सजाय कम मात्र भएको हाे। सफाई भने भएकाे हाेईन।

ध्यानाकर्षण : गत २०७३/४/६ गते झुट्ठा मुद्दामा (बाेक्सी अाराेप) फसाईएका हाम्रो प्रभुका जनहरुलाई सल्यान जिल्ला अदालतकाे मिति २०७३/९/४ काे फैसलाले ५ बर्ष कैद र ५०हजार जरिवाना उपर उच्च अदालत सुर्खेतले गत २०७४/५/२५ गते सफाई दिएकाे नभई जिल्ला अदालतकाे फैसला अांशिक उल्टी भई सजाय कम मात्र भएको हाे। सफाई भने भएकाे हाेईन।याे प्रतिवादीकाे जीत भने हुँदै हाेईन। उहाँहरुले सम्मान जनकरुपमा सफाई पाउनु पर्थ्याे । महासंघले जे जति गर्याे धन्यवादकाे पात्र भएको छ तर याे पर्याप्त हाेईन त्यसकारण महासंघले सफाई दिलाउन सर्वाेच्चकाे ढाेका ढकढक्याउनु पर्छ। नत्र निर्दाेषहरु दाेषीनै ठहरिनेछन । त्यसकारण भ्रममा नपराै।सफाई हाेईन । केही पत्रकार साथीहरूले Breaking news भनेर प्रकाशन प्रशारण गरेकाे सामग्री सच्याउदा राम्राे हुन्छ। सजाय घट्याे भनेर खुसी हुने बाहेक अन्य केही छैन।पक्का न्याय सफाई हाे।निर्दाेष सावित हुनु हाे। किनकि उहाँहरु निर्दाेष हुनुहुन्छ । यस्ता धेरै निर्दाेषहरुले राज्यकाे कमजाेर न्याय व्यवस्थाकाे कारण सजायको भागिदार भएको छन।विडम्बना ।

  • Himal Rai

Related Articles

Back to top button