इतिहासमा आज : रोबर्ट कलेज

टर्कीको विशालतम सहर इस्तानबुल (ऐतिहासिक रूपमा यसलाई कन्स्टानटिनोपल भनिन्थ्यो) मा रोबर्ट कलेज नाउँले चिनिने एउटा शिक्षालय छ । १५४ वर्ष पुरानो यो शैक्षिक संस्था अमेरिकाभन्दा बाहिर आफ्नै मूल स्थानमा अझै विद्यमान प्राचीनतम अमेरिकी स्कुल हो । यसले उल्लेखनीय विद्यार्थीहरूलाई उत्पादन गरेको छ, जसमध्ये उद्यमीहरू, राजनीतिज्ञहरू, पत्रकारहरू, कलाकारहरू, टर्कीका दुई जना प्रधानमन्त्री, बुल्गेरियाका चार जना प्रधानमन्त्री, टर्कीको संसदका तिन जना सदस्य र एक जना नोबेल पुरस्कार विजेता आदि पर्छन् ।

१६ सेप्टेम्बर १८६३ मा ३१ जना विद्यार्थीसहित यस कलेजको थालनी भएको थियो । साइरस हामलिन र क्रिस्टोफर रोबर्टद्वारा स्थापित यस कलेजको प्रथम कलेज प्रमुख थिए, साइरस हामलिन ।

हामलिन मिसनरी, शिक्षाविद्, अन्वेषकसाथै कालिगड थिए । ख्रिस्टाब्द १८११ मा जन्मेका तिनी अमेरिकाबाट मिसनरी बनी टर्कीमा गएका थिए । १८६० देखि नै तिनले इस्तानबुलमा कलेज स्थापनाको कामलाई थालनी गरेका थिए । शिक्षालय निर्माणको लागि अनुमति प्राप्त गर्न तिनले टर्कीका अधिकारीहरूको ढोका घरीघरी ढकढक्याउनुपरेको थियो र अन्त्यमा तिनी आफ्नो सतत प्रयासमा सफल भएरै छाडे । ख्रीष्टियान मिसनरीद्वारा स्थापित यस कलेजबाट आज सबै थरीका मानिसहरूले शिक्षा पाइरहेका छन् ।

  • Kamal Adhikari * with Reasons to Believe

Related Articles

Back to top button