तिमीले जाँड रक्सी र चुरोट बेची कमाएको पैसाको दशांश प्रभुलाई नदिनु

म सारामाया तामाङ्ग , जन्म वि.सं. २०१५ साल श्रावण १५ गते वागमति अञ्चल धादिङ्ग जिल्ला अन्तरगत झार्लाङ्गमा भएको हो । हाल मेरो बसोबास काठमाण्डौको मनमैंजुमा रहेको छ ।

आज म यस वचन मासिक पत्रिका मार्फत यहाँहरु समक्ष मेरो जीवन गवाही छोटो रुपमा बाँड्ने अवसर प्राप्त भएकोमा सर्वप्रथम त हाम्रा परमेश्वर पितालाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दै यस पत्रिकामा केही भावनाहरु मेरो जीवन गवाहीको रुपमा छापी यहाँहरु सामु ल्याईपु¥याउनुहुने वचन मासिक पत्रिकाका सम्पूर्ण परिवारप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

मैले प्रभुलाई अँगाल्नुभन्दा पहिले मेरो जीवन एकदमै दुःखी, एक्लो, सहाराविहीन, अर्थहीन, गन्तव्यविहीन, बुद्धीष्ट धर्मकर्ममा निकै आस्थावान, तर हृदय भने हरबखत अशान्ति, आशाहीन तथा अन्धकारमा रुमालिरहेको अवस्थामा दिन, हप्ता, महिना र वर्ष गरी जीवनलाई यस धर्तीको बोझको रुपमा लिई जिईरहेकी थिएँ ।

कुरो वि.सं. २०४४ साल माघ महिनाको हो, जुनबेला म आफ्नो जन्मदिने आमाले छोडेर जानुभएको कारण शोकमग्न थिएँ र बसाई सर्ने शिलशिलामा कञ्चनपुरमा पुगेको थिएँ । म आफू पनि मुटु रोगको विरामी भएकोले बेलाबेलामा सा¥है च्यापिरहन्थ्यो र पहिलो सन्तानको रुपमा रहेको छोरो पनि बिरामी परी सँगैको खाटमा लडिरहेको थियो । झार फूक र लामा झाँक्रीको विधिमा पूर्णरुपमा विश्वस्त थिएँ । तर दिन प्रतिदिन स्वास्थ्यमा भने रोगले झन् झन् विकाराल रुप लिईरहेको महसुस हुँदै थियो ।

यस्तो अवस्थामा परिवारको आर्थिक अवस्था पनि नाजुक रहेकोले जीवन जीउने भन्दा पनि कसरी चाहिं चाँडो सास जान्छ भन्ने सोच विचारले हृदय भरिरहन्थ्यो । तर आफूसँगै खाटमा रहेको बालकलाई हेर्दा भक्कानो फुटेर आउँथ्यो र कसरी नयाँ जीवन दिने होला भन्ने सोचमा डुबिरहन्थें । यदि ऊ भन्दा पहिले मेरो मृत्यू भएमा उसको लालनपोषण कसले गर्ला ? केही समयपछि त उसको बुबाले आफ्नो साहाराको लागि भएपनि अर्को बिहे गर्नुपर्ने हुन्छ र मेरो छोरोलाई उहाँको अर्की श्रीमतिले त पक्कै पनि राम्रो गर्दैन होली भनी रोई रोई दिन विताउने गर्थें ।

तर एक दिन अचानक, मेरो मनमा पहिले एक जना भाईले भनेको कुरा याद आयो की येशुमा विश्वास गरेमा जीवन छ, रोगहरु प्नि निको हुन्छन् । अनि मैले त्यसै बिहान मेरो श्रीमानलाई भनें की कृपया गरी पास्टर आइत भाईलाई बोलाइदिनुहोस न, कतै हामी आमा छोराले पनि अर्को जीवन पाउँछौ की । हजुरलाई पनि हामीले यत्ति धेरै दुःख दियांै, अलि अलि भएको पैसा पनि हाम्रो लागि खर्च भईसक्यो । तर पनि हामी निको भएनौं । कतै येशू धर्मबाट पो हामीले चँगाई पाउँछौ की ।

अनि मेरी श्रीमानले पास्टर आइतबहादुर तामाङ्गलाई बोलाई ल्याउनुभयो र उहाँले भन्नुभयो की यस घरले आज परमेश्वरको महिमा देख्नेछ । उहाँले हामी आमा छोरा दुवैमाथि हात राखी प्रार्थना गरिदिनुहुँदै थियो । मलाई चाहिँ अचानक पूरै शरीर तातिएर बाफ निस्किरहेको अनुभव हुँदै थियो । केही समय पछि पास्टरले आमिन् भनी प्रार्थनाको अन्त्य गर्नुभयो र मेरो शरीरमा भएको लुगाहरु पसिनाले पूर्णरुपमा भिजिसकेको थियो । पास्टर भाईले आज शनिबार हामी चर्चमा संगति गर्छौ, तपाईहरु पनि आउनुपर्छ र उहाँलाई पूर्ण रुपमा ग्रहण गर्नुपर्छ भनी उहाँ हामीबाट निस्केर जानुभएको थियो ।

प्र्रभुलाई महिमा होस्, ममा केही फूर्ति आएको महसुस भयो र चर्च जाने अनि ग्रहण पनि गर्ने विचार गरी कञ्चनपुरमा अवस्थित जैतून मण्डलीमा गएँँ, र प्रभु येशू नै मुक्तिदाता भनी ग्रहण गरें । यसरी प्रभुलाई ग्रहण गरेपछि पहिले त म र मेरो छोरोले शरीरमा पूर्णरुपमा चँगाई पायौं । विस्तारै विस्तारै सपनामा दर्शनहरु पनि पाउन थालें । प्रभुको बारेमा बुझ्ने ज्ञानहरु प्राप्त हुन थालें । म जस्ती अनपढले पनि बाइबलका केही खण्डहरु सरर पढ्न सकें ।

तर प्रभुलाई पाएकोमा जुन किसिमको खुशी ममा थियो । त्यसको ठीक विपरित मेरै परिवारबाट मलाई ठूलो परीक्षा पनि नआएको भने पक्कै होइन । छोरी चेलीले विहेपछि सासू आमा नै आफ्नी आमाको रुपमा जुन किसिमले स्वीकारेकी हुन्छिन् , तर व्यवहारमा त्यस्तो नहुँदो रहेछ । मेरो भनाईको अर्थ अन्यथा नलागोस की सबैको सासु यस्तै हुन्छन् भन्न खोजेकी भने पक्कै होइन । तर मेरी सासू आमाले विभिन्न आरोप प्रत्यारोप लगाई मसँग करिव १३÷१४ महिनासम्म बोलचाल नै बन्द गर्नुभएको थियो । त्यस समयमा भौतिक बाधा, अशान्ति भएपनि भित्री आत्मिक शान्ति तथा शक्ति प्रभुबाट प्राप्त भईरहेको महसुस हुन्थ्यो ।

यसरी दिनहरु गुजारिरहेको बेला एक दिन अचानक समाचार आयो की मेरो छोरोलाई काठमाण्डौमा पढाउने स्पोन्सर मिल्यो भनी । मेरी श्रीमान ट्रेकिङ्गमा काम गर्नुहुन्थ्यो र त्यसकै शिलशिलामा एक जना विदेशी मित्रले छोरोको पढाई खर्च दिने भएछ । त्यसपछि काठमाण्डौ आउने वातावारण तय भयो । काठमाण्डौको बसाईको क्रममा अझै धेरै समय प्रभुसँग विताउने र उहाँको बारेमा बुझ्ने अवसर प्राप्त हुन थाल्यो । यसबीचमा कहिले किराना पसल त कहिले होटेल चलाएर जीवन यापनको क्रममा संघर्ष गरिरहेका थियौं ।

मैले बुझे अनुसार कमाईबाट आएको आम्दानीको दशांश प्रभुको नाउँमा छुट्याउनुपर्छ र त्यसै गर्थें । तर एक रात प्रभु मेरो दर्शनमा बोल्नुभयो की तिमीले जाँड रक्सी र चुरोट बेची कमाएको पैसाको दशांश प्रभुलाई नदिनु । जब म ब्युझें, त्यो त सपना पो रहेछ र मैले जे गर्दै थिएँ, त्यो त गलत पो रहेछ भन्ने थाहा भयो । अनि परिवारको सल्लाहपछि ती कामहरु एकपछि अर्को गर्दै छोड्दै गएँ र प्रभुको सेवाकाईमा लाग्ने निधो गर्दै कदमहरु एक पछि अर्को गरी चाल्दै गएँ ।

यसबीचमा कुरो, वि.सं.२०६३ साल माघ महिनाको हो, म पत्थर रोगले निकै च्यापिसकेको थिएँ । काठमाण्डौ मोडेल अस्पतालमा जचाँउन जाँदा अपरेशन गर्नुपर्ने कुरो भयो । जसोतसो रुपैयाँ पैसाको जोहो गरि अपरेशनको लागि पुनः काठमाण्डौ मोडेल अस्पतालमा भर्ना हुन पुगें । त्यो दिन शनिबारको आराधना संगति पछिको दिन थियो । भोली आइतबार विहान अपरेशन हुने पर्खाईमा प्रार्थनासाथ सुतेकी थिएँ । सपनामा दुईजना सेतो पोशाक लगाएका व्यक्तिहरुले मलाई छोई दिनुभयो र छोरी तिमी निको भयौ भनी भन्नुभएको थियो । अनि म ब्यूझें र प्रभुलाई धन्यबाद दिएँ । जब बिहान आठमात्र के बजेको थियो, मलाई अफरेशनको लागि अपरेशन कोठामा लगियो । त्यहाँ डाक्टरले अपरेशनभन्दा पहिले जाँच्दा ममा कुनै पत्थरी नै नरहेको र कुनै अपरेशनको आवश्यकता नै नरहेको भनी घर जान सल्लाह दिनुभयो । अनि मेरो खुशीको कुनै सीमा नै रहेन । जब यो कुरा सुनाएँ, बाहिर मेरो अपरेशनको लागि अस्पतालमा आइपुग्नु भएका मेरा सबै आफन्तहरु छक्क परेका थिए । तर मण्डली परिवारले मेरो चँगाईको लागि भने निकै प्रार्थना गरेका थिए । प्रभुलाई महिमा होस् की आजसम्म पनि मलाई केही भएको छैन र निरोगी भई पूर्णरुपमा प्रभुको सेवाकाईमा समय दिईरहेकी छु ।

हाल काठमाण्डौको मनमैंजु ७ नविननगरस्थित मेरो पुरानो घरमा माथि एउटा कोठा निकाली भरोसा मण्डली नाम राखी सेवा संगति पनि सञ्चालन भईरहेको छ । मेरो दैनिकी प्रभुको सेवाकाईमा नै वितिरहेको छ । कहिले दिदीबहिनी घुम्ति संगति, कहिले प्रार्थना संगति, कहिले घरेलु संगति त कहिले आराधना संगतिमा समय दिइरहेकी छु ।

अबको मेरो जीवनको लक्ष्य भनेको प्रभुको सेवामा समर्पित हुने, उहाँको नाउँको सुसमाचार नपुगेको ठाउँमा सुसमाचार सुनाई म जस्तै निराशामा दिनहरु बिताईरहेकाहरुलाई बटुलेर प्रभुको राज्य विस्तार गर्ने काममा प्रार्थनासहित प्रतिबद्धताका साथ लाग्ने योजना राखेकी छु । आज यस वचन मासिक पत्रिका मार्फत यो मेरो गवाही पढिरहनुहुने तपाई दाजुभाई तथा दिदीबहिनीहरुलाई म यो सल्लाह प्रवाह गर्न चाहन्छु की यहाँहरुले प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनी स्वीकार गरिसक्नु भएको छ भने अरुलाई पनि यो खुशी, आनन्दको सुसमाचार बाँड्न कहिल्यै पनि पछि नपर्नुहुन र यदि अझै पनि दुविधामा रहि प्रभुलाई आफ्नो जीवन दिनुभएको छैन भनेदेखि यसै समय उहाँ तपाईलाई बोलाईरहनु भएको छ र कत्तिपनि ढीलो नगरी उहाँलाई ग्रहण गरी उहाँबाट प्राप्त हुने उदेकको प्रेम, स्वर्गीय आशिष तथा आश्चर्यकर्महरुको अनुभव गरी अनन्त जीवन प्राप्त गर्न तयार हुनुहोस भनी हार्दिक विनम्रतासाथ अनुरोध गर्न चाहन्छु । किनकि पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख छ कि समय पूरा भएको छ, र परमेश्वरको राज्य नजीक आईपुगेको छ । पश्चाताप गर, र सुसमाचारमा विश्वास गर । मर्कूस १ः१५

“दयालु परमपिता परमेश्वरले यहाँहरु सबैलाई प्रशस्त मात्रामा आशिष दिऊन्”

धन्यबाद, जयमसिह !

Related Articles

Check Also
Close
Back to top button