मूलभूत विषयमा नै विवाद

  • Bishwas  (Ramhari) Thapa

बोल्नु सजिलो छ तर त्यही कुरा लेख्न भने धेरै नै गाह्रो हुन्छ । बोल्नु र लेख्नु यी दुईको आफ्नै महत्व छन् । झन् नेपाली शब्दहरू बोल्न र लेख्न नमिलेका प्रशस्त उदाहरण छन् । त्यसैकारण लेख्नको निम्ति विभिन्न नीति, नियम, तरिका आदि अप्नाएको छ । तर पनि नेपाली शब्द लेख्ने विषयमा विवाद भने नभएको होइन ।
ख्रीष्टियनभित्र शब्द लेख्ने विषयमा पनि धेरै नै चर्काचर्की नभएको चाहिँ होइन । पहिलादेखि नै ख्रीष्टियन शब्द कुन ठीक हो ? कुन शब्द बाइबलमा वा अरू किताबमा राख्ने ? भन्ने सवालमा अझैसम्म पाखा लाउन नसकेको अवस्था छ । सबभन्दा महत्वपूर्ण चाहिँ हामीले विश्वास गरेका “येशू” शब्द नै हो । अर्को बोल्नमा पनि सबैले यही येशूको नाउँ लिएका छन् । तर किन लेख्न क्रमशमा यति धेरै विवाद छन् ?
कुन लेख्ने येशू, यसु, इसु, एसु

यहाँ कति धेरै येशू देख्नु भयो । तर हामीले विश्वास गरेको येशूमा त विवाद छैन नि ?
पादरी गंगाप्रसाद प्रधानबाट आधिकारीक इसु लिएको हो । तर त्यो भन्दा पहिला पनि नलेखीएको भने पक्कै होइन । लेखिएकै थियो ।

पहिचान, मान्यता र संघर्ष
कुनै पनि वर्ग, जाति, समुदायको आफ्नै मौलिक पहिचान हुन्छ । पहिचान विनाको कुनै पनि चिजको महत्व त्यति हुँदैन । पहिचान भनेको जो सुकैले पनि खोज्छ । आज संसारमा हेर्ने हो भने पहिचानको निम्ति लडीरहेको अवस्था छ । पहिचान सबैको हुनु पर्दछ तर गलत तरिकाले भने पहिचान बनाउनु भनेको खोलाको किनारामा बालुवाको घर बनाउनु जस्तै हो । सही विषय बस्तुको लागि पहिचान हुन नितान्त आवश्यक हो ।

जसले बढी लेख्छ उसले जित्छ । जसले बढी प्रकाशन गर्दछ, उसले बढी मान्यता पाउँछ । त्यो मानिसहरूको हात हातमा पुगी सकेको हुन्छ । कुन चाहिँ येशू लेख्ने हो । त्यो बढी लेख्नु प¥यो साथ साथै प्रकाशन पनि गर्नु प¥यो । यसो गरेमा इसाई शब्दमा एकरूपता ल्याउने यो एक ठूलो हतियार बन्न सक्दछ ।
पहिचान पहिचान भनेर हिड्दैमा पनि हुँदैन । पहिचानको निम्ति मान्यताको आवश्यकता पर्दछ । यदि पहिचानको मान्यता नै भएन भने के को पहिचान ? पहिचानको निम्ति सबैले एकै लेख्नु प¥यो । एउटा पक्षले एउटा येशू लेख्ने, अर्को पक्षले अर्को यसु लेख्ने बातावरणको अभ्यास भई रहेको अवस्था छ । पहिचानले कसरी मान्यता पाउन सक्छ र ? हामीले जस्तो सुकै येशू लेखे पनि विश्वास र मान्य उही एउटै येशू हुनुहुन्छ । तर लेखाइमा मात्र फरक हो ।
त्यसो भए पहिचान बनाउने कि ? नेपाली व्याकरणलाई मान्यता दिने ?
कि त नेपाली शब्दकोषलाई प्रयोग गर्नु प¥यो । यदि नेपाली शब्दकोषलाई प्रयोग नगर्ने हो भने अर्को नयाँ ख्रीष्टियन शब्द कोष निमार्ण गरेर सम्पूर्ण मण्डलीहरूलाई मान्य हुने गरी प्रयोगमा ल्याउनु प¥यो ।
यदि सुुसमाचार लिएर बुज्रुक बर्ग जाँदा इसाई शब्द शुद्वाशुद्वी छैनन् भने उनीहरूले हाम्रो बाइबल, किताब, साहित्य तथा कुनै पनि प्रचारका किताब, पुस्तिक पढ्दैनन् । नेपाली बाइबल भएको कारणले नेपाली व्याकरण अनुसार पनि जानु प¥यो । हाम्रा शब्दहरूलाई सुध्रानु पर्छ ।
यदि हामीमा भएको गल्ती सुधारिएन भने ख्रीष्टियनहरू पढे लेखेका हुँदैन भन्ने गलत सन्देश जान सक्छ । हाम्रो देश नेपालमा पहिचानको खेती भइरहेको बेलामा हामी ख्रीष्टियनहरूचाहिँ कही पहिचानको नाउँमा गलत पहिचान बनाउँदैछौं कि ? सतर्क हुने समय यही हो । हामीसँग जीवन दिने शब्द छन् तर ति शब्दहरू छासमिसे लेख्दा, देख्दा त्यो भन्दा ठूलो हाँसो के होला र ? कसैले यो लेख्ने, कसैले त्यो लेख्ने परपम्परालाई निरन्तरता दिने कि यसलाई सच्याउने ? यो प्रश्नले सम्बन्धित पक्षलाई औला उठाइ रहेको छ । यसको समाधान हुनै पर्दछ । हामीमा एकरूपता आउनै पर्दछ । शब्दहरू छासमिसे लेख्न पाइन ? ख्रीष्टियन शब्दहरू लेखनमा शुद्वाशुद्वी सच्याउने समय आएको छ । कसरी हुन्छ, एकरूपता ल्याउन पर्दछ ।

एक कार्यक्रमा वि.पी. खनालले बोलेका केही अंश यसप्रकार छन् ः

सामान्य नेपाली व्याकरण वा नेपाली साहित्यलाई मान्नु पर्दछ । नेपाली व्याकरण तथा नेपाली साहित्यले स्वीकार गरेको हो र ? के नेपाली व्याकरण वा साहित्यबाट येशू आएको हो त ? होइन नि ? त्यसकारण येशूको सवालमा मात्र येशूको छुट्टै पहिचान हुनुपर्दछ । बाइबलको आफ्नै मान्यता छ तर संसारले स्वीकार गर्न सक्दैन । यसमा आफ्नै गौण मिठास छ । स्विकार गरेको प्यारो चिजलाई छोड्न सक्छौं त ? बास्तवमा हामी इतिहास बनाउँदैछौं नि । त्यसकारण येशू छासमिसे नलेखौं तर एकरूपतामा लेखौं । यदि हामीले छासमिसे लेख्न थाल्यौ भने हाम्रो नग्नता झन् उदाङ्गो हुन्छ । पहिचान हामीले बनाउने कि अरूले बनाइदिने ? के हाम्रो पहिचान नेपाली साहित्यले बनाइदिने हो र ? हाम्रो आफ्नै मौलिक शब्दहरू हुनुपर्दछ । हाम्रो आफ्नो अडान के त ? येशू, ख्रीष्ट, ख्रीष्टियन लेख्ने सवालमा चाहिँ हाम्रो आफ्नो अडान हुनै पर्दछ । उनीहरू जस्तै बन्ने अभ्यास कतिसम्म जाहेज होला ? नेपाली साहित्यलाई इन्कार गरेको भनेर गलत अर्थ नलाइओस् । परिवर्तन चाहिन्छ तर परिवर्तनसँगसँगै पहिचान मेट्नु लाज मर्दाे कुरा हो ।

सोही कार्यक्रममा शेर ए. सि. भन्छन्

हाम्रो पचिहान भन्दै हामीले जानेर वा भन्नु नजाने गलत पहिचान बनाइ रहेका छौं । हाम्रो इसाईभित्र भने मान्य भएपनि बाहिरी संसारमा भने यी शब्दहरूलाई मान्यता पाएको छैनन् । हामी येशू लेख्छौं तर उनीहरू यिसु वा इसु लेख्छन् । उनीहरूको लेखाइ हामीभन्दा धेरै शुद्व पनि छ किनभने ग्रीकमा “येसुस वा इएसुस” “क्रिस्टोन” भनेर शब्द चलाइएको छ । न त्यहाँ तालव्य “श” ९कज० चलाइएको छ । यहाँ दीर्घ “शू” ९कजयय० ” नै छ । ग्रीकमा “सिग्मा” अक्षरको पछाडि “अमिक्रोन” र “उपसलन” अक्षरहरूसँगै चलाइएकोले येसुको “स” दीर्घ हुनुपर्ने हो भन्ने होला । तर ग्रीक स्वर वर्णमा यी दुवै अक्षर ह्रस्व मानिन्छन् । ख्रिस्टमा पनि न “ख्रि” ९ प्जचष् ० दीर्घ नै छ न मुर्धन्य “ष” को नै प्रयोग गरिएको छ । येसु ख्रिस्ट पुलिङ्ग हुनाले पनि ह्रस्व हुनुपर्ने र आगन्तुक शब्द भएकाले पनि ह्रस्व र दन्त्य “स” चलाउनुपर्ने तर कसरी कुन नियमका आधारमा पहिला येशू”, ख्रीष्ट” शब्द चलाइयो, जसले गर्दा आज हाम्रो लेखाईमा एकरूपता आउन सकेको छैन । अहिले नेपाली व्याकरणमा विशेष गरी “श, ष, स, ब ङ, ञ, ण, न” को प्रयोगमा व्यापक परिवर्तन गरिएको छ । तत्सम भए के गर्ने, तद्भव वा आगन्तुक भए के गर्ने भनेर पनि पूरा नियम बनाइएको छ । अपवाद र तत्सम” शब्द बाहेक अरूमा सुरू” र मध्य” अक्षर अनि पुलिङ्ग” ह्रस्व लेख्ने र स्त्री लिङ्ग” र अन्तिम अक्षर दीर्घ लेख्ने भन्ने सामान्य नियम त भइ नै हाल्यो ।
शुद्व यस्तो लेख्नु पर्ने हो । ख्रीष्टियान, ख्रीष्टीयन शब्दहरू लेखिरहेका छौं भने ख्रिस्टीय वा इसाई लेख्नुपर्ने हो । बाइबलमा येशू, ख्रीष्ट, यहूदी, यरूशलेम, दाऊद, मत्ती, मर्कूस, लूका, यूहन्ना, यूसुफ, यशैया, नहूम, मीका, होशे, शमूएल, यहोशू आदि शब्दहरू नेपाली व्याकरण अनुसार गलत छन ।
झन् इसाई समुदायमा सबै कुरा बोल्नुको बिकल्प छैन । लेख्नको निम्ति विभिन्न कुराहरूले असर पारेको हुन्छ । त्यसकारण विगतमा समय जे सुकै लेखिएता पनि अबको समयमा हाम्रा लेखाईहरुमा वर्ण विन्यास र व्याकरणको हिसाबले शुद्ध हौऊन र हामी सबैको लेखाइमा एकरुपता आओस् । यसैमा हामी सबै इसाईहरुको पहिचान बन्नेछ ।

Related Articles

Back to top button