दर्शनको वर्गीकरण (Category of Vision)

आत्माको संसारमा दर्शनको विषय अचम्मको छ। सायद सबैजनाले यो कुराहरु पत्याउनु सक्दैन होला तर यो सत्यता बाइबल आधारित छ।
विश्वास गर्न सक्नुभयो भने पर्मेश्वरले तपाईहरुलाई यो अभिषेक दिन चाहानुहुन्छ। वास्तवमा हामी सबै यो अनुभवमा जान सक्छौ।

बाइबलका थुप्रै घटनाहरुले, पर्मेश्वर हामीसँग सपनामा देखा पर्नुहुन्छ र उहाँ दर्शनहरुबाट हामीसँग बोल्नुहुन्छ भन्ने कुरा सिकाउँदछ्।
तर दर्शन कहाँबाट शुरुहुन्छ र कसरी अन्तहुन्छ ?
दर्शणको परिभाषा के हो ?
यी कुराहरुको एउटा ठोस र सीमित परिभाषा दिनु सकिन्दैन कारण यो सबै परिस्थिती, समय र व्याक्तित्वमा माथी निर्भर गर्छ साथै यो आत्माको संसारको कुरा हो र यसलाई बुझ्न कहिले काहि हामीलाई गाह्रो पर्छ।
——————————————————————
बाइबल आधारित दर्शनलाई यसरी वर्गीकरण गर्न सकिन्छ।

दर्शन तीन प्रकारले देखिन्छ..

1, सपनमा देखिने दर्शन (Dream Vision)

उदाहरण: यूसुफको सपना (उत्पत्ति 37:5-7)
यसबाहेक सपना दर्शनको अरु पनि थुप्रै उदाहरणहरु बाइबलमा पाईन्छ।

2, रुपान्तर हुने दर्शन (Trance Vision)

उदाहरण: प्रभु येशु र उहाँको तीनजना चेलाहरु
याकुब, यहन्ना र पत्रुश। (मर्कूस 9:1-8)

3, खुल्ला आखाले देख्ने दर्शन (Open Eye Vision)

उदाहरण: एलिशा र तीनको चाकर (2राजा 6:15-17)

———————————————————–

1, सपना पनि तीन प्रकारको हुन्छ:

क, पर्मेश्वरको प्रेरणामा देखिने सपना:

यस्ता सपनामा पर्मेश्वरबाट कुनै शन्देस दिइएको हुन्छ। यसको उदाहरण स्वरुप हामी दानियललाई हेर्नुसक्छौ।

ख, विचारहरुको दबावमा उत्पन्नहुने सपना:

यस्तो सपनाको कुनै अर्थ हुदैन। देखिने सबै सपनाको अर्थ हुन्छ भन्नु सकिन्दैन।

ग, शैतानको प्रेरणाबाट देखिने सपना:

यस्तो सपनाले हामीमा डर उत्पन्न गराउँछ। यदि हामी कुनै बन्धन वा श्रापमा छौ भने पनि हामी यस्तो सपना देख्न सक्छौ।
———————————————————–

2, रुपान्तर हुने दर्शन पनि तीन प्रकारको हुन्छ। यसलाई दर्शनमा यात्रा गर्नु (Trance Located Vision) पनि भन्नु सकिन्छ।

क, आत्मामा रुपान्तर हुनु
(Trance in Spirit)

ख, प्राण र आत्मामा रुपान्तर हुनु
(Trance in Soul and Spirit)

ग, शरीरमा रुपान्तर हुनु
(Trance in bodily)

यहाँ प्रयोग गरिएको शव्द ‘रुपान्तर’ भन्नाले हाम्रो व्याक्तित्वको तीनवाट क्षेत्र जस्तै आत्मा, प्राणा र शरीरको कुनै पनि एउटा वा दुई वा तीनैवटा क्षेत्रमा भएर दर्शनमा यात्रा गर्नु हो।
यस्तो दर्शनमा हामी भूतकाल, वर्तमान र भविष्यको कुनै पनि समयमा आत्मा, प्राण वा शरीरमा भएर यात्रा गर्नसक्छौं। स्मरण रहोस कओ हाम्रो आत्मा र प्राणो पनि शरीरको जस्तै ढाँचा (form) हुन्छ
यसको यहाँ केहि उदाहरण प्रस्तुत गरिन्छ।

क, आत्मामा रुपान्तर हुने प्रक्रिया:

यस्तो दर्शनमा एक व्यक्तिको आत्माले समयको परिधिलाई नाघेर कुनैपनि यूगमा पुग्नसक्छ।
जब यूहन्नाले दर्शन देख्दै थिए तब तिनी शरीरमा चाहिँ पत्मोस टापुमा थिए तर तिनी आत्मामा चाहिँ आजको समयमा आएका थिए। दर्शन देख्दै गर्दा तिनको आत्माले आजको यूगमा घटिरहेको कुराहरुलाई देखेका थिए जून कुरा प्रकाशको पुस्तकमा बयान गरिएको छ।

ख. प्राण र आत्मामा रुपान्तर हुने प्रक्रिया:

जब एक व्याक्तिले दर्शन देख्दा प्राण र आत्मा दुवै रुपान्तर हुन्छ तब त्यस्तो समयमा व्याक्ति अचेत (unconscious) हुन्छ।
तर कोहि बेला प्राणले मात्र पनि दर्शनमा यात्रा गर्नसक्छ त्यस्तो समयमा व्यक्ति सचेत नै हुन्छ किनभने हाम्रो प्राणको क्षेत्रमा विवेक हुन्छ। यसको उदाहरण हामी एलिशालाई लिन सक्छौ। जब गेहजीले लालच गरेर त्यो मानिसलाई भेट्दै थिए तब एलिशा प्राणको क्षेत्रमा त्यहाँ गेहजीसँग थयो। (2राजा5:26)
(मूल अनुवाद अनुसार प्राण)

ग, शरीरमा रुपान्तर हुने प्रक्रिया:

एक व्याक्ति पर्मेश्वरको आत्माले चलाउँदा जब शरीरिक रुपमा एक ठाँउबाट अर्को ठाँउ यात्रा गर्नसक्छ त्यसलाई अात्मद्वारा उठाई लगिनु (Bodily Transport) भनिन्छ। यस्तो घटनाको उदाहरणमा पुरानो करारबाट एलियालाई (1राजा 18:11-12) र नयाँ करारमा फिलिपलाई लिन सकिन्छ (प्रेरित 8:38-40)।
घटनामा एलिया र फिलिप साथै सुसमाचरको थुप्रै ठाँउहरुमा प्रभु येश एक ठाँउबाट अर्को ठाउँमा आत्माद्वारा उठाई लगिएको छ अौ यस्तो घट्ना आखाको एक निमेसमा भएको छ।
प्रेरितकालको समयमा यस्तो घटना साधारण थियो। मानिसहरुले स्वर्गदूतलाई देख्नु कुनै अचम्भित घटना थिएन। (प्रेरित 12:15)

निस्कर्सः
पर्मेश्वरले अन्तिम दिनमा यो अभिषेक मण्डलीमा फेरी पठाउनु हुदैछ। (प्रेरित 2:17)
अब मण्डलीले स्वर्गदूतहरुसँग मिलेर काम गर्नेछ।
एलिया र फिलिप झै प्रभुको जनहरु शरीरमा पर्मेश्वरको आत्माद्वारा यताउता उठाईनेछ।
बालक, बृद्ध र जवानहरुमात्र होइन तर दास दासीहरु सम्मले दर्शनको यो अद्धभुत अनुभव गर्नेछ।
आमिन

ख्रीष्टको पक्षमा
पाष्टर बिमल छेत्री
शिलिगुढी

Related Articles

Back to top button