नेपाल बप्तिस महिला संगति ११औं राष्ट्रिय अधिबेशन  सु-सम्पन्न

 

  • प्रकाश पाख्रिन

नेपाल बप्तिस मण्डली परिषद अन्तगत  रहेको महिला बिभाग नेपाल बप्तिस महिला संगतिको ११औं रास्ट्रिय अधिबेशन यहि सेप्टेम्बर ६ तारिख सुसम्पन्न भएको छ | ११औं राष्ट्रिय अधिबेशन सेप्टेम्बर ४ तारिख देखि ६ तारिखसम्म धापाखेल बप्तिस मण्डली धापाखेलमा भएको थियो | अधिबेसनलाई नेपाल बप्तिस महिला संगतिका नि:बर्तमान अध्यक्ष मिना थापा र नेपाल बप्तिस मण्डली परिषदका अध्यक्ष रेभ. रत्न बहादुर राईबाट दिप प्रज्वलन गरि ११ओं राष्ट्रिय अधिबेसन प्रारम्भ भएको थियो |

राष्ट्रिय अधिबेसनमा विभिन्न बाक्ताहरुले अशिषमय वचनको सेवकाई गर्नुभएको थियो जसमा रोजी मनेन प्रमुख बाक्ताको रुपमा रहनु भएको थियो | प्रमुख बाक्ताले ११औं राष्ट्रिय अधिबेसनको प्रसंगमा रहेर यहोशु १:९ लाई प्राथमिकताका साथमा दुई दिन सहभागी दिदीबहिनीहरुलाई उत्साह एवम प्रेरणा दिनु भएको थियो | नेपाल बप्तिस मण्डली परिषदका महासचिब रेभ. जिरमान राईले नेपाल बप्तिस मण्डली परिषदको संरचना र नेपाल बप्तिस महिला संगतिको भूमिका बारेमा एक अन्तर क्रियात्मकका साथमा संचालन गर्नु भएको थियो जसबाट सहभागी दिदीबहिनीहरुले प्रस्टरुपमा नेपाल बप्तिस मण्डली परिषद्को सम्रंचान र हरेक बप्तिस महिलाहरुको परिषदप्रति आफ्नो ब्याक्तिगत भूमिका बारे जान्ने मौका मिलेको थियो | मैले बाइबलीय आधारमा रहेर प्रजनन स्वास्थ्य, गर्ब र गर्बपतन बारे नजिकबाट जान्ने र बुझ्ने मौका यो सेसनबाट मिलेको सहभागी मध्ये एक जनाले सुनाउनु भयो, उक्ता सेसंलाई भोइस आफ  फ्युटस  नेपालका निर्देशक एलिसा राईले लिनु भएको थियो | नेपाल बप्तिस महिला संगतिका कार्यकरी सचिब शान्ति सुब्ब राईले तिन बर्षमा  भएका कार्य प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो |

अधिबेसनको अन्तिम दिनमा नेपाल बप्तिस महिला संगतिको ११औं राष्ट्रिय अधिबेशनको बन्द सन्त्र सुसम्पन्न भएको थियो | उक्त बन्द सत्रलाई नेपाल बप्तिस मण्डली परिषदका कोषध्यास पास्टर राजेन्द्र मल्लले अगुवाई गर्नुभएको थियो | मिना थापाको अध्यक्षतामा रहेको नेपाल बप्तिस महिला संगतिका समितिलाई बिघटन गरि पोखरा बप्तिस मण्डलीका सदस्य श्रीमती दुर्गा गुरुङको अध्यक्षतामा आगामी तिन बर्षको लागि नेपाल बप्तिस महिला संगतिमा नया समिति चयन गरियो थियो | नबनिबर्चित श्रीमती दुर्गा गुरुंगको अध्यक्षतामा क्रमस निम्न व्यक्तिहरुलाइ समितिमा चयन गरि समिति निर्माण गरिएको थियो जसमा उपअध्यक्ष इटहरी बप्तिस मण्डलीबाट  रोमा राई थापा, कोसध्यक्ष अमृता सुब्बा चयन गरिएको थियो | सदस्यहरुमा क्षेत्रीय बप्तिस महिला संगति समितिबाट अध्यक्ष र सचिबहरु केन्द्रीय समितिको पदेनासदस्य रहेने प्रवाधन रहेको हुदा पुर्बबाट अध्यक्ष श्रीमती हेमकला राई दमक बप्तिस मण्डली , सचिब श्रीमती युनिस तामांग राई होसन्न् बप्तिस मण्डली, मद्यमंचलबाट अध्यक्ष श्रीमती सृस्टि गैरे गेतास्मानी बप्तिस मण्डली चितवन, सचिब श्रीमती रिता महर्जन धपाखेल बप्तिस मण्डली,  पस्चिमान्चल क्षेत्रबाट अध्यक्ष श्रीमती लक्ष्मी गुरुङ बेथानी बप्तिस मण्डली बुटवल सचिब श्रीमती मनु थापा  मध्यसुदुरपचिमंचलबाट अध्यक्ष श्रीमती दिना पोखरेल मिसिनारी बप्तिस मण्डली, सचिब श्रीमती कुमारी गुरुङ धनगडी बप्तिस मण्डली रहेका छन् |

यस वर्षको ११औं राष्ट्रिय अधिबेसन काठमान्डूमा भएको कारण र नेपालका बिभिन्न स्थानबाट करिब २५० जना भन्दा बढी बप्तिस दिदीबहिनीहरुको सहभागिता रहेको थियो र साथै सहभागी दिदीबहिनीहरु निकै नै उत्साहित एवं सक्रिय भइ सहभागिता जनाएको कुरा नेपाल बप्तिस्त महिला संगतिका कार्यकारी सचिब शान्ति सुब्बाको रहेको थियो |

अधिबेसन सके लगतै नबनिर्बाचित अध्यक्ष श्रीमती दुर्गा गुरुङ बोल्नु हुदै अबका दिनहरुमा नेपालमा रहेका सम्पूर्ण बप्तिस दिदीबहिनीहरुलाई अब्सेक परमार्सा तथा आत्मिक वृद्धि सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने र क्षेत्रका आमा दिदीबहिनीहरुलाई आत्मिक तथा बौदिक बिकाशमा सहायता गर्ने रहेको कुरा बताउनु भयो | ११औं राष्ट्रिय अधिबेसनलाई नेपाल बप्तिस महिला संगतिका निबर्तमान कोस अध्यक्ष श्रीमती माला थापाले संचांलन गर्नु भएको थियो भने नेपाल बप्तिस मण्डली परिषदका अध्यक्ष रेभ. रत्न बहादुर राईले आशिषको प्रार्थना गरि अधिबेसनलाई समापन गरिएको थियो |

 

Related Articles

Back to top button