दीक्षान्त समारोह सम्पन्न

 

धरान÷सन् २०१३ मा स्थापना भएको सुनसरीको इटहरी स्थित नेपाल न्यू कभनेन्ट कलेज (एनएनसीसी) को भदौं १५ गते धरानमा भएको दोश्रो दीक्षान्त समारोहबाट ४३ जना विद्यार्थीहरु दिक्षान्तित भएका छन् ।
कलेजमा सिटिएच, डिटिएच, बिटिएच र एम.ए. (मिसन)मा अध्ययनरत विद्यार्थीहरुले अध्ययन पुरा गरेपछि दिक्षान्तित गरिएको एनएनसीसीका प्रिन्सिपल डा. शरद केसीले जानकारी दिएका छन् । कलेजका अन्तराष्ट्रिय अध्यक्ष डा. ख्वान इलको प्रमुख आतिथ्यतामा भएको सो दीक्षान्त समारोह धरान–१७ स्थित होसन्ना बप्तिस चर्चमा सम्पन्न भएको हो ।
शिक्षक पूर्ण खापुङले सञ्चालन गरेको सो समारोहमा दीक्षान्तित विद्यार्थीका साथै प्रोफेसर, शिक्षक, अभिभावकलगायतको सहभागिता रहेको थियो । समारोहको समापनका अवसरमा एनएनसीसी कलेजका राष्ट्रिय अध्यक्ष पाष्टर महेन्द्रजंग साम्पाङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
बाइबल तथा इश्वरी शास्त्रीय अध्ययन अध्यापन गराउँदै आएको सो कलेजमा पूर्वी नेपालका तथा अन्य क्षेत्रबाट समेत विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । कलेजमा आवासीय सुविधासमेत रहेको छ भने घरमै बसेर अध्ययन गर्न सकिने सुविधासमेत प्रदान गरिएको छ । कलेजले ईश्वर शास्त्रीय अध्ययनमा मण्डलीका अगुवा तथा विश्वासीहरुलाई उत्प्रेरणा दिँदै शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएको छ ।

Related Articles

Back to top button