इतिहासमा आज : नबिल कुरेसी

नबिल कुरेसीको जन्म एउटा भक्त मुसलमान परिवारमा भएको थियो, १९८३ मा अमेरिकामा । तिनले इस्लाम धर्मको बारेमा अध्ययन गरे र ख्रीष्टियान विद्वान्‌हरूसित बहसमा संलग्न भए । तिनले ख्रीष्टियान विश्वाास र इस्लाम धर्मको बारेमा अझै खोजी गर्ने क्रममा तिनको दृष्टिकोण बद्‌लियो । तिनको अनुसन्धानले तिनलाई ख्रीष्टियान विश्वा‍सको सत्यतातर्फ डोर्‍यायो । तिनले नयाँ जन्म पाए । Seeking Allah, Finding Jesus नामक आफ्नो पुस्तकमा तिनले आफ्नो आत्मिक यात्रालाई सबिस्तार ढङ्गमा बयान गरेका छन् । यो कृति न्युयोर्क टाइम्सको बेस्ट सेलरको सूचीमा परेको थियो । यसका अतिरिक्त तिनले अन्य दुईवटा कृति पनि लेखेका छन् ।

तिनी प्रभुमा आएपछि चाँडै नै प्रखर वक्ताको रूपमा रूपमा चिनिए । तिनले अक्सफोर्ड, कोलम्बिया, कर्नेललगायत १०० भन्दा बेसी विश्वविद्यालमा भाषण दिएका छन् । तिनी अमेरिका, युरोप र एसियामा पनि पुगेका छन् ।
ख्रीष्टियान अपोलोजिस्ट (ख्रीष्टि‍यान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने व्यक्ति ) साथै वक्ता नबिल केवल ३४ वर्षको उमेरमा हिजो आफ्नो अनन्त घरमा प्रस्थान गरेका छन् ।

  • Kamal Adhikari * with Reasons to Believe

Related Articles

Back to top button