देशको लागि प्रार्थना भेला क्वाईनोनिया पाटन मण्डलीमा सम्पन्न

मिति २०७४ भाद्र १७ गते नेपाल ख्रिष्टियन समाजको आयोजनामा बृहत प्रार्थना भेला ललितपुर स्थित क्वाईनोनिया पाटन मण्डलीमा सफलता पुर्वक सम्पन्न भएको छ।
करिब १५० जनाको सहभागिताको साथ सम्पन्न भएको उक्त प्रार्थनाको मुख्य विषय देशको वर्तमान परिस्थिति, प्राकृतिक प्रकोपमा परेकाहरुको लागि र नेपालमा पारित  भएको नयाँ कानुनको लागि रहेको थियो।    क्वाईनोनिया पाटन मण्डलीका एल्डर तथा एन.सी.एसका कार्यकारी सदस्य शेर ए.सीको संचालनमा सुरु भएको उक्त प्रार्थना भेलामा आराधना भने स्थानीय आराधना झुण्डकै रहेको थियो।  कार्यक्रमको सुरुवातमा एन.सी.एसका सह अध्यक्ष पा. टंक सुबेदीले बन्दै गरेको कानुन र बनिसकेका केहि कानुनका विषयमा प्रष्ट्याउनु भएको थियो।  हामी जनताको तर्फबाट बोल्नु पर्छ र नेपाल देश धर्म निरुपेक्ष राष्ट्र हो, र “सनातन धर्मको संरक्षण” भन्नु गलत छ भन्ने उहाँको भनाई थियो।  सोहि समयमा सुबेदी ज्युले सन्धी ऐन सन् १९९१ को बारेमा पनि थोरै विश्लेषण गर्नु भएको थियो।
कार्यक्रमको बीचमा पुगे पछि शेर ए.सी ज्युले उत्साहका केहि वचन दिनु भएको थियो  र जति सतावट भएता पनि सुसमाचारको काम कहिल्यै रोकिने छैन भन्ने उहाँको भनाई थियो।
सोहि समयमा एन.सी.एसका महासचिव डिल्लीराम पौडेलले देशमा भैरहेको प्राकृतिक प्रकोपका असरहरु र नेपाल ख्रिष्टियन समाज साथै विभिन्न जिल्ला समाज र मण्डलीहरुले पुर्याउनु भएको राहतहरुको विषयमा बताउनु भएको थियो।  दु:खको समयमा सबै जनाले आफ्नो मण्डली, सम्प्रदाय, समाज र इकाई  केहि नभनी निसंकोच सेवा गर्नुभएका सम्पूर्ण मण्डलीहरुलाई धन्यवाद दिनु भएको थियो।  त्यसैगरी कार्यक्रमको अन्तिम समयतिर प्रार्थनाको समय रह्यो र उक्त समय शेर ए.सी ज्युले विभिन्न प्रार्थनाको  बिषयहरुमा अगुवाई गर्नु भएको थियो र कार्यक्रमको अन्तिम प्रार्थना नेपाल ख्रिष्टियन समाजका सल्लाहकार डा. तिर्थ थापा ज्युले गर्नुभएको थियो।

Related Articles

Back to top button