संसारलाई झिलिमिली बनाईदिए ।

( थोमस एल्वा एडिसन )
एकदिन उसको पुरै प्रयोगशालामा आगो लाग्यो । बर्षौं देखिको मेहनत, परिश्रम र लगानी आगोको रापमा दनदनी बलिरहेको थियो । उनका आलोचकहरु देखावटी सहानुभुती दिदै थिए । उनका आत्मिय मित्र र आफन्तहरु रोईरहेका, विलाप गरिरहेका थिए, उनी भने मसुक्क हासेर त्यो दृश्य हेर्दै छोरालाई भने, “बाबु जाउ तिम्री आमालाई बोलाएर ल्याउ कस्तो मज्जाले आगो बलेको । के थाहा सायद तिम्री आमाले न यत्रो आगो देखेकि थिईन् न देख्न पाउनेछिन्, छिट्टो बोलाएर ल्याऊ । ” उनका सहयोगी र आफन्तहरु अचम्म मान्दै हेरिरहे । अन्तमा सबै सम्पत्ति र सरसामानहरु खरानी भयो । तर पनि उनले आफ्नो अनुसन्धान रोकेनन् । उनले शुन्य (०) बाट सुरु गरेर सय(१००) वाटको बल्ब बालेर संसारलाई झिलिमिली बनाईदिए । किनभने उनलाई थाहा थियो कि, उनमा भएको क्षमता र खुशी कहिल्यै खरानी हुन सक्दैन । एडिसनको प्रयोगशाला झैं तपाईको सपनाहरु, कति योजनाहरु धेरै पटक खरानी हुँदा तपाईलाई असह्यनीय महशुस होला । तर…. नयाँ कुराहरु हुन आउन अघि… धेरै लगानी गरेको महङ्गै भए पनि, धेरै मेहनत र परिश्रमको साथ पसिना बगाएको भए पनि,… ती पुराना कुराहरु हाम्रो जीवनबाट हट्नु नै पर्ने रहेछ । परमेश्वर हाम्रो जीवनमा धेरै पटक राम्रा कुरा हैन, उत्तम कुरा दिएर हामीलाई आशिषित बनाउन चाहनुहुन्छ । परमेश्वरमा तपाईले गुमाएका, र तपाईबाट हटेका हरेक कुराहरु तपाईका लागि उपयुक्त थिएन र ती तपाईका लागि हानिकारक थिए र त हटेर गए । तसर्थ सकरात्मक भएर उहाँको समयलाई पर्खिअौं ।

  • बिशाल गुरुङ्ग

Related Articles

Back to top button