इतिहासमा आज

उनको नाउँ हो, गेनेल जी. म्याकमिलन । ख्रिस्टाब्द १९९८ मा उनी न्युयोर्क प्रस्थान गरिन् । न्युयोर्कमा बाँच्नको लागि राम्रो पेसा हुनुपर्थ्यो भनी उनलाई थाहा थियो । न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा कामको लागि उनलाई भाडामा लगिँदा उनले पत्यानै सकिनन् । उनले धेरै दौँतरीहरू बनाउनुकासाथै रोजर नाउँ गरेका उनका एक बोई फ्रेन्ड पनि थिए ।

११ सेप्टेम्बर २००१ को मिति थियो । कुरो बिहानको हो । म्याकमिलन कामको लागि ६४ औँ तलामा थिइन् । उनी र उनका सहकर्मीहरूले ठुलो विस्फोटको आवाज सुने र भवन हल्लिन थाल्यो । के भएको रहेछ भन्ने कुरो थाहा नपाउञ्जेल तिनीहरू उही तलामा नै बसिरहे ।

११ सेप्टेम्बर २००१ अमेरिकाको इतिहासमा अति भयावह दिन साबित भयो । चारवटा यात्रुवाहक विमानलाई १९ जना अपहरणकारीले नियन्त्रणमा लिई आत्मघाती आक्रमण गरेका थिए । आतङ्कवादी सङ्गठन अलकायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनको गुरु योजनामा उक्त आक्रमण गराइएको थियो । दुईवटा विमानलाई वर्ल्ड ट्रेड सेन्टरको उत्तर र दक्षिणपट्टि ठोक्काइएपछि १ घण्टा ४२ मिनेटभित्रमा ११० तले दुवै भवन ध्वस्त हुन पुगे । तेस्रो विमानलाई अमेरिकाको रक्षा मन्त्रालय अर्थात् पेन्टागनमा लगेर विस्फोट गराइयो । चौथो विमानलाई अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा लगेर विस्फोट गराउने योजना थियो । तर यात्रुहरूले प्रतिरोध गरेकाले त्यो पेन्सलभेनियाको साङ्क्सभाइलमा गएर ध्वस्त भयो । कम्तीमा पनि ३० खरब नेपाली रुपियाँ बराबरको क्षति भएको यस घातक आक्रमणमा १९ जना अपहरणकारीसहित जम्मजम्मी २,९९६ जनाले ज्यान गुमाएका थिए ।

म्याकमिलन र उनका एक जना सहकर्मी ओर्लेर तेर्हौँज तलामा आइपुगे । यति बेलासम्म पुरै भवन ढलिसकेको थियो । उनलाई चोट लाग्यो, तर उनी अझै जीवितै थिइन् । उनी त्यहाँबाट कतै जान सकिनन् ।

गगनचुम्बी भवन ढलेको २७ घण्टा बितेपछि म्याकमिलनले भग्नावशेषबाट आफ्नो हात बाहिर निकाल्दा एक जना पुरुषको आवाजलाई सुनिन् उनले, “गेनेल, मैले तपाईंलाई फेला पारेँ । मेरो नाउँ पावल हो ।” पुरुषले थपे, “तिमीलाई ठिक हुनेछ । तिनीहरूले तिमीलाई छिट्टै नै बाहिर निकाल्नेछन् ।”

उनले अरू आवाज पनि सुनिन् । उनमा आशा पलायो । अन्ततः उनको उद्धार गरिएरै छाडियो । वर्ल्ड ट्रेड सेन्टरबाट उद्धार गरिनेहरूमध्येमा उनी सबैभन्दा अन्तिम थिइन् । उद्धारपश्चात् उनलाई अस्पतालमा भर्ना गरियो । अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै उनले तिनवटा कुरा गर्ने थिइन् भनी उनले परमेश्वरसित प्रतिज्ञा गरेकी थिइन्: बप्तिस्मा लिने; आफ्नो बोई फ्रेन्ड रोजरसित बिहे गर्ने र आफूलाई पहिलो पटक हात दिने पावललाई फेला पार्ने ।

६ हप्ता अस्पतालमा बिताएपछि म्याकमिलनले भग्नावशेषभित्र बसेर गरेका तिनवटा प्रतिज्ञामध्ये दुईवटालाई छिट्टै पुरा गरिन् । उनले रोजरसित बिहे गरिन् र बप्तिस्मा लिइन् । तर पावललाई फेला पार्न भने उनलाई दस वर्ष लाग्यो ।

दुर्घटना भएको झण्डै दस वर्षपछि म्याकमिलनले आफ्नो आत्मकथा प्रकाशित गरिन् जसको नाउँ रहेको छः Angel in the Rubble: The Miraculous Rescue of 9/11’s Last Survivor (रोडामा स्वर्गदूतः ९/११ को अन्तिम बाँच्ने व्यक्तिको आश्चर्यपूर्ण छुटकारा) । २७ घण्टासम्म भग्नावशेषमा पुरिँदा कसरी उनले सहायताको निम्ति परमेश्वरलाई पुकारिन् र सो उहाँले सुन्नुभयो भनी यस आत्मकथाले चित्रण गर्छ । पुस्तकको शीर्षकले नै अङ्‌कित गर्छ, कि परमेश्वरले उनको प्रार्थना सुन्नुभयो र पावल नाउँ गरेको स्वर्गदूत पठाउनुभयो ।

  • kamal Adhikari * with Reasons to Believe

Related Articles

Back to top button