पाइलाहरु विस्तारै असनतिर…

सँगैको छिमेकीको छोरी धेरै समयदेखि बिरामी भएर सुती रहेकी थिइन् । यसरी सुतीरहेका देख्दा एक दिन मैले, बिरमी छोरीको आमा विधा थापालाई मैले भने तपाईको छोरी निको भएको छैन । हिँड म धामी कहाँ लिएर जान्छु ।

कमला   : त्यसोभए निको भएको छैन भने हिड्नुस मैले धामी देखेको छु । तपाईको छोरीलाई त्यही लिएर जाउ । तपाईको छोरीलाई धामीकहाँ देखाउ ।

विधा      : हामी परमेश्वरमा भरोस गर्ने ख्रीष्टयन हौ । छोरी निको हुनको लागि प्रार्थना भइरहेको छ ।

कमला   : को परमेश्वर ? कस्तो परमेश्वर ?

विधा      : मरेपछि पनि स्वर्गमा लिने परमेश्वर ।

कमला   : ल..मरेपछि स्वर्गमा लिने परमेश्वर पनि छ र ?

विधा      : हो, हुनुहुन्छ । परमेश्वरले मरेपछि पनि स्वर्गमा लिनुहुन्छ । तर उहाँमाथि हामीले विश्वास र उहाँलाई जीवनमा मुक्तिदाताको रुपमा ग्रहण गर्नुपर्छ ।

कमला   : विश्वास भन्नाले ?

विधा      : विश्वास भन्नाले सुनुवाईबाट आँउछ । अनी तपाईले मण्डलीमा जानुपर्छ ।

कमला   : त्यसोभए मलाई मरेपछि स्वर्गमा लिने परमेश्वर कहाँ लैजानु न ।

यो सम्वाद वि.सं २०४६ सालतिरको हो । मरेपछि स्वर्गमा लिने परमेश्वरकहाँ जान्छु भनेर विधा दिदिले भनेको अर्को शनिबार देखि घरमा र श्रीमान्लाई केहि खबर नै नगरी नेइम ज्ञानेश्वर मण्डलीमा जान थालेको हुँ । त्यही दिन मण्डलीमा आराधनाको समयमा भजन गीत गाइरहेको भेला साँच्चै मरेपछि पनि स्वर्गमा लिने परमेश्वरकहाँ आइपुगेकी जस्तो आभाष हुनथाल्यो । आराधना भइराखको बेला मैले आफुलाई निकै पापी भएको पाँए । अगाडीबाट संगति झुण्डले गीत गाइरहेको बेला मैले आफुलाई सम्हाल्न सकिन् । त्यसैबेला परमेश्वरको जिउँदो छुवाइको महशुस गरे । पश्चतापी हदयले भरीए । प्रभुको अघी आफुलाई निकै तुच्छ पाँए । मण्डली गएर हदयमा निकै शान्त र आनन्द महशुस गर्दै गएपछि, म हरेक शनिबार नेइम ज्ञानेश्वर मण्डलीमा जान थाले । एक वर्षसम्म मैले घरमा र श्रीमान्लाई कसैलाई खबर नै नगरी नेइम ज्ञानेश्वर मण्डलीमा नियमितरुपमा जान थाले । यसरी मेरो समय बित्दै गयो । पानीको बप्तिसमा लिए । म १७ बर्षको हुँदा मण्डलीमा जानुभन्दा पहिले नै मेरो विवाह भइसकेको थियो । विवाहपूर्व म कमला डंगोल थिए, विवाह पश्चात म शाही भएँ । समय वित्दै गयो , लुकछिपी म हरेक शनिबार मण्डलीमा जान लागेको खबर विस्तारै मेरो श्रीमान्ले थाहा पाउन थाले । मेैले मण्डलीमा जान लागेको खबर मेरो श्रीमान्को लागि अभिशाप नै बन्यो । विवाह लगत्तै दाइजोको कारण पोइलीपट्टिबाटको हेला सहन नसकी तीन महिनाको नाबालक छोरो काखमा च्यापी पोइलीघरबाट निस्किए । अब म आफै केहि गरेर देखाउँछु भनेर रु.३५०को सानो लगानीबाट काठमाण्डौको असनतिर तरकारी व्यवसाय सुरु गरे । व्यापारमा राम्रो आम्दानी हुदैँ गएपछि पाँच महिना पछि मेरो श्रीमान् म कहाँ आउनुभयो । मैले मेरो श्रीमान् घर छोडेपनि तर मेरो श्रीमान्लाई भने कहिल्यै छोडेन । यसबेलासम्म पनि मण्डलीमा जान कहिल्यै छेडिन् । त्यतीबेला नै श्रीमान्ले मलाई भने– की मलाई छोड् की तैले विश्वास गरेको परमेश्वरलाई छोड् भनेर । अनी मेैले भने – न म तपाईलाई छोड्न सक्छु, न त मैले विश्वास गरेको परमेश्वरलाई ।

समयले पनि मलाई साथ दियौ, यसैताका मेरो सासु आमा विरामी भइन् र जति उपचार गराउँदा पनि निको हुन सकेन् । अन्ततः मैले  चिनेको परमेश्वरलाई विश्वास गरेर चगाई भईन् । मेरो लागि सासुले चगाई पाउनु भनेको स्वतन्त्ररुपमा मण्डलीमा जाने मार्ग तयार बन्नु थियो । फलस्वरुप मेरो लागि स्वतन्त्र तवरले मण्डलीमा जाने बाटो खुल्नु थियो । यसैक्रममा श्रीमान्बाट मण्डलीमा जाने स्वीकृति पाँए । मैले येशुलाई विश्वास गरेको २५ बर्ष पुग्यो । हालसम्म मेरो परिवारबाट ५० जना सदस्यहरुले प्रभुलाई विश्वास गरेका छन् । हामी सबै बिगत २५ बर्षदेखि काठमाण्डौ स्थित नेपाली इसाई मण्डली ज्ञानेश्वरमा संगती गरिरहेका छौ । हाल मेरो परिवारमा श्रीमान्, १ छोरा र बुहारी, १ नातिनी, २ छोरी छौ । जब म ७ बर्षको थिए, आमाबुबा र भाईबहिनीलाई पाल्नको लागि कहिले काठमाण्डौको ज्याठँ, असन त कहिले भोटाहिटीमा डालोमा साग र सुन्तला बेच्ने गर्थे । बाल्यकालमा लागेको बानीले होला पछि ठूलो भएपछि पनि व्यापारतिर डो¥यायो । रु ३५०को लगानीबाट असनमा तरकारी व्यापार शुरु गरे । त्यति बेला त्यही नजिकै महिनाको रु३०० तिरेर बहालमा बस्ने गर्थे । तरकारी व्यापारबाट दिनप्रतिदिन राम्रो आम्दानी हुदैँ गयो । बीस वर्षसम्म तरकारी व्यापार नै गरे हाल विगत पाँच वर्षदेखी तरकारी व्यापारलाई छाडेर असनमा नै छोरा र म फरक–फरक ठाँउमा पालिस्टक व्यापार गर्दै आएको छौ । अली पर श्रीमान्को अर्को पसल छ । प्रभुले हाम्रो व्यापार तथा व्यावसायमा र परिवारमा प्रशस्त मात्रामा आशिष दिनुभएको छ । हरेक कमाइको दशांस मण्डलीमा प्रभुलाई छुटयाउने गरेकी छु ।

आजभन्दा पच्चीस वर्ष पहिले म एउटा कोठाको तीनसय रुपैया बहाल तिरेर बस्ने गर्थे । त्यो घरको घरबेटीले कहिल्यै हामीलाई अमफ्नो घरको चर्पी प्रयोग गर्न दिदैनथे । अनौठो कुरा त के थियो भने हामीलाई दिसापिसा लागेमा शौचालयको लागि असनबाट दौडेर टुडीखेल धाउनुपथ्र्यो । त्यसैताका मैले आफ्नो डायरीमा लेखेर एउटा ४ तेल घरको लागि प्रार्थना गरेको चार बर्ष पछि, मैले प्रभुसँग जसरी जे मागेको थिए त्यहि पाँए, त्यो भन्दा धेरै पाँए । कुनैदिन मैले घरबेटीको शौचालय प्रयोग गर्न पाँदैनथे । तर आज मैले मेरो घरको हरेक कोठामा शौचालय राखेकी छु । यो त मेरो लागि ठुलो कुरा होइन । मैले यो भन्दा महान कुरो येशु ख्रीष्टलाई आफ्नो जीवनको मुक्तिदाताको रुपमा पाएकी छु । हामीले परमेश्वरमा आज्ञाकारी जीवन जीयौ भने परमेश्वरले पुच्छर होइन तर शीर तुल्याउने प्रतिज्ञा गर्नु भएको छ । परमेश्वर मेरो शरणीथान, चट्टान, किल्ला र मेरो भरोसा, मेरो गर्व हुन ।

Related Articles

Back to top button