँन चाहानुहुन्छ । यसरी यहोशूदेखि मलाकीसम्मका पुस्तक लेखिएका थिए तर संग्रह गर्र्नेकाम भएको थिएन । पछि यहुदीहरुले यसलाई संग्रह गर्ने काम गरे जसमा २४ वटा पुस्तकहरु थिए । जसलाई तनक Septugint_भनिन्थ्यो । करिब ३०० ईपू देखि ७२ जना विद्धानहरुले १५० वर्ष भन्दा बढि लगातार परमेश्वरको बचन खोज्ने पत्ता लगाउँने त्यसलाइ छान्ने र संकलन गर्ने काम गरियो । जसलाई सेप्टुजिन्ट भनिन्छ । जसको अर्थ सत्तरी भन्ने हुन्छ । यसलाई LXX पनि भनिन्छ ।

यो अलेक्जेन्ड्रियामा ९ब्भिहबलमचष्ब० ईपू १३२ मा संकलन गर्ने काम सकिएको थियो । यसरी बाइबलमा पुस्तकहरु थपिनेक्रम जारी रह्यो । दोस्रो शताब्दीतिर ई.पू यसलाई यहुदीहरुले हिब्रुमा (kitvei hakkodesh) ल्याटिनमा Biblica sacra अंगे्रजिमा Holy Scripture’ जसको अर्थ पवित्र धर्मशास्त्र भनियो । यहीबाट धेरै पछि आएर Holy Bible ” अर्थात पवित्र बाइबल भनेर नामाकरण हुन सक्ने अनुमान गर्न सकिन्छ । पछि आएर ९०–११८ ई. स मा त्जभ अयगलअष् िया व्बmलष्ब ले पुरानो करारलाई ३९ वटा पुस्तकमा अस्तित्व दिने काम ग¥यो । यसरी पुरानो करारलाई ३९ वटा पुस्तकको रुपमा निर्धारण गरेको पाइन्छ ।

२. नयाँ करारको अस्तित्व र विकास : येशू ख्रीष्ट यो संसारमा आइसकेपछि उहाँका चेलाहरुले देखेका, भोगेका र सुरुका मण्डली स्थापना र सुसमाचारको काम र मण्डलीहरु, विश्वासीहरु अगुवाअरुलाई लेखिएका पत्रहरु पाइन्छन् ।
नयाँ करार करिब ४५–८५ ई. स मा करिब १० जना येशूका चेलाहरुका साथै चेलाहरुसंग बोलावट पाएका सुसमाचारमा सहभागी सहकर्मीहरुले लेखेका पत्रहरु हुन् । यसलाई पछिबाट संकलन गर्ने काम विभिन्न मानिसहरुले काम गरे ।

अन्तत : ३६७ ई.स मा पहिलो पटक अथनेसियस (Athanasius) ले नयाँ करारमा २७ वटा पुस्तकलाई संग्रह गर्ने काम गरेका थिए । यसैलाई The council of Hippo and The council of corthage ले पनि ३९७ ई.स मा २७ वटा पुस्तकलाई मान्यता दियो । यसरी ई.स ३८६ देखि ३८८ मा पुरानो करार र नयाँ करार एकै ठाउँमा राख्ने काम भएको थियो । पछि ४०० ई.स तिर सन्त जेरोम ले भल्गेत ( vulgate)  बाइबलको विकास गरे । १३ औँ सताब्दीतिर स्टेफन लान्गोटोले (Stphen Langoto) बाइबलमा अध्यायको ( Chapter) विकास गरे भने १६ औं शताब्दीतिर फ्रान्सका रोवर्ट इस्टाइनले बाइबलमा पदको ( verse)  विकास गरे ।
विभिन्न विद्वानहरुले विभिन्न समयमा विभिन्न भाषमा बाइबललाई अनुवाद गर्ने काम गरे । प्रख्यात विद्वान जन विक्लिफ (John Wycliff), ljlnod l6G8]n(William Tyndale) , र King Jemes Version (KJV) जस्ता व्यक्तिहरुले बाइबललाई अस्तित्व दिने काम गरे, भने पुरै बाइबललाई नेपाली भाषामा अनुवाद गर्ने काम पादरी गंगाप्रसाद प्रधानले ई.स १९१४ गरेका थिए । यसरी बाइबललाई विभिन्न भाषामा सरल बनाउँन आज पनि काम भईरहेको छ । यी काम हँुदाहुदै पनि बाइबलको बारेमा विवाद टिका टिप्पणी नभएको भने होइन, थुप्रै त्रुटी र कमजोरी पनि छन् । अन्ततः बाइबल सत्य छ, जीवित छ, र क्रियाशील छ । अन्तमा यो पूर्ण अनुसन्धान होइन तर लेख भएकाले थुर्पै लेख्नुपर्र्ने कुराअरु छुटेका छन् । तर बाइबल अस्तित्व छ,भन्ने अकात्य प्रमाण र परिणाम चाहिँ मण्डली हो । जुन मण्डलीलाई उहाँले चट्टानमाथि बसाल्नु भएको छ । जो येशू ख्रीष्ट हुनुहुन्छ
(१कोर् ३ः११) । आमेन्

  •  लेखक :  बाइबल पुन