असल छिमेकी नेपालको १५ औं साधारण सभा

पोखरेली खी्रष्टीय समुदायको सोसियल विङ असल छिमेकी नेपालले यही भाद्र २४ गते शनिबार शालोम एजी चर्च फूलबारीमा आफ्नो १५ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजु अधिकारीले संस्थाको आर्थिक प्रतिवेदन, वार्षिक प्रतिवेदन, योजना तथा बजेट प्रस्तुत गरेका थिए । साधारणसभाले २०७३÷७४ को लागि लेखापरीक्षक देवराज पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै प्रस्तुत प्रतिवेदन तथा २०७४÷७५ को योजना तथा बजेट पनि साधारणसभाले पारित गरेको छ ।
२०५९ सालमा स्थापित असल छिमेकी नेपालले कास्की र नवलपरासीमा केन्द्रीत भई संस्थाले विपत न्यूनिकरण तालिम, नवजीवन पुनःस्थापन कार्यक्रम लगायत सञ्चालन गर्दै आएको भए पनि २०७२ वैशाख १२ गतेको भूकम्पपछि राहत र पुनर्निर्माणमा लागि परेको छ । पछिल्लो समय तराई बाढी पीडितसँग हातेमालो गर्न पुगेको असल छिमेकी नेपालले सरकारी निकायको अनुरोध र अनुमतिमा नवलपरासीका बाढी पीडितहरुलाई ८० लाख रुपैयाँ बराबरको राहत वितरण गरेको जानकारी संस्थाको कार्यकारी निर्देशक राजु अधिकारीले दिए । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले पनुनिर्माणमा उत्कृष्ट गैसस भनी असल छिमेकी नेपाललाई सम्मान गरेर आफूहरुलाई उत्साह मिलेको बताए ।
कार्यक्रममा पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पास्टर भविन्द्र राना प्रमुख अतिथि थिए भने वक्ता पोखरा ख्रीष्टिय चर्चका एल्डर प्रदिपकुमार ढुंगाना थिए । सभामा असल छिमेकी नेपालका अध्यक्ष एल्डर भरतबहादुर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए भने उपाध्यक्ष मुक्ति ढकालले स्वागत गरेका थिए । त्यस्तै पोखरेली ख्रीष्टिय समुदाय विपद् व्यवस्थापन समितिका संयोजक पास्टर हरिराम घिमिरेले संस्थालाई शुभकामना दिएका थिए ।

Related Articles

Back to top button