सतावट र ख्रीष्टियन

– पि ए थोमस
मनिसको पतन देखि नै यस संसारमा सताइनु मानिसको निम्ति साधारण भएको छ । मानव समाज, गा“व, शहर र राष्ट्रहरुको विकासस“गै मानव पापको प्रतिछाया स्वरुप सामाजिक विकृतिहरु, कुरुतीहरु तथा अन्याय, अत्याचारको रुपमा मानिसहरुलाई सताउने क्रम जारी रहेको छ । व्यक्तिगत, पारिवारिक, सामाजिक, राजनैतिक तथा धार्मिक रुपमा यो प्रकट हुन्छन् । कुनै न कुनै निहुमा मानिसले मानिसलाई सताउने काम जनावरहरुमा पनि नभएको विशेषता हो जसले मानवीय पापको मूर्तता र धुर्ततालाई प्रकट गर्छ ।
बईबलमा यो सतावटको प्रक्रियालाई सामना गर्न परमेश्वरले आफ्ना मानिसहरुलाई तीन किसिमले सहायता गर्नुभएको हामी पाउ“छौं ।
पहिलो तरीका उम्काउने, हुन नदिने र बचाउने हो । कयीनलाई मार्नुबाट जोगाउनु, नूह परिवारलाई जलप्रलयबाट बचाउनु, लूतलाई सोदोमबाट उम्काउनु, मोशा र दाऊद तथा अन्य अगमवक्ताहरुद्वारा भएका बचाउका अनगिन्ति अचम्मका कामहरु यसका उदाहरुणहरु हुन् । नया“ नियममा येशूले गर्नुभएका केही अचम्मका कामहरु, प्रेरितको पुस्तकमा शुरुमा पत्रूसलाई र पछि पावल र शीलाशलाई Σयालखानाबाट छुटाउनु, पावलको जीवनलाई धेरै पटक बचाउनु आदि यही क्रममा हामी अध्ययन गर्न सक्छौं । मण्डली इतिहासमा पनि यस्ता धेरै घटनाहरु र अचम्मका कामहरु हामी पाउ“छौं जसद्वारा परमेश्वरले आफ्ना मानिसहरुलाई सतावटको पञ्जाबाट उम्काउनुभयो । नेपालमा पनि यस्ता घटनाहरु घटेका छन् जसद्वारा परमेश्वरले ख्रीष्टियनहरको निम्ति आफ्नो बास्ता अरुको सामु देखाउनुभएको छ ।
दोस्रो तरीका हामीलाई स्वीकार्न त्यती सजिलो हु“दैन । वर्तमान र भविष्य जान्नुहुने र हाम्रो निम्ति सबभन्दा असलको चाहना गर्नुहूने परमेश्वरले कति पटक सतावटलाई आफ्नो मानिसहरुमाथि सहज रुपमा भइराख्न दिनुहुन्छ । याकूब, योसेफ, मोशा, दाऊद, दानिएल आदिको जीवनमा भएका आपद् र सतावटहरुलाई परमेश्वरले रोक्नुभएन, उम्काउनु पनि भएन । एलिया र यर्मिया आदि अगमवक्ताहरुको जीवन पनि हामी सम्झन सक्छौं । अयूबको जीवन र एस्तरको कहानी यसको अरु उदाहरणहरु हुन् । यिनीहरुले सबै परमेश्वरलाई किन भनी धेरै पटक सोधेको हुनुपर्छ जसको प्रमाण हामी दाऊदको भजनहरुमा प्रशस्त भेट्छौं । तर एक निश्चित समय पछि परमेश्वरले तिनीहरुलाई उद्धार र बचाउ गर्नुहून्छ र अझै महत्वपूर्ण उहा“को योजनाहरु पूरा गर्न तिनीहरुलाई प्रयोग गर्नुहून्छ । तर परमेश्वरको यो उम्काउने काम हुन योसेफलाई आफ्नो जवानी उमेर पूरै, अयूबलाई केही महीनाहरु, इस्राएलीहरुलाई ४०० वर्ष, एस्तरलाई केही साता, दानिएल र साथीहरुलाई केही समय कुर्नुपर्ने भयो । विश्वासको जा“च भन्नुस, परमेश्वरले आफ्नो महान योजनहरु पूरा गर्ने तरीका भन्नुस वा अन्य जातीहरुको माझमा उहा“को शक्तिको प्रदर्शन भन्नुस, जे भए पनि त्यसबाट गुज्रेकाहरुले बारम्बार सोधेको हुनुपर्छ, किन ? येशुको मृत्यु र बौरी उठाई यसको एक उदाहरण हो साथै पत्रूस, पावल, यूहन्ना तथा अन्य प्रेरितहरुको जीवनका घटनाहरु, तिनीहरुले लामो समयसम्म कैद र दुख पाएका कुराहरु यही कुराको पुष्टि गर्छ । नेपाल समेत केही अरु देशहरुमा अहिले भइराखेका ख्रीष्टियनहरुमाथिको दमन र सतावट र इतिहासमा भएका अन्य यस्ता कति सतावटहरुलाई यस तरीकाले निया“ल्नुपर्ने हुन्छ । हु“दै गर्दा कसैले पनि अन्तमा के हुन्छ भने विवेचना गर्न नसके तापनि परमेश्वरमा विश्वास गर्नेहरुले रोमी ८ः२८ सम्झनुपर्ने हुन्छ । यसका फलस्वरुप पक्का पनि विश्वास दृढ हुन्छ र नसोचेका परमेश्वरीय योजनाहरुको कार्यान्वयन हुन्छ ।
तेस्रो तरीका अझै जटिल छ । यसमा उम्काउ वा बचाउका वा परिणामका केही थाहै नपाई मानिसहरुको अन्त हुन्छ । हाबील यसको प्रथम उदाहरण हो । पुरानो करारका शहीदहरु, जसमा पूजारीहरु तथा अगमवक्ताहरु पर्छन्, मिश्र देशमा र पछि हेरोदले मारिएका बच्चाहरु, प्रेरितको समयमै मारिएका याकूब तथा स्तीफनस र रोमी साम्राज्यमा विभिन्न तरीकाले मारिएका असंख्य ख्रीष्टियनहरु, विगत इतिहासमा विभिन्न निहु र कारणले सताइएका र मारिएका ख्रीष्टियनहरु, अहिले ऐएस र बोकोहराम द्वारा मारिरहेका असंख्या विश्वासीहरु सबै यसका उदाहरुणहरु हुन् । यो प्रक्रिया जारी छ र महा संकष्टकाल सम्म रहन्छ नै । कुनै प्रार्थना, उपवास वा शक्तिद्वारा यो रोकिने छैन । किन यसरी हुन्छ भने कुरा हाम्रो बुझाई र व्याख्याभन्दा बाहिर छ र अनन्तताले मात्र पूरा उत्तर दिन्छ । तर एैतिहासिक रुपमा यसको परिणाम मण्डलीको अभिवृद्धि तथा परमेश्वरको राज्यको विस्तारमा उपयोगी भएको कुराले हामीलाई नओइल्ने आशा दिन्छ । यो आशालाई पक्रिराखी विश्वासमा स्थिर रहनु ख्रीष्टियनहरुको निम्ति महत्वपूर्ण र चुनौतिपूर्ण कुरा हो । आगोको भट्टीमा परेका तीन जना जवानहरुले राजालाई दिएको उत्तर (दानिएल ३ः१७,१८) यहा“ विशेष स्मरणीय छ ।
अब हामी के गरँैं ? हाम्रो प्रभु येशूले भन्नुभयो, “संसारमा तिमीहरुलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु ।” (यूहन्ना १६ः३३) तर यसलाई तिभन्दा माथिको टुक्रास“ग मिलेर पढ्नु आवश्यक छ जहा“ येशूले तिनीहरुलाई शान्ति होस् भनेर त्यो कुरा बताउनुभएको छ । येशूको यो भन्नाई बुΣन हामी मत्ती ५ः३ देखी १२ सम्मका पदहरु सान्दर्भिक रुपमा अध्ययन गर्न आवश्यक छ । परमेश्वरको राज्यको शिक्षामा यो आधारको कुरा हो । सतावट स्वाभाविक, प्रतीक्षित र आवश्यक छ, र हामी विचलित हुनेछैनौं । प्रेरितको पुस्तकको घटनाहरुले र मण्डली इतिहासले हामीलाई यसको व्यावहारिक पुष्टि दिन्छ । हामी सतावट देखि त्रसित हुनेछैनौं र भाग्ने छैनौं तर बुद्दिमानी र संयमी भएर सामना गर्नेछौं । किनभने यसले हामीलाई हाम्रो भविष्यको नजीक पु¥याउ“दैछ । पत्रूसले पनि १ पत्रूस १ः३–९ र ४ः१२–१९मा हामीलाई साहस दिन्छन् ।
अब प्रश्न उठ्छ, त्यसो भए सतावट आउ“दा हामी के गर्ने त ? एक मिशनरीको हैसियतमा धर, परिवार सबै छोडेर निस्केको, आमा बाबु र छोरा छोरीको त्यती बास्ता गर्न समय ननिकालेको र आफ्नो करियर र भविष्यको बास्ता नगर्ने मैले नेपाली ख्रीष्टियनहरुलाई यसको उत्तर दिन अलिकति असहज मान्छु । तर मत्ती २४ र अन्य सम्बन्धित खण्डहरुको अध्ययनले केही कुराहरु हामीलाई स्पष्ट पार्छन् । पहिलो कुरा परमेश्वरको अनुमति बिना कुनै निकाय, राष्ट्र वा शक्तिकेन्द्रबाट हामीमाथि सतावट आउने छैन र त्योस“गै उम्कने बाटो वा सामना गर्ने तरीका उहा“ले हामीलाई दिनुहुन्छ । हो, हामीमाथि सतावट र दुःख ल्याउन सबै निकायहरुलाई परिचालन गर्न शैतान कार्यरत छ तर अनुमतिबिना त्यो हुनेछैन । तसर्थ हामीले प्रभुलाई नम्रतासाथ प्रार्थनामा खोज्नुपर्ने हुन्छ ताकी उम्कने बाटो वा सामना गर्ने तरीका उहा“बाट हामीले प्राप्त गर्न सकँैं । अन्तिम समयहरुमा विश्वव्यापी तथा व्यवस्थित रुपमा खीष्टियन विश्वासमाथि प्रहार र ख्रीष्टियनहरुमाथि सतावट हुनेछ भनी येशूले मत्ती २४ः२–१४ सम्म र लूका १७ः२०–३७ सम्म बताउनुभएको छ ।
पश्चिमी र विकसित मुलुकहरुमा यो जे पनि गर्ने मानव अधिकार, नैतिकता र ख्रीष्टिय शिक्षा तथा मूल्य मान्यताहरुलाई चुनौती दिने लोकप्रीय सामाजिक कानुनहरुबाट हुन्छ भने, अविकसित र पूर्वली मुलूकहरुमा धर्म परिवर्तन, संस्क्रृती संरक्षण, समाजिक न्याय आदिको आ“डमा यो क्रमशः प्रकट हुनेछ । ख्रीष्टियनहरुलाइ जसरी पनि असामाजिक, अनौटो र संसारलाई उलटपुलट पार्नेहरुको रुपमा देखाउने प्रयास हुनेछ । सतावटबाट बच्न पश्चिमी मुलुकहरुतिर जानेहरु पनि उम्कनेछैनौ किनकि त्यहा“को अधार्मिकताले तिनीहरलाई छोप्नेछ र तिनीहरु सम्झौतावादि बन्नेछन् । मण्डली मित्र पनि सांसारिकताको छलखेल, सम्झौताको जीवन, धोकाबाजी, विश्वासत्याग र एक अर्कालाई पोल लगाउने काम हुनेछ । यी सबैको माझमा एक समूहले ‘हिलो पानीमा माछा मार्ने’ काम गर्नेछ र विश्वासलाई आफ्नो कमाई र फाइदाको साधन बनाउनेछ । येशूले भन्नुभयो, “आखिरसम्म स्थिर रहने चाहिं बचाइनेछ”(मत्ती २४ः१३)। सतावटको समय त छानविनको समय हो, गहु“ र भूस छुट्ट्याउने समय हो ।
सतावटको कारण हामी आफै बन्नुहु“दैन । हाम्रो नजायज जोश, कसैलाई देखाउने काम, अरुलाई विश्वासको कुरामा खिल्ली उडाउने, अन्य धर्म र विश्वासहरुको विरोध गर्ने अदि काम हामीबाट हुनुहु“दैन । प्रत्येक मानिस परमेश्वरको स्वरुपमा सृष्टि भएकोले आदरको योग्य छ । तिनीहरुको बुझाई, धार्मिक क्रियाकलाप र विश्वास सबै झूठा हु“दैनन् तर अधुरो र विकृत मात्र हुन्छन् । उज्यालोले अ“ध्यारोमा चम्कने गरी हाम्रो काम अ“ध्यारोको विश्लेषण, व्याख्या र विरोध गर्ने नभई उज्यालो दिनु हो, येशूमा भएको उद्धार र छुट्काराको घोषणा गर्नु हो । जब उज्यालो आउ“छ, अ“ध्यारो स्वतः हट्छ, हटाउने कोशिस आवश्यक हु“दैन । ख्रीष्टियनहरु आफैलाई अवश्यकता भन्दा बढी प्रकट गर्न खोज्ने पनि आपत्तीजनक हुन्छ । हामी खमीर हो, नून हो, सबैकहा“ देखापर्नु आवश्यक छैन, बरु काम दिनु छ । येशू र चेलाहरु लेकप्रिय बन्ने कोशिश गर्नुभएन आफ्नो सीमित क्षेत्रमा कार्यरत रहनुभयो । तर यी सत्यताहरु आजभोलीका माध्यमहरुमा तथा समाजमा चम्कनुखोज्ने, ठूलो काम गरेर ठूलो र महान बन्न खोज्ने हामीलार्ई अपच्य हुनसक्छ । हामीले मत्तीको सुसमाचारमा येशूले भन्नुभएका परमेश्वरको राज्यको उखानहरुको गहिरो अध्ययन गर्नु लाभदायक हुन्छ । हामी सबै यो भुमरी पर्ने सम्भावना प्रशस्त भएकोले समयमै चेताउनु असल हुनेछ । हाम िसबैको निम्ति यो चुनौतिको विषय हो र हामीलाई अरुको प्रार्थना र सहायताको खा“चो छ, तसर्थ हामी स“गतिमा रहनु आवश्यक छ (हिब्रू १०ः२५) । सतावटलाई हामी स“गतिमा मिलेर सामना गर्नेछौं र अन्तसम्म विश्वासियोग्य रहनेछौं ।

Related Articles

Back to top button