कुलतबाट मुक्त भएँ । नयाँ जीवन पाएँ ।

मेरो नाम सुरेन्द्र बम हो । २०५३ असार १० गते मुगु जिल्लाको पिना गाविस वडा नं.९ मा मेरो जन्म भएको हो । आमा बुबा दुवै झाँक्री कामगर्ने कट्टर हिन्दु परिवारमा भएको हो । हामी बस्ने ठाउँ धेरै दुर्गम भएकाले धेरैकुराको सेवा सुविधाहरूबाट बञ्चित थियौं । स्कुले जीवन खकष्टका साथ वित्यो । पारिवारको आर्थिक र शैक्षिक अवस्था पनि नाजुक थियो । एसएलसी पास गरी प्लसटु पढ्न नेपालगञ्ज आएँ । नेपालगञ्ज शहरको बसाई, कोठाभाडा, महंगी, विद्यार्थी जीवन र उखरमौलो गर्मीले एकदम तनाव हुन्थ्यो । राराताल, हरियाली पाखा, लालीगुँरास, डाँफेमुनाल नाँचेको दृश्य, गाउँघरको रोदीघर, साथीभाइ र परिवारको मायाले असाधै न्यास्रो लाग्थ्यो ।

११ कक्षा सकेर १२ को पढाई भैरहेको थियो । मेरो बुबा एक्कासी विरामी हुनुभयो । धेरै औषधी उपचार गरियो । जाँचबुझ गर्दा थाह लाग्यो कि, कलेजो क्यान्सर भएको रहेछ । उपचार गर्दागर्दै उहाँ वित्नुभयो । त्यसपछि धेरै अभिभारा मेरो काँधमा आयो । त्यसपछि मेरो पढाईबीचमै रोकियो । नेपालगञ्जमा मेनेजरको घरमा भाडा माझ्ने,खाना पकाउने र लुगा धुने काममा लागँे । त्यो मेनेजर जाँड रक्सी खाने गर्दोरहेछ । खाएर आएपछि मलाई गाली गर्ने,नानाथरीका कुरा गरेपछि म एकदिन त्यहाँबाट भागे र साथीको कोठामा बसेर १२ कक्षा सिध्याए ।

त्यसपछि गाउँगएँ । घरजादा दाजु बोल्न नसक्ने बहिरा भएकाले घरको सबै भार मलाई आयो । यता बुढी भएकी आमा दमको रोगले थला पर्नुभएको थियो । उता घरको खर्चपात कसरी चलाउने मलाई एकदम गाह्रो भयो । साथीभाइको नराम्रो संगतले गर्दा कुलतमा फसे । विहानदेखि बेलुका सम्मै पिउनेबानीले घरपरिवार र समाज सबैले गाली गर्नुहुन्थ्यो । म पनि उहाँहरूसँगै झगडा गर्दथ्य । सबैजनाले हामीलाई घृणा गर्दथे । आफूलाई भने खुब टेनसेन हुन्थ्यो । पागल जस्तो भएँ । अब मर्नुपर्छ भनेर सोचे किनकि अब मेरो कोहि पनि छैन आमाको अवस्था यस्तो छ दाईको अवस्था हेरेर पनि नसक्ने भएँ । बुबा पनि एक वर्ष अघि नै वित्नुभयो । यो संसारमा सबैको बोझ भएर बाच्नुभन्दा बरु म¥यो, खेल खतम भनेर अन्तिम अवस्थामा पुगेको थिएँ । बाच्नुको अर्थ छैन भन्दै डिप्रेसनले मलाई खुब सताइरहेको थियो ।

एकदिन येशूको सुसमाचार सुनाउँदै एकजना पाष्टर आएर मलाई मेरो हालखबर सोध्नुभयो । विस्तारै कुराकानी गर्दैगर्दा उहाँले मलाई बाइबलबाट येशूख्रीष्टले हामीलाई गर्ने प्रेम र वास्ताको विषयमा बताउदै जानुभयो । मत्ती ११ः२८ पद पल्टाउदै त्यहाँ लेखिएको कुरा पढेर सुनाउनुभयो । त्यहाँ यसरी लेखिएको रहेछ । “हे थाकेका र बोझले दबिएका हो मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु । येशूमा विश्वास र ग्रहण गर्नाले हामीमा भएका सबै समस्याको समाधान येशूमा सम्भव रहेछ भनी थाह पाएँ । मिति २०६९ भाद्र २९ गते प्रभु येशूलाई पाएँ ।
मेलै हराएको जीवनको आशा पाएँ । मैले कुलतबाट मुक्त भएँ । नयाँ जीवन पाएँ ।

येशू प्रभुलाई पाएपछि मेरो घरपरिवार र समाजबाट ठूलो विरोध आयो । विभिन्न गालिगलोज र आरोपहरू लगाए । विदेशी धर्म, दलितको धर्म र गाई खाने धर्म भनेर आमाले घरबाटै निकालिदिनुभयो । त्यसपछि केहि समय पाष्टरको घरमा शरण लिएँ । केहि समय पछि काठमाडौंमा बाइबल तालिम लिने अवसर मिल्यो । तर कसरी जाने मलाई एकदम गाह्रो भयो । पैसा थिएन । आमाको १५०० रुपैयाँ चोरेर घरबाट निस्के तर आदिबाटोमा आइपुग्दा दाईले मेरो झोला हो भनेर खोसेर लगेपछि हातमै सर्टपाइन्ट समातेर हिँडे । गाउँबाट गाडी चढ्ने ठाउँसम्म आउदा ३ दिन लाग्यो । गाडीको भाडा रू.१५०० रहेछ भएको सबै रकम तिरे मसँग केहि पनि थिएन ।

एउटा आँखा नदेख्ने दिदी सँगैसिटमा थियौं । उहाँले जुम्लाबाट स्याउ लिएर आउनुभएको रहेछ । उहाँले भाइ मेरो स्याउ हेरिदेउ कसैले लगिदेलान, हेर अनि स्याउ खाउ भनेर भन्नुभएपछि सबैजना खाना खान होटलमा जान्थे म गाडीमा स्याउ खाएर बस्थँे । त्यसरी प्रभुको अनुग्रहले काठमाडौं आइपुगें । तालिम भने असल प्रकारले सम्पन्न गर्न सकें । तालिमबाट धेरैकुरा सिक्ने मौका
पाएँ । तालिम पश्चात घरबाट आमाले घर आउनु भन्नु भएको थियो । कसरी जाने भनेर मैले जसरी भएपनि घर जानुपर्छ भनेर घर गएँ । तर घर जादा जब शनिबार आयो मेरो घरका परिवारले गाइभैंसी चराउन लगाउथें । तर पछि म अब यो काम गर्न नभ्याउने भए । किनकि संगति झुण्ड सुरु गरेकोथिएँ । मेरो परिवारको लागि निरन्तर प्रार्थना गर्दै गएँ । मेरो बोलीबचन र व्यवहारले गर्दा आमा र परिवारले मलाई केहि भन्न सक्नुभएन । त्यसपछि म ढुक्कसँग सेवा गर्दै रहँे ।

आमाको उपचारको लागि नेपालगञ्ज ल्याए । मसँग पैसा थिएन । हस्पिटल जाने भनेर चर्चमा लगे सबै चर्चपरिवार मिलेर प्रार्थना गरिदिनुभयो । आमा पनि निको हुनृुभयो । सबै विश्वासीको माया र वास्ताले आमाले येशूप्रभुलाई विश्वास गर्नुभयो । आज मेरी आमा बलियो विश्वासी हुनुभएको छ । मलाई पनि सेवामा सहयोग र उत्साह दिनुहुन्छ । २÷३ वर्ष भयो आमाको देवताले पूजा पाएका छैनन् । यसरी म र मेरो परिवारलाई परमेश्वरको काममा विस्तारै उठाइरहनुभएको छ । हामीले सुसमाचार र प्रभुको मिसनको लागि अहोरात्र खटिरहेकोले ५ वटा स—साना संगति झुण्ड शुरु भएकाछन् । प्रभुले अचम्म तरिकाले चलाउनुभयो । आज मेरो सबै परिवारले प्रभुलाई पाएर हामी ज्यादै खुशी र आनन्दित छौं । हामीले प्रभुको सुसमाचार मात्रै होइन सामाजिक काम गर्ने अवसर पनि पाएकाछौं । सबै सानाठूला गरी ३०० जना विश्वासीहरू मिलेर परमेश्वरको स्तुतिप्रशंसा र आराधना गर्दछौं ।

हाल श्रीमती र एक छोरासँगै बस्दै आएको छु । हाम्रो मण्डलीको नाम सुसमाचार (गुडन्यूज) चर्च हो । मुगु जिल्लाका २४ वटै गाविसहरूमा मण्डली शुरु गर्ने आशा र दर्शन छ । त्यसको लागि हजुरहरूले पनि प्रार्थनामा सम्झिदिनुहोला ।

मेरो एक मुठी सास रहुन्जेल मुक्तिको सन्देश सुनाइरहनेछु किनकि म जस्तो सामान्य व्यक्तिलाई प्रभुले चुन्नुभएको छ । यो जीवन गवाही बाँड्ने अवसर दिनुभएको लागि वचन पत्रिका साथ समयकुमार रम्तेललाई पनि धन्यवाद ।

Related Articles

Check Also
Close
Back to top button