सबभन्दा पहिलो प्रभुको डरमा हिड्नु नै मेरो योजना हो ।

तपाईंको सेवकाइको बारेमा बताइदिनु होस् न ?
हाम्रो दुई वटा चिल्ड्रेन होम छन् । जसमा एक होममा ५० जना विधाार्थी र अर्कोमा ४० जना छन् । यस्तै हामीसँग बाइबल कलेज पनि छन् । यो चाहिँ ३ वर्षीय कोष हो तर यो फरक प्रकारको छ । यदि विधार्थीले चाहेमा ६ महिनासम्म पढ्न पनि मिल्ने खालको पनि छ । उदाहरणको लागि कुनै विधार्थीले १ सेमेनेटर पढ्न पनि मिल्छ र २ सेमेनेटर पढ्छु भन्दा पनि मिल्ने खालको यो बाइबल कलेज छ । विधार्थीले चाहे भने १ वर्षको लागि पनि पढ्न मिल्नेछ । यस बाइबल कलेजसँग यस्तो करिकुलम छ कि ५ महिनाको समेनेटर घुमेर आउँछ । कहिले पनि विधार्थीले पुरानो विषय पढ्नु पर्दैन । यो बाइबल कलेजमा वर्षमा २ वटा सेमेनेटर हुन्छ । विधार्थीहरू कम्तिमा टेस्ट पास वा एस.एल.सी. पास हुनुपर्दछ । यसको साथसाथै हामी चर्च प्यान्टिङ्ग गर्दछौं । हामी सिधै कसैलाई सपोट गर्ने काम गदैनौं तर चर्च शुरू गर्नेहरूसँग मिलेर काम गर्दछौं । हामी यस्ताहरूलाई सहयोग गर्दछौं कि जसले बाइबल कलेज सकेर मण्डली शुरू गर्न चाहने अथवा मण्डली शुरू गरेकाहरूलाई पनि हामीले सहयोग तथा सहायता गर्ने गर्दछौं । अर्को सेवकाइको पाटो बृद्धा आश्रम पनि हो । त्यस्तै अर्को सामजिक सेवा भनेको एन.जि.ओ. पनि हो । धेरै माध्यमबाट सेवकाइ गर्दछौं । जस्तो पाष्टरीय सभा सम्मेलनबाट, एन.जि.ओ.बाट, बृद्धा आश्रमबाट, चिल्ड्रेन होमबाट, बाइबल कलेजबाट र मण्डली स्थापना तथा सहयोग आदिबाट परमेश्वरको सेवकाइ गरी रहेकाछौं ।

केही वर्ष अगाडि तपाईंले रंङशालामा सम्मेलन गर्नुभएको थियो नि ? यसको बारेमा केही बताइदिनुहोस् न ?
त्यो समय यस्तो थियो कि क्रुसेड गर्ने समय थियो । विभिन्न पाष्टरसँग कुरा गर्दा चर्चभित्र मात्र गर्ने कि भनी यस्तो कुरा आयो । एक जना पाष्टरजी यसरी पनि सम्झाउनु भयो । बढीमा ८ हजार मानिसहरू मात्र हामी सबै चर्चहरूले मिलेर मुस्किले भेला गर्न सक्छौं । यो कार्यक्रम नगरौं हामी ख्रीष्टियनहरू लाजमा पर्न सक्छौं । तर हामीले प्रार्थना साथ अगाडि बढ्यौं । यो कार्यक्रम सबै उपत्यका पाष्टर तथा मण्डलीको आयोजनामा गरिएको थियो । कहिले काही पाष्टरहरू थाक्छन्, उनीहरूलाई कसेले सिकाउने त ? त्यसकारण रंगशालाको कार्यक्रम दिउँसो थियो । विहानको चाहिँ पाष्टर तथा अगुवाहरूको लागि थियो । त्यस विहानको पाष्टरको सम्मेलनमा १४ सयदेखि १५ सय पाष्टरहरू भेला भएका थिए । दिउँसोको कार्यक्रमा चाहिँ २० हजारदेखि ४० हजारसम्म मानिसहरू थिए भन्ने कुरा सुनियो ।

 त्यसो भए रंगशालाको कार्यक्रको प्रभाव कस्तो रहेको थियो त ?
प्रभाव कस्तो रहेको थियो त्यो त मलाई थाहा छैन तर भिडियो हेर्दा धेरै मानिसहरूले प्रभुलाई ग्रहण गरेका थिए । एम्बुलेसमा बिरामीहरू अस्पतालबाट ल्याएको देखियो । बाहिरका मानिसहरूले भनेको थिए । ख्रीष्टियन पनि यती धेरै रहेछन् भनेर छक्क पनि परेका थिए । कति मण्डलीहरूमा मानिसहरू पनि गए होलान तर यो थोरै मात्रमा मलाई थाहा छ । यस कार्यक्रमको नकारात्मक भन्दा सकारात्मक प्रभाव बढी नै भयो ।

 किन रंगशालामा नै कार्यक्रम गर्नुभयो ?
यो ठीक प्रश्न हो । कतिजनाले यस्तो प्रश्न पनि गरेका थिए । ठाउँ महंगो थियो । साउण्ड सिस्टमलाई पनि महंगो तिरियो । खर्च हेर्ने कि मानिसहरूको जीवनमा परेको प्रभाव हेर्ने त ? समय पनि यस्तै थियो किनभने देशमा संविधान सभाको भर्खरै चुनाब सकिएको थियो । बढी सकारात्मक प्रभाव पर्दछ भनेर नै यो कार्यक्रम रंगशालामा राखिएको हो ।

 विदेशमा बसेर सेवकाइ गर्न कति गाह्रो छ त ?
विदेशमा बसेर सेवकाइ गर्न वास्तवमा गाह्रो हो । मचाहिँ नेपालको साथसाथै दक्षिण एसियाको लागि बोलाइएको हुँ । दक्षिण एसियाको लागि सेवकाइको बेस भनेको नर्वे जस्तो लागेको कारणले मैले नर्वे चुनेको हुँ । नेपालमा बस्ने इच्छा पनि हो तर पारिवारीक बातावरण नमिलाइ वा पारिवार लथालिङ्ग पार्नु भएन । अर्को कुरा सेवकाइ हस्तान्तरण पनि गर्न सक्नु पर्दछ त्यसो ग¥यो भने पनि त्यती गाह्रो छैन । मैले हस्तान्तरण गरेको कारणले पनि विदेश बसेर नेपालमा सेवकाइ गर्न गाह्रोको साथै सजिलो पनि छ । परमेश्वरलाई पहिलो प्राथमिकता र सेवकाइ दोस्रो भयो भने ठीक हुन्छ । मैले पनि पहिलो परमेश्वर, दोस्रोमा परिवार र सेवकाइलाई लिएको कारण सजिलो भएको छ ।

 नर्वेको सेवकाइ र नेपालको सेवकाइमा के फरक छ ?
फरक छ । किनभने नर्वे भनेको विकसित देश हो । उनीहरू धनसम्पत्तिमा धनी छन् तर आत्मामा गरिब छन् तर नेपाली धनसम्पत्तिमा गरिव भए पनि आत्मिक रूपमा धनी छन् । जुन देशमा भएपनि पाप त पापै हो । नेपाली र नर्वेली जनताको आवश्यकता फरक छन् तर जहाँ सुकैको होस् आवश्यकता आ–आफ्नै हुन्छन् । नर्वेको चर्चहरूमा प्रविधि छन् तर पनि मानिसको हृदयमा समस्या (आत्मिक समस्या) त छ नि । नेपालमा समस्याहरू धेरै नै छ तर स्रोतहरू छैनन् । नर्वेमा स्रोतहरू छन तर उनीहरूलाई आत्मिक कुुराको मतलब नै छैन । नेपालका मानिसहरूमा इमान्दारीताको खाँचो छ तर त्यहाँका मानिसहरू नेपालका मानिसहरू भन्दा बढी इमान्दारी भएको पाँएको छु । यस्ता कुराहरूले पनि सेवकाइलाई असर पारिरहेको हुन्छ ।

 नेपालमा सेवकाइ गर्नेहरूमा के कुराको अभाव तपाईं देख्नुहुन्छ ?
ग नेपालमा सेवकाइ गर्नेहरूमा इमान्दारीताचाहिँ अलिकम भएको महशुस हुन्छ । बोलीमा इमान्दारीता, प्रतिज्ञामा इमान्दारीता । कतिचोटी गर्न नसक्ने काम गर्न सक्छु भनेर टोपली हाल्छौं । आर्थिक लेनदेनमा इमान्दारीताको कमी छ । सवैभन्दा त प्रभुको डरमा जिउनु नै ठूलो कुरा देख्दछु । यस्ता कुराहरूमा हाम्रा पाष्टर तथा अगुवाहरू इमान्दारी हुने हो भने प्रभु आफैले यस देश नेपालमा ठूलो जागृति ल्याउनु हनेछ ।

अब नेपालमा तपाईंको कसरी काम गर्ने योजना छ ?
मानिसहरूलाई प्रभुका कसरी ल्याउन सकिन्छ भन्ने योजना चाहिँ मेरो हो । मेरो योजना भन्दा पनि प्रभुको योजनासँग बुझेर काम गर्नु नै मेरो वास्तवीक योजना हो जस्तो मलाई लाग्दछ । वर्षमा ३ वटा सम्मेलन गर्नु, १००० जना अनाथ बालबालिकालाई सहायत गर्नु, बृद्धाहरूको सहायता गर्नुृ पनि योजनाभित्रै आउँछ । सबभन्दा पहिलो प्रभुको डरमा हिड्नु नै मेरो योजना हो ।

अन्तमा हाम्रा पाठकवर्गहरूलाई केही भन्न चाहनुहुन्छ कि ?
यसरी वचन पत्रिकासँग भेट भयो । वास्तवमा हाम्रो ख्रीष्टियन जगतमा मिडिया तथा साहित्यको कमी भइरहेको अवस्था छ । हाम्रा मिडिया र कला तथा साहित्यले देशमा वा जनतामा प्रभाव पार्न नसकेको अवस्थामा छैन । यस वचन पत्रिकाले प्रभाव पार्नेछ । यसरी आफ्नो भविष्य विर्सेर पत्रिकामा लाग्नु भएको छ । यो तपाईंको सेवकाइ फल्दैफूल्दै जाओस् । हामी पाठकवर्गहरूले हाम्रा ख्रीष्टियन पत्रपत्रिकाका माया गर्नु पयो । पाठकवर्गहरूको पत्रिकालाई माथि उठाउनमा ठूलो हात हुन्छ । हामी सबै एकअर्कामा मिलेर जाऊ । धन्यवाद !!

 

Related Articles

Back to top button