यो २० डलर कसलाई चाहिन्छ ?

एक जना प्रख्यात वक्ताले हातमा २० डलरको नोट समातेर गोष्ठीको सुरूवात गरे । उहाँले बोल्नुभएको सुन्न २०० जना मानिसहरू जम्मा भएका थिए । वक्ताले सोध्नुभयो, “यो २० डलर कसलाई चाहिन्छ ?”
२०० जनाले नै हात उठाए । उहाँले भन्नुभयो, “तपाईंहरूमध्ये एक जनालाई म यो २० डलर दिदैंछु तर त्यो भन्दा पहिले, म यसो गर्छु ।”
उहाँले नोटलाई कच्याककुचुक पार्नुभयो । अनि उहाँले सोध्नुभयो, “अभैm पनि यो नोटलाई कसैले चाहन्छ ?” फेरि पनि २०० जनाले नै हात उठाए । “ठीक छ” उहाँले जवाफ दिनुभयो,“यो नोटलाई मैले यस्तो गरें भने नि ?” त्यसपछि उहाँले नोटलाई भुइँमा खसाल्नुभयो र खुट्टाले रगड्नुभयो । उहाँले नोटलाई टिपेर भीडलाई देखाउनुभयो । नोट कच्याककुचुक परेको र मैलो देखिन्थ्यो । “यो नोट फेरि पनि तपाईंहरूलाई चाहिन्छ ?” फेरि पनि सबैले हात उठाए । मित्रहरू, मेरा मित्रहरू, मैले भर्खरै तपाईंहरूलाई एउटा महत्वपूर्ण पाठ सिकाएँ । त्यो पैसालाई मैले के गरें त्यो महत्वपूर्ण होइन, त्यो पैसा तपाईंहरू अभैm पनि चाहनुहुन्थ्यो किनकि मैले यसको मूल्य
घटाइँन । त्यो अभैm पनि २० डलर नै थियो । हाम्रो जीवनमा धेरै पल्ट जीवन नै कच्याककुचुक भई फोहोरमा पिसिन्छ । हामी खराब निर्णय लिन्छौ वा कमजोर परिस्थितिहरूसँग सम्झौता गर्छौं । हामी अर्थहीन महसुस गर्छौ । तर जे भएको भए तापनि वा हुने भए तापनि तपाईंले आफ्नो मूल्य गुमाउनु हुन्न । तपाईं खास हुनुहुन्छ– यो कहिल्यै नभुल्नुहोस् !

Related Articles

Back to top button