मिडियाबाट परमेश्वरको ठूल–ठूला काम गर्न सकिन्छ ।

 कुमार अब्राहाम (सुनाम) नेपाली इसाई सामजमा संघर्षको साथ उदाउदै गरेको नाम हो । वि.सं. २०३८ साल मंसिर १३ गते एक कुमार सुनाम र आमा पूर्णमाया सुनामको कोखबाट दमक–झापामा जन्मनु भएका कुमार अब्राहाम बहुप्रतिभाका धनी हुनुहुन्छ । विभिन्न पत्रपत्रिकामा लेख रचना, कथा, गीत, कविता लेखिरहनु हुन्छ । साथै हास्यविधामा पनि विभिन्न इसाई कार्यक्रममा प्रस्तुति दिइरहनु भएको छ । साथै नेपाली इसाईहरुको एक मात्र इसाई एफ.एम.गुड न्युजमा चार वर्ष देखि कार्यरक्त साथै अति नै लोकप्रिय कार्यक्रम हजुरबुबालाई चिठीका प्रस्तोता अथवा हजुरबुबा संग बचन मासिक पत्रिकाका प्रधान सम्पादक विश्वास थापाले गरेको  कुराकानी जस्ताको–तस्तै….?

वास्तवमा कुमार अब्राहाम को हो र के गदै छ ?
प्रभु येशूलाई हृदय देखि विश्वास गर्ने एउटा साधारण व्यक्ति हो ? जस्ले इसाई एफ.एम.गुड न्यूजबाट सुसमाचार सुनाउने परमेश्वरको आज्ञा पुरा गदै छ ।
के मिडियाको क्षेत्रबाट परमेश्वरको काम गर्न सकिन्छ होला ?
सोचे भन्दा धेरै गर्न सकिन्छ, यदि तपाईले एक जनालाई व्यक्तिगतरुपमा सुसमाचार सुनाउनु भयो भने, त्यो एक जना व्यक्तिले मात्र सुन्न सक्छ, तर त्यही व्यक्तिलाई सुनाउनु भएको कुरा मिडियाबाट बाड्नु भयो भने, हजारौले सुन्न सक्छन्, अब तपाईनै भन्नुस मिडियाको महत्व कति छ ? आज रेडियो कार्यक्रम, आत्मीक यात्रा, जीवनको रोटी, मुक्तिको मार्ग, धर्मशास्त्रमा खोजौ कार्यक्रम सुनेर धेरैले प्रभु येशूलाई मुक्तिदाताको रुपमा स्विकारेका छन् । विभिन्न कारणले विश्वासबाट टाडीएकाहरु पनि आज नियमित मण्डली जाने भएका छन् । त्यसैले मिडियाबाट परमेश्वरको ठूल–ठूला काम गर्न सकिन्छ । आज नेपालमा मिडियाको आवश्यकता देखेर नै गुड न्यूज एफ.एम परमेश्वरले हामी इसाईहरुलाई दिनु भएको हो ।
तपाईको चचिर्त कार्यक्रम “हजुरबालाई चिठीको बारेमा बताई दिनुस्न”?
मलाई परमेश्वरले दिनु भएको ब्रदानलाई प्रस्तुत गर्ने मौका गुड न्युज एफ.एम बाटै पाएको हो । एफ.एमबाट होस्ट गर्ने कार्यक्रम त धेरै छन् तर श्रोताहरुले मन पराईदिनु भएको ओठ–जिब्रोमा झण्डीएको कार्यक्रम भनेको हजुरबालाई चिठी नै हो । किनभने यस कार्यक्रममा सात–आठ जनाको क्यारेक्टर म आफैले गर्ने गर्छु । यसको उद्देश्य भनेको स्वास्थ मनोरञ्जन श्रोताहरुलाई प्रदान गर्नु हो । जुन कार्यक्रम विगत चार बर्ष देखि प्रसारण भइरहेको छ, यो सब तपाईहरुको माया र प्रार्थनाको कारण नै हो ।
ड्ड तपाईले लेख्नु भएको गीत केही बर्ष अगाडी राष्टिय बाल गीत प्रतियोगितामा प्रथम पनि भएको थियो यसको बारेमा बताईदिनुुसन ?
परमेश्वरले भन्नु भएको छ म तिमीहरुलाई पुच्छर हैन शिर तुल्याउने छु, यहि बचन हाम्रो जीवनमा पुरा भयो । यो गीत इसाई सभासद लक्ष्मी परियारको छोरा एसाब परियारले गाउनु भएको थियो भने इसाई संगितकार बद्री अविरोकले संगित गर्नु भएको थियो । यसको शब्द लेख्ने मौका मैले पाएको थिए । परमेश्वरको अनुग्रह, हाम्रो मेहनत र तपाईहरुको प्रार्थनाको कारण नै हामीले राष्टिय स्तरमै प्रथम हुने मौका पायौ ।
 तपाई एक राम्रो गीतकार पनि हुनुहुन्छ, कस्तो गीत बढी लेख्नु हुन्छ र तपाईको गीत कुन–कुन गायक–गायिकले गाउनु भएको छ ?
मलाई परमेश्वरले दिनु भएको स्पेशल वरदान भनेको गीत लेख्न पनि हो । आज सम्म मैले ६०० भन्दा बढी गीत लेखिसकेको छु । चर्चित गायक यस कुमार, नलिना चित्रकार, राजेश राई, धनुषा घले, सुवाष भुषाल, राकेस योञ्जन, टार्जन गुरङ्क, दिपक सुनामले गाउन भएको छ भने संगितकार राणु सिंह, यस कुमार, ब्रदि अविरोक, सुभाष भुषाल, राजेश राई, आमोस तामाङ्क, सुमन थापा मगरले मेरो शब्दमा संगित भर्नु भएको छ ।

 तपाई हास्यकलाकार, यो क्षेत्रमा लाग्ने इच्छा कसरी जाग्यो बताइ दिनुस्न?
म १० बर्षको हुदा म पढ्ने स्कुलमा शनिबारको दिन ठूलो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा देशका चर्चित कलाकारहरुको उपस्थित थियो । कार्यक्रम भने पछि म दिनभरीको खाना छोडथे तर कार्यक्रम छोडदिन थे तर त्यो कार्यक्रम र्हेनको निम्ति टिकट काट्नु पर्ने रहेछ । त्यो मलाई थाहाथेन, म भने ढोकामा बसेको व्यक्तिलाई छलेर कार्यक्रमको स्टेज छेउमा गएर पलेटी मारेर बसे तर एकै छिन यही एउटा व्यक्ति आएर टिकट माग्यो, म संग टिकट थेन त्यस पछि उसले मलाई कानमा समातेर हल बाहिर निकाली दुई झापड हान्यो । त्यसपछि म रुदै–रुदै घर फर्किए हो त्यस दिन देखि मैले मनमनै भने म पनि एक दिन कलाकार बनेर देखाउने छु । केही बर्ष पछि त्यही ठाँउमा मैले १२–१३ वटा नाटकमा हास्य अभिनय गरी ३–४ वटा नाटक आफै लेखि निर्देशन पनि गरे । त्यस पछि काठमाण्डौ आएर हास्य टेलिश्रँखला–हिजोआजको कुरा। तितो सत्यमा अभियन पनि गरे । त्यस पछि फिल्म निर्देशक विरेन्द्र हमालसंग एक बर्ष अभिनय र फिल्म निर्देशन सम्बन्धी कलास पनि लिए र आफूलाई कलाकारीता परिपक्क बनाउदै अगाडी बढीरहेको छु । वास्तवमा भन्ने हो भने त्यो २ झापडको प्रतिफल हो आजको कुमार अब्राहाम ।
अब्राहाम जी विभिन्न ठाँउमा गएर स्टेज कार्यक्रमहरु गर्नु हुन्छ, आज सम्म कुन–कुन ठाँउमा कार्यक्रम गरीसक्नु भयो बताईदिनुसन ?
आज सम्म विरेन्द्र अन्तराष्टिय भवन, प्रज्ञा भवन, राष्टिय सभा गृह, राष्ट्रियनाच घर, उपत्यका बाहिर पोखरा, हेटौडा, धरान साथै उपत्यकाका विभिन्न कार्यक्रम र मण्डलीहरुमा हसाउने काम गरिरहेको छु । अजै विभिन्न ठाँउमा कार्यक्रमको कुराकानी र तयारी भइरहेको छ ।
ड्ड तपाईले लेख्नु भएको पुस्तक बाइबल सामान्यज्ञान सर्वाधिक बिक्री भएको पुस्तकहरुको श्रेणीमा आएको छ के कारण होला ?
इसाई समाजमा यसको आवश्यकता र मेरो दुई बर्षको मेहेन्तको प्रतिफल हो ।
अब कुन किताब निकाल्ने तयारी गर्दै हुनु हुन्छ ?
१००० भन्दा बढी इसाई चुटकीलाको किताब निकाल्ने तयारीमा छु साथै इसाई चलचित्र सतावटको कथा पनि लेखिरहेको छु ।
गुड न्यूज एफ.एमको कार्यक्रम बाहेक अरुके गर्नु हुन्छ ?
विभिन्न बाईबल तालिम केन्द्रहरुमा पठाउछु ।
 कुन–कुन बिषयमा पठाउनु हुन्छ बताउनु मिल्ला ?
मिल्छ ! ख्रीष्टियन मिडिया मिनिस्ट्री र बाइबल आधारभूत शिक्षा
यहाँ सम्मको यात्रामा कस–कसको साथ र प्रेरणा पाउनुभएको हो ?
मेरो आमा, मामा, राम चन्द्र तिमोथी, सलोमी तिमोथी। पा.टेक दाहाल, तुलसी तामाङ्ग, शेर.ऐ्सी, पा.राजु सुन्डास र मेरी प्यारी श्रीमती सफिना साथै दिदी अनिता थापा र मेरो सम्पूर्ण साथीहरुको साथ र प्रार्थनाले गर्दा आज यहाँ सम्म पुग्ने मौका पाएको छु ।
अन्तिममा बचन पत्रिकाको माध्यमबाट तपाई के भन्न चाहानु हुन्छ ?
इसाई कलाकार, लेखक, साथै पत्र–पत्रिकालाई माया गरौ र प्रार्थना गर्दिनुस् भन्न चाहान्छु । साथै तपाईको मण्डलीमा भएका प्रतिभाशाली भाई बहिनीहरुको प्रतिभालाई कदर गरौ भविष्यमा यी भाईबहिनीहरुले नेपाल र नेपाली मण्डलीमा आशिषको वर्षा ल्याउने छ्न । परमेश्वरले तपाईहरुलाई प्रशस्तमात्रमा आर्शिष दिनु भएको होस् । ।
धन्यवाद !!!

Related Articles

Back to top button