सोलिडारिटी इन्टरनेसनल अकडेमी हेटौडाको रजत जयन्ती सम्पन्न भएको छ।

हेटौडा स्थित सोलिडारिटी इन्टरनेसनल अकडेमीले यहि मिति २०७४ पुष २० गते बिहीबारका दिन आफ्नो २५औँ वार्षिकोत्सव भव्यतासाथ मनाउन सफल भएको छ।  २५ वर्षको लामो इतिहास बोकेको सोलिडारिटीले आफ्नो समाजमा आफ्नो बेग्लै ठाउँ बनाएको र हजारौं अभिभावकको मन जित्न सफल भएको छ। त्यहि उत्सवलाई लिएर सम्पन्न गरिएको वार्षिकोत्सव कार्यक्रममा विशिष्ठ अतिथिहरुको रुपमा नेपाल ख्रिष्टियन समाजबाट महासचिव पा. डिल्लीराम पौडेल केन्द्रिय सदस्य पा. बि.पी खनाल  र नेपाल राष्ट्रिय मण्डली संगतिबाट सचिव पा. बीर बहादुर तामांगको पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि एन.सी.एफ.एनका अध्यक्ष पा. हनोक तामांग हुनुहुन्थ्यो भने  उहाँले नै  उत्साहको वचन दिनुभएको थियो।

Related Articles

Back to top button