के येशू हिन्दु हुनुहुन्छ ?

साझा प्रकाशनद्वारा प्रकाशित वेदमा के छ ? नामक पुस्तकमा डा. स्वामी प्रपन्नाचार्यले लेखेका छन्, “विश्वका ८०करोड ईसाईहरूको धर्माचार्यमाथि लेखिएका प्रमाणहरूबाट उनी [येशू] हिन्दु नै सिद्ध भएको देखिन्छ र अवश्य नैभारत आएको पनि उनै प्रमाणहरूले सिद्ध छ । अनि जीवनको महत्त्वपूर्ण १८ वर्षसम्म ईसा [येशू] कहाँ थिए ? यसप्रश्नको उत्तर ईसाई पादरीहरूसँग नहुनुले पनि यसै कुरालाई सिद्ध गर्छ ।” कतिपय पूर्वीय र पाश्चात्य तथाकथितस्रोतहरूलाई आधार मानी येशू हिन्दु हुनुहुन्थ्यो र उहाँ भारतमा आउनुभएको थियो भनी पुष्टि गर्ने दुष्प्रयासप्रपन्नाचार्यले गरेका छन् । २०६७ सालको ख्रीष्टमसको केही दिनअगि दीर्घराज प्रसाईले नेपाल समाचारपत्रमाक्रिस्चियन धर्मको उद्गम र विकास शीर्षकअन्र्तगत लेखे, “जिसस् क्राइष्ट [येशू] की आमा हिन्दु थिइन् । जिसस्पनि हिन्दु संस्कारबाट उठेका हुन् ।” प्रसाईले थपेका छन्, “नेपालमा ६ वर्ष बसेर योगसाधना र बौद्ध दर्शन सिकेकालेक्राइष्टलाई निरंकुश अन्धा धर्मभिरु सत्ताले इजरायलमा किला ठोकेर मारिएको अवस्थामा वैदिक योगका प्रतापलेमरेको जस्तो अभिनय गरेर गाडिएको चिहानबाट उठेर ईशु [येशू] भारततिर लागेको र पछि उनको मृत्युपछिकास्मिरमा राखिएको ईशा [येशू] को समाधि देख्न सकिन्छ । ईशा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनकालागि हिन्दु सन्यासीको भेषमा नेपाल र भारतमा आएका र काशी, जगन्नाथ, बिहार, नालन्दा आदिमा वैदिकधर्मशास्त्र पढ्ने गरेका तथ्यहरू छन् ।” हिन्दु दिग्गजहरूको बुझाइमा येशू भारतमा आउनुभएको कथा कुनैकाल्पनिक होइन, यथार्थ हो । यसको पक्षमा तिनीहरूले पुस्तकहरू पनि लेखिसकेका छन् । एउटा नेपाली भएकोनाताले प्रसाईले भनेझैँ येशूले हाम्रो भूमिमा पाइला टेक्नुभएको थियो भन्ने कुरा साँचो भइदिए कति गर्वको कुरोहुन्थ्यो ! तर अपरिवर्तनशिलता इतिहासको प्रकृति हो । चाहेर पनि हामी इतिहासलाई बदल्न सक्दैनौँ । कथितस्रोतहरूलाई आधार बनाई मान्छेको आँखामा छारो हाली सत्यतालाई बङ्ग्याउने दुष्चेटा गरे तापनि इतिहासकोसुस्पष्ट यथार्थतालाई कसैले कहिल्यै परिवर्तन गर्न सक्दैन । येशू हिन्दु हुनुहुन्थेन, न त उहाँ भारतमा आउनुभयोभन्नाका लागि यहाँ तिन ओटा कारणहरू प्रस्तुत गरिएका छन् ।

१. निकोलस नोटोविचले पत्ता लगाएको इशा (येशू) बाइबलको येशू होइन ।
नयाँ करारका चार ओटा सुसमाचार येशूको जीवनीबारे बताउने सर्वाधिक भरपर्दा स्रोतहरू हुन् । चार ओटासुसमाचारमध्ये दुई ओटा (मत्ती र लूका) ले मात्र उहाँको जन्मको बारेमा चर्चा गर्छन् । उहाँको सेवा–कार्यअगि बार्‍हवर्षको उमेरमा एक पटक येशू यरूशलेममा देखा पर्नुहुन्छ (लूका २:४२) । बाइबलको विवरणअनुसार उहाँ तिस वर्षकोहुनुभएपछि मात्र उहाँले सेवा आरम्भ गर्नुभयो (लूका ३:२३) । उहाँको जन्मदेखि बार्‍ह वर्षको उमेर र बार्‍हदेखि तीसवर्षको उमेरसम्म येशू कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्न विचारणीय छ । उहाँको बाल्यकाल नासरतमै बितेको थियो होलाभनी अनुमान गर्ने हो भने पनि उहाँले १८ वर्ष (१२–३०) कहाँ बिताउनुभयो त भनी हामीलाई प्रश्न गर्छन् । येशूका यीमध्यवर्ती वर्षहरूमा विचित्रका दन्त्यकथाहरू भर्नको लागि आलोचकहरूले कुटिल जुक्तीहरू रचेका छन् ।

निकोलस नोटोविच एक रूसी यात्रु थिए जसले उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा भारत र तिब्बतको यात्रा गरे ।तिब्बतमा तिनले सन्त इसाको बारेमा जानकारीहरू बटुले । तिनै जानकारीहरूलाई समेटी तिनले एउटा पुस्तक लेखे— येशू ख्रीष्टको अज्ञात जीवन । नोटोविचको भनाइअनुसार यी सन्त इसाले भारतमा आई विभिन्न हिन्दुगुरुहरूसँग सिक्दै १८ वर्ष बिताए । तिनको विचारमा कश्मिरका यी सन्त इसा नै बाइबलको येशू हुन् । यही गलतबुझाइको कारणले येशूको अज्ञात जीवनको सम्बन्धमा अनेक षड्यन्त्रमूलक दन्त्यकथाहरू जन्मिन पुगे । बाइबलकोविवरणअनुसार येशूले आफ्नो जन्मदेश छाडेको एउटै पनि सङ्केत पाईंदैन । नोटोविचको कृतिलाई जे. आर्खिबाल्डडग्लासले अप्रमाणित गरिसकेका छन् ।

२. येशूको शिक्षा र हिन्दु गुरुहरूको शिक्षामा स्पष्टत: बेमेलता पाइन्छ ।
साँढे तिन वर्षको सेवा–कार्यअगि येशू भारतमा आउनुभई हिन्दु गुरुहरूसँग सिक्नुभएको थियो भने उहाँको शिक्षामाहिन्दुगन्ध अवश्य हुनुपथ्र्यो । तर सुसमाचारहरूलाई अध्ययन गर्दा हामी हिन्दु शिक्षाहरू होइन अद्वितीय शिक्षाहरूपाउँछौँ । यसका अतिरिक्त येशूले पुरानो करारबाट प्रचुर मात्रामा उधृत गर्नुभयो । यहाँसम्म कि त्यस समयका यहूदीविज्ञहरूलाई पनि उहाँले सुधार्नुभयो । पञ्चग्रन्थमा भएको त्यो विस्तृत ज्ञान येशूले कहाँबाट पाउनुभयो ? उहाँकोसिकाउने शैली त्यस समयका घुमन्ते यहूदी शिक्षकहरूको शैलीसँग मेल खान्छ । येशूले हिन्दु गुरुहरूबाट सिके भन्नेविचार पूर्णत: वाहियात छ । येशूले कहिल्यै सर्वेश्वरवाद (सबै कुराहरू ईश्वर हुन्) को बारेमा सिकाउनुभएन् जस्तोहिन्दु गुरुहरूले सिकाउने गर्थे र गर्छन् । उहाँले कहिल्यै हिन्दु वेदबाट उद्धृत गर्नुभएन तर सधैँ यहूदी पुरानो करारबाट। येशू भारतमा आउनुभई हिन्दु गुरुहरूबाट सिक्नुभयो भन्नाका लागि साक्षी यथार्थत: शून्य छ ।

३. येशू भारतमा आउनुभयो भनी बाइबलले कहीँ पनि अङ्कित गरेको छैन ।
चार ओटा सुसमाचार येशूको बारेमा बताउने सबैभन्दा भरपर्दा, विश्वसनीय र पूर्ण स्रोतहरू हुन् । येशू ख्रीष्टप्यालेसटाइनमा रहनुभयो भनी अङ्कित गर्ने खण्डहरू बाइबलमा धेरै छन् । बार्‍ह वर्षपछिको येशूको जीवनीलाईलूकाले सङ्क्षेपमा ल्याएका छन्, “अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका २:५२) । येशू ख्रीष्ट परमेश्वर–मानव हुनुहुन्थ्यो । उहाँ सर्वज्ञानी भएकाले ईश्वरीय परिप्रेक्ष्यबाट उहाँलाईकहिल्यै बुद्धिमा बढ्न आवश्यक थिएन । तर उहाँ मानिस पनि हुनुभएकाले अन्य यहूदी केटाहरूले जस्तै उहाँले पनिपुरानो करारको धर्मशास्त्रको अध्ययन र बुढापाकाहरूको अर्तीबाट सिक्नुभयो ।

उहाँको समुदायमा येशूलाई सिकर्मी (मर्कूस ६:३) र सिकर्मीको छोरो (मत्ती १३:५५) भनेर चिनिन्थ्यो । आफ्नाछोराहरूलाई व्यवसाय सिकाउनु यहूदी बाबुहरूको बिचमा सामान्य चलन थियो । येशू परिपक्व हुँदै जानुभएपछियोसेफले उहाँलाई सिकर्मीको पेसा सिकाएको हुनुपर्छ । येशू नासरतमै हुर्कनुभयो भनी लूकाले यहाँ अझ प्रस्ट रूपमाबताएका छन्, “उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ–दिनमासभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो” (लूका ४:१६) । लूकाले प्रस्टसँग लेखेका छन् कि येशू ख्रीष्टनासरतमा हुर्कनुभयो र नासरत उहाँको आफ्नो सहर थियो । सभाघरका मानिसहरूले येशूलाई राम्ररी चिन्दथे र उहाँयोसेफका छोरा हुनुहुन्थ्यो भनी जान्दथे । येशू नासरतमा हुर्कनुभयो, भारतमा होइन । उहाँको आदत सभाघरहरूमाजाने थियो, मन्दिरहरूमा होइन ।

एउटा प्रश्न अझै बाँकी छ— येशूले १८ वर्षको अवधि पनि प्यालेसटाइनमा नै बिताउनुभएको थियो भने उहाँका जीवनीकारहरूले यस बारेमा किन केही नलेखेका त ? यसका दुई ओटा कारण छन्: साहित्यिक र ईश्वरशास्त्रीय ।

साहित्यिक कारण भन्नाले प्राचीन संसारमा जीवनी आधारभूत रूपमा यसरी नै लेखिन्थ्यो । जीवनीलाई अहिले हामीजसरी बुझ्दछौँ तिनीहरूले त्यसरी बुझ्दैनथ्ये । जीवनी लेख्दा आज हाम्रो लागि व्यक्तिको जीवनीको हरेक अवधिउत्तिकै महत्त्वपूर्ण हुन्छ । उसको जीवनीलाई हामी क्रमिक रूपमा प्रस्तुत गर्छौं र सकेसम्म उसका भनाइहरूलाईजस्ताको तस्तै राख्ने प्रयास गर्छौं । तर प्राचीन लेखकहरूले कुनै व्यक्तिको जीवनीबाट अनुकरणीय पक्षलाई मात्रअभिलेखको लागि उपयुक्त ठान्दथे । जीवनको हरेक पक्षलाई नभई त्यस्तो पक्ष जसले अरूलाई मद्दत गथ्र्यौ, जुनउदाहरणीय छ जीवनका त्यस्ता पाटाहरूलाई मात्र लेख्ने गर्थे ।

दोस्रो ईश्वरशास्त्रीय कारण हो । येशू ख्रीष्ट यस संसारमा मानिसहरूका पापको निम्ति मर्न आउनुभयो । उहाँपरमेश्वरका पापरहित पुत्र हुनुहुन्थ्यो । सुसमाचारका लेखकहरू यही तथ्यमा मात्र केन्द्रित रहे । त्यसैले, तिनीहरूउहाँको जीवनको हरेक पक्षमा नभई आखिरी साँढे तिन वर्षे सेवा–कार्यमा केन्द्रित रहे ।

निष्कर्षमा, येशू हिन्दु हुनुहुन्थ्यो र उहाँ भारतमा आउनुभयो भन्ने अवधारणा मनगढन्तेसिवाय केही होइन । यसकोलागि एउटै पनि प्रामाणिक साक्षी छैन ।

  • Kamal Adhikari

Related Articles

Back to top button