सुकुम्बासीहरुलाई राहत बितरण

इम्मानुएल कृपा चर्च धरानले कृपा सामुदायिक बिकास समाज र अनुग्रह सामुदायिक सेवा संस्था-कास्कीको सहयाेगमा इटहरी उ.म.न.पालिकाका सुकुम्बासीहरु बसाेबास गर्ने सुनाैलाे बस्तीका घरबार बिहिन त्रिपालमा बसिरहेका २४ परिवारलाई ग्यास टङ्की र चुल्हो वडा जनप्रतिनिधि र स्थानिय समाजसेवी प्रकाश राईको राेहवरमा बितरण गरेकाे छ। त्रिपालमा कष्टकर जीवन यापन गरेर बसेका बाढीपीडितहरुकाे बिशेष अनुराेधमा अावश्यकिय सामग्री बितरण गरिएको पा.शामुयल राईले बताउनुभयो। बाढीपीडितकाे समस्या दिर्घकालिन रुपमा समाधान गरिदिएकोमा स्थानिय बाढीपीडित दुर्गा मल्लीकले धन्यवाद दिईन। “हामीलाई धेरैले चामल र दाल ल्याईदिन्छन तर त्यसलाई कसरी पकाएर खाने कसैले हाम्रो पिर बुझीदिएन तर चर्चकाे मानिसले हाम्राे पिर र मार्का बुझिदियाे ” अर्का बाढीपीडित पुष्पा नाथ दाहालले बताए। ग्यास चुल्हो प्राप्त गरे पश्चात् खुसी हुँदै अायाेजक र स्वयंसेवकहरुलाई स्थानिय बाढीपीडितले साेही चुल्होमा चिया पकाएर खुवाएका थिए। भावी दिनमा यसरीनै बाढीपीडितलाई अावश्यक राहात बितरण गर्ने याेजना रहेकाे इम्मानुएल कृपा चर्चका पा.जाेसेफ हिमाल राईले बताउनुभयाे। यश अघि पनि इम्मानुयल कृपा चर्चले ८२ जना बिध्यालय पाेशाक विहिन बाढीपीडित बालबालिकाहरू लाई ब्याग,स्कुल ड्रेस,जुत्ता-माेजा, दंत मंजन, ब्रश र साबुन बितरण गर्नुका साथै ७ जना सुत्केरी महिलालाई अावश्यक सामग्री र नगद रु.५००/-  राहात स्परुप बितरण गरेका थिए।

Related Articles

Back to top button