उहाँले मलाई प्रेरणा दिनुभयो। – स्व. पा. एम. जि. योसेफ

“उहाँ प्रभुमा सुत्नुभइसकेको छ । “

NC. तपाईंको बाल्यकाल कसरी बित्यो ? 

मेरो जन्म केरलामा भएको हो। मेरो परिवारमा बुबा, आमा हजुरबुबा सबै ख्रीष्टियन हुनुहुन्छ। अनि हाम्रो पुस्तौं देखि एउटा ख्रीष्टियन इतिहास छ। तर पनि हाम्रो ख्रीष्टियन पृष्टभूमि हेर्‍यो भने हामी सुरुको अर्थोडोक्स चर्च पृष्ठभूमिका हौं। मेरो हजुरबुबा धेरै बर्षअगाडि प्रभुको वचन सुनी ग्रहण गरेर अर्थोडोक्स चर्चमा जानु भएको थियो। त्यसपछि पाँच वर्षको उमेरमा मलाई एक किसिमको डर लाग्दो रोगले म र मेरो बहिनीलाई सताएको थियो। तर मेरो आमालाई विश्वास थियो कि- कुनै पनि बिरामीलाई प्रार्थना गर्‍यो भने ऊ निको हुन्छ भन्ने त्यसैले मेरो आमाले हजुरबुबालाई पाष्टरलाई बोलाएर ल्याउनु र नानीहरुको लागि प्रार्थना गरिदिनु भन्नुभयो। हजुरबुबाले पाष्टरलाई बोलाएर ल्याउनु भयो। प्रार्थना गर्दा गर्दै उपचारबाट निको नभएको रोग निको भयो। अनि मेरो परिवारमा पनि विश्वास बढ्दै गयो। हजुरबुबाबाट पहिल्यै नै सुनेका थियौं। त्यसपछि प्रभुलाई ग्रहण गरेर अर्थोडोक्स चर्चमानै जान थाल्यौं। त्यसैकारण पाचँ वर्षको उमेरमदेखि म पनि एउटा ख्रीष्टियन परिवारमा हुर्किन पाएँ। सानै देखि प्रभुको वचन पढ्न पाएँ। दश वर्षको उमेरमा मैले प्रभुलाई ग्रहण गरेको हुँ। मेरो बाल्यकाल अवस्था नागेर जवानी अवस्था प्रवेश गर्दा मैले थाहा पाएँ कि प्रभुलाई ग्रहण गरेपछि विश्वासद्धारा बष्तिस्मा लिनु पर्ने रहेछ। त्यसपछि मैले चौध वर्षो उमेरमा पानीको बष्तिस्मा लिएँ। त्यही समयमा प्रभुले मलाई पवित्रआत्माले पनि अभिषेक गर्नुभयो र भरपूरि दिनुभयो सोही समयमा पवित्रआत्माको प्रेरणा, प्रोत्साहन,र अगुवाइले मलाई प्रभुको सेवकाइको लागि बोलाउँदै हुनुहुन्छ भन्ने एउटा दर्शन पाएँ। तर घरको जेठो छोरा भएकोले मेरो घरको काम गरेर परिवारलाई सम्हाल्नुपर्ने जिम्मेवारी पनि थियो। प्रभुले मलाई सेवकाईको लागि बोलाउँदै हुनुहुन्छ भन्ने थाहा गरेपछि उपवास बसी प्रार्थना गरें र प्रभुबाट पक्का अगुवाई प्राप्त गरें। त्यसपछि आमा बुबासंग यो कुरा राखेँ। उहाँहरुको त इच्छा थियो, मैले काम गरेर सेवा गरे हुन्थ्यो भन्ने तर प्रभुले मलाई पूर्ण समय सेवाकाइको लागि बोलाउँदै हुनुहुन्छ भन्ने कुरा थाहा पाएपछि उहाँहरुले पनि बिरोध गर्नु भएन र साथ दिनुभयो। अनि म वि.सं.१९७२ सालमा यू.पि.को बनारस भन्ने ठाउँमा बाइबल कलेजमा पढ्न गएँ। त्यहाँ पढिरहेको बेला मैले नेपालको बारेमा प्रधानाध्यापकबाट सुनें- नेपालमा धेरै विश्वासी छैनन्। यदि प्रचार गरेको थाहा भयो भने पनि समातेर जेलमा लाने गर्छन्। देशको अवस्था पनि नराम्रो छ, देशको विकास भएको छैन धेरै ठाउँमा हिँडेर जानु पर्ने भएकोले धेरै गाह्रो परिस्थिति भएको देश हो। ति कुराहरु मेरो मनमा गाडिए अनि  मैले प्रार्थना गर्न थालें- “प्रभु तपाईंको इच्छा हो भने मलाई नेपालमा पठाउनुहोस्, म जान तयार छु। मलाई नेपाली भाषा पनि थाहा छैन। कुनै पनि ख्रीष्टियनसँग पनि परिचय छैन र कुनै चर्च पनि देखेको छैन तर म जान तयार छु। मलाई पठाउनुस् भनेर मैले प्रार्थना गर्दै बसेँ।” चार, पाँच महिनाको प्रार्थना पछि मेरो प्रधानाध्यापकले थाहा पाउनुभयो र उहाँले मलाई प्रेरणा दिनुभयो। त्यसको फलस्वरुप म वि.सं.१९७५ सालमा नेपाल आई बीस, एक्काइस वर्षको उमेरमा सेवकाइ क्षेत्रमा लागें । यसरी मेरो बाल्यकाल बित्यो।

 

NC. जब तपाईं नेपालमा आउनुभयो त्यति बेला यहाँ पन्चायती शासनकाल थियो। तपाईं यो ठाउँमा आउँदा कतिको समस्या भोग्नुभयो त?  
मैले कसैलाई पनि चिनेको थिइन। एकपटक मेरो बाइबल कलेजमा पा.रोवट आउनुभएको थियो। उहाँसँग बाइबल कलेजको प्रधानाध्यापकको राम्रो सम्बन्ध भएको कारण उहाँ मिटिङ्गमा आउनुभएको थियो। त्यति नै बेला उहाँसँग मेरो परिचय भयो। नेपालमा सबैभन्दा पहिले चिनेको पास्टर उहाँ नै हुनुहुन्थ्यो। मैले उहाँलाई चिनेता पनि उहाँको ठेगाना म सँग थिएन। पढाइको सुरुवात भएकोले म नेपालमा आउँछु भन्ने पनि कुनै सोच थिएन। वि.सं.१९७५ साल अप्रिल महिनामा नेपालमा आउनलाई प्रभुले मौका दिनुभयो। यहाँ आउँदा मलाई नेपाली भाषा बोल्न आउँदैन थियो। बागबजारमा आएर एउटा घरमा डेरा लिएर बसेँ। मैले घरधनिको छोराहरुसँग मित्रता गाँसेर केहि शब्दहरु सिक्न थालें। त्यतिबेला शान्ति बुक स्टोर भन्ने किताब प&;;#2360;ल पुतलीसडकमा थियो। चर्चले यो बुक स्टोर चलाएको थियो। त्यहाँबाट मैले शान्तिको बाटो, जिवनको बाटो जस्ता सुसमाचारीय पुस्तकहरु लिएर पसल पसलमा, घरघरमा, गाउँ-गाउँमा डुल्दै बिहान देखि बेलुकी सम्म ती पुस्तकहरुद्धारा सुसमाचार प्रचार गर्दै हिड्न थालें। तर त्यति बेला मलाई नेपाली भाषा राम्रोसँग आउँदैन थियो। दुई चार शब्दहरु मात्र सिकेको थिएँ। ‘पच्चिस पैसा राम्रो छ’ जस्ता साधारण शब्द मात्र आउँथ्यो। त्यति शब्दहरुबाट नै मैले सुसमाचार प्रचार गर्न थालें। त्यति बेला अंग्रेजी भाषाको पनि विकास भएको थिएन र अंग्रेजी स्कुलहरु पनि थिएन। हिन्दी पनि त्यति विकसित भएको थिएन। धेरै गाह्रो थियो। तर पनि प्रभुको योजना र उहाँले दिनुभएको शक्ति अनुरुप सुसमाचारीय काम गरिरहें। यसै सिलसिलामा कतिले धम्की दिए, कतिले त कुट्न पनि आए। यी विभिन्न समस्याहरुलाई पार लगाउँदै म अघि बढ्दै गएँ। प्रभुले मलाई यी सबै समस्याहरुमा सहायता गर्नुभयो। त्यति बेला पुतलीसडकमा अंग्रेजी सेवा आइतबार हुन्थ्यो। विभिन्न समस्याले गर्दा नेपाली सेवा बन्द भएको थियो। आइतबार पुतलीसडकमा अंग्रेजी सेवामा बस्थै र शनिबार ज्ञ्यानेस्सोरमा नेपाली सेवाको लागी जाने गर्थें। नेपाली भाषा सिक्नको लागी नेपाली भजन किताबको गीतहरु गाउँदा त्यसमा ध्यान दिएँ र धेरै शब्दहरु सिकेँ। बाइबल पनि पढ्न थालेँ। त्यसपछि मानिसहरुसंगको संगतले र परिचयले गर्दा पनि धेरै शब्दहरु विकास हुँदै गयो। वि.सं.१९७७ देखि बाइबल स्कुलहरुमा पनि सिकाउन थालें। ए.जि. ले दश दिने तालीम दुई-दुई महिनामा सम्पन्न गर्दै आएको थियो। पछि उनिहरुले चेलापन तालिम केन्द्र सुरु गरे। मलाई त्यहाँ शिक्षकको काम गर्नुपर्ने र नेपाली भाषामा नै नोटहरु दिनुपर्ने भएकोले नेपाली भाषा सिक्न बाध्य तुल्यायो। धर्मशास्त्रीय शब्दहरु प्राप्त गर्न निकै गाह्रो थियो।  मैले राती दुई बजेसम्म पनि बसेर नेपाली शब्दकोशहरु हेरी धर्मशास्त्रीय शब्दहरु पत्ता लगाएर आफैले नै नोटहरु बनाई विद्यार्थीहरुलाई दिने कोसिस गर्थें। मलाई नेपाली लेख्न पनि गाह्रो थियो। मैले मुखैले भन्थे र विद्यार्थीहरुले नोट गर्ने गर्थे। अनि विस्तारै-विस्तारै त्यसैलाई सुधारेर अगाडी बढें। त्यसरी शिक्षा दिने क्रममा कुनै पनि ठाउँमा सिक्न नगई मैले नेपाली भाषाको विकास गरे। त्यति बेला पन्चायती शासनकाल भएकोले एकदमै गाह्रो परिस्थिती थियो। मैले सरस्वती क्यम्पसमा पनि सुसमाचारको कामको लागी साथै पढाइको लागी भर्ना भएँ। त्यति बेला म त्यो कलेजमा एउटा मात्र ख्रीष्टियन थिएँ, र धेरैले मलाई ख्रीष्टियन भनेको के हो भनेर सोध्ने गर्थें। त्यति बेला मलाई सुसमाचार प्रचार गर्ने ठूलो मौका मिलेको थियो। कति त मेरो कोठामा आउन पनि थाले र बाइबल अध्ययन गरे। मैले कलेजमा नेपाल परिचय भन्ने विषय पढ्नु पर्थ्यो। मलाई त्यो विषय पढ्न धेरै उत्सुकता जाग्यो। मेरो कलेजको प्राध्यापक गोबर्धन शर्मा हुनुहुन्थ्यो। उहाँ मेरो प्राध्यापक हुनुभन्दा पहिले नै मैले उहाँलाई सुसमाचार सुनाएको थिएँ। उहाँ एउटा नास्तिक हुनुहुन्थ्यो। उहाँले म प्रभुलाई विश्वास गर्दिन भन्दा खेरी मैले बाइबलको विभिन्न घटनाहरु र इतिहासहरु बारे बताएँ र उहाँले त्यसमा विश्वास गर्नुभयो। अनि मसँग बाइबल माग्नुभयो, मैले बाइबल दिएँ। त्यसपछि उहाँ कति पटक वाइ.एफ.सि को मिटिङ्गहरुमा पनि आउन थाल्नु भयो। म क्याम्पसमा आउँदा खेरि उहाँ मेरो प्राध्यापक भएर आउनुभएको थियो। अनि उहाँले मलाई चिन्नुहुन्थ्यो। पृथ्विनारायण शाहले काठमाण्डौ कब्जा गर्दाखेरि यहाँका ख्रीष्टियनहरु भाग्नु पर्ने अवस्था भएको थियो। पृथ्विनारायण शाह त्यतिबेला मिसिनरिहरुको विरुद्धमा खडा हुनुभएको थियो। ख्रीष्टियनहरु एक हातमा बाइबल र अर्को हातमा बन्दुक लिएर आउँछन् भन्ने प्रभाव उहाँमा थियो। क्याथोलिक मिसिनरिहरु नेपालमा आएको इतिहासहरु उहाँले सिकाउँदा खेरि “मिसिनरि भनेको मलाई त्यति थाहा छैन। तर त्यो जोसेफ भन्ने तपाईंहरुको बिचमा भएको उहाँलाई सोध्नुस् उहाँले धेरै कुरा बताइदिनुहुन्छ” भनेर भन्नुभएको रहेछ। अनि मेरो यो विषयमा धेरै नम्बर आएकोले हो कि धेरैले डाह गर्न थाले। पत्रिकामा प्रकाशन पनि गरियो। दक्षिण भारतबाट नेपालको क्याम्पसहरुमा ख्रीष्टियन धर्म प्रचार र त्यसमा क्याम्पस लेक्चररले पनि साथ दिइरहेको कुराहरु उल्लेख गरियो। नेपाल पोस्ट भन्ने एउटा साप्ताहिक पत्रिकामा त्यो घटना छापियो। त्यसपछि म क्याम्पसमा पुग्दाखेरि धेरै छलफल भयो। क्याम्पस प्रमुखले पनि बोलाएर तैंले गर्दा यस्तो भयो भनेर गाली गर्नुभयो। उहाँले भन्नुभयो “तँ किन धर्म प्रचार गर्न आइस्।” मैले भने- “म ख्रीष्टियन हुँ, म ख्रीष्टियन भएकोले मलाई साथीहरुले येशू भनेको के हो, ख्रीष्टियन भनेको के हो भनेर सोध्छन्, अनि म बताइदिन्छु। यहाँ पढ्ने सबै जना उमेर पुगेका हुन् कसैलाई मैले जबरजस्ति गरेर ख्रीष्टियन बनाएको होइन।” त्यसपछि उहाँले मैले बुझें भन्नुभयो। यसरी भन्दा उहाँले कुनै प्रकारको दोष नलगाएको थाहा पाएँ। त्यसपछि जुन व्यक्तिहरुले त्यो छपाएका थिए उनिहरुले रिस गर्न थाले। क्याम्पस नै दुई समूहमा विभाजन भयो। एउटा समूहले मलाई सहायता गरे भने अर्को समूहले रिस गर्न थाले। दुई समूहबीच होहल्ला, कुटपिट भइरहेको बेला क्याम्पस प्रमुख आई यसलाई साम्य गरेर सबैलाई बोलाएर यसको विषयमा छलफल गर्नुभयो। एकले अर्कालाई दोष लगाउने काम भयो। तर कतिले भने क्याम्पस प्रमुखले केहि पनि गरेको छैन, हामीले नै सोधेको भनेर जुन पत्रिकाले छापेको थियो त्यही पत्रिका, नेपाल पोस्टले, यो सबै गलत हो भनेपछि मात्र त्यो कुरा साम्य भयो। यसरी निकै गाह्रो भएको थियो तर पनि मेरो विचारमा यो एउटा सुसमाचार प्रचार गर्ने माध्ययम भयो। यस्ता विभिन्न समस्याहरु सामना गर्दै वि.सं.१९७५ देखि पुतलीसडक चर्चमा पास्टरको रुपमा काम गर्न थालें। सिंहदरबारको नजिकै भएकोले हरेक हप्ता पुलिस आएर सानो नानीहरुसंग समेत सोध्ने गर्थे- “यहाँ आउनेहरुको नाम भन, कहाँ बस्छन्, अमेरिकासँग के सम्बन्ध छ- तिमीहरु नेपालको राष्ट्रियतालाई बिर्गान आएको आदि”, भन्ने र धम्की दिने कामहरु गर्थे। अनि मलाई पुलिसले यहाँ आउने सबैको नाम लेखेर देऊ भनेपछि मैले प्रश्न गरे- “मन्दिरमा आउने सबै मानिसको नाम तपाइलाई आउँछ- “त्यस्तै नै कति मानिस आउँछन् जान्छन् के मैले सबैको नाम लेखेर दिन सक्छु- त्यसो भन्दा उनिहरुले भने- “ढाँट्न पर्दैन हामीलाई थाहा छ सबैको नाम लेख।” त्यस्तो भन्दा निकै गाह्रो भएको थियो। कति पटक उनीहरुलाई छुट्टै प्रकारले सुसमाचार प्रचार गरेर खुशी पारेर पठाउने परिस्थिति पनि आएको थिय। यसरी हरेक हप्ता पुलिसहरु आउने, दुःख दिने र सताउने गर्थे। त्यति बेला धेरै चर्चहरु थिएनन्। पुतलीसडक चर्च नै सबै प्रकारको ख्रीष्टियनहरुको केन्द्र हो भन्ने मानसिकता पुलिसहरुले बोकेका थिए। यो केन्द्र भएकोले सबै ख्रीष्टियन मिटिङ्गहरु यहाँ नै हुने गर्थ्यो। सि.आइ.डि.हरु पनि प्रशस्तै थिए। त्यसैले यहाँ भएको सबै मिटिङ्गको रिपोर्ट पुलिसहरुलाई जान्थ्यो। यसरी धेरै दुःख सहेर पनि प्रभुमा भरोसा राखेर हामी यहाँ ब बस्यौं। वि.सं. १९८४ सालमा, म भन्दा अगाडीको यहाँको पास्टरलाई आराधनाको समयमा आएर पुलिसहरुले पक्रेर हतकडी लगाएर लगे र २८ दिन सम्म जेलमा राखेर दुःख दिए। यस्ता निकै गाह्रो परिस्थितिहरु सामना गर्दै यहाँ सम्म आइपुग्नमा प्रभुले धेरै सहायता गर्नुभएको छ।

NC. चर्चको पाष्टरलाई समातेर लगिएपछि तपाईंले कुन बाटो अंगाल्नुभयो? 
पाष्टरलाई समातेर लगेपछि यहाँको अवस्था निकै गाह्रो भयो। त्यति बेला यहाँ थोरै मात्र विश्वासीहरु थिए। खास गरि यहाँका विश्वासीहरु आनन्दवन हस्पिटल भित्रबाट लेप्रोसी बिचबाट आएका विश्वासीहरु मात्र थिए। त्यसमा पनि पाष्टर नै समातियो भन्ने कुरा थाहा पाएपछि झन् उहाँहरु डराएर चर्चमा नै नआउने परिस्थिती पनि सिर्जना भयो। पाष्टर जेलबाट छुटेर पनि एक वर्षम्म उहाँ यहाँ रहनुभयो। यस्तो डरलाग्दो अवस्था भएकोले सबैले उहाँलाई बाहिर जाने सल्लाह दिनुभयो। यसै क्रममा मलाई पनि यहाँकोहरुले सोधै के गर्ने – अनि मैले भने “एक जना मेरो विद्यार्थी राजु क्षेत्री भन्ने हुनुहुन्छ। उहाँलाई नै इभान्जिलिस्टको रुपमा राख्नुस्, प्रभुमा प्रार्थना गर्दै जाऔं उहाँको के इच्छा छ त्यहि नै हुन्छ।” त्यसपछि मण्डलीले उहाँलाई राख्यो, उहाँ करिब एक वर्षसम्म बस्नु भयो। त्यति बेला ४० रुपिँया पनि भेटि उठ्दैन थियो। उहाँको परिवार थियो, चर्चले उहाँको रेखदेख गर्न गाह्रो भएको जस्तो मलाई लाग्यो। पब्लिकहरुद्धारा पनि धेरै विरोध भएकोले कति कुराहरु सम्हाल्न गाह्रो भयो। विभिन्न कुराहरुको समस्याहरुले गर्दा मैले बुझे अनुरुप उहाँ यहाँबाट जाने इच्छा गर्नुभएको थियो। उहाँ भारतमा पढ्न जाने भन्ने कुरा थाहा पाएपछि यहाँको चर्चले पाष्टरको रुपमा आएर साथ दिनु भनेर मलाई अनुरोध गर्नुभयो। तर मलाई पाष्टरको रुपमा सेवा गर्न त्यती इच्छा थिएन। म एउटा शिक्षक, प्रचारक र बाहिरबाट आएकोले म चाहन्थेँ कि नेपालीको चर्च नेपालकै मानिसहरुद्धारा चलोस्। मलाई  कुरा राख्दा मैले अरु व्यक्तिहरुको नाम दिएँ। यहाँको परिस्थिति नराम्रो भएकोले उहाँहरु आउन मानेनन्। यस्तो  परिस्थितिमा मलाई के अगुवाई भयो। साधु सुन्दर सिहं भन्ने इन्डियाको एक व्यक्ति पहिल्यैको मिसिनरी उहाँ तिब्बत तिर मिसिनरी कामको लागी नेपालबाट जादथ्यो। वि.सं.१९२८ भन्दा अगाडी नेपालमा पनि प्रचार गर्न आउनुभएको थियो। उहाँले नेपालको परिस्थितिहरु बुझ्नु भएको थियो। उहाँ केरलामा हुदाँ त्यहाँ एक आइतबार देखि अर्को आइतबार सम्म हरेक सेवामा एक लाख भन्दा बढि मानिसहरुको बिचमा प्रचार गर्न बोलाइयो। उहाँले प्रचार गर्दा खेरि भन्नु भयो “कुन आमाले नेपालमा आफ्नो छोरालाई एउटा मिसिनरीको लागि प्रचार गर्न पठाउन सक्नुहुन्छ। “एउटा आमाले चार पाँच वर्षभएको बच्चालाई लिएर आएर, म यो छोरालाई नेपालमा मिसिनरीको रुपमा पठाउन तयार छु यसको लागि प्रार्थना गरिदिनु भनिन्।” त्यो बालक जवानी अवस्थामा पुगेपछि राजनितीमा हात हाले तर पछि इण्डियन कांग्रेसमा लाग्नुभयो। तर पछि प्रभुले उहाँको कामको लागि बोलाउनु भएको थाहा पाएपछि ग्रहण गरेर त्यहि बाटो अपनाउन थाल्नु भयो। वि.सं.१९५० देखि तीन साथिहरुको सहयोग लिएर नेपालको बोर्डरहरुमा काम गर्न शुरु गर्नभयो।  वि.सं.१९५३ सालदेखि नेपालमा प्रवेश गरेर सेवकाइ शुरु गर्नभयो। एक जना अझै पनि पोखरामा हुनुहुन्छ। उहाँहरु चार जना नेपालमा आउने आउनु भएको थियो। एक जना बित्नु भयो। तिन जना अझै पनि हुनुहुन्छ। उहाँहरु यहाँ आउँदा हेटौंडा देखि काठमाण्डौं आउने बाटो पनि बनेको थिएन। उहाँहरु हिडेंर आउनु भएको थियो। सम्पन्न, पढाइ पनि त्यत्तिकै भएको व्यक्ति उहाँहरुले चाहेको भए कुनै देशमा गएर पैसा कमाएर बस्न सक्नु हुन्थ्यो। तर उहाँहरुले जुन चुनौती लिएर नेपालमा आएर काम गर्नु भयो। यस्तो समयमा देशको मुख्य ठाँउमा जग्गा किनेर चर्च स्थापना गरेर पाष्टरको काम गर्नु मेरो लागी एउटा चुनौती थियो। फेरी उहाँहरुले मलाई अनुरोध गर्नुभयो। मैले प्रार्थना गरें र यो कुरा मागें कि प्रभु म जान तयार छु।  मैले मागें – त्यहाँ १५० जना अट्ने भवन छ ,त्यस भवन भरी अट्ने विश्वासी दिनुहोस्। मैले प्रार्थना गर्दा हुन्छ भन्ने पे्ररणा मिल्यो। त्यसपछि मैले हुन्छ भनेर, यहाँ आएर सेवकाइ शुरु गर्न थालें। म आउँदा खेरि दश बाह्र जना मात्र विश्वासी थिए। त्यसमा पनि महिला मात्र थिए। स्थायी रुपमा पुरुषहरु कोही पनि थिएनन्। मैले शुरु गरेको एक वर्षभित्रमा सत्र जना बष्तिसमा लिन तयार भए। मैले यहाँबाट रक्सौलमा लगेर बष्तिसमा दिएँ। दुई तीन पटक सम्म त्यस्तै गरें। बिस्तारै चर्चहरु बन्न थाले। आज आएर चौध ठाउँहरुमा हाम्रो चर्चको शाखाहरु सञ्चालन भएको छ। र्सवप्रथम त यसमा परमेश्वरको अदृस्य हात छ भन्ने विश्वास छ र यो उहाँको काम हो। यसकोसाथै यसमा सबैको सहयोग पनि छ। तर हामी आफ्नै खुट्टामा उभिएर काम गर्ने लक्ष्य राखेका छौं। इमान्दारी प्रकारले भन्ने हो भने हामीले कसैको सहयोग लिएका छैनौं। हामीले आफ्नै प्रकारले चलाइरहेका छौं।

NC. तपाईं पाष्टर भएको नाताले नेपालमा इर्साईहरुको भविष्य कस्तो देख्नु भएको छ?  
मैले दुई अर्थमा हेछु र हेनें गरेको छु। पहिलो सबै कुराहरुमा अहिले फुक्का छ र सुसमाचार प्रचार गर्न पनि सजिलो छ। जब मण्डली सतावटको बिचबाट जादैँ थियो। त्यति बेला मण्डलीमा विश्वास,व्यवहार, शिक्षा पद्धति राम्रो, शुद्ध र पवित्र थियो। तर मण्डलीमा जब फुक्का आउन थाल्यो त्यसपछि धेरै प्रकारको विकृतीहरु पनि पसेर मण्डलीको सेवकाइलाई कति पटक ब्यापारको थलो र पैसा कमाउनेको रुपमा पनि मानिसहरुले प्रयोग गर्न थाले। तर पन्चायत शासनकालमा यस्तो प्रकारको काम गर्ने विश्वासीहरु थिएन। त्यति बेलाको ख्रीष्टियनहरुमा निस्वार्थ भावना भएको र प्रभुको काममा जस्तो सुकै परिस्थिति आए पनि सामना गर्नलाई पछि नहट्ने विश्वासीहरु थिए।  तर वि.सं.१९९० पछिको ख्रीष्टियन समुदाएमा क्रुरताका साथसाथै विभिन्न विकृतिहरु पनि बढ्दै गइरहेको छ। पहिले नकारात्मक रुपमा हेनेंहरु अहिले यसलाई सकारात्मक रुपमा हेनें गरेको पाइन्छ। विभिन्न ठाउँहरुमा ख्रीष्टियन कार्यक्रमहरु पनि राम्रो सँग संचालन भइरहेको छ। गएको क्रिसमसमा बि.आइ.सी.सी.मा पनि क्रिसमस कायक्रम राम्रो सगँ संचालन भयो। त्यस कार्यक्रममा ठुला-ठुला व्यक्तिहरु पनि आउनु भई बोल्नुभएको थियो। पहिले यसरी कुनै पनि कार्यक्रम गर्न खुल्ला थिएन तर आज त्यो अवस्था छैन। मैले हिजो एउटा पुस्तक पढ्दै थिएँ त्यसमा भनिएको थियो कि पहिलो र दोस्रो शताब्दीको चर्च एकदम विश्वासमा बलियो थियो। तेस्रो र चौथो शताब्दीमा आएर रोमन सम्राट कन्स्टेनटाइन ख्रीष्टियन भए त्यतिबेला सम्म भूमिगत रहेका मण्डलीहरुले पनि राजकिय धर्मको रुपमा मान्यता प्राप्त गरें। शान, मान, आदर, सम्मान सबै प्राप्त गरे, अनि विषपलाई दिइने सबै अधिकारहरु दिन थालियो। यसरी सबै अधिकारहरु दिन थाले पछि चर्च अन्धकारमा पुगेको कुराहरु पनि हामी थाहा पाउन सक्छौं। आज आएर यस्ता थुप्रै अवसरहरु पाएर पनि त्यो अवसरलाई परमेश्वरको वचनको शुद्धतामा, पवित्रतामा, इमान्दारितामा चलाउने व्यक्तित्वहरु थोरै छ। यदि यस्ता व्यक्तित्वहरु धेरै भएको भए राम्रो हुने थियो। मलाई गोरखा एफ.एम को एक जना मान्छेले एउटा प्रश्न गर्नु भएको थियो। “येशू प्रभुको प्रेम, त्याग र शिक्षाहरु सबै राम्रो छ तर त्यसलाई पछ्याउने मानिसहरु भने नेपालमा मात्र नभएर विश्वमै किन नराम्रो छ।” यो एउटा चुनौतिको प्रश्न थियो। अहिलेको मण्डलीले यसको बारेमा सोच्नुपर्छ। मण्डलीमा भएको अगुवाजनहरुले बाइबलमा भएको सत्यतालाई स्वच्छ प्रकारले स्विकार गरी त्यसलाई पालना गरी त्यस अनुरुप पवित्रतामा हिड्यो भने मात्र यो देशमा एउटा प्रभात ल्याउन सकिन्छ भन्ने मेरो विश्वास छ। बाइबल धर्मशास्त्रमा यसरी भनिएको छ – तिमीहरु संसारको ज्योती हौ, तिमीहरु संसारका नुन हौ। हाम्रो जिवनले अरु मानिसको जिवनमा प्रेरणा दिने काम गर्नु पर्दछ। येशूले भन्नुभएको छ “जसले मलाई देखेको छ, त्यसले पितालाई पनि देखेको छ। कोही मानिसले पनि परमेश्वरलाई देखेको छैन तर पिताबाट आएको पुत्रले मात्र त्यो बयान गर्न सक्नुहुन्छ।” अब येशू अहिले यहाँ हुनुहुन्न उहाँ र्स्वगमा हुनुहुन्छ। तर येशू हाम्रो हृदय भित्र हुनुहुन्छ। यदि येशू प्रभु हाम्रो हृदयमा हुनुहुन्छ भने येशूको त्यो रुप हाम्रो जिवनमा झल्काउनु पर्छ। अनि उहाँको रुप देख्नु पर्दछ। हरेक कुराहरुमा प्रभुको रुप झल्काउने व्यक्ति भयौं भने आज देशमा र देशवासिहरुमा त्यसको प्रभाव पर्नेछ।  अनि मात्र प्रभुको महिमा मानिसहरुले थाह गर्नेछन्।

NC. देशमा धर्म निरपेक्षता भएकोले अब इसाईहरुको कस्तो भूमिका हुनुपर्दछ? 
धर्म निरपेक्षताको दुईवटा अर्थ छ, एउटा साधारण अर्थमा भन्दा राज्यले कुनै धर्मलाई पनि मान्यता दिएको छैन, भने अर्को अर्थमा भन्नु पर्दा राज्यको कुनै धर्म नै छैन। कुनै पनि धर्मलाई राज्यले मान्यता दिएर त्यसको प्रोत्साहनको लागी काम गर्दैन र राज्यको कुनै धर्म नै छैन भन्ने कुरा भए पछि भोली यहाँ पूरै राज्य नै ख्रीष्टियन भयो भने पनि यहाँनेर ख्रीष्टियन समुदायका राज्यले केहि पनि गर्न सक्ने अवस्था छैन। तर अब धर्म निरपेक्षको कारणले गर्दा राज्यले ख्रीष्टियनहरु प्रति भिन्न व्यवहार देखाउने कुराहरु छैन भन्ने आशा राखौं। तर जब रोमन समुदाएको शक्ति हुन्छ, उनिहरु सरकारमा हुन्छन्। त्यो कुराहरु हामी जहाँ पनि देख्न सक्छौं। धर्म निरपेक्ष्यको त्यो अवस्थालाई प्रयोग गरेर ख्रीष्टियनहरुको मुख्य कुरा भनेको सुसमाचार प्रचार गर्ने हो। दोस्रो कुरा भनेको संसारमा एउटा ज्योति र नुन भएर जिवन जिउनु हो। सामाजिक कुराहरुमा पनि ख्रीष्टियनहरुको सहभागिता हुनु पर्दछ। शिक्षामा, अस्पतालमा सबै किसिमको कायक्रमहरुमा सेवा गर्ने बानी बसाल्नु पर्छ।

NC.अन्य मानिसहरुले इसाई धर्मलाई विदेशी धर्म भन्ने गरेको पाइन्छ, यो भन्नुको कारण के होला? 
यो अमेरिकन धर्म, बेलायती धर्म अथवा पश्चिमी देशको धर्म होइन। येशू प्रभु एसियामा नै जन्मनु भएको हो। अमेरिका भन्ने देश पत्ता लगाएको पाचँ सय वर्षमात्र भएको छ। तर जसले यो अमेरिकन धर्म भन्छन् यो अज्ञानताले गर्दा भनेको हो। युरोपमा ख्रीष्टियन धर्म पुग्नु भन्दा अगाडि भारतमा ए.डि.१९४८ मा इसाई धर्म आएको इतिहास छ। हिन्दू धर्मको विकास भारतबाट भएको हो र त्यहीँबाट नेपालमा प्रवेश भएको हो। जे असल कुरा मानव जातिको लागि छ जुन सुकै किसिमबाट विकास भए पनि त्यो सबै देशको बासिन्दाहरुले अनुभव गर्न सक्नु पर्छ। युरोपमा विकास भएको कुरा यहाँ पनि मानिसहरुले पढिरहेका छन्। प्रजातन्त्र, त्यो पश्चिमी देशमा विकास भएको कुरा हो। ती कुराहरु यहाँ ल्याउन सक्छ भने त्यो राम्रो हो। जब ईश्वरीय विश्वासमा भरिएको आचरणद्धारा मानिसको नैतिकतामा, आचरणमा, व्यवहारमा परिवर्तन आउँछ भने त्यो कुरालाई जो कसैले पनि अँगाल्न सक्छ। यसलाई धर्मको रुपमा नलिएर एउटा विश्वास, आस्था र परिर्वतनको रुपमा यसलाई लिनु पर्छ।

NC. शिक्षित ख्रीष्टियन समुदायका मानिसहरु सबै परमेश्वरको काममा लागेका छन्, सरकारी अफिसमा कोही पनि छैनन्। जुन सुसमाचारीय काम यी ठाउँहरुमा गर्नु पथ्र्यो त्यसमा कुनै पनि मानिस सहभागि भएको छैन, किन यस्तो भएको होला? 
शिक्षित मानिसहरु सबै परमेश्वरको काममा लागि रहेका छन्, तर सामाजिक कार्यमा कम लागेका छैनन्। यसको पछाडी पनि धेरै कारणहरु छन्। ख्रीष्टियनहरु शिक्षित वर्गबाट धेरै आएका छैनन्, थोरै मात्र आएका छन्। शुरुमा आएका ख्रीष्टियनहरु धेरै जसो दुःख पाएका, पिछडिएका, समाजबाट तिरस्कृत भएका मात्र थिए।  तर अब चर्चले पनि यो कुराको शिक्षा दिनुपर्दछ। सामाजिक सेवाद्धारा पनि मानिहरुको बिचमा परमेश्वरको सेवा गर्न सकिन्छ, भन्ने चेतना सबैमा हुनुपर्दछ। क्षमता भएको व्यक्तिहरुलाई यो कामको लागि हौसला दिनुपर्दछ। U.M.N. जस्ता मिसिनरी संस्थाहरु यहाँ आएर सेवा गरेका छन् जसको हातमा पैसा छ। मैले बुझे अनुसार नेपालीको हातमा सामाजिक सेवा गर्ने, अस्पताल सुरु गर्ने, स्कूल सुरु गर्ने जस्ता कामहरु गर्न आर्थिक अवस्था राम्रो थिएन र अझै छैन। तर जुन मिसनरी सोसाइटीहरु आएका थिए उहाँहरुले समयमा नै सोचेर ख्रीष्टियनहरुलाई व्यक्तिगत रुपमा सक्षम बनाएको भए सायद त्यहि कुराहरु हुने थियो जस्तो मलाई लाग्छ। भारतमा ख्रीष्टियनहरुले सुरु गरेको अस्पताल, स्कूलहरु पनि थुपै्र छन्। भारतमा ख्रीष्टियनहरु ३,४ प्रतिशत भन्दा छैन तर सामाजिक कार्य धेरै छ। त्यस्तै नै हामीले पनि यहाँ शिक्षा हाँसिल गरेर सामाजिक सेवा गर्न सक्छौं। मैले कति पटक सल्लाहकारको रुपमा रहदाँ खेरि एच.डि.सी.एस., नेपाल ख्रीष्टियन सोसाइटि, एन.सि.एफ.लाई पनि बारम्बार यी कुराहरु बताएको हो। पाँचै  विकास क्षेत्रमा पाँच वटा नमुनाको स्कूलहरु विकास भएको होस्, अनि ति पाँचै क्षेत्रमा ख्रीष्टियन अस्पताल होस् र प्रत्येकमा एउटा-एउटा ख्रीष्टियन मेडिकल कलेज शुरु गरौं, जसले नेपालमा परिर्वतन ल्याँउदछ। मेरो विचारमा, यहाँका मानिसहरुको भिन्दा भिन्दै मानसिकता रहेका छन्, राष्ट्रिय भावना भन्दा पनि स्वार्थ भावना भढि छ जसको कारणले गर्दा एकिकृत भएर काम गर्न सकेको छैन।

NC. पहिलेका मण्डलीहरुमा धेरै एकता, प्रेम,शान्ति थियो तर अहिले विभिन्न सम्प्रदायले गर्दा यी सब हटेको छ कारण के होला जस्तो लाग्छ तपाईंलाई?   
पहिलेका मण्डलीहरुमा सतावट बढि थियो। त्यसै कारण त्यति बेला मण्डली भित्र पवित्रता, शुद्धता,असल व्यवहारहरु थियो। तर अहिले स्वतन्त्र बढि भएको कारणले गर्दा मान्छेमा स्वार्थी भावना बढि सिर्जना भएको छ।  प्रभुको वचनको कुरा भन्दा पनि आफ्नै नाम र मान लागी मात्र ध्यान दिने गरेको पाइन्छ। शिक्षित व्यक्तिहरु एक मन भएर हामी एउटै लक्ष्यमा रहेर काम गरौं भनी काम गर्न सकेको छैनन्। कुनै पनि कामलाई सबै जना मिली जुटेर काम गर्ने बानी नेपालीमा छैन। ख्रीष्टियन क्याथलीकहरुले उनीहरुको आफ्नै चर्च, स्कूल, अस्पतालहरु खोलेको छ तर प्रोटेस्टेनहरुले भने अहिले सम्म त्यस्ता स्कूलहरु स्थापना गर्न सकेका छैन। यदि यस्ता प्रकारका संघ संस्थाहरु स्थापना गर्न सक्यो भने समाजमा धेरै परिवर्तन ल्याउन सकिन्छ। क्याथलीक वर्गहरुको जनसंख्या धेरै नभए पनि त्यहि पढेर उनीहरु बाहिरिएको हो। यसैले गर्दा उनिहरुको घनिष्ट सम्बन्ध छ। तर प्रोटेष्टेन ख्रीष्टियनहरुको लागी यो एउटा अभावको विषय हो। क्याथलीक वर्गहरुमा केही काम गर्दा भनसुन गर्‍यो भने त्यो काम हुन्छ, तर प्रोटेष्टेन्ट ख्रीष्टियनहरुमा अथवा हामीले केहि काम गर्‍यो भने त्यसमा साथ दिने कोहि पनि हुँदैन। त्यसको मुख्य कारण भनेको हामीले अझै पनि राम्रो प्रकारले सोचेका छैनौं। क्याथलीक स्कूल एउटा मात्र व्यक्तिले चलाएको होइन उहाँहरुको त एउटा ठूलो समाज छ। त्यस्तै गरि प्रोटेष्टेन ख्रीष्टियनहरुमा पनि त्यो त्याग र निस्वार्थ भावना सिर्जना गरेर एकजुट भएर काम गर्‍यो भने हरेक काम गर्न सकिन्छ।

NC. राष्ट्र प्रति ख्रिष्टियनहरुको भूमिका कस्तो हुनुपर्दछ?
मेरो विचारमा राष्ट्र प्रति ख्रीष्टियनहरुले नै अग्र स्थान ओगट्नु पर्दछ।

NC. तपाईंको विचारमा चर्च, संघ संस्था दर्ता गर्नु पर्छ कि पर्दैन? 
कुनै पनि चर्च, संघ संस्थाहरु दर्ता गर्नु पदर्छ किनभने चर्च, संघ संस्थाहरु दर्ता गरेमा पछि कुनै व्यक्तिले आएर यसलाई औँला उठाउन सक्दैन। यसलाई आफ्नो निजि संस्थाको रुपमा नभएर चर्चको रुपमा दर्ता गर्‍यो भने अझ राम्रो हुन्छ। यसो गर्दा सरकारको नियम अनुसार दर्ता गर्नुपर्छ। अहिले हामीले ८० हजार भन्दा बढि कर तिर्नु पर्छ। दश वर्षभन्दा अगाडी हामीले ८० हजार भन्दा बढि ट्याक्स तिर्नु पर्ने परिस्थिति थियो तर अहिले दश वर्षभयो हामीले ट्याक्स तिर्न सकेका छैनौं। यदि यो चर्चको रुपमा दर्ता गरेको भए कर तिर्नु पर्ने थिएन। अहिले पनि ख्रीष्टियनहरुले यो कुरामा ध्यान दिएको छैनन्। कहिले काँही सभा सम्मेलन हुँदा यो भएन त्यो भएन भनेर भन्ने गर्छन तर त्यतिले मात्र प्रयाप्त हुदैन। त्यसैलाई मध्यनजर राखी पुरा गर्न लागी पर्नु पर्दछ। अहिले तर्राई क्षेत्रका मानिसहरुले हाम्रो वास्था गरेन हामी छुट्टीन्छौं भने जस्तो जे मन लाग्यो त्यहि गर्नु हुदैन। सरकारले मान्यता दिएको कारण त्यसलाई एउटा सहि तरिकाले अपनाउन सक्नु पर्दछ।

NC. ख्रीष्टियन युवाहरुमा जागृति ल्याउन के गर्नुपर्दछ?
ख्रीष्टियन युवाहरुमा जागृति ल्याउनको लागी मण्डलीमा आध्यत्मीक शिक्षा दिनु पर्दछ। धेरै जनाले अहिले चर्च सुरु गरेका छन्, ति चर्च सुरु गरेका व्यक्तिहरुमा पनि कसै – कसैमा पैसा कमाउने मानसिकता देखिएको पाइन्छ। सुसमाचार प्रचार गरेर उनिहरुको जिवन परिवर्तन गराई एउटा असल मार्गमा हिँडाउने नभएर चर्च आएको केहि दिनमै बप्तिष्मा दिने गरेको धेरै घटनाहरु पाइन्छ। अहिले नयाँ विश्वासी भनेको युवा पिँढिहरु नै धेरै छन्। उनिहरुलाई असल आध्यात्मिक शिक्षा नदिएको कारण लापरबाही जिवन बिताइरहेका छन्। तर यदि हामीले उनिहरुलाई असल आध्यात्मिक शिक्षा दिएको खण्डमा उनिहरुको जिवन परिर्वतित हुन्छ जस्तो मलाई लाग्छ। बाहिरको चर्चको निति नियमलाई नेपालको चर्चले बढि अँगालेकोछ। यसै कारणले गर्दा पनि यी समस्याहरु बढ्दै गएको हो। चर्चमा राम्रो शिक्षा छैन, उदाहरणिय जिवन जिउने कोहि पनि छैन न त यो कुरा अगुवाहरुको जिवनमा देखिन्छ। त्यसै कारणले गर्दा युवाहरुमा पनि त्यस्तै प्रकारको प्रभाव परेको छ। युवाहरुलाई विभिन्न तालिमहरु दिने र चर्चमा पनि उहाँहरुको शिक्षा सम्बन्धि, भविष्य सम्बन्धि शिक्षाहरु दिने काम गर्नु पर्दछ। चर्च एउटा आराधना गर्ने, आध्यात्मिक शिक्षा लिने र ज्ञान प्राप्त गर्ने ठाउँ हो भनेर सोच्नु पर्दछ तर चर्चमा गयो भने काम र पैसा पाइन्छ भन्ने सोचाई हटाउनु पर्छ।

NC. नेपालको मण्डलीहरुमा पवित्रआत्माको बप्तिष्मा दिनु कत्तिको आवश्यक छ?
प्रेरित २0:३८ देखि ४९ सम्म पढ्यो भने त्यहाँ पत्रुसले भन्नुभएको छ “पश्चताप गर्ने र बतिष्मा दिने हरेकले पवित्रआत्मा पाउनेछ। यो तिमीहरुको निम्ति र तिमीहरुको सन्तानको निम्ति हो। “यो कुनै व्यक्तिले राखेको नियम होइन, तर परमेश्वरको वचनबाट आएको हो भन्ने कुरा सिकाउनु पर्दछ। येशू प्रभूले पनि भन्नुभयो कि शक्ति नपाउन्जेल सम्म यरुशलेमबाट कँहि पनि नजाऊ। पवित्रआत्मा आउनु भए पछि उहाँले तिमीहरुलाई सिकाउनु हुन्छ, अर्ति दिनु हुन्छ। प्रत्येक विश्वासी परमेश्वरको पवित्रआत्माको भरपूरी र बप्तिष्माको अनुभव गरेर त्यो आत्माको अगुवाइमा जिउन सक्यो भने शारीरिक अभिलाषाहरु, स्वार्थमय कुराहरुबाट विजय प्राप्त गरेर आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छ।

NC. नेपालको मण्डलीहरुमा जागृती आउन कस्तो कदम चाल्नुपर्छ?
एउटा मुख्य कुरा आफ्नो गल्तिको बारेमा सोच्नु पर्दछ कि, किन हामीमा विकृतिहरु आइरहेको छ, के कमजोरी हामीमा छ,  किन हामी आत्मिक रुपमा पछि परिहेको छौ भन्ने सोचाइ हामीमा हुनुपर्दछ। पश्चतापी हृदय र प्रार्थनामय जिवन हुनुपर्दछ। बाइबल धर्मशास्त्रलाई गहिरो रुपमा अध्ययन गर्नु पर्दछ। मेरो सोचाइमा धेरै ख्रीष्टियन परिवारमा प्रार्थनामय जिवन र बाइबल पढ्ने बानी छैन। चर्चमा बाहेक घरमा पनि बाइबल पढ्नु पर्छ भन्ने मानसिकता बोकेको विश्वासीहरु कम मात्र भेट्न सकिन्छ। एउटा पारिवारिक वेदि प्रभुको दासहरुको घरमा थियो। प्रत्येकको घरमा त्यो हुनुपर्दछ। बालबालकिकाहरुसँग आमा बुबाहरु बसेर आध्यात्मिक शिक्षाहरु दिएर हुकाउन सक्यो भने मात्र प्रभुको वचन अनुसार चल्न सकिन्छ। मैले पनि मेरो छोराहरु केरलामा हुँदा चिठी लेख्दा जहिले पनि एक दुइटा शब्दहरु कहिल्यै पनि सोध्न छुटाउने गर्दिनथें- “तिमीहरुले बाइबल पढेको छौ कि छैनौ, प्रार्थना गरेको छ कि छैन, गवाही बाँडेको छ कि छैन, तिमीहरुको जीवन प्रभुको वचन अनुसार चलेको छ कि छैन आदि।” अहिले मेरो तिनै नानीहरु प्रभुलाई चिनेर र प्रभुको डरमा हिड्ने गर्छन्।मेरा कुनै पनि नानिहरु नराम्रो बाटोमा हिडेको छैनन्। तर हाम्रो चर्चको लिडरसिपमै कतिजना पाष्टरको नानीहरु नै नराम्रो बाटोमा हिडेको देख्दछौँ। त्यसको कारण भनेको एउटा त परिवारमा आज्ञाकारिताको कमि छ भने चर्चमा पनि यस्तै प्रकारको जिवन छ। यसैकारणले गर्दा जब हाम्रो ख्रिष्टियन समुदायले परिवार, मण्डली, बाल संगती, जवान संगती हर तर्फबाट प्रार्थना, बाइबल पढाइ र पवित्रताको बारेमा भएको सिकाइको बारेमा सोची यी सबैमा हामी अगाडी बढ्न सक्यो भने र एउटा उपवासको जिवन र चर्चको अवस्था किन यस्तो भएको छ भनेर सोच्यो भने प्रभुले अवश्यै काम गर्नुहुन्छ। त्यसको लागी हामीले परिश्रम गर्नुपर्छ। तर कता कता हाम्रो सिकाइमा पनि समस्या देखा परेको छ। हामी  ख्रिष्टियन भएर विश्वास गरी ग्रहण गर्यो भने जसरी जिवन बिताए पनि प्रभु दयालु अनुग्रही हुनुहुन्छ, उहाँले जस्तो पापमय जिवन बिताए पनि क्षमा गर्नुहुन्छ र हामी र्स्वगमा पुग्छौ भन्ने मानसिकता धेरै विश्वासिले बोकेको हुदाँ छाडापनको जिवन व्यतित गरिरहेका छन्। पापमय जिवन व्यतित गरेमा नरकमा जान्छ र परमेश्वरले दण्ड दिनु हुन्छ भन्ने मानसिकता मानिसमा हुनुपर्दछ।

NC. नेपालको राजनितीक गतिरोध अन्त हुनुको लागि नेपाली ख्रीष्टियनहरुको कस्तो कदम चाल्नुपर्दछ?
मेरो सोचाइमा नेपाली ख्रीष्टियनहरुले प्रभुलाई गहिरो प्रकारले चिनेर ख्रीष्टियन सिद्धान्तको आधारमा राजनितीमा हात हाल्नुपर्दछ।

NC. अन्तमा केही भन्न चाहनुहुन्छ?
म नेपालको मण्डलीहरुलाई माया गछु। म मेरो जवानी अवस्था देखि लिएर अहिले सम्म यहीं रहेर प्रभुको सेवा गरिरहेको छु। नेपालको मण्डली भित्र एउटा आत्मिक प्रेम विकास भएर आत्मिक जागृतीमा अगाडी बढेको म देख्न चाहन्छु। म वि.स.१९७५ सालमा नेपालमा आउँदा खेरि एन.सि.एफ.ले वषको एकपटक दशैंको समयमा विषेश सगंती गर्न आयोजना गर्दथ्यो। ओखलढुङ्गा, पोखरा र नेपालगन्जबाट विभिन्न ठाउँबाट थोरै ख्रीष्टियन अगुवाहरु आउँदा खेरि जुन प्रेम, सम्बन्ध एक व्यक्तिले अर्कोलाई भेट्दा हुने खुशी थियो त्यो स्वग पृथ्वि नै भएको अनुभव हुन्थ्यो। त्यी सबै अनुभवहरु पैसाको कारणले गर्दा कारणले गर्दा हराउँदै गयो। अनि हामी भित्र पनि अनेक प्रकारको छाडापन आएकोले कता- कता टाढापनहरु आएको छ। तर पनि हामी ख्रीष्टियन सिद्धान्तलाई अँगालेर अगाडि बढ्न सक्छौ। हामीले आफ्नो स्वार्थ भावनालाई त्यागेर नेपालमा परमेश्वरको काम सबै मिली राष्ट्रिय हितको लागी गर्नुपर्ने अवस्था छ। अस्पतालहरु सुरु गर्ने, समाजिक हितको लागि कामहरु सुरु गरेर अगाडी बढ्नु पर्दछ। गाउँ- गाउँमा पुगेर सेवा गर्नुपर्दछ। राजनितीमा पनि आफ्नो स्वार्थको लागी र पैसा कमाउने बाटोको रुपमा मात्र होइन तर जनताको हितका लागी काम गर्नुपर्दछ। देशमा शान्ति ल्याउने काम सबैले मिलेर गरोस् भन्ने म चाहन्छु।

Related Articles

Back to top button