Category: Sermon

बुबा हो, आफ्ना छोराछोरीलाई … प्रभुको अनुशासन र शिक्षामा हुर्काओ (एफिसी ६ः४) ।

-भुवन देवकोटा
ख्रीष्टियान परिवारसम्बन्धि शिक्षा दिने बेलामा पावलले यसरी एफिसीका विश्वासीहरूलाई अर्ति दिएका थिए । दोस्रो पुस्तालाई तयारी गर्नको लागि योभन्दा गतिलो र बाइबलीय तरिका अर्को छैन भन्ने निष्कर्ष नयाँ नियममा यत्रतत्र पाइन्छ । छोराछोरीलाई परमेश्वरको वचन र शिक्षामा हुर्काउने र बलियो बनाउने काम मुख्यगरी बुबाको हो ।
समाजशास्त्रीहरू पनि यो निष्कर्षमा छन् कि बच्चाको पहिलो शिक्षा आफ्नी आमाको काखबाट सुरु हुन्छ भने दोस्रो शिक्षा बुबाको काँधमा । स्कुलको औपचारिक शिक्षा सुरु हुनुअघि र सुरु भएपछि पनि निरन्तर बुबाबाट छोराछोरीले सिक्नैपर्छ ।
हरेक मण्डलीमा बाल संगति हुनु असल र आवश्यक कुरा हो तर त्योभन्दा पहिले र मुख्य हरेक घरमा केटाकेटीले परमेश्वरको वचनबाट सिक्नु महत्त्वपूर्ण हुन्छ । युवा सेवकाइ र बाल सेवकाइको अति नै ठूलो महत्त्व हुँदाहुँदै ख्रीष्टियान परिवार र परमेश्वरको वचनबाट छोराछोरीलाई सिकाउने अभिभावकहरू ती दुवैभन्दा माथि र मुख्य छन् । कुनै घरमा पारिवारिक वेदी छैन र परमेश्वरको वचन सिक्ने र अभ्यास गर्ने वातावरण छैन भने हप्तामा केही घण्टा सिकेको कुराले जीवनमा सम्पूर्ण परिवर्तन आउँदैन । युवा वा बाल संगति वा सेवकाइ त त्यसलाई भरथेग गर्ने कुरा मात्रै हो, मुख्य कुरा परिवारमा परमेश्वरलाई देख्नु हो ।
हरेक पुस्ता खराब र परमेश्वरको विरोधी बन्दैगएको सन्दर्भमा ख्रीष्टियान परिवार नै बलियो बन्नु मुख्य कुरो हो । दोस्रो पुस्तालाई परमप्रभुस नचिनाउने हो भने ख्रीष्टियान धर्म मात्रै मान्ने कुरा मण्डलीमा बढ्दैजानेछ र नयाँजन्म पाएकाहरूको सङ्ख्या घट्दै जानेछ ।
त्यसर्थ… हाम्रा परिवारहरू बालबालिकाको लागि परमेश्वरको वचन सिक्ने र उहाँलाई चिन्ने उपयुक्त ठाउँ बन्न सकोस् ।

पापको श्रोत:–
~~~~~~~~

आँखा//हृदय:-
हितोपदेश २१:४ घमण्‍डी आँखा र अहङ्कारी हृदय, दुष्‍टका दियो यिनै हुन्‌ जो पाप हो!

मर्कुस ७:२१-२३– किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार, व्‍यभिचार, चोरी, हत्‍या, परस्‍त्रीगमन,
लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌।
यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्‍कन्‍छन्‌, र मानिसलाई अशुद्ध पार्छन्‌।
हितो २४:२ हृदयले उपद्रव रच्‍दछ,
गलाती ५,१८,२१……

मानिष्ले कसरी पापलाई जन्माउँछ?
~~~~~~~~~~~~~~~~~~~

याकूब १:१४-१५,तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि

पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।

रोमी ६:२३–किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।

सबै पापी छन्-
~~~~~~~~
रोमी ३:१०-जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन,

रोमी ३:२३-किनकि सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।

१ यूहन्ना १:८,यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन।

पाप लाई येशुको रगतले शुध्द , पार्दछ ,हामि येशू द्वारा दोष मुक्त हुन्छौं।
~~~~~~~~~~~~~~~~~~~~~

१ यूहन्ना १:७ परमेश्वरका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
यूहन्ना ३;१७-१८ किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।
जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।

प्रेरित १०,४३ ,सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्‌, कि उहाँमाथि विश्‍वास गर्ने प्रत्‍येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।”

हामीले येशुमा अनन्त जीबन पाउछौं-
~~~~~~~~~~~~~~~

यूहन्ना ३:१६“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

येशुलाई बिस्वाश नगरे के हुन्छ?
~~~~~~~~~~~~~~~~~~~

यूहन्ना ८:२४ मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्‍ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्‍वास गरेनौ भने आफ्‍ना पापमा मर्नेछौ’।”

कसरी स्वर्गमा जान सकीन्छ?
~~~~~~~~~~~~~~~

यूहन्ना १४:६ येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

येशुमा अनन्त जीबन छ, रोमी ६:२३

हामिले येशुलाई बिस्वाश गरेमा परमेस्वरको सन्तान हुन र स्वर्ग जान सकीन्छ।

यूहन्ना १:१२ तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो।

सृष्टिकर्ता येशू हनुहुन्छ:-
~~~~~~~~~~~~

यूहन्ना १:१०उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन।

कलस्सी२:१० उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्‍त शासन र अधिकारको शिर हुनुहुन्‍छ।

हितोपढेश ८: ३० म एक कारीगरझैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्‍थें, उहाँको उपस्‍थितिमा निरन्‍तर आनन्‍दित भइरहन्‍थें।

नोट:– पाप बाट मुक्त भै स्वर्गिय राज्यमा सृष्टिकर्ताकहां जाने तरीका बाइबल बाट बताएको छू, हामीले जीबन रोज्ने ,या मृत्यु? येशुमा अनन्त जीबन छ ।त्यसैले १ पटक सोच्नुहोला

ख्रीष्टमस ख्रीष्टको जन्म र हाम्रो आशा र निश्चयता

रेभ डा बाल कृष्ण शर्मा

आज २३ डिसेम्बर २०१७ । यस सम्बतलाई इश्वी सम्बत भनिन्छ । येशू आजभन्दा २०१७ वर्ष पहिले मानव बन्नुभई यस पृथ्वीमा आउनुभयो भनी यसले सन्देश प्रदान गरेको छ । यो येशू वा इश्वी सम्बत हो भनी जान्दा जान्दै पनि धेरै व्यक्तिहरूले यसलाई अंग्रेजी सम्बत भनी सम्बोधन गरेको सुन्दा मलाई अचम्म लाग्छ । यदि हामीले २०१७ लाई अंग्रेजी सम्बत भनिराखेका छौँ भने आजदेखि आफैलाई सुधार गरी येशू सम्बत भनी सम्बोधन गरौँ ।
येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने बारेमा आज धेरै व्यक्तिहरूलाई भ्रम छ । त्यो भ्रम हटाइ येशूमा विश्वास गर्नुहोस् भनी म आग्रह गर्न चाहन्छु । येशू ख्रीष्टको सम्बन्धमा म छोटकरीमा केही तथ्यहरू बताउन चाहन्छुः अब हामी लूका २ अध्यायको १ देखि ११ पदसम्म हेरौँ ।

१ येशू ख्रीष्ट भविष्यवाणी पूरा गर्नका लागि ठीक समयमा आउनुभयो । येशूको अर्थ मुक्तिदाता हो र ख्रीष्टको अर्थ अभिषेक गरिएका व्यक्ति हो । येशू ख्रीष्ट यस धर्तीमा जन्म लिनुभन्दा हजारौँ वर्ष पहिले नै उहाँ मानव बनी आउनुहुनेछ भन्ने भविष्यवाणी भएको थियो । बाइबलको पहिलो पुस्तक उत्पत्ति ३ः१५ मा पनि उहाँको जन्मको बारेमा अगमवाणी भएको थियो । त्यसैगरी यशैया र मीका जस्ता अगमवक्ताहरूले येशूको जन्मका बारेेमा सयौँ वर्ष पहिल्यै अगमवाणी गरेका थिए जुन कुरा येशू आउनुभन्दा पहिले लेखिएको पुरानो करार बाइबलमा उल्लिखित छ । मीका ५ः२ मा येशू बेथलेहेममा जन्मनु हुनेछ भन्ने अगमवाणी भएको थियो । त्यही अगमवाणी पूरा गराउनका लागि परमेश्वरले रोमी सम्राट कैसर अगस्टसलाई प्रयोग गर्नुभयो । योसेफ र मरियम बेथलेहेम निवासी थिएनन् र उनीहरू करीब ६० कि मि टाढाको नासरतमा बस्थे तर सम्राटले त्यही समयमा हरेकले आफ्ना पुर्ख्यौली ठाउँमा गई नाउँ लेखाउनुपर्ने आदेश दिएका हुनाले उनीहरू बाध्य भएर बेथलेहेम जानुपर्यो । सम्राटको आदेशका कारण अगमवाणी पूरा भयो । बेथलेहेम बाहेक येशू संसारको अरु कुनै पनि ठाउँमा जन्मन सक्नुहुने थिएन । शारीरिक रुपमा उहाँ विश्वको अरू कुनै पनि ठाउँमा जन्मन सक्नु हुने थिएन । त्यसका साथसाथै अप्रत्यक्ष रूपमा परमेश्वरले कुनै पनि व्यक्ति वा शासकलाई आफ्नो योजना पूरा गर्नका लागि प्रयोग गर्न सक्नुहुन्छ भन्ने सन्देश पनि हामी यहाँ पाउँछौँ ।

२ ख्रीष्ट जन्मको समयमा सबैभन्दा पहिले गोठालाहरूलाई सन्देश पठाइयो । स्वर्गदूतले सन्देश लिएर गए । स्वर्गदूतको ज्योतिलाई देखेपछि तिनीहरू डराए । तर स्वर्गदूतले तिनीहरुलाई नडारनका लागि आग्रह गरे । येशूको जन्मले मानिसको जीवनमा भएको डरलाई हटाउँछ । आज मानवजाति विभिन्न कुराहरूसँग डराउँछ । ऊ डराउने सबैभन्दा ठूलो कुराचाहिँ मृत्युको डर हो । यही मृत्युको डरको कारण नै आज विश्वमा मृत्यु पछिका असंख्य विधिहरू छन् । येशूको जन्मले भविष्य वा मृत्युको डरलाई हटाई त्यसको स्थानमा आशा र अनन्त जीवनको निश्चयता राखिदिएको छ । के आज तपाईंलाई विभिन्न खालका डरहरूले भरेको छ अवश्य पनि तपाईंलाई भरेको छ तपाईं येशूकहाँ आउनुहोस् र उहाँले तपाईंको डर आफूले लिनुहु्न्छ र तपाईंमा शान्ति राखिदिनुहुन्छ ।

३ ख्रीष्ट येशूको जन्ममा स्वर्गदूतहरुको एक ठूलो दलले पहिलो ख्रीष्टमसको गीत गाएको थियोः

सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा उहाँ प्रसन्न हुनुभएका मानिसहरूलाई शान्ति ।

येशूको जन्मले परमेश्वर र मानिसको बीचमा सम्बन्ध स्थापना गराएको छ। हामीले पहिलो मानव आदममा गुमाएको अधिकार येशू ख्रीष्टमा फेरि प्राप्त गरेका छौँ । त्यसैले सर्वोच्चमा परमेश्वरलाई सदासर्वदा महिमा भइरहोस् । पृथ्वीमा ती मानिसहरूसँग परमेश्वर प्रसन्न हुनुहुन्छ जसले येशू ख्रीष्टलाई मुक्तिदाता र प्रभुका रूपमा स्वीकार गर्छन् र आफ्नो जीवनभरि उहाँमा विश्वास गर्छन् ।
ख्रीष्टमस वा ख्रीष्ट जन्मको यस स्मरणको समयमा आजसम्म जति जनाले येशूलाई मुक्तिदातका रुपमा विश्वास गर्नुभएको छैन यही अवसरमा उहाँमा विश्वास गरी अनन्त जीवनको हकदार बन्नुहोस् । ख्रीष्टमस भनेको बाहिरी रुपमा रमाइलो गर्ने कुरा मात्र होइन यो त भित्र हुने परमेश्वरीय परिवर्तन हो र यस अवसरमा तपाईंको जीवन परिवर्तन हुनेछ । प्रभु येशू तपाईंको जीवनमा जन्मनु भएको होस् र तपाईंहरू जतिले येशूलाई आफ्ना जीवनमा ग्रहण गर्नुभएको छ प्रभुमा बढ्नुहोस् र उहाँको सेवा गर्नुहोस् । सबैलाई ख्रीष्टमसको शुभकामना र नयाँ वर्ष २०१८ को पनि शुभ कामना । धन्यवाद।

प्रभु तपाईंलाई भेट्न आउनुहुन्छ

बानी कसरी हुन्छ थाहा छ तपाईंलाई ? एकपल्ट मात्र गरेकोले बानी बस्ने होइन । एकपल्ट मात्र संगति नजानाले संगति नजाने बानी बस्ने होइन । तर एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ गर्दै संगतिमा नगएपछि संगति नजाने बानी हुन्छ । एकपल्ट मानिसले अल्छि गर्छ, दोश्रो पल्ट अल्छि गर्छ, अनि उसले वहाना गर्न थाल्छ, त्यसपछि उसले संगतिको वास्ता गर्न छोड्छ अनि उसलाई संगति नजाने बानी बस्छ । अनि विस्तारै उसले क्रिश्चियनहरूको संगत गर्न पनि छाड्छ र प्रभुदेखि टाढा हुन्छ । यसकारण संगति जानको लागि हामीले एक अर्कालाई उत्साह दिनुपर्छ । किनकि “प्रभुको दिन झन–झन नजीक आइरहेको छ ।” के तपाईंले आÇनो संगी विश्वासीलाई, “आउनुहोस हामी चर्च जाऊ, प्रार्थना गरौं, संगति गरौं भन्नुभएको छ ?” के तपाईंले प्रभुसँग संगति गर्नको लागि
कसैलाई उत्साह दिनुभएको छ ?
तपाईंलाई थोमाको घटना याद छ कि छैन ¤ येशू प्रभु मृतकबाट बौरिएपछि चेलाहरूकहाँ देखापर्नुभयो, त्यतिबेला थोमाचाहिँ
चेलाहरूको संगतिमा थिएनन् । अनि अरु चेलाहरूले तिनलाई भने हामीले येशू प्रभुलाई देख्यौं, उहाँ त बौरी उठ्नुभएको छ, हामीले उहाँसँग संगति ग¥यौं (यूहन्ना २०ः१९–२३) । तर थोमाले उनीहरूको कुरामा विश्वास गरेनन् उनले भने, “म त्यति बेला सम्म विश्वास गर्दिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औंला त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन ” (यूहन्न २०ः२५ भ्च्ख्० ।”
वास्तवमा हामीले कसैलाई पनि प्रार्थना सभामा जाऊँ भन्दैनौ । हामीले चर्चमा प्रभुलाई भेट्यौं भनेर भन्दैनौ । तर हामीले साथीहरूलाई भन्नुपर्छ । जसरी चेलाहरूले येशू प्रभुलाई भेटेका कुरा बताएका थिए । तपाईं कता गएर आउनुभयो भनेर कसैले सोध्यो भने मात्र हामी बताउँछौ वा भन्न पनि लाज मान्छौ । हामी जसले प्रभुलाई भेटेका छौं हामीले अरुहरूलाई पनि बताउनैपर्छ । उनीहरूले विश्वास गरुन् वा शंका गरुन् तर बताउने काम हाम्रो हो ।
चेलाहरूले येशूलाई भेटेको कुरा बताए, तर थोमाले भने, “म त्यति बेला सम्म विश्वास गर्दिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औंला त्यो काँटीको दागहरूमा
राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन ” (यूहन्न २०ः२५ भ्च्ख्० ।”किन थोमाले यसो भनेका थिए ? किनकि तिनको चित्त दुखेको थियो, तिनी निराश भएका थिए, तिनले शंका गरे र प्रभु येशू बौरी उठ्नु भएको कुरामा विश्वास गरेनन् । कतिपयले थोमालाई शंकालु थोमा भनेर पनि चिन्छन् । मत्तीको पुस्तक २८ः १६–१७ मा कसै–कसैले शंका गरे भनेर लेखिएको छ तर शंका गर्ने थोमा मात्रै हो कि अरु पनि थिए भनेर चाहिँ लेखिएको छैन ।
तर कतिले शंका गरे भन्दा अरुहरू पनि थिए होलान् तैपनि किन थोमालाई मात्रै शंकागर्ने थोमा भनिएको होला ¤ थोमालाई मात्र शंकालु भन्दा कहिलेकाही अन्याय गरिएको जस्तो पनि लाग्छ मलाई ¤
लाजरस विरामी छन् भन्ने खबर सुनेर येशू प्रभु तिनलाई
तिनलाई भेट्न यहूदियमा जान लाग्नुभयो, चेलाहरूले उहाँलाई भने, “तर गुरूज्यू यहूदियामा यहूदीहरू तपाईंलाई ढुंगाले हिर्काउन
चाहन्छन् । जो केही अघि भएको थियो । तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ्” (यूहन्ना ११ः८ भ्च्ख्० येशूले उत्तर दिनुभयो,
“दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंड्छ भने ऊ ठोक्किने छैन र लड्ने छैन । किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ । तर जो मान्छे राती हिंडछ ऊ ठोकिन्छ । किनभने देख्नको लागि उसकोमा कुनै
ज्योति हुँदैन” (यूहन्ना ११ः८ भ्च्ख्० ।”त्यसबेला थोमाले यस्तो उत्सासहपूर्ण प्रतिक्रिया जनाएका थिए, “हामी पनि जानेछौं अनि येशूसँगै यहूदियामा मर्नेछौं ””(यूहन्ना ११ः१६ भ्च्ख्० ।
मृतकबाट बौरिएपछि आÇना चेलाहरूलाई दोश्रो भेट दिन
येशू आठ दिनपछि फेरि आउनुभयो । वास्तवमा प्रभु त्यतिबेला थोमालाई भेट्न मात्रै आउनुभएको थियो । प्रश्न उठ्न सक्छ, प्रभु किन एकजना थोमालाई मात्र भेट्न आउनुभएको होला ? किनकि अरुको मनमा शंका थिएन तर थोमाको मनमा मात्र शंका
थियो । प्रभु तपाईंको लागि मात्रै आउनुहुन्छ, तपाईं एकजनाको लागि मात्रै प्रभु
आउनुहुन्छ । तपाईंलाई भेट्न मात्रै प्रभु आउनुहुन्छ किनकि प्रभुको लागि तपाईं महत्वपूर्ण हुनुहुन्छ र तपाईंलाई
प्रेम गर्नुहुन्छ । प्रभु सयवटा भेडाहरूलाई छाडेर तपाईंलाई
खोज्न आउनुभएको छ ।
कसैले भन्न सक्छ, एकजनाको लागि किन दुःख गर्ने अरु बाँकी भेडाहरू त छँदैछन्
नि? तर त्यसो होइन प्रभु तपाईं एकजनाको लागि आउनुहुन्छ ।
तपाईं मरियमले जस्तै गरी प्रभुलाई खोजीरहेको हुन
सक्नुहुन्छ । जसरी मरियमले उहाँलाई खोजेकी थिई । ऊ
चिहानमा गइ र आशु बगाएर रुन थाली । प्रभु छेऊमै आएर
सोध्नुभयो, “नारी, तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ?” (यूहन्ना २०ः१५) । तपाईंले प्रभुको चाहना गर्नुपर्छ, जसरी मरियमले प्रभुलाई खोजेकी थिई, ऊ चिहानमा गई र रुन थाली आँसु बगाइ र प्रभुुलाई खोजी प्रभु छेऊमा आउनुभयो र भन्नुभयो नारी तिमी कसलाई खोन्दैछौ किन रुँदै छौं तर उसले प्रभुलाई चिन्न सकिन । प्रिय हो हामी पनि आँसु बगाउँछौं र प्रभुलाई
खोजी गर्छाैं प्रभु छेऊमै हुनुहुन्छ तर पनि हामी उहाँलाई चिन्न सक्दैनौ जसरी मरियमले चिन्न सकेकी थिइन । प्रिय हो प्रभु हाम्रो छेऊमै हुनुहुन्छ र भन्नुहुन्छ छोरा÷छोरी म तिम्रो छेउमै छु ।
पत्रुसले प्रभुलाई तीनपल्ट इन्कार गरेका थिए । यसकारण उनले आपूmलाई येशूका चेला हुनको लागि अयोग्य ठानेका थिए
होला । तर जब स्त्रीहरूले चिहानमा स्वर्गदूतलाई भेटे तब स्वर्गदूतले उनीहरूलाई यसो भने, “अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर । अनि पत्रुसलाई पनि
भनिदेऊ । तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ ।
तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ । उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ””(मकूर्स १६ः७) ।
किन प्रभुले पत्रुसको नाउँ लिनुभयो, मेरा चेलाहरूलाई मात्र भनेर किन भन्नुभएन ? किनकि पत्रुसले सोचेका थिए । म प्रभुको चेला हुन योग्यको छैन । यदि मेरा चेलाहरूलाई मात्र भनेर भनेको भए, पत्रुसले विचार गर्थे होला मलाई भनेको होइन किनकि मैले त प्रभुलाई तीनपल्ट इन्कार गरिसकेको छु । तर अरुलाई मात्र भन्नुभएको हो । यसैकारण प्रभुले उनलाई नामै काढेर खबर पठाउनुभयो । यसकारण तपाईंलाई पनि प्रभुले नामै काढेर बोलाउनुहुन्छ ।
अब प्रश्न उठ्न सक्छ, प्रभुलाई मैले कहिले इन्कार गरेको छु र ? प्रिय हो जब तपार्इं रक्सीको बोतल पिउँदै हुनुहुन्छ, व्यभिचार गर्दै हुनुहुन्छ, झगडा गर्नुहुन्छ, इन्टरनेटबाट नराम्रा सिनहरू हेर्नुहुन्छ तब तपाईंले पनि भनिराख्नुभएको छ, ‘म प्रभुलाई चिन्दिन ।’ अनि तपाईंले सोच्दै हुनुहुन्छ होला म प्रभुको चेला हुन योग्यको छैन । तर प्रभुले तपाईंलाई व्यक्तिगत रुपमा वास्ता गर्नुहुन्छ र नामै लिएर भन्नुहुन्छ । तिमी मेरा चेला हौ । मेरा छोरा ÷ छोरी
हौ । म तिमीलाई माया गर्छु । तिमीले मेरो काम गर्नुपर्छ ।
त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ । मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाउ । शंका गर्न छोड अनि विश्वास गर्न थाल ”(यूहन्ना २०ः२७) । पद २८ मा थोमा यसो भनेर जवाफ दिन्छन्, “मेरा प्रभु र मेरा परमेश्वर”” तर प्रभुले भन्नुभयो , “तिमीले मलाई विश्वास गर्यौ किनभने तिमीले मलाई देख्यौ । ती मानिसहरू धन्य हुन् जस–जसले मलाई नदेखिकनै विश्वास गरे” पद २९।” तपाईंहरूले प्रभुलाई देख्नुभएको छ ? मैले प्रभुलाई विश्वास गरेको ७० वर्ष भयो तर मैले एकपल्ट पनि प्रभुलाई देखेको छैन । तर पनि म प्रभुमा विश्वास गर्छु । हामी नदेखेरै पनि हामी उहाँलाई विश्वास गर्छांै र प्रेम गर्छांै (१पत्रुस १ः८) । के तपाईं नदेखेर पनि प्रभुलाई विश्वास गर्नुहुन्छ ?
थोमाका जन्म्ल्याहा दाजुभाइ वा दिदीबहिनी कोही पनि थिएनन् तर पनि थोमाको अर्थ जुम्ल्याहा हुन्छ । किन भयो त
जुम्ल्याहा ? वास्तवमा तपाईं पनि जुम्ल्याहा हुनुहुन्छ, तपाईंभित्र पनि दुईवटा थोमा छ । एउटा असल थोमा र अर्काे खराब
थोमा, असल थोमाले भन्छ, चर्च जाऊ, प्रार्थना गर, संगति गर । तर अर्काे थोमाले भन्दछ, किन जानुप¥यो चर्च ? बाइबल पढ्नु
पर्दैन ¤ अनि त्यसले अभैm खराब व्यक्तिहरूको संगत गर्न सिकाउँछ । शरीरका अभिलाषाहरू पूरा गर्न सिकाउँछ ।
रोमी ७ मा पावल भन्दछन्, म भित्र दुईवटा व्यवस्थाले काम
गरेको म पाउँछ । एउटा थोमाले शंका गर्छ, निराश हुन्छ, त्यसलाई सेवामा जान मन पर्दैन, जो जाँड रक्सि खान मन पराउँछ,
नराम्रो काम गर्न मन पराउँछ । नराम्रो पुस्तक पुस्तिकाहरू पढ्न मन पराउँछ ।

तपाईंको मनमा आउँन सक्छ, मैले प्रार्थना गरेको हो तर पनि खोइ त, मेरो प्रार्थनाको उत्तर ? मेरा बाबुको लागि, आमाको लागि, छोरा र छोरीहरूको लागि गरेका प्रार्थना, श्रीमानको लागि
श्रीमातीको लागि प्रार्थना गरेकै हो, खोइ त सुनुवाई भएको छ ? हो यस्तै शंका गर्ने थुमाकहाँ प्रभु आइरहनुभएको छ ।
यसकारण थोमा जस्तै शंका गर्ने र गल्ति गर्ने मानिस हुनुहुन्छ भने पनि अब चिन्ता नलिनुहोस् प्रभु तपाईंकहाँ आउँदैहुनुहुन्छ ।

ख्रीष्टियान भनेको को हो ?

१७ भदौ २०७२ मा प्रकाशित एक लेख मैले मेरा एक ख्रीष्टियान मित्र मार्फत फेसबुकमा प्राप्त गरें । त्यो लेख डा. शास्त्रदत्त पन्तज्यूले “इसाईहरूको चलखेल”” नामक पुस्तकको ‘नेपालमा इसाईको प्रचार अभियानबाट लिइएको एक अंश रहेछ । यस लेखमा ख्रीष्टियानहरूलाई सक्दो गलत आरोप लगाइएको छ । ख्रीष्टियानहरू को हुन् भन्ने यथार्थको कुनै अध्ययन बिना नै
कपोकल्पित लाञ्छना लगाउनु ख्रीष्टियानहरूमाथिको चरम अन्याय हो र पुस्तकका लेखक नैतिक र कानूनी रूपमा दोषी छन् । जसले जे पायो त्यो भन्ने अधिकार कुनै व्यक्तिसँग पनि छैन र यसो गर्नु दण्डनीय हुन्छ भन्नेर यस्ता विद्धानलाई हेक्का हुनुपर्ने हो । उनको होस र बुद्धि खुलोस् भन्ने मेरो शुभकामना र प्रार्थना छ ।
उनले आरोप लगाएका कुराहरू सरासर गल्ती भएका हुनाले उनका कुराहरूलाई आधार बनाई जवाफ दिनुको सट्टा वास्तवमा ख्रीष्टियान भनेको को हो र ऊ केको लागि संसारमा रहेको छ भन्ने बारेमा म यस लेखमा प्रष्ट पार्न चाहन्छु र उनको लेखाइका गलत सूचनाबाट कसैको मन भरिएको छ भने, यस लेखलाई पढी आÇनो मन ठीक ठाउँमा ल्याउनका लागि पनि म आग्रह गर्न चाहन्छु ।
ख्रीष्ट्यिान को हो भन्ने बारेमा बुझ्नका लागि हामी उनीहरूले पढने र यसका आज्ञापालन गर्ने बाइबलमा जानुपर्छ । बाइबलले ख्रीष्टियान को हो र उसले के गर्नुपर्छ भन्ने बारेमा स्पष्ट शिक्षा प्रदान गरेको छ । बाइबललाई नपढी र नबुझी ख्रीष्टियानहरूलाई बुझ्न सकिँदैन । मेरो विचारमा ख्रीष्टियानलाई दोष्याउँने यी विद्धानले बाइबल पढेका छन् जस्तो मलाई लाग्दैन । पूरै बाइबल पढ्ने समय भएन भने पनि नयाँ करार खण्डलाई जहाँ येशूले ख्रीष्टियान को हो भन्ने बारेमा बताउनुभएको छ (मत्ती ५‑७ अध्याय) सो पढनका लागि म आग्रह गर्दछु । डा. शास्त्रदत्त पन्तले ख्रीष्टियानहरूलाई लगाएका कुनै पनि आरोपजस्ता कुराहरू ख्रीष्टियानहरूले गर्नुनै हुँदैन । त्यसैले उनका आरोपहरू यथार्थ नभई प्रतिशोध र ख्रीष्टियानहरूका चरित्र हत्या गर्ने नियतबाट उत्प्रेरित भएका कुरा बुझिदिनका लागि म सबैसँग अपिल गर्न चाहन्छु ।
म अंग्रेजी साहित्यको विद्यार्थी हुँ । मैले त्रिभुवन विश्वाविद्यालयबाट अंग्रेजी साहित्यमा एम.ए. गरेको हुँ र कलेजमा अंग्रेजी पढाउने काम पनि गर्छु । मैले अध्ययन गरेका विषयहरूमध्ये एउटा विषय बाइबल थियो । हामीलाई अनिवार्य रूपमा बाइबल पढ्नुपथ्र्याे । बाइबल पढ्नुको उद्देश्य बुद्धि प्राप्त गर्नु हो भन्ने मैले बुझेको थिएं । विश्वमा सबैभन्दा बढी छापिने र बिक्री हुने र विश्वका धेरै भाषाहरूमा प्रकाशित भएको यस पुस्तक बाइबल नै ख्रीष्टियानहरूको जिउने आधार हो ।
अब उनले लगाएको आरोपलाई बाइबलीय आधारमा कसरी खण्डन गर्न सकिन्छ सो कुरालाई विश्लेषण गरौं । उनले ख्रीष्टियानहरूलाई माओवादीका मतियार हुन् भन्ने आरोप लगाएका छन् ।

१. सिद्धान्तगत रूपमा माओवादीसँग ख्रीष्टिायान अति अलग छन् । नास्तिक र आस्तिक दुई विपरीत ध्रूव । एउटा अधिकारको लागि हिंसा गर्नुपर्छ भन्ने गर्छ अर्को कसैले एउटा गालामा चड्कायो भने अर्को गाला पनि थापिदिनुपर्ने सहनशीलता प्रकट गर्छ । द्वन्द्व कालमा माओवादी समूहले गरेका धार्मिक, भौतिक, शारीरिक आक्रमणमा ख्रीष्टियानहरूको कुनै संलग्नता छैन । धेरै ख्रीष्टियानहरू पनि माओवादीका आक्रमणबाट पीडित बनेका थिए ।
आफूलाई दुःख दिनेलाई पनि सेवा गर्नुपर्छ भन्ने बाइबलको मान्यताअनुसार ख्रीष्टियानहरूले कसैसँग पनि प्रतिशोध राख्दैनन् र क्षमा दिन्छन् । बाइबलले आÇनो छिमेकीलाई आफैलाईझैँ प्रेम गर्न सिकाएको छ । आÇनो छिमेकी भनेका सबै मानिसहरू हुन् । उनीहरू कुनै पनि जाति, धर्म, क्षेत्र, भाषा, देशका हुन सक्छन् र उनीहरू सबैलाई प्रेम गर्नुपर्छ र उनीहरू सबैको सेवा गर्नुपर्छ । यही दृष्टिकोणबाट हेर्दा संसारमा सबैभन्दा बढी सेवा गर्ने संस्थाहरू चर्चहरू नै हुन् । मदर टेरेसा, नेलसन मण्डेलाजस्ता विश्वविख्यात व्यक्तित्वहरूले बाइबलकै सिद्धान्तका आधारमा आÇना जीवन र सेवालाई अगाडि बढाएका थिए । ख्रीष्टियानहरू सबैसँगको मेलमिलाप र शान्तिमा जिउन चाहन्छन् र समाजमा शान्ति कायम गर्नका लागि क्रियाशील छन् । ख्रीष्टियानहरूले कसैको धर्म र संस्कृतिमा प्रहार गरेका छैनन् । उनीहरूका आÇना धर्म मान्न का लागि कसैलाई मनाही गरेका छैनन् ।

२. ख्रीष्टियानहरूलाई प्रेमको सन्देश बाँड्ने आज्ञा र अधिकार उनीहरूका प्रभु येशूले दिनुभएको छ । चर्च इतिहासको शुरूबाट नै ख्रीष्टियानहरूलाई दुःख दिने कार्य भइरहेको छ । तर पनि मानिसहरूले ख्रीष्टियानहरूको भलाइ वा बुराइ जे सोचे पनि उनीहरूले प्रेम र मिलापको सन्देशको घोषणा गर्न छोड्नुहुँदैन । आज नेपाललाई चाहिएको कुरा शान्ति, मिलाप र प्रेम हो । मिलापको वकालत गर्ने र यसको लागि काम गर्ने ख्रीष्टियानहरूलाई जातीय सदभाव खल्बल्याउने व्यक्तिहरू हुन् भनी भन्नु कति ठूलो अपराध हो । आज चर्चहरूमा जातीय सदभावको बारेमा प्रचार भइरहेको छ । ख्रीष्टियान चर्चहरूभित्र सबै जातका मानिसहरू अटाउँछन् र सबैलाई मानव बनेर जिउन पाउने इज्जत र सम्मान उपलब्ध छ । येशूको शिक्षाको कारण आÇनोे जीवन परिवर्तन भएको अनुभूति भइरहेको छ । यही प्रेम र क्षमाको शिक्षाले नै यो
देशमा परिवर्तन ल्याउँछ । एउटा हिँसाले सयवटा हिँसा फलाउँछ भने एउटा प्रेम र क्षमाले सयवटा प्रेम र क्षमा फलाउँछ । विधि र धर्मकर्म भन्दा आन्तरिक परिवर्तन बाइबलको शिक्षा हो । यस किसिमको परिवर्तन गर्ने शिक्षा स्वीकार गरेर ख्रीष्टियानहरूले के गल्ती गरेका छन् ? उनीहरू देशका सच्चा नागरिक बनिरहेका छन् । मानिसको मानसिकता परिवर्तन भएपछि मात्र उसको व्यवहार परिवर्तन हुन्छ र त्यही अनुसारको नतिजा पनि आउँछ । बाइबलको शिक्षाले मानिसको मनलाई परिवर्तन गर्छ र जसले गर्दा व्यवहारमा परिवर्तन हुन्छ ।

३. ख्रीष्टियानहरूले बाइबलको शिक्षाअनुसार पवित्रतामा जोड दिन्छन् । बाइबलले मानिसलाई परिश्रम गर्न, इमान्दार हुन, सहयोगी भई पवित्र जीवन जिएर उदाहरण बन्न सिकाएको छ । बाइबलले सिकाएअनुसार ख्रीष्टियानहरूले बालविवाह, बहुविवाह, अनैतिक शारीरिक सम्बन्ध, व्यभिचार, समलि∙ी अभ्यासलाई अस्वीकार गर्छन् । यस किसिमका अभ्यासहरू ख्रीष्टियानहरूबाट आएका हुन् भनी ख्रीष्टियानहरूलाई
आरोप लगाउनुभनेको ख्रीष्टियानका बारेमा यथार्थ नभई भ्रम पालेर बस्नु हो ।
ख्रीष्टियानहरूले कुनै पनि राज्यका कुनै पनि राजनीतिज्ञहरूका सहयोग प्राप्त गरेका छैनन् । ती राजनीतिज्ञहरूले केवल धर्मका सम्बन्धमा मानव अधिकारको अभ्यासलाई जोड दिएका मात्र हुन् । विश्वमा मानव अधिकारको उद्देश्य सबै धर्महरूले एकसाथ जिउन पाउने अधिकार प्राप्त गर्नुपर्छ र कुनै पनि धार्मिक अभ्यासमा बन्देज लगाउन मिल्दैन ।ख्रीष्टियानहरूको धर्मशास्त्र बाइबलले परमेश्वारलाई एकमात्र सर्वशक्तिमान, सर्वव्यापी, सर्वज्ञानी, अनन्त, जीवित भनी व्याख्या गरेको र कुनै पनि आकारलाई पूजा नगर्नू भनी आज्ञा गरेको हुनाले ख्रीष्टियानहरूले मूर्तिपूजा गर्नुहुँदैन । यसो भन्दैमा ख्रीष्टियानहरूले संस्कृतिलाई नाश गरे भन्ने आरोपमा कुनै तुक छैन । संस्कृति भनेको मूर्तिपूजा होइन, यो त सेवा हो । नेपाली ख्रीष्टियानहरूले नेपाली भाषा लगायत मातृ भाषाहरू बोल्छन् र आÇना भाषाहरूमा बाइबल पढन पाएका छन् । उनीहरूले रोटी, भात, तरकारी, दाल, ढीँडो, गुन्द्रुक खान्छन् । उनीहरूले अतिथि सत्कार गर्छन् र अरुहरूलाई
सहयोग गर्छन् । एक अर्कासँग मिलेर खेतबारीमा काम गर्छन् । ऐँचो–पैँचो गर्छन् । दुखः बिमारमा साथ दिन्छन् । अन्य धर्मालम्बीहरूसँग एकसाथ बस्छन् । उनीहरू बिरामी पर्दा बोकेर अस्पताल पु¥र्याउँछन् । के यो नेपाली संस्कृतिको भाग होइन ? अब संस्कृति बिगारे भनी
आरोपको खातिर आरोप लगाउन मिल्छ त ? ख्रीष्टियानहरूको मुटु छोएर हेर्नुहोस् उनीहरू यस देशमा सबैभन्दा बढी देशप्रेमी छन् । यस देश आन्तरिक रूपमा परिवर्तन भएको उनीहरू देख्न र अनुभव गर्न चाहन्छन् ।
धर्महरूका बारेमा बहस गर्ने हो भने, सबैभन्दा बढी विकृति भएको धर्म हिन्दू धर्म नै हो । यो कुरालाई ख्रीष्टियानहरू वा मुस्लिमहरूले भनेका होइनन् तर यही धर्मबाट छुटेर गएका सिद्धार्थ गौतम र महावीरले भनेका हुन् । हिन्दू धर्मको हिँसावादले गर्दा उनीहरूले वेदको अधिकार र अस्तित्वलाई पूर्ण रूपमा अस्वीकार गरी नास्तिकहरूका रूपमा चिनिएका छन् । उनीहरूले शुरू गरेका बौद्ध धर्म र जैन धर्मको पहिचान नास्तिक छ । यी धर्महरूमा कुनै पनि ईश्वारको अस्तित्वलाई स्वीकार गरिएको छैन । हिन्दू धर्मको पूजाहारीपन, मूर्तिपूजा, जातप्रथालाई सबैभन्दा पहिले विरोध गर्ने र त्यसबाट अलग हुनेहरू ऊँकार समूहका नै हुन् । अनि अरू धर्मालम्बीहरूलाई त्यतिकै आरोप लगाउने ? यस विषयमा अझै गहन छलफल र बहस हुन आवश्यक छ ।

कुनै ख्रीष्टियानले गल्ती गरी बाइबलको शिक्षाअनुसार नचलेको पनि हुनसक्छ । उसको गल्तीलाई देखेर सबै ख्रीष्टियानहरूलाई एउटै भाँडोमा राख्नुु अति नै अनुचित छ । आज हिन्दू धर्म, बौद्ध धर्म, इस्लाम धर्म मान्नेहरू पनि अपराधी छन् । उनीहरूले हिँसा, हत्या, अराजकता फैलाइरहेका छन् । यी धर्महरूभित्र समलि∙ीहरू पनि छन्, फटाहाहरू पनि छन्, जँड्या, र गुण्डाहरू पनि
छन् । यस्ता उदाहरणहरू लिएर सबै हिन्दूहरू अपराधीहरू हुन्, सबै बौद्धमार्गीहरू, सबै मुस्लिमहरू अपराधीहरू हुन् भन्न् मिल्छ ? यस किसिमको विश्लेषण तर्कसंगत हुन्छ ? कदापि हुँदैन । यो सिद्धान्त ख्रीष्टियानहरूका लागि पनि लागू हुन्छ । आवेशमा आएर कसैलाई पनि दोष्याउनु न्यासंगत हुँदैन । हामीहरू सबैका आ‑आÇना धार्मिक आस्थाहरू छन् र यसलाई यसरी नै सहअस्तित्वमा रहन दिनुपर्छ । सबैलाई सहयोग गर्नुपर्छ, त्यसो गर्न सकिएन भने कसैलाई पनि हानी गर्नुहुँदैन ।

तिमीहरुका गुरु र पिता छैन नि

डा. बाल कृष्ण शर्मा, पिएचडी

परिचयः
केही समय पहिले एकजना वृद्ध उमेरका व्यक्तिले मलाई सोध्नुभयो, ‘‘बाबु, मैले कसरी मेरो छोरो वा नातिसरह उमेरको व्यक्तिलाई पास्टर बुवा भन्नु, के उनलाई पास्टर भाइ भन्न मिल्दैन ?’’” मलाई जवाफ दिन अलि अप्ठ्यारो लाग्यो । अप्ठ्यारो मान्दै मैले भने, मिल्छ नि, किन नमिल्नु र, हामी सबै ख्रीष्टमा दाजुभाइ र दिदीबहिनीहरू हौँ । हामीमा सानो र ठूलो, उच्च र निचको भावना हुनुहुँदैन । धेरै व्यक्तिहरूले पास्टर गुरूबा, वा पास्टर बा वा पास्टरनी गुरूआमा, वा पास्टरनी आमाका सम्बन्धमा बाइबलले के भन्छ भन्ने बारेमा केही विश्लेषणात्मक लेख लेखिदिनका लागि अनुरोध पनि गर्नुभएको थियो र आज यसै विषयको सेरोफेरोमा रहेर यस विषयलाई सम्बोधन गर्ने कोशिश गरिरहेको छु । कसैले पनि यस विश्लेणलाई अन्यथा नलिइ दिनुहुनका लागि अनुरोध गर्दछु । यसभन्दा पहिलेको एक छोटो लेखमा मैले डाक्टरको उपाधिको महत्वका बारेमा चर्चा गरेको थिएँ र पछि समय भएमा रेभरेण्डको बारेमा पनि चर्चा गर्ने कोशिश गर्नेछु । अहिले गुरूबा र पास्टरबाका सम्बन्धमा छलफल गरौँ ।
नेपालको मण्डलीमा प्रचलित भएर गइरहेको एक लोकप्रिय उपाधि गुरूबा वा पास्टरबा हो । यदि मण्डलीमा कसैले सम्बन्धित व्यक्तिलाई त्यो उपाधिबाट सम्बोधन गरेन भने अपमानको अनुभूति गर्नेहरू पनि धेरै छन् । साठी वर्ष उमेरको व्यक्तिले आफूभन्दा कान्छो व्यक्तिलाई पास्टरबा भनी सम्बोधन गर्न सुहाँउछ होला र ? नाताले भाइपर्ने व्यक्तिलाई पास्टर बा भनी सम्बोधन गर्न कति सुहाउँला ? आफूले शिक्षा दीक्षा दिएर हुर्काएको व्यक्तिलाई गुरुबा भनी सम्बोधन गर्दा कति सुहाउँला ? यी उनुत्तरित प्रश्नहरूका बीचमा यसरी सम्बोधन गरिनुपर्ने चाहना कति हदसम्म बाइबललीय हो वा होइन । यो विषयलाई हामीले ध्यानपूर्वक अध्ययन, विश्लेषण र अभ्यास गरिनुपर्छ । नेपालका मण्डलीहरूमा यसरी सम्बोधन गर्ने चलन कहाँबाट र कहिले आयो सो मलाई जानकारी छैन । यसको कुनै सैद्धान्तिक वा बाइबललीय आधारभन्दा पनि यो हाम्रो संस्कृतिबाट आयातित अवधारणा हुनुपर्छ ।
एक हास्यप्रशंगलाई स्मरण गरौँ । मदनकृष्ण र हरिवंश लण्डनको यात्रामा जाँदा उनीहरूले ‘फादर र ‘ग्रान्डफादरको प्रशंगमा ठट्टा गरेका छन् । उनीहरूले अंग्रेजहरूलाई भने, ‘तिमीहरूका देशका पुजाहारीलाई फादर भनिन्छ र हाम्रो देशका पुजाहारीलाई ग्रान्डफादर भनिन्छ अर्थात् तिमीहरूका देशका पुजाहारीलाई बुबा वा पिता भनिन्छ र हाम्रो देशका पुजाहारीलाई बाजे भनिन्छ । उनीहरूले यो प्रशंग हाँसोको लागि ल्याएका भए पनि यसमा केही तथ्य छ । नेपालमा बाबुको बाबुलाई बाजे भनिन्छ । एउटा बाजे पारिवारिक नातासँग सम्बन्धित छ भने अर्को बाजे भनेको पुजाहारी हो जसले धार्मिक कार्य सञ्चालन गर्छ । आÇनो छोरा वा नाति वा पनातिको उमेरको व्यक्तिलाई पनि बाजे भन्ने चलन हाम्रो देशमा छ । यी शब्दहरूका प्रयोगले पनि असमनाताको सम्बोधन गरिरहेको हुन्छ । हाम्रा भाषाले असमान व्यवहारलाई सम्बोधन गरिरहेको हुन्छ जुन विषयमा हामी अनभिज्ञ हुनसक्छौँ र हामीलाई त्यही नै महत्वपूर्ण र अनिवार्य हो जस्तो भान परिरहेको हुन्छ । यसैले हामी प्रभुका सेवक तथा सेविकाहरूले यी विभिन्न शब्दहरूका प्रयोगमा बडो होशियारी अपनाउनुपर्छ ।
अब म बाइबलमा प्रयोग भएका वरदानहरूका बारेमा चर्चा गर्दै हामीले हाम्रा लागि गुरू र पिता प्रयोग गर्नु बाइबलीय हो वा होइन भन्ने बारेमा छलफल गर्नेछु । यस विषयमा गम्भिरताकासाथ विचार गरिदिनुहुनका लागि पनि अनुरोध गर्न चाहन्छु ।
१. बाइबलमा उल्लेख गरिएका सेवाका वरदानहरू
बाइबलमा वरदानहरूलाई तीन मुख्य भागहरूमा विभाजन गरिएको छ । यी सबै वरदानहरूका उद्देश्य सम्पूर्ण मण्डलीलाई विभिन्न सेवाहरूका निम्ति तयार पार्नु हो । यी वरदानहरूका बारेमा पछि अर्को लेखमा विस्तारित अध्ययन गर्ने कोशिश गरिनेछ र अहिले हाम्रो अध्ययनलाई यी तीन किसिमका वरदानहरू के के हुन् भन्ने बारेमा सीमित गरौँ ।
क) सेवाका वरदानहरू : प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू, शिक्षकहरू (एफिसी ४ः११)
ख) अन्य सेवाका वरदानहरू : अगमवाणी, सेवा, शिक्षा, अर्ती, दिने, दान दिने, शासन गर्ने, कृपाको काम गर्ने (रोमी १२ ः६–८)
ग) पवित्र आत्माका वरदानहरू : बुद्धिको वचन, ज्ञानको वचन, विश्वास गर्ने, रोग निको पार्ने, आश्चर्य कामहरू गर्ने, अगमवाणी गर्ने, आत्माहरू छुट्याउन सक्ने, भिन्नभिन्न किसिमका भाषाहरू बोल्ने, भाषाहरूको अर्थ खोलिदिने (१ कोरिन्थी १२ ः७–१०) ।
क) सेवाका वरदानहरू
यस सेवाका वरदानहरू अन्तर्गत एफिसी ४ः११ मा उल्लेख गरिएका वरदानहरू हुन् । यी सेवाका वरदानहरूचाहिँ प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू, शिक्षकहरू हुन् । मण्डलीका सेवाका निम्ति सबै वरदानहरू आवश्यक र महत्वपूर्ण छन् र सम्पूर्ण वरदानहरूका उद्देश्य ख्रीष्टको शरीरलाई निर्माण गर्नु र सेवाका काम गर्न सन्तहरूलाई सुसज्जित बनाउनु हो । मण्डलीलाई बलियो बनाउनका लागि यी वरदानहरूलाई प्रयोग गर्नुपर्नेहुन्छ । बाइबलमा सेवाका वरदानहरूलाई बहुवचनमा प्रयोग गरिएको छ र यस प्रयोगले सामुहिक सेवाको अर्थ दिन्छ ।
मण्डलीसँगको सेवामा दिनप्रतिदिन परिचालन हुने वरदानहरूचाहिँ पास्टरहरू र शिक्षकहरूका वरदानहरू हुन् । यी दुइ वरदानहरू एकसाथ प्रयोग हुन्छन् । प्रेरित २०ः२८, फिलिप्पी १ ः१, १तिमोथी ३ः१, १तिमोथी ३ः५,७, १पत्रुस ५ः१,२ मा पावल र पत्रुसले आफू एल्डरहरूका रूपमा अरू एल्डरहरूलाई उनीहरूका रेखदेखमा रहेका परमेश्वरका बगालको हेरचाह गर्नका लागि आग्रह गरेका छन् । यसैले पास्टरहरूलाई एल्डरहरू र वा विशपहरू पनि भनी बाइबलमा प्रयोग भएको छ । अब पास्टर वा एल्डर वा विशपको कार्य के हो त ? उनीहरूको कार्य मण्डलीमा गोठालाको कार्य हो । गोठालोको अर्थ बगालको हेरचाह गर्नु हो । विश्वासीहरूलाई वचन खुवाउनु, सुरक्षा गर्नु, नेतृत्व दिनु, उत्साह दिनु, सेवाको लागि प्रेरणा दिनु र ख्रीष्टको स्वरूपमा निर्माण हुनका लागि सहयोग गरी येशू ख्रीष्टको मिसनलाई पूरा गर्नु हो । परमेश्वरका सेवक तथा सेविकाहरूका बोलावट कहिल्यै ओहोदासँग जोडिएको छैन । महान् हुन चाहने चेलाहरूलाई येशूले भन्नुभयो, “जो कोही महान् हुन चाहन्छ भने ऊ सबैको कमारो बनोस् ।” हामीलाई त्यस सेवामा बोलाइएको छ र उहाँलाई यसरी नै सेवा गर्नेछु भनी हामी स्वेच्छाले प्रभुको सेवामा प्रवेश गरेका छौँ र हामी यस नम्रताका सेवामा विश्वासयोग्य हुनुपर्छ । हामीले हाम्रा जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर उनीहरूका निम्ति उदाहरण भएर सेवा गर्नुपर्छ । यो उदाहरण नै नम्रताको उदाहरण हो । आज हामीले के बोल्छौँ, के सिकाउँछौँ भन्ने भन्दा पनि हामी कसरी जिउँछौँ आज सबैले त्यही हेरिरहेका छन् । हाम्रो जीवनशैली हाम्रा शब्दहरूभन्दा चर्को स्वरमा बोल्छ । हामी हाम्रो उदाहरणका जिम्मेवारी हुन्छौँ ।
२. तिमीहरूका गुरू, पिता र मालिक छैन
अब हामी हाम्रो यस लेखको मुख्य विषयमा आऔँ । मत्तीको सुसमाचार २३ः८–१२ मा येशूले भीडहरू र आÇना चेलाहरूलाई यसो भन्नुभयो‘”तर तिमीहरूलाई कसैले ‘गुरूज्यू नभनोस् किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाज्युभाइ हाँै । तिमीहरू पृथ्वीमा कसैलाई आÇना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ । तिमीहरूलाई कसैले ‘मालिक नभनोस् किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ । तिमीहरूमध्ये जो सबैभन्दा उच्च छ, त्यो तिमीहरूको सेवक हुनेछ । जसले आफूलाई उच्च पार्छ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ ।”
यी माथि उल्लिखित येशूले भन्नुभएका वचनको आसय के हो त ? के यी पिता, गुरूज्यू, र मालिक शब्दहरूलाई प्रयोग नै गर्न नमिल्ने हो त ?
विभिन्न सन्दर्भका यी शब्दहरू प्रयोग भएका छन् । यी शब्दहरू पारिवारिक सम्बन्ध वा शैक्षिक सम्बन्ध वा व्यवसाय सम्बन्धमा प्रयोग भएका पाइन्छ । सेवा वा सेवकहरूका सम्बन्धमा चेलाहरूले यी शब्दहरूलाई परमेश्वरका गुणलाई अभिव्यक्त गर्नका लागि प्रयोग गरेका छन् । यी शब्दहरू ओहोदा वा पदभन्दा पनि सेवाका भावनामा जोडिएका छन् ।
आज रोमनक्याथोलिक लगायत धेरै चर्चहरूले पास्टर वा सेवकका लागि पिता, बुबा वा फादर शब्दलाई प्रयोग गरेका छन् । यसको शुरूवात रोमनक्याथोलिक चर्चको शुरूवातबाट भएको हो । क्याथोलिक चर्चका मुख्य पुजाहारीलाई पोप भनिन्छ र पोप पनि अब्बा वा पिता शब्दबाट आएको हो । यसलाई ओहोदासँग प्रयोग गर्न थालियो । यसरी शुरूमा येशूले सिकाउनुभएको दासको सेवाभन्दा पनि सम्मान र पदवी र ओहोदाले स्थान लिन थाल्यो । हामी प्रभुको सेवा गर्ने सेवकहरूले ध्यानसँग सेवक र सेवासबन्धी येशूको शिक्षालाई राम्रोसँग बुझ्नुपर्छ ।
नेपाली भाषामा विभिन्न भाषाबाट ल्याइएका र अहिले प्रयोगमा रहेका धेरै शब्दहरू छन् । यी शब्दहरूलाई आगन्तुक शब्दहरू भनिन्छ । अरू भाषाबाट लिइएका शब्दहरूलाई मौलिक भाषाको भाग बनाइन्छ । हामीले बाइबलका कतिपय शब्दहरूलाई यसको मूल भाषा अनुसारको शब्द हाम्रो भाषामा प्राप्त गर्न सकेनौँ भने हामीले आगन्तुक शब्दहरूका रूपमा जस्ताको तस्तै प्रयोग गर्न सकिन्छ । उदाहरणको लागि संस्कृत भाषाबाट आएको गुरू शब्दको खास अर्थ ‘मार्ने व्यक्ति भन्ने हुन्छ । गुरूले एक शिष्यको अज्ञानतलाई मार्ने काम गर्छ । बाइबलमा प्रयोग गरिएको पास्टर शब्दको अर्थ गोठालो हो । यसको अर्थ हेरचाह गर्ने व्यक्ति, जुटाउने व्यक्ति, सरोकार राख्ने व्यक्ति भन्ने हुन्छ । यसैले पास्टरलाई गुरू भन्नु बाइबलीय दृष्टिकोणअनुसार त्यति उपयोगी हुँदैन । यसैले हामीले बाइबलमा प्रयोग गरे अनुसार पास्टर नै भन्नु उपयुक्त हुन्छ । पास्टरलाई पिता वा बुबा भन्न पनि उपयुक्त हुँदैन र यो क्याथोलिक पोपबाट आएको धारणा हो र प्रभु येशूले भन्नु भए अनुसार हामीले परमेश्वरबाहेक अरू कसैलाई पनि पिता वा बाबु भन्नु हुँदैन । यदि हामीले कुनै बयोवृद्ध व्यक्ति वा आÇनो बाबु सरहको उमेर भएको कुनै पनि व्यक्तिलाई मानविय सम्बन्धलाई उल्लेख गर्नका लागि बाबु वा आमा शब्दद्वारा सम्बोधन गर्न सकिन्छ तर कुनै व्यक्तिलाई उसको ओहोदालाई सम्बोधन गर्नका लागि यो शब्दको प्रयोगलाई बाइबलले मनाही गरेको छ ।
बाइबलमा भएका कतिपय ग्रीक शब्दहरूलाई हामीले आगन्तुक शब्दहरूका रूपमा प्रयोग गर्दा शुरूमा मानिसहरूले यसलाई सजिलैसँग नबुझे पनि हामीले बुझाउनु पर्छ । हामीले पास्टर, एल्डर, डिकन शब्दहरूलाई आगन्तुक शब्दहरूका रूपमा प्रयोग गर्यौँ भने यसलाई स्वीकार गर्न त्यति कठिन पर्दैन । यसैले हामी ओहोदाको भाषा भन्दा सम्बन्धको भाषालाई प्रयोग गरौँ । यदि कोही पास्टर, एल्डर विशप वा डिकन तपाईंले बुबा, आमा, दाइ, भाइ, दिदी वा बहिनी भन्नुपर्ने उमेरका छन् भने त्यसरी नै सम्बोधन गर्नुहोस् । यसले हामीलाई आहोदाको भन्दा सम्बन्धको महत्वमा जोड दिन्छ र यो स्वस्थकर हुन्छ । रोमन क्याथिलिक चर्चको तरीकालाई प्रयोग गरी आज धेरै चर्चहरूले फादरहरू भनी प्रयोग गरेका अभ्यासहरू ओहोदाबाट सञ्चालित छन् र यसको प्रयोग बाइबल सम्मत छैन ।
के हामी ख्रीष्टलाई सेवा गर्नका लागि बोलाइएका छौँ ? यदि यसो हो भने, येशूले भन्नुभएका कुरालाई फेरि एकपल्ट ध्यान दिऊ तर तिमीहरूलाई कसैले ‘गुरूज्यू नभनोस् किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाज्युभाइ हाँै । तिमीहरू पृथ्वीमा कसैलाई आÇना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ ।”

प्रशंसा आराधना (भाग ७)

(पाष्टर बिमल छेत्री, शिलिगुढी)

आराधना सञ्चालकमा‌ हुनुपर्ने गुणहरु..

(हरेक ख्रीष्टको आराधकहरुले अवश्य पढ्नुहोस)

प्रशंसा आराधनाको विषयमा हामी जति गहिरो अध्यन गर्छौ त्यति नै नयाँ कुराहरु भेटाउछौं किनभने यो विषय परमेश्वर र उहाँको सर्वोत्तम सृष्टि मानिसको बिचमा भएको प्रेमिलो सम्बन्धको हो जसको अन्त कहिले हुदैन तर हरेक दिन नयाँ हुन्छ।
(विलाप ३:२२-२३)

यसभन्दा अघिको भागहरुमा लेखिएको कुराहरु मेेरो छोटो अध्यन र‌ सानो अनुभव मात्र हो। यदि यस विषयलाई‌ लेख्नु र खोज्नु हो भने यसको कुनै अन्त्याउने ठाउँ छैन यसैले आज यो सातौं भागमा यस विषयलाई‌ विराम दिन गइरहेको छु।

मण्डलीको लक्ष्य परमेश्वरको आराधना हो। प्राय सबै मण्डलीमा‌ आराधना सञ्चालक र आराधना गर्ने झुण्ड हुनु पर्छ। एउटा सामुहिक आराधनाको विकास प्राय: आराधना सञ्चालकमाथि निर्भर गर्छ।

१. आराधकको बोलावट:

आराधना सञ्चालन एक अति विशिष्ट सेवकाई हो। सबैलाई यो सेवकाई दिइएको हुदैन। म युथ् अगुवा (Youth leader) या पाष्टर हुँ अथवा मँ राम्रो गाउनु र बजाउनु सक्छु भन्दैमा मँ मा यो सेवकाईको बोलावट छ भन्न सकिन्दैन।
आराधना अगुवाई पाष्टरको सेवकाई होइन। पाष्टर अगुवाहरुले मण्डलीमा यो वरदान भएका मानिसहरुलाई चिन्नु र विकसित गर्नुपर्छ साथै यस क्षेत्रमा आफू पछि बसेर तिनीहरुलाई अगुवाई गर्नदिनु पर्छ।

२. व्यक्तिगत आराधना:

आराधना सञ्चालक स्वयं पनि आराधक हुनुपर्छ। तब मात्र तिनले समुहलाई आराधनामा अगुवाई गर्न सक्छ। यदि आफैले नै आराधना कसरी गर्ने भनी जानेका छैनन् भने अरुलाई कसरी साहायता गर्न सक्छन् र ? आफ्नो व्यक्तिगत जीवनमा आराधना गर्ने आराधकले नै समुहलाई प्रभावकारी डंगमा आराधनामा डोरयाउनु सक्छ।

३.आत्मिक परिपक्वता:

आराधना सञ्चालक आत्मिक कुराहरुमा अनुभवी र परिपक्व हुनुपर्छ। तिनले आफ्नो मन र आत्मालाई वशमा राख्न सक्नुपर्छ। आफ्नै व्यक्तिगत विचार र भावनाको आधारमा काम गर्ने होइन तर पवित्र आत्माको अगुवाई अनुसार काम गर्ने व्यक्ति हुनुपर्छ। विश्वासमा बलियो, सृजनात्मक र मानिसहरुलाई प्रेरित र उत्साहित गर्ने क्षमता पनि तिनमा हुनुपर्छ।
परिपक्व अगुवाको सेवकाईले मण्डलीमा डुक्कपना ल्याउँछ।

४. आत्मिक सतर्कता:

एक असल आराधना अगुवाको कानहरु पवित्र आत्माको स्वर सुन्न अभ्यस्त हुन्छ। सञ्चालकले पवित्र आत्माको निर्देशन ठीक ठीक बुझ्न सके पवित्र आत्मा स्वयंले सभा सञ्चालन गर्नुहुन्छ। पवित्र आत्मले सभा सञ्चालनगर्ने माध्यम नै‌ आराधना सञचालक (व्यक्ति) हो यो कुरा सञ्चालकले बुझ्नसकेन भने सभामा उहाँ स्वतन्त्र भएर बहनुसक्नु हुन्न। यसकारण अगुवाको अन्तरात्मा पवित्र आत्मा प्रति सचेत हुन अनिवार्य छ। यदि अगुवा स्वयं यस्ता छन् भने मण्डलीले पनि यी कुरा थाह गर्दै जान्छन् अनि पवित्र आत्माको निर्देशन् सुन्न र शान्त प्रकारले त्यस अनुसार बहन सिक्दै जान्छन्।

५.सकली नम्रता:

एक असल‌अगुवा सँधै क्रुसको पछि लुक्न चाहान्छ। मनमा घमण्ड पालेका अगुवाले केवल अाफुलाई प्रदर्शन गर्ने काम मात्र गरिरहेको हुन्छ। यस्ता अगुवाले जहिले पनि आत्मिक वातावरणलाई खलबलाई दिन्छ। यसकारण अगुवाले सँधै मानिसहरुको ध्यान आफुप्रति होइन तर ख्रीष्टमा खिच्नँपर्छ।

६.प्रार्थनामा तयारी:

आराधना सञ्चालक सँधै नै सभा भन्दा अघि एकान्तमा प्रार्थनामा‌ बस्नुपर्छ। सभा कुन विषयमा केन्द्रित हुन पर्ने हो यसरी अघि बाट चाल पाइन‌ सकिन्छ र सभा आराम्भ हुँदा देखी नै परमेश्वरको उदेश्य र निर्देशनमा पस्न सक्छ।
आराधनाको कुनै पनि भाग दस्तुर, मान्छे पर्खिने, वा समय काटने वा कार्यक्रमको खाली ठाँउ भर्ने साधन बन्न हुदैन। आराधना शुरु गरेको क्षणदेखी अन्तसम्मै परमेश्वरको प्रशंसा र महिमाको निम्ति समर्पित हुनुपर्छ। धेरै प्रभुका सेवकहरुले वचन प्रचारलाई चाहिँ मुख्य भाग ठान्छन् र आराधनालाई चाहिँ यसको निम्ति तयारी मात्र सम्झन्छन्। तर वास्तवमा वचन भन्दा अघिको आराधना अझ महत्वपूर्ण हो किनभने वचन प्रचार त मानिसहरुलाई गरिन्छ तर आराधना चाहिँ परमेश्वरलाई गरिन्छ।

७. आराधनामा पर्याप्त समय दिनुपर्छ:

हामीले सामुहिक आराधनालाई बुझ्नै पर्छ र यसलाई‌ समय दिनै पर्छ। धेरैचोटी सभाहरुमा आराधनाको सिध्याउने एउटा समय तोकिएर राखिन्छ जसको दबावमा एक आराधना सञ्चालकले मानिसहरुलाई पुर्याउन पर्ने गन्तव्यमा पुराउन सकिरहेका हुदैन। हतार साथ आराधना दौडाउनु प्रतापी परमेश्वरको अपमान हो। आराधनाको समयलाई कति नै चोटी अगुवाले व्यर्थमा बोलेर समय बर्बाद गरिदिनु अर्को ठूलो गल्ती हो। जति सक्दो चाँडो र मिठासपूर्ण डंगमा मानिसहरुलाई पर्मेशवरको एकतामा ल्याउनु उचित हुन्छ। त्यसरी नै कोही बेला चाहिँ मानिसहरुलाई एउटा भागबाट अर्को भागमा लैजादै गर्दा बीचमा केही बोल्ने अवश्यकता पर्नसक्छ तर त्यस्तो समयमा पनि अगुवाले प्रत्येक शब्द नापेर तौलेर बोल्न पर्छ नत्र अन्यवाशयक बोलीले आराधनाको वातावरणलाई खलबलाई दिन्छ। थोरै शब्दमा धेरै कुरा भन्नुसक्नु एउटा अगुवाको कला पनि हो।

८.पवित्र आत्माको निम्ति खुला ह्रदय:

सञचालक, आराधना शुरु भए पछि शान्त रुपमा पवित्र आत्माको मार्गदर्शन थाह गर्न सचेत रहनुपर्छ। उहाँको निर्देश अनुसार पाइला चाल्न तत्पर रहनुपर्छ। सेवालाई सत्य आराधनामा पुरयाउन एउटा बलियो विश्वास चाहिन्छ। किनकि आराधनालाई पूर्व नियोजित कार्यक्रममा‌ बाँध्न सकिन्न। कति अगुवाहरु बिचार्छन् आराधनाको पूर्व निशिच्त कार्यक्रम हुनुपर्छ। तर आत्मिक आराधनामा‌ कुनै पनि परिवर्तनको निम्ति ठाउँ हुनुपर्छ। प्रत्येक आराधना एकै प्रकारको हुँदैन किनकि हाम्रो परमेश्वर विविधिताको परमेश्वर हुनुहुन्छ। उहाँलाई सँधै एउटै काम गर्नपर्ने वाध्यता छैन। प्रत्येक सभामा नै परमेश्वरको विभिन्न उदेश्यहरु हुन्छन्। एक असल अगुवाले ती उदेश्य पत्तो लगाउन र त्यससित बहन पर्छ। असल अगुवाले कुन गीत, कति पल्ट गाउने, के विषयमा जोडदिने थाह पाउँछ। कोहीबेला सभा हर्षोल्लासमय होला त कोहीबेला पवित्र आत्माको अगुवाईमा निशब्द शान्ति पनि अर्थमय बन्छ। आराधना सञ्चालक वरीपरी हुँदै गरेका घटनाहरु प्रति पनि सचेत रहनु पर्छ। अगुवाले आँखा बन्द गरेर आफै आराधनामा हराउनु हुदैन। गहन आराधनामा रहँदा रहँदै पनि मानिसहरुमा हुँदै गरेका कुराहरु बारे अगुवा सचेत रहन पर्छ। पवित्र आत्मामा सचेत रहँदै भए पनि सभा माथि नियन्त्रण गुमाउनु हुँदैन।

९.अनुचित दिसा परिवर्तन र दबावदेखि मुक्ति:

यो एउटा यस्तो विषय हो जसमा अगुवलाई आत्मिक परिपक्वताको खाँचो पर्छ। एक पटक पवित्र आत्माले सभा आधारित हुनुपर्ने विषय र दिशा देखाईसके पछि त्यसैमा अघि बड्दै गइरहेको बेला अकस्मात कसैले एउटा गीत थाली देला जसले यस आधारभूत विषयलाई परिवर्तन गरिदिन्छ। अौ चालै नपाई सभ अर्कै दिशा तर्फ जानलाग्छ। अगुवा यस्तो अवस्थालाई सामना गर्नको निम्ति आत्मामा सतर्क रहनु पर्छ। नत्र सुन्दर र आत्मिक शव्दहरु नै भएको एउटा मिठासपूर्ण कोरस पनि आत्माको अगुवाईमा छैन भने यसले सभाको विषय नै परिवर्तन गरिदिन्छ अौ परमेश्वरले पुर्याउन चाहानुभएको विषय वा आशिषमा पुग्न मानिसहरु वञ्चित रहन्छन्। यसर्थ अगुवाले सँधै नै होशियारीपूर्वक सभालाई सठीक दिशामा राख्न सक्नपर्छ। यदि यस्तो भएमा सभालाई‌ सठीक दिशामा फर्काइ ल्याउने उपायहरु छन्। तर यसको निम्ति अगुवामा बलियो विश्वास र साहस हुनुपर्छ। साथै यसको निम्ति बुद्धि र अनुग्रह दुवैको खाँचो पर्छ अौ सरलता साथ पवित्र अात्मामा भरपर्नेलाई उहाँले यी कुराहरु दिनुहुन्छ।

१०.परिवर्तनलाई थाहपाउनु:

सभालाई पवित्र आत्माको इच्छा अनुसार कुनैपनि दिशातर्फ लैजान अगुवाले परिवर्तनलाई पनि थाह पाउनुपर्छ। कोहीबेला एक विषयमा आराधना हुँदैगर्दा पवित्र आत्माले त्यसदेखी अर्को दिशातर्फ लैजान चाहानुहुन्छ।यस्ता परिवर्तनको समय धेरै महत्वपूर्ण हुन्छन्।अगुवाले अरु मानिसहरुले भन्दा अघि पवित्र आत्माले के गर्न चाहानु हुँदैछ भन्ने कुरा चाल पाउनुपर्छ। यस्ता परिवर्तनको समयमा तिनले मानिसहरुलाई सबल नितृेत्व दिन सक्नपर्छ। नत्र सभा निरुद्धेश्य अल्मलिन्छ। अगुवाले सँधै स्मरण राख्नुपर्छ परमेश्वरले तिनलाई मानिसहरुको अगुवाई गर्न नियुक्त गर्नुभएको हो अौ यसको निम्ति तिनी उत्तरदायी छन्। किनभने सभाको पहिलो उदेश्य परमेश्वरलाई महिमा दिनु हो र दोस्रो उदेश्य मानिसहरुलाई सुधार गर्नु र आशिषित तुल्याउँनु हो। सभालाई यी उदेश्यहरुबाट वञचित राख्नुहुँदैन।

११.एउटै संगीतमा बज्ने विभिन्न बाजाहरुको तयारी:

अंग्रेजीमा एउटा गीतले यसो भन्छ, “Lord, make me a Symphony” अर्थात “हे प्रभु हामीलाई तपाईको संगीतमा बज्ने बाजा बनाउनुहोस।” अंग्रेजीको यो ‘सिम्फनी’ (Symphony) शब्द ग्रीक भाषाको ‘सिम्फनुयो’ (Symphoneo) शब्दबाट आएको हो जसको अर्थ ‘सहमत हुन’ भन्ने हुन्छ। येशुले भन्नुभयो “यदि तिमीहरु दुईजना सहमत भयौ” यहाँ नेर सहमतिको निम्ति ‘सिम्फनियो’ (Symphoneo) शब्द प्रयोग भएको छ। आराधना पनि संगीतको धुनमा बज्ने विभिन्न बाजाहरु झै बन्नपर्छ। संगीतको धुनले आराधनाको मिठो वातावरणलाई तयारी गर्दछ। गीत गाउनु नै चाहिँ आराधना होइन गीत त साधन मात्र हो तर लक्ष्य त भक्तिको अभिव्यक्ति हो। आराधना सञ्चालकले जहिले पनि गीतको चयन होशियारी साथ गर्नुपर्छ। आराधनाको थिम (them) को आधारमा गीत चयन गर्नु उचित हुन्छ। र एउटै धुनमा बज्ने संगीत तयार पार्नु आराधकको जिम्मावारी हो। साथै सभामा केवल उच्च आवाजमा बाजाहरु (loud music) बजाएर चाहि आराधना होइन तर ह्रदय रोगी, माइग्रेन समस्या भएको मानिसहरु सभाबाट बिमार भएर मात्र घर फर्किने छ। यसकारण sound systemको व्यवाहारको पनि ज्ञान हुनु जरुरी छ।

१२. सबैलाई सहभागी बन्न आग्रह:

धेरै आराधनाहरुमा मानिसहरु सहभागी बन्नको साटो दर्शक बन्छन् यो हाम्रो प्राय नेपाली मण्डलीको एउटा समस्या नै भएको छ। मण्डलीमा‌ यस विषयमा एउटा ठोस र असल शिक्षा हुनुपर्छ। परमेश्वरले हाम्रो प्रशंसाको स्वरहरु सुन्न चाहानुहुन्छ। एक आराधना सञ्चालकले मानिसहरुलाई सहभागी बन्न, परमेश्वरको उपस्थिति भित्र पस्न, उच्च स्वरमा परमेश्वरको प्रशंसा व्यक्त गर्न उत्साहित गर्न तथा मौका दिनपर्छ।

१३. सुव्यवस्था र शिष्टता:

धेरै मण्डलीहरुले मानिसहरुलाई सहभागी बन्न नदिनलाई १कोरिन्थी १४:४० वचनलाई एक असल बहानाको रुपमा प्रयोग गर्छन्। उनीहरु ‘शिष्टता र सुव्यव्स्था’ प्रति यति विध्न चिन्तित हुन्छन् की कसैलाई केही गर्ने मौका नै दिदैनन्। बाइबलले “शिष्टता र सुव्यव्स्था कायाम राख्नलाई कसैलाई केही गर्न नदिइयोस” भनेको छैन तर “शिष्टता र सुव्यव्स्थित ढङ्गमा गरियोस” भन्छ। सभामा हरेकलाई अगमवाणी र प्रकाशहरु व्यक्त गर्ने मौका दिनुपर्छ। तर यी सबै गर्दा यसले कुनै गडबडी नहोस भन्ने कुरो निश्चित गरिनपर्छ।

१४.श्रेष्ठताको लक्ष्य:

परमेश्वरको प्रशंसा आराधना गर्दा म श्रेष्ठतापूर्वक यी सबैकुरा गर्न सक्नेछु भन्ने लक्ष्य राख्नुपर्छ। यी महत्वपूर्ण कुराहरुमा उन्नति गर्ने र हुर्कन्दै जाने लक्ष्य राख्नुपर्छ। यसले हामीलाई बिस्तारै आत्मिकी जीवनको गहिराईमा लान्छ। आराधनाको चरमलक्ष्य परमेश्वरलाई महिमा दिनु तथा उच्च पार्नु हो।जति असल प्रकारले हामी यो गर्दै जान्छौं त्यति नै हाम्रो प्रशंसा आराधना ग्रहण योग्य बन्दैजान्छ।

निष्कर्श-:-
निष्कर्शमा आउदा यो भन्न चाहान्छु, एउटा मण्डलीमा प्राथमिकरुपमा सेवा दिने र लिने पहिले व्यक्ति आराधना अगुवा हो जसले आफ्नो आराधना सेवकाई द्वारा सेवाको गतिलाई ठिक ठाँउमा ल्याउँदछ। पाष्टरले यो थाह गर्नुपर्छ कि पाष्टर स्वयंमले देखेको मण्डली प्रतिको दर्शन अनि दिशालाई आराधना अगुवाले मण्डली अगाडी राख्नु सक्नुपर्छ। जब मण्डलीको पाष्टर र आराधना अगुवाको बिचको यो सम्बन्ध सठीक र व्यवस्थाित छ भने त्यो‌ मण्डली स्वास्थ, आशिषित र फलवन्त मण्डली बन्छ।

आमेन

अभिमान र घमण्ड

हामी मानिस कुनै न कुनै समयमा अभिमान र घमण्डी बनेर जिइरहेका हुन्छौं । अभिमान र घमण्डले मानिसको जीवनमा हानी र नोक्सानी बाहेक अरू केही गर्दैन, मानिसको जीवनमा भएको सम्बन्धमा तनावको सृजना हुन्छ । संसारमा युद्ध, झगडा, अनेकता, वेमेल र वादविवाद अभिमान र घमण्डले नै भएका छन् । “सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ ।”(हितोपदेश १६ः१८) । हितोपदेशका लेखक भन्दछन् कि सर्वनाश आउन अघि अभिमान र पतनको अघि घमण्ड आउँदछ । यदि हामीमा अभिमान र घमण्ड आउँदछ भने हामीले आपूmलाई प्रभुमा जाँचबुझ गरेर उहाँको अनुग्रहको छहारीमुनि आउनु जरूरी छ । के हाम्रो जीवनमा अभिमान र घमण्ड आउँदैन त ? निश्चय पनि हामी सबैमा आउँदछ ।
अभिमान र घमण्ड भनेका के हो त ? परमेश्वरबिना आपैm ‘म स्वतन्त्र भएर जिउँछु’ भन्ने व्यवहार अभिमान र घमण्ड हो । परमेश्वरभन्दा ठूलो हुने विचारमा आपूmखुसी गर्न मन लाग्ने कुरा हो । जब मानिस परमेश्वरको मार्ग छोडेर आपूmखुसी गर्न थाल्दछ तब सर्वनाश र पतनको कुरा आउँदछ । परमेश्वरको भलाई र असल कुरालाई बुझ्न नसक्नु भनेको पतनको बाटोउन्मुख हुनु हो, पाप र अन्धकारको दासत्वमा पर्नु हो, परमेश्वरमा अधन्यवादीको आत्मा हुनु हो, कृतज्ञ नबन्ने आत्मा हो । अभिमानी र घमण्डी मानिसले जहिले पनि गुण देख्न सक्दैन । यो वैगुनी हुन्छ । उसले जति आशिष् पाए पनि, चंगाई, छुटकारा पाए पनि परमेश्वरले गर्नु भएको कामप्रति कृतज्ञता जाहेर गर्न सक्दैन । अधन्यवादीको आत्मा बोकेर हिँडिरहेको हुन्छ । यस्तो अवस्था हुनु भनेको सर्वनाश र पतनको मार्गतिर लम्केर जानु
हो । आपूmलाई अरूभन्दा उच्च तरिकाले हेर्नु अरूभन्दा आपूmलाई उचाल्नु अभिमान र घमण्ड हो । घमण्डले जहिले पनि परमेश्वरभन्दा पनि आपूmलाई ठूलो अनि शक्तिशाली सम्झन्छ । सबै कुरा जान्ने बुझ्ने, ऊ जस्तो त अरू कोही पनि छैनन् भन्ने विचार गर्दछ । अरू कसैको सल्लाह, उपदेश, अर्ती सुन्नलाई इन्कार गर्ने, परमेश्वरको वचनको सल्लाहलाई वेवास्ता गर्नु अभिमान र घमण्डको चरम अवस्था पनि हो । यस्तो अवस्थाले मानिसलाई पतनमा
लैजान्छ । मानिसलाई सर्वनाशमा लैजान्छ । अभिमानी र घमण्डी मानिस उसको गल्ती सुधार गर्ने समय आउँदा रिसाउँदछ । उसले आफ्नो गल्तीलाई स्वीकार गर्दैन । सुधार गर्नलाई भनिएको कुरामा ऊ रिसाउँछ । उसको गल्ती कमजोरीमा गरिएको सुधारमा खासै चासो दिदैन । उसले गल्ती गरेको कमजोरीहरूमा पनि ठीकै गरेको कुराको जिद्धि गर्दछ । यस्तो अवस्था आउनु, यस्तो आत्मिक अवस्था आउनु सर्वनाश आउनु अनि पतनको बाटोतिर लागेको अवस्था हो । बेलैमा आपूmलाई सुधार गर्नु आवश्यक हुन्छ ।
अभिमानी र घमण्डी मानिसको जीवनमा परमेश्वरले गर्नु भएको सबै कामप्रति कृतज्ञताको आत्मा हुँदैन । अरूको प्रशंसा र महिमा खोज्ने काम गर्दछ । धन्यवादीको आत्मा हुँदैन । अभिमानी र घमण्डीलाई परमेश्वरले घृणा गर्नुहुन्छ, विरोध गर्नुहुन्छ । अभिमानी र घमण्डी आत्माले परमेश्वरको महिमा ल्याउँदैन । अभिमान र घमण्डले सम्बन्ध, परिवार, मानिसको जीवनमा बर्बादी ल्याउँदछ, समाजलाई विभाजनमा पु¥याउँदछ । अभिमान र घमण्डको कारण संसारमा युद्ध हुन्छन् । सम्बन्ध बिच्छेद, वादविवादको कुराहरु अभिमान र घमण्डको कारण हुँदछन् । अभिमानी र घमण्डी मानिसले आदरको साटो अनादरको कुराहरु मात्र ल्याइरहेका हुन्छन् । दुष्टता ल्याइरहेका हुन्छन् । अभिमान र घमण्डले सर्वनाश र पतन ल्याउँदछ । राष्ट्रिय, घरेलु, आर्थिक, भावानात्मक, आत्मिक पतन ल्याउँदछन् । अभिमान र घमण्ड यस्तो पाप हो जसले अरू पापभन्दा धेरै मानिसहरूलाई पतनमा लैजान्छ । अभिमान र घमण्डले अरूको कुरा सुन्दैन । अरूको अधीनमा बस्न चाहँदैन, मेरो गोरूको १२ टक्का भने जस्तै उसकै कुरा मात्र सही हो भन्दछ । उसले आफ्नो कमजोरी स्वीकार गर्दैन । अरू मानिसबाट सिक्न चाहँदैन । सल्लाह र सुझाव लिन चाहँदैन । आज मानिसहरू यो अभिमान र घमण्डको पापबाट आत्मिक रूपमा सुख्खा बनिरहेका छन् । परमेश्वरको वचनको दायरामा जिउन चाहँदैन । यसरी अभिमान र घमण्डले परमेश्वरबाट मानिसलाई अलग गर्दछ । परमेश्वरबाट मानिसलाई टाढा तुल्याउँदछ । लुसिफर पनि घमण्ड र अभिमानको कारण स्वर्गबाट पतन भयो । लुिसफर जो स्वर्गमा प्रमुख स्वर्गदूत थियो, परमेश्वर भन्दा ठूलो हुन खोज्दा उसको पतन भयो । हामी सबैजना अभिमान र घमण्डले प्रभावित छौं । कुनै न कुनै कुरामा हामी अभिमान गर्छौ होला । कुनै न कुनै कुरामा हामी घमण्ड गर्छौ होला ।
कयिनको घमण्डले उसलाई पतनको बाटोमा डो¥यायो । एसावको अभिमान र घमण्डले उसले आशिष् गुमायो । इस्राएलीहरू अभिमान र घमण्ड अनि गनगनको कारण प्रतिज्ञाको भूमि पुग्न पाएनन् । इतिहासमा अभिमानी र घमण्डीहरूको डर लाग्दो पतन र सर्वनाश भएको छ । हामी परमेश्वरबाट अलग भएर जिउनु खोज्नु, परमेश्वरको वचनको सल्लाह र निर्देशनलाई वेवास्ता गर्नु निश्चय पनि अभिमान र घमण्डको पतनको मार्गमा जानु हो । मानिसहरू जात, पृष्ठभूमि, धनसम्पत्ति, मान, पद, शिक्षा, बल, सुन्दरताको अभिमान र घमण्ड गर्दछन् । त्यसकारण हामीले आपैmलाई जाँचेर हेर्नु असल हुन्छ । हामी प्रभुमा कस्तो छौं त ?
कोरह बंशीहरू मोशाको अधीनमा बस्न सकेनन् । उनीहरूले भने कि मोशा को हो ? मोशा भन्दा हामी जान्दछौं । मोशा भन्दा असल तरिकाले मानिसलाई सिकाउन हामी जान्दछौं भनेर भने । मोशाको विरूद्धमा उठे । उनीहरूको यो अभिमान र घमण्डको कारण मोशाप्रति विद्रोह गरे । पछि ती अभिमानी र घमण्डी भूmण्डहरूलाई परमेश्वरले दण्ड दिनुभयो । जमीनमा पुरिएर तिनीहरुको सर्वनाश भयो ।
हामीले नकारात्मक होइन, सकारात्मक कुराको सोंचमा अगाडि बढनु पर्दछ । पतन र सर्वनाशको बाटोमा जानु भन्दा अगाडि अभिमान र घमण्डको हृदय छोडनु पर्दछ । परमेश्वरसँगको हाम्रो सम्बन्ध बलियो बनाउनु पर्दछ । ख्रीष्टको प्रेमले प्रेम गर्नुपर्दछ । नम्रतामा जिउन सिक्नु पर्दछ । हाम्रो अभिमानी र घमण्डी हृदयलाई त्यागेर नम्रताको जीवन जिउनु पर्दछ । हामीले परमेश्रवरमा अशिष्मय जीवन जिउन आवश्यक छ । यसको लागि हाम्रो घमण्ड र अभिमानबाट मुक्त हुनै पर्दछ ।

— रेशमकुमार सुनुवार

चेला के हो ?

परिचय साधारण भाषामा चेला भनेको येशू ख्रीष्टलाई चिन्नु, प्रेम गर्नु, विश्वास गर्नु र समर्पित जीवन जिउनु हो । चेला भन्ने शब्द ग्रीक भाषाको माथेटसबाट आएको हो, जसको अर्थ विद्यार्थी, छात्र वा सिकारु भन्ने हुन्छ । तसर्थ चेलामा यस्तो प्रकारको तीब्र इच्छा हुनुपर्छ कि आफुले गुरुबाट सिकेर अरुलाई पनि सिकाउन सकोस् । वास्तबमा भन्ने हो भने चेला भनेको पहिले आफु सिक्नु र त्यसपछि अरुलाई सिकाउनु हो । इसाई चेलापन पवित्र आत्माको शक्तिमा बृद्धि हुने प्रकृया हो, जहाँ यस वर्तमान् जीवनको उतारचढाबलाई विजय हासिल गर्दै चरित्र र व्यवहारका ख्रीष्टजस्तै हुनु हो ।

चेलापन ः चेला भनेको सिक्ने र सिकाउने व्यक्ति हो भने पन भनेको उसभित्रको ब्यवहार हो । आजको ठूलो चुनौती भनेको धेरै जनाले असल प्रकारले परमेश्व्रको वचनलाई सिकाउन सक्छन् तर उनीहरुको चरित्र र व्यवहारको कारणले धेरै मानिसहरु ख्रीष्टमा बाँच्नुको साँटो झन् प्रभुलाई नै बिर्सन्छन् । सिक्नु हाम्रो जीवनभरिको प्रकृया हो तसर्थ हामीमा यो प्रण हुनुपर्छ कि “हामी सिक्दैछौं, सिक्दै जानेछौं र सिकिसकेपछि अरुलाई पनि सिकाउनेछौं ।” चेलापन भनेको येशूलाई पछ्याउने इसाईहरुको जीवनमा भइरहने निरन्तर प्रकृया हो ।

चेला लक्ष्य के हो ?ख्रीष्टका चेलाले उसको जीवनमा उच्च लक्ष्य लिनुपर्छ । चेलाको लक्ष्य भनेको पहिले आफू चेला बन्नु र त्यसपछि अरुलाई चेला बनाउनु हो । ख्रीष्टको सच्चा अनुयायी, चेला उहाँको वचनमा निरन्तर लागिरहनुपर्छ । ख्रीष्टलाई सर्बोपरी प्रेम गर्नुपर्छ, आफैलाई इन्कार गर्नुपर्छ अनि आफ्नो क्रूसलाई दिनहुँ बोक्नुपर्छ । ख्रीष्टको राज्यमा उहाँको महिमाको लागि निरन्तर अघि बढ्नु प्रत्यृक व्यक्तिको कर्तव्य हुनुको साथै येशूप्रतिको पूर्ण भरोसा, नम्रता र आज्ञाकारिता पनि हो । सन् १९४५ मा ख्रीष्टको लागि शहिद हुनुभएका प्रभुका सेवक ड्राइटिच बोनहोफरले भनेका छन्, “चेलापन बिनाको इसाई जीवन ख्रीष्टबिनाको इसाई जीवनजस्तै हो ।” यो भनाईबाट के स्पष्ट बुझ्छौ भने येशूलाई पछ्याउने व्यक्तिको उच्च लक्ष्य भनेको ख्रीष्टलाई पूर्णरुपले पछ्याउँदै अरुलाई पनि ख्रीष्टमा डो्याउनुपर्छ । दैनिक जीवन असल र व्यवहारिक किसिमले जिउनुपर्छ । येशूले गर्नुभएको यस पृथ्वीको  सेवकाईमा चेला निर्माण गर्ने कुरालाई निकै जोड दिनुभएको थियो । उहाँले १२ जना, ७० जना र उहाँ स्वर्गमा उचालिँदै गर्दा उहाँलाई पछ्याउने चेलाहरु करिब ६०० जना जति थिए । ल्क्ष्ख् बाइबलमा चेला भन्ने शब्द २९६ पटक दोहोर्याइएको छ । यसबाट पनि हामी बुझ्न सक्छौ कि चेला निमार्ण गर्ने कुरा अति नै महत्वपूर्ण छ ।

चेला गुण वा चरित्रहरु प्रभु येशूलाई हृदयदेखि नै पछ्याउने चेलामा हुनुपर्ने गुण वा चरित्रहरुलाई निम्नप्रकारले बुँदागत रुपमा स्पष्ट पार्न चाहन्छु । जुन निम्नानुसार छन् ः१. सबै कुराहरुभन्दा पहिलो स्थान येशूलाई दिनु (मर्कूस ८ः३४–३८) ।वचनको यो खण्डमा येशूले उहाँका चेलाहरुलाई एउटा असजिलो र कठीन कुरा भन्नुभएको थियो । ताकि उहाँलाई दुःख भोग्न र मर्न आवश्यक थियो । हरेक कठीन परिस्थितिमा ख्रीष्टलाई निरन्तर पछ्याउने र उहाँको वचनको आज्ञाकारितामा जिउने व्यक्ति नै असल इसाई हो । हरेक इसाईहरु चेला हुन बोलाइएका हुन् । येशूको पछि लाग्न आफ्ना इच्छा र अभिलाषाहरुलाई छोडेर उहाँको इच्छा अनुसार जिउनुपर्छ । हामीले आफ्ना सुख–बिलास, फाइदा र आरामदायी जीवनलाई समेत त्याग गर्नुपर्छ । हामी ख्रीष्टको लागि जिउनुपर्छ र सबै कुरामा येशूलाई पहिलो स्थान दिनुपर्छ र आशिषित र अर्थपूर्ण जीवन बिताउनुपर्छ । २. येशूको शिक्षालाई पछ्याउनु (यूहन्ना ८ः३१–३२) ।येशूका शिक्षाहरु हाम्रो जीवनका लागि सत्य र मार्गदर्शन हुन् । येशूलाई आफ्नो जीवनको प्रभुको रुपमा मुखले स्वीकार र हृदयले विश्वास गर्नु ठूलो अवसर हो । येशूको शिक्षालाई पछ्याउनु र पालन गर्नु भनेको अथाह आशिषहरु बटुल्नु पनि हो । आज मानिसहरुले आशाहिन जीवनमा आनन्द र शानित प्राप्त गर्नको लागि लाखौं रुपैयापैंसा खर्च गरिहेका छन् तर हामीले येशूद्धारा सित्तैमा आनन्द, शान्ति र प्रेम प्राप्त गरिहेका छौं । जो ख्रीष्टको शिक्षामा रहन्छ, त्यो व्यक्तिले सत्य थाहा पाउँछ । ख्रीष्टका सत्यहरु साँचा र जीवनका लागि मार्गनिर्देशन हुन् । ख्रीष्टको शिक्षाले हामीलाई अज्ञानता र पापको बन्धनबाट स्वतन्त्र तुल्याउँछ साथै छुट्कारा पनि दिन्छ । पापको बन्धनबाट छुट्कारा पाएर येशूमा उद्धार पाउनु र नयाँ जीवन जिउनु  हो ।

३. फल फलाउनु (यूहन्ना १५ः५–८) ।जब हामी येशूलाई असल प्रकारले पछ्याएर उहाँको चेला बन्दछौ तब हामीमा पवित्र आत्माका फलहरु फल्दै जान्छन् । हामी ख्रीष्टबाट अलग भएर फल फलाउन सक्दैनौ । ख्रीष्टबाट हामीलाई अलग गराउने एउटै मात्र कुरा छ, त्यो हो पाप । पाप एउटा रोग वा किराजस्तो हो, जसले हाँगाको फेद खाइदिन्छ । फल फलाउन रोक्ने कुरादेखि हामी हमेसा होसियार हुनुपर्छ । निरन्तर रुपमा फल फलाउने कुरामा अघि बढ्नुपर्छ । हामी ख्रीष्टको नजिकतामा जानको लागि उहाँमा असल सम्बन्ध निर्माण गर्नुपर्छ । परमेश्वरसंग सम्बन्ध निर्माण गर्ने शक्तिशाली हतियार प्रार्थृना हो । प्रार्थना हाम्रो आत्मिकी जीवनको श्वासप्रश्वास हो । प्रार्थना परमेश्वरसंगको छलफलजस्तै हो, जसमा हामीले बोल्नुपर्छ र सुन्नु पनि पर्छ ।

४. अरु चेलाहरुलाई प्रेम गर्नु (यूहन्ना १३ः३४–३५) ।बाइबल परमेश्वरको वचन हामी मानब जातिका लागि प्रेमपत्र हो । यो प्रेमपत्रको केन्द्रिय पात्र येशू प्रभु हुनुहुन्छ । ख्रीष्टका चेलामा हुनुपर्ने गुण र चरित्र भनेको अरु चेलाहरुलाई गरिने प्रेम हो । ख्रीष्टले हामीलाई निश्वार्थ अगाप्पे प्रेम गरेजस्तै ख्रीष्टका चेलाले अरु चेलाहरुलाई नमूनासहितको प्रेम प्रर्दशन गर्नुपर्छ । प्रेम भन्ने शब्द नयाँ करार बाइबलमा मात्रै ३२० पटक दोहोरिएको छ । यसबाट के कुरा स्पष्ट हुन्छौं भने प्रेम गर्ने कुरा एउटा आज्ञाको रुपमा मात्र होइन तर यो कर्तव्य पनि हो । पत्रुसले पनि जोड दिन्छन् कि प्रेम गहिरो हुनुपर्छ (१ पत्रुस १ः२२) । येशूका चेलाहरुले अरुलाई गर्ने प्रेम बोली र व्यवहारबाट देखिनुपर्छ । यो कुराबाट नै अरु मानिसहरुले देख्नछन् कि त्यो व्यक्ति येशूको चेला हो । येशूका चेलाहरु पावल, सिलास र उनीहरुको टीम एन्टिओखियाको मिसनको काममा रहँदा पहिलोपटक ख्रीष्टियान भनिएका थिए (प्रेरित ११ः२६) । ख्रीष्टियान भन्ने शब्द येशूले उहाँलाई प्रेम  गर्ने चेलाहरुलाई कुनै उपाधि दिनुभएको होइन तर अइसाईले येशूका चेलाहरुका जीवनमा देख्नुभएका येशूका गुणहरुले नै उनीहरु ख्रीष्टियान भनिएका हुन् । तसर्थ येशूका चेलाहरुको  जीवनमा हुनुपर्ने अत्यन्तै आवश्यक गुण वा चरित्र भनेको नै अगाप्पे प्रेम हो । आज मानबता हराउँदै गइरहेको यस संसारमा यो प्रेम गर्न र यो प्रेमको अनुभब गर्न अति नै कठीन भए तापनि येशूलाई निश्वार्थ र अमर प्रेम गर्नेहरुको जीवनमा देखन सक्छौ र अनुभव पनि गर्न सक्छौं ।

५. चेलाले सूसमचार प्रचार गर्छ र अरुलाई चेला बनाउँछ (मत्ती २८ः१८–२०) ।येशूले वचनको यो खण्डमा अति नै अचम्मको कुरा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको कुरा यो हो कि स्वर्ग र पृथ्वीको अधिकार येशूलाई दिइएको छ । एउटा साधारण व्यक्तिले यस्तो प्रकारको कथन व्यक्त गर्न सक्दैन । येशू स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ । उहाँले उहाँको पछि लाग्ने चेलाहरुलाई सारा संसारमा भएर सुसमचार सुनाएर चेला बनाउनको लागि आदेश दिनुभयो । उहाँले आदेश मात्रै दिनुभएन तर आज्ञापालन गर भन्ने कुरालाई पनि जोड दिनुभयो । यदि येशूलाई पछ्याउने व्यक्तिले उहाँको आज्ञापालन गर्दैन भने उहाँको चेला बन्न सक्दैन । तसर्थ ख्रीष्टका चेलाको गुण वा चरित्र भनेको सुसमचार सुनाउनु, सिकाउनु र आज्ञापालन गर्नु पनि हो । प्रिय मित्रहरु, याद गरौं कि यदि हामी येशूका असल र आज्ञाकारी चेला हौं भने हामी एक्लो हुनेछैनौ किनकि संदैभरि येशू हाम्रो साथमा हुनुहुन्छ ।
निचोड ः येशूले उहाँलाई पछ्याउने व्यक्तिहरुलाई इसाई हुनको लागि भन्नुभएको छैन तर  चेला हुन भन्नुभएको छ । चेला यस्तो नैतिक चरित्र भएको व्यक्ति हो, जो सच्याइन चाहन्छ, सिक्छ अनि उसको दिमाग र हृदय सिक्ने कुराको लागि परिवर्तन हुँदैजान्छ ।  वेभस्टारको शब्दकोषका अनुसार जसले अरुबाट निर्देशन प्राप्त गर्छ त्यो चेला हो । ख्रीष्टको एक असल चेलाले आफ्नो शिक्षक वा गुरुबाट पाएको निदेृशनलाई सदैब पालन गर्दछ । गु भनेको अन्धकार र रु भनेको हटाउनु हो । हाम्रो असल र नमूनाको गुरु येशू हुनुहुन्छ । जो अन्धकारलाई हटाउने यस संसारका ज्योति हुनुहुन्छ । चेलाको जीवनमा हुने अर्को सर्वोपरी गुण भनेको प्रेम पनि हो । प्रेमले सबै कुरालाई एकतामा बाध्दछ । प्रेमले नै सबै कुराहरुलाई एकतामा राख्छ (कलस्सी ३ः१४) । येशूलाई पछ्याउने र उहाँको चेला बन्ने कुरा मुखले होइन तर व्यवहारिकतामा र सत्यतामा हुनुपर्छ । येशूको पछि लाग्ने कुरा नम्रता, समर्पण र विश्वासकासाथ हुनुपर्छ । उहाँको वचनको पालन गनुृ अनि उहाँले सिकाउनुभएको शिक्षालाए एकचोटी, दुईचोट िहोइन तर निरन्तर पछ्याइरहनुपर्छ र पालन गर्नुपर्छ । येशूले चेलाहरुलाई यो प्रतिज्ञा गर्नुभएको छ कि उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञापालन गर्नेहरुलाई येशूले गर्नुभएका भन्दा पनि महान् काम गर्न सक्न्ेछन् (यूहन्ना १४ः१२) । तसर्थ प्रियहरु, आज हामी निरन्तर रुपमा आफु पनि येशूको असल चेला बनौं र अरुलाई चेला बनाउनको लागि निरन्तर लागि परौं ।
परमेश्वरले सबैलाई आशिष दिउँन् ।

  • पाष्टर सिमोन शाह

निर्देशक

ग्रेस बाइबल इन्च्युट