३ ख्रीष्टियानको राजनीति विचार

–  राजनिति पनि इमानदार रुप पनि गर्न सकिन्छ ।

– Lokmani Dhakal

आज जुन विषय वस्तु हाम्रो अगाडि राखिएको छ र हाम्रा आदरणिय दाजुहरुले आफ्ना विचार दिईसक्नु भएको छ र म मुख्य गरी दुई ता कुरा एउटा यो देशका चुनौतिहरु र अर्को हाम्रो अवसरहरु अथवा हाम्रो दायित्तवहरु यो विषयमा बुदागतरुपमा जान्छु । सबै भन्दा मुख्य यो देशमा अहिलेको वर्तमान अवस्थामा सबै भन्दा चुनौतिको विषय भनेको यो देशको अस्थिर राजनितिको कारण धेरै वटा समस्याहरु आज नेपाली जनताहरुले भोग्नु परेको अवस्था छ । सबैको केन्द्र विन्दु भनेको चाहिँ राजनितिमा स्थिरता नहुनु । जसको कारणले देश सविंधान पाउन सकेन्,सुशासन छैन, अपराधीकरण मौलाएको छ, हत्या, हिंसा, लुटपाट, चन्दा आतंक, धम्की, अपहरण जस्ता धटनाहरु सुन्न परेको छ । शान्ति सुरक्षा बिलकुल नै छैन । अनि त्यसै गरी भ्रष्टचार तल्लो तह देखि माथिल्लो तह सम्म मौलाएको छ । एक अर्को प्रतिको विश्वास र भरोसा हराउदै गएको छ । यो परिस्थितको सिर्जना भईरहेको छ यो हाम्रो lok mani dhakalचुनौतिहरु छन् र मानिसहरुको जाँस जागर पनि हराएको छ किन भने यहाँ केही पनि हुदैन । अनि त्यस्तै गरी विकास निर्मिणको काम प्राय थप छ अनि त्यसै गरी यहाँ सघिंयताको नाउँमा जातिय द्वन्दको विचारोपन भएको छ । यि हुनु हाम्रो देशको जटिल समस्याहरु हुन् । अब यहाँ निर म केही राख्छु की हाम्रो देशको जटिल र प्रमुख चुनौतिहरु हुन् । अब रह्यो हाम्रो भोलिका दिनहरु परमेश्वरले यो सारा सृष्टि यो विश्व ब्रह्माण्ड सृष्टि गर्नुभए पछि उहाँले गर्नुभएको सृष्टिलाई संरक्षण गर्न, अधिकार गर्नु, उपभोग गर्ने, आफ्नौ स्वरुपमा एउटा प्राणी बनाउनु भयो त्यो हो मान्छे । मानिस बनाउनु भयो किनभने उहाँले सृष्टि गर्नृभएको कुरालाई व्यवस्थित गर्ने यसलाई सुन्दर बनाउनु पर्छ र शान्त बनाउनु पर्छ । आज यो देश पनि हाम्रै परमेश्वरले निर्माण गर्नुभएको र आज यो देशलाई परमेश्वरले ज्यादै प्रेम गर्नुहुन्छ र तपाई र मलाई विभिन्न ठाँउमा रहेकाहरुलाई बोलाएर आज उहाँले आफ्नो प्रतिकको रुपमा नियुक्ति गरी राख्नुभएको छ । हामी प्रचार गछौ नि नुन र ज्योति मैले बुझेको नुनका धेरै विशेषता छ मैले बुझेको दुईता कुरो कुनै पनि कुरालाई बिग्र्रन नदिनु र अर्को कुरा त्यहाँ स्वाद भर्नु । अनि त्यसै गरी ज्योति पनि जब तेले प्रकाश दिने र बाटो देखाउने । आज यो देशमा साँच्चै उहाँले हामीलाई नुन र ज्योति भएर रहन्नको निम्ति र यो देशमा भएको राजनिति पार्टी र जो अगुवा र नेताहरुको लागि बाटो देखाउनको निम्ति तपाई र मलाई एउटा अवसर अहिले परमेश्वरले दिदैंहुनुहुन्छ । गत सविंधानसभाको निर्वचनमा ते तीखेर पनि एउटा अवसर थियो तर हामीले बेला भाको छैन हुदैन, काँ जितिन्छ, भने धेरै कुरा आए तर जब निर्वाचन सक्यो र धेरै जनाले हामी गाको भए हामी पनि सविंधानमा जाने थियो नि भनेर पश्चातउनु भयो र अहिले फेरि परमेश्वरले हामीलाई मौका दिनुभएको छ । परमेश्वरलाई थाहा थियो कि त्यस ठाँउमा मेरो जनहरु जानुपर्छ किनभने जहाँ म हुन्न त्याँ कुनै पनि काम पूर्ण हुर्दैन । त्यो मौका फेरि परमेश्वरले घुमाएर ल्याई दिनुभएको छ र अहिले फेरि होलाकी जस्तो आखिर त हुन्छ नै हुन्छ एक वर्ष नहोला दुई वर्ष नहोला तर मुलुकलाई सविंधान त चाहिं छ । त्यो भको कारणले आज हामीलाई ठूलो अवसर परमेश्वर दिनुभएको छ । हामी सक्षम छौं की छैनौं जब गोलियादलाई माने बेलामा दाउदको अवस्था कस्तो थियो एउटा गोठालो थियो न उसलाई सैनिक अभ्यास थियो न हत्यार चलाउन जान्द थियो । तर परमेश्वरमा भक्त थियो जब उसले पलिश्तीहरुले हप्काको सुन्यो र उसले भिड्न जान्छु भन्दा त्यहाँ उसलाई मानिसहरुले नजा तहीले सक्दैनस भन्दा उसले म जान्न छु म जो सानो मानिस सेनामा पनि अयोग्य मान्छे तर उ विश्वासमा बलियो थियो । परमेश्वर मेरो साथमा हुनुहुन्छ उहाँले मलाई विजय दिनुहुन्छ भने कुरा थाहाँ थियो । त्यो विश्वासमा हामी अगाडि बढ्नु पर्छ । म ठान्नछु यो देशमा भएको सबै राजनिति दलका नेताहरु भन्दा असल प्रकारले मुलुक चलाउने क्षमता तपाई र ममा छ । ठुलठुला डिग्री हामी सँग नहोला तर पवित्र आत्माको उपस्थित छ हामी सँग ज्ञान र बुद्धका खानी हाम्रो परमेश्वर लिएर हिड्ने मानिसहरु हौँ । त्यसकारण प्रियहरुल बेला आएको छ जब सम्म हामी सविंधान सभामा जान्दैनौं सविंधान कहिले पनि बन्दैन । किनभने परमेश्वर यो मुलुकलाई व्यस्थित गर्नलाई, सुशासन दिनलाई, असल नियम कानुन दिनलाई, परमेश्वर हामी द्धारा त्यो निर्माण गर्न ठाँउमा जान्न चाहुन्छ । त्यसैले हामी कुनै दलमा गयो भने हामी दलका मुल्यमान्यता तिर जानुपर्ने हुन्छ र हामी कही कतै जानै सक्दैन तर यदि हामीले हाम्रो मुल्यमान्यतमा हाम्रो आफ्नौ राजनितिकी दल खोल्न अधिकार पनि छ । तर अन्तमा एउटै कुरा भन्न चाहन्छु सुरु सुरुमा यहाँ अस्पताल राम्रा उल्लेखय थिएन तर जब मिसन अस्पातलहरु आए नि यहाँ ती मिसन अस्पतालको सेवा देखेर यहाँका अरु अस्पतालले सेवा राम्रो दिन थाले, र त्यो किन भयो भने त किनकि त्यहाँको व्यवस्थापन असल थियो र त्यसैको देखासिकी गरेर धेरै स्थापन भयो । त्यसकारण यो बिग्रिएको राजनितिलाई सुधार ल्याउनको लागि आज हामीले एउटा दल दर्ता गर्न लागेको र हाम्रो मुल्य मान्यतामा रहे र राजनिति पनि इमानदार रुप पनि गर्न सकिन्छ भन्ने पनि हो ।

 

 

– ख्रीष्टियानहरु अहिले नै दल खोलेर जानु पर्छ भन्नेमा चाहिँ म अलि फरक मत छ ।

– Dr R. B. Rokaya rb_rokaya192

जुन विषयमा “राष्ट्र निर्माणमा ख्रीष्टियनहरुको भूमिका” यो देशमा ख्रीष्टियनहरुको भूमिका के हुनुपर्छ ? तर मैले धेरै पहिला उठाएको कुरा तपाईहरुलाई पनि थाहा छ त्यसकारणले म धेरै विवादीत भए । खास कुरा केही पनि थिएन मैले भनेको यो देशमा ख्रीष्टियनहरुले भूमिका खेल्नु प¥यो चर्चको चार दिवार भित्र हामी सिमित हुनुभएन । धार्मिक, अध्यामिक त्यो गतिविधी त्यो आफ्नो ठाँउमा छ त्यो आवश्यक छ तर यो बाहेक हामी ख्रीष्टियनहरु समाजका सदस्य हौं हामी समाजमा बस्छौ त्यो समाज प्रति हाम्रो पनि दायित्व छ र यो राष्ट्रको नगरिकको हौसियतले मेरो दायित्व छ । हामीले त्यो दायित्व पुरा गर्ने प¥यो । हामीले राननिति, मानव अधिकारमा पनि चासो राख्नु प¥यो । देशको अवस्थता के छ त्यसमा पनि सचेत हुनुप¥यो । यक्रो जनआन्दोलन भयो तर कतिपय ख्रीष्टियनहरुले यो हामी संग के मतलब भने कुरा ग¥यो । त्यसकारणले गर्दा यो कुरा उठाउदै आएको हुँ यस सन्दर्भमा नेपाल राष्ट्रिय मण्डली परिषद भने एन.सि.सि.एन भने बनाएर यस मार्फत यो काम गर्ने कोसिस पनि ग¥यो र नेपाल भरि सन् २००३ झन्डै २००८ सम्ममा हामी राष्ट्रिय सम्मेलन पनि ग¥यो । त्यहाँ हामीले यई राख्यौ राष्ट्र निर्मिणमा ख्रीष्टियनहरुको भूमिका विषय नै त्यही थियो र हामीले मासिक क्यापेन ग¥यौँ र त्यसले धेरै ख्रीष्टियनहरुलाई सचेत बनाउने काम पनि ग¥यो । आज ख्रीष्टियनहरुमा एउटा जागरण आएको छ राजनितिमा, मानवअधिकारमा, जातिय क्षेत्रमा, लैङ्गिगिक क्षेत्रमा र सबैमा र त्यसमा पनि एउटा छ हामीलाई कोही कोहीले मनपराएन त्यो बेला विरोध पनि भयो र त्यसले एउटा भूमिका खेल्यो त्या एउटा ठूलो सचेतको काम ग¥यो । आज ख्रीष्टियनहरु सबै क्षेत्रमा जोसिलो छन् । जुन चाहिं मलाई लाग्छ यो एउटा सकात्रमाक विकास पनि हो । यो देशका नागरिक भएको कारणले हामी यो देशको मूल प्रभावमा आएर हामी ख्रीष्टियनहरु अरु नागरिक संग मिलेर राष्ट्र विकासमा सक्रिय हुनुपर्छ । हाम्रो विश्वास, मुल्य मान्यता आफ्नो ठाँउमा छ त्यसलाई सम्भौता नगरीकन हामीले धेरै काम गर्न सक्छौं । हामी व्यापार गरौं तर हामी ख्रीष्टियन मूल्यतामा रहेर गरौं हामी राजनितिमा जाउ तर ख्रीष्टियन मूल्यमान्यतालाई अगाडि राखेर त्यसमा आधारित रहेर गरौं, हामी विभिन्न क्षेत्रमा जान सक्छौं । यो भन्दै आएको कुरा हो विशिष गरी नेपालको शान्ती प्रक्रियामा हिजो जनयुद्ध भई रहेको बेलामा नेपालमा शान्ती प्रक्रियामा म र माओवादीर सरकारको बीचमा वार्ताको वातावरण बनौउन म र एन.सि.सि.एनले ठूलो भुमिका खेली रहेको छ यो एउटा ठूलो मिटिङ्गमा माओवादीका नेता कृष्ण बहादुर महराले भन्नुभएको छ । एउटा न्युज ईन्टरनेटमा निस्किएको थियो की माओवादी र अमेरिकी सरकार विच कसरी वार्ता भयो भने त्यस न्युजमा मेरो र एन.सि.सि.एनको नाम पनि उल्लेख्य गरेको थियो । त्यस समयमा माओवादीलाई वार्तामा बस्न नेपाल सरकारले अनुमति दिनुपर्ने अवस्थामा एउटा ख्रीष्टियनहरु बाट सम्भव भएको थियो । नयाँ नियममा परमेश्वरले हामीलाई तीन ता आज्ञा दिनुभएको छ र यो तीन ता आज्ञा हामी ख्रीष्टियनहरुले पालन गर्ने सकियो भने पनि यो देशमा ठूलो योगदान हुन्छ । अहिले यो हाम्रो देश ठूलो संकटबाट गुज्रिरहेको छ हामीलाई अहिले यो देशमा कस्को शासन चलिरहेको छ त्यो हामीलाई थाहा छैन, कहाँ बाट यो देशको राज्य संञ्चालन भएको छ त्यो पनि थाहा छैन । अब यो देश तानाशाही शासन तर्फ गईरहेको छ । यो तानाशाही शासन कसबाट हुन सक्छ भने यो माओवादीको पनि हुन सक्छ, सेनाको पनि, राजाको पनि हुन सक्छ अथवा यु.एनको पनि हुन सक्छ । यदि केही नलागेर संयुक्त राष्टिय संघले असफल राष्टि घोषण गरेर देशको सबै प्रशासनको उसले लिन सक्दछ । अथवा यहाँ नयाँ किसिमको राजनिति शक्ति पनि निस्किन छ । यो देशको चुनौतिलाई काँधमा राखेर यो देशलाई गलत दिशा तर्फ जान बाट रोक्न सक्छन् । यस्तो अवस्थामा हामी ख्रीष्टियनहरुले खेल्ने भुमिका चाहिँ के भने कुरामा छलफल गरनु जरुरी छ र छलफल गरेर मात्र हैन भुमिका पनि खेल्नु पर्छ । मेरो विचारमा हामी ख्रीष्टियनहरुले राजनितिमा भाग लिनु पर्छ, राजनितिमा चासो लिनु पर्छ, राजनितिमा सहभागिता देखाउनु पर्छ तर ख्रीष्टियानहरु अहिले नै दल खोलेर जानु पर्छ भन्नेमा चाहिँ म अलि फरक मत छ । समय चैँ अहिले नै भईसकेको छ भनेमा मेरो फरक मत छ हौँ र परमेश्वर सँग प्रार्थना पनि गरौँ, अगुवाई पनि खोजैँ मेरो प्रश्न चाहिँ हाम्रो क्षमता छैन की भन्ने हो । हामीले अलि अरु दलहरु सँग मिलेर अनुभव लिनेको की अथवा उनीहरु सँग समन्वय गर्ने हो कि अथवा गर्द राम्रो हुन्छकी भन्ने कुरा हो ।

 

-ख्रीष्टियनहरुले मुद्दा लड्नु पर्छ ।rameshkhatry

ख्रीष्टियनहरुले अहिले के गर्नुपर्छ भनी विषय दिनु भको छ भनेर अनि मैले मेरो श्रीमतीलाई भन्दाखेरि उनीले तुरुन्तै भनी ख्रीष्टियनहरुले मुद्दा लड्नु पर्छ । अहिले हाम्रो मण्डली भित्रको परिस्थितहरु यति नाजुक छ एक प्रकारले यो हामी आफैले नै आफैलाई नसुधारीकन बाहिर के गर्नसक्छौं भनी सोचौँ। कति चोटी हामी आफैले आफैलाई नसुधारिकन किन यो समाजमा बोल्ने के अधिकार तर वास्तवमा बाइबलमा हेरौँ भने प्रभु येशु ख्रीष्टकै पाला देखि नै मण्डली सिद्ध थिएन र कहिले पनि सिद्ध हुदैँन र हाम्रो सबै आफैले आफैलाई एकदमै शुद्ध र पवित्र परिकन मात्र समाजको अगाडि बोल्न सक्छौ भनियो भने त्यो परिस्थित कहिले पनि नआउला । येशु ख्रीष्टिको पालामा यहुदा इशकोरित थियो, पावलको पालामा अलिक्जेन्डर द हाईनिनेस जस्ता व्यक्तिहरु थियो । अनि मलाई लाग्छ पावलको सबै पत्रहरुमा सबभन्दा दुखदायि र करुणमय पत्र चाहिं दोस्रो कोरिन्थी हो । पावल आफैले सिर्जना गरेको त्यो स्थापना गरेको मण्डली पछि आएर यहुदीका ख्रीष्टियनहरु आएर भन्न थालें त्यो पावललाई के थाहा छ र ? हामी त यरुशलेमका ख्रीष्टियनहरु हामी येशु ख्रीष्ट्रलाई देखेको पनि छौं । पावल त जाबो टारस बाट आएको त्यसकारण उसको कुरा नसुन्न अनि त्यस कारणले पावलले त्यो १२–१३ अध्यायमा पढनुस् उसले आफु प्रेरित भएको त्यो प्रमाण आफुले नै स्थापना गरेको मण्डलीका ती चेलाहरुलाई दिने प्रयास गर्छन् । अनि त्यसैकारण अनि मण्डली सिद्ध भएर बाहिर हामीले प्रभाव पार्नुपर्छ भने देखि त छौँ । त्यो कुरा चाहिँ आफैलाई लाग्छ, बाहिर संगत छैन हामीहरु जति जना बाहिरी संसारमा प्रभाव पार्ने प्रयास गछौ । हामीले आफैले नै जीवन जाँच्नु परयो अनि प्रभु संग ठीक हुनुपरयो यसैमा म प्रश्न सोधैँ तपाईहरु मध्ये कतिको नियमित बाइबल पढ्ने बानी छ, तपाईहरु मध्ये कतिको प्रार्थना गर्न बानी छ, इत्यादि यी साधरण आदरभुत कुराहरु त्यसैले नै हाम्रो जीवनमा परिर्वतन हुन सक्छन् । अब दुई कुराहरुको उदाहरणहरु म तपाईहरुलाई दिन चाहान्छु इतिहासबाट एउटा चै फ्रान्सको विद्रोहको नमुना जुन चाहिँ १७८७ साल देखि सुरु भयो १७८९ मा निर्कष्मा पुग्यो । लगभग १२ बर्ष सम्म यो फैलियो । तर त्यो चाहिँ थियो हत्या र हिंसाको बाटो । अनि त्यो फ्रन्चे रिभुलिसनमा हजारौं हजारौं फ्रेन्च नागरिकहरुले आफ्नो ज्यान गुमाउनु प¥यो । अनि यो चाहिं जातिय कुराबाट सुरु भएको हो हामीलाई थिचोमिचो गर्ने यी दरबारियाहरु यिनीहरु त्यसकारण यिनीहरुको विरुद्ध लडैं । त्यो बेला यति मानिसहरुको हत्या भयो कि त्यो गर्नको निम्ति उनीहरुले एउटा छृट्टै हत्यार बनाउनु प¥यो तर बेलायतमा चाहिँ सुसमाचारको बाटो अपनाएको थियो जोन वैशलि, जोन विटलि र चार्लस वैशलि यिनीहरुले सुसमाचारको बाटो अपनाएका थिए । अनि त्यसपछि अनेकौँ समाजमा सुधार भयो । फ्रान्समा जस्तो रगतको अहाल किन बेलायतमा किन बगेनन् भन्दा सुसमाचरको प्रभावले गर्दा । त्यसकारणले म सुसमाचारको नाम लिन तपाईहरुको सामुन्ने म शर्माउदिन न ति माओवादीहरु सामुन्ने शर्माउछु किनभने यो देशलाई अन्तमा बचाउने हो भने देखि परमेश्वरको सुसमचारले नै बचाउछ । तपाईहरुलाई दुईवटा विकल्प छ कि फ्रान्स जस्तो हत्या हिंसाको जस्तो बाटो अपनाउने की सुसमाचारको बाटो अपनाउने त्यो दुई वटा विकल्प तपाईहरु र हामी सँग छ । म अझै भन्छु कि हाम्रो उपाय तीन वटा प्र प्रार्थना, प्रचार र प्रयोग यो तीन वटा उपाय छ । तर तपाईहरु प्रार्थना भन्ने बिक्तिकै कोठामा बसेर मात्र परमेश्वर पुकारर्ने तर केही नगर्ने त्यो होइन दानिएल एउटा राजनितिज्ञ थियो तर उसले दिन तीन चोटि प्रार्थना गरथ्यो । मैले नेपालमा ख्रीष्टियन समाजान राजनितिज्ञ हुन खोज्नेहरुलाई तपाईहरु राजनिति गर्नेछु तर दानिएल जस्तो तीन चोटि प्रार्थना गरनुहोस र उनी बाइबलको सफल राजनितिज्ञ हुन् । प्रार्थना गरेपछि दानिएललाई जहिले पनि काममा प्रार्थनाले सफल पाथ्यो त्यसकारणले प्रार्थना, प्रचार र प्रयोग अनि प्रार्थनामा भिजेको मानिसले येशु ख्रीष्टिको नलिई बस्न सक्दैन । जब कुनै विषयमा देशको निम्ति प्रार्थना गरेर अनि परमेश्वरले केही गर भनेर भन्नु हुन्छ अनि त्यसलाई प्रयोग त्यसमा आयो । त्यस कारण हामी ख्रीष्टियनहरुको विकल्प त्यो नै प्रार्थना, प्रचार र प्रयोग ।

Related Articles

Back to top button