थुनामुक्त भए सल्यानका ४ इसाई – दाङमा भव्य स्वागत

हरि जिज्ञासु : ६ असोज ÷दश महिना अघि झुट्टा मुद्धामा कारागारमा रहेका सल्यानका सुकलाल परियार, गंगा परियार, लाली पुन, विमकली बुढा मगर लाई सल्लान जिल्ला अदालतले २०७३ पुस ०४ गतेको फैसलालाई उल्टाउँदै कारागारमा बसेको अवधिलाई कटाएर बाँकि जेल सजायबाट थुनामुक्त गरेको छ ।
सल्यान जिल्ला अदालतले पीडित रुपा थापालाई छ महिना थुनामा राखि सफाई दिदैं बाँकि ४ जनालाई पाँच वर्षको जेलसजाय र जनही रु ५० हजार तोकेको अवस्थामा कारागारमा रहेका उनीहरुलाई राष्ट्रिय ख्रीष्टिय महासंघसहितको टोली पटक–पटक सल्यान जिल्ला कारागारमा भेट्न गई, उनीहरुको पारिवारिक स्थिति र घटनाको बास्तविकता बुझि पीडितहरुको पक्षमा महासंघले मुद्धा अघिसारेर आज उनीहरुलाई थुनामुक्त गर्न सफल भएकोछ ।
जेलमा रहेका उनीहरुलाई राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि. गहतराज, महासचिव पदमनाथ पराजुली, फ्रिडम फर अल नेपालका सचिव मानव अधिकारकर्मी खगेन्द्र ओली, महसांघका केन्द्रीय सदस्य बलबहादुर ताम्राकारको रोहभरमा थुनामुक्त गरिएको हो । उनीहरुलाई थुनामुक्त गरिसकेपछि राष्ट्रिय ख्रीष्टिय महासंघ दाङ शाखाले आज होटेल सिटी पल्जामा भव्य स्वागत गरेको छ । महासंघ दाङका अध्यक्ष नरेन्द्र बरालको अध्यक्षतामा रहेको स्वागत क्रार्यक्रममा राष्ट्रिय ख्रीष्टिय महासंघ नेपालका अध्यक्ष सि.वि गहतराजले बल्नुभएको थियो ।

थुनामुक्त भएकोमा परमेश्वर र सिंगो नेपाली इसाईको बिजय हो ः अध्यक्ष गहतराज ।

अध्यक्ष सि.वि गहतराजले सल्यानमा ५ जना ख्रीष्टियनहरु जेलमा रहेको खबर सुनेपछि आफूभित्र उनीहरुप्रति दयाको भावना पलाएको बताउँनु भयो । उहाँले भन्नुभयो । “ जव वकिल र मानवअधिकारकर्मी सहितको टोलीसहित हामी सल्यान कारागारमा पीडित इसाईहरुलाई भेट्न गयौं । उनीहरुको अवस्था भयावह थियो । उनीहरुको घरमा पनि गयौं । उनीहरुको घरको ढोका बन्द थियो । त्यसपछि मेरो आँखाबाट आँशु बगे । मलै सोचेँ अब यी निर्दोशहरुलाई मेरो घर बेचेर भएपनि थुनामुक्त गर्छु । उनीहरुको लागि धेरै प्रार्थना गरेँ । मेरो श्रीमतीले सल्यानका कारागारमा रहेका पीडितहरुको लागि धेरै प्रार्थना गर्थिन् । धेरै ठाउँमा उनीहरुको लागि प्रार्थना गरियो । परमेश्वरले मेरो र नेपालमा रहेका सबै इसाईहरुको प्रार्थना सुन्नुभयो । उनीहरुको पक्षमा बोल्ने मानवअधिकार कर्मी खगेन्द्र ओली लगाएतका व्यक्तिहरुलाई परमेश्वरले जुटाईदिएपछि यो सम्भव भएको हो ।” उहाँले अझै बगिरहेका आँशु पुच्दै थप्नुभयो “मानव अधिकारकर्मी खगेन्द्र ओली र महासंघले गरेको कामप्रति धन्यवादी हुनुको सट्टा उल्टै महासंघप्रति हाम्रै मान्छेहरुले आलोचना गर्नुभएको थियो । तर आज हामीले विजय पाएका छौं । यो विजय हाम्रो मात्र होइन, परमेश्वरको बीजय हो । सिंगो नेपाली इसाईहरुको विजय भएको छ ।

पीडितहरुको फोटोको व्यापार हुदैथियो ः खगेन्द्र ओली –मानवअधिकारकर्मी

स्वागत कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी खगेन्द्र ओलीले आफू कुनै पनि धर्मको नभएको र न्यायको पक्षमा बोल्ने मान्छे भएकोले धर्मको पक्ष नलिएर नेपाली पीडितहरुको पक्ष लिएको बताउँनु भयो । उहाँले भन्नुभयो “मलाई ख्रीष्टियन भित्र कतिओटा टिम छ त्यो थाहा छैन । तर उनीहरुको फोटो बेचेर व्यापार गर्ने मान्छेहरु पनि देखें । उनीहरुको मुद्धालाई हराउँनुपर्छ भन्ने व्यक्तिहपनि भेटें । यस्ता खालका समस्याहरुलाई पनि हामीले पन्छाउँदै थुनामुक्त गर्न सफल भयौं । मैले अध्यक्ष गहतराज ज्यूलाई भने यो मुद्धा नेपालको पहिलो मुद्धा हो । मुस्किल छ अव यो तपाईको येशूको हातमा छ भनेको थिएँ । तर अहिले यो मुद्धा जित्न सफल भइयो ।” उहाँले थप्नुभयो हिन्दुहरुले महायज्ञ लगाउँदा, घण्टा बजाउँदा डिस्र्टव नहुने र ख्रीष्टियनहरुले कोठामा प्रार्थना गर्दा डिस्र्डव हुने भन्ने होइन तर हामीले केही अभ्यास गर्नुपर्छ ।
उक्त स्वागत क्रार्यक्रममा थुनामुक्ता भएका व्यक्तिहरुको आँखाबाट खुशीका आँशुहरु बगेका थिए । उनीहरुले भने “हाम्रो घरमा ढोका बन्द थियो । हामी पैसा तिरेर थुनामुक्त हुन्छौं भन्ने सम्भावना थिएन । तर परमेश्वरले सायता गर्नुभयो । अनि हामी मुक्त हुन सफल भयौं । महासंघलाई धेरै धन्यवाद
स्वागत क्रायक्रममा राष्ट्रिय ख्रीष्टिय महासंघ दाङ शाखाका बरिष्ठ सल्लाहाकार पास्टर नरबहादुर शाह लगाएत विभिन्न पास्टरअगुवाहरुको सहभागि रहेको थियो ।

Related Articles

Back to top button