इतिहासमा आज : थोमास

कहिले कहीँ हामीले अपेक्षा गरेजस्तै हाम्रा योजनाहरू कार्यान्वयन हुँदैनन्, किनकि परमेश्वरले हामीलाई उहाँको बन्दोवस्तअनुसार घुमाउरो बाटोबाट अन्तै लैजानुहुन्छ । थोमास कोक नाम गरेको व्यक्तिको जीवनमा यस्तै भएको छ ।

२४ सेप्टेम्बर १७८५ मा थोमासले आफ्ना पुस्तकहरू र झोलाहरू कसी इङ्गल्यान्डबाट प्रस्थान गरे । तिनी क्यानडाको नोभा स्कोटिया भन्ने ठाउँका लागि प्रस्थान गर्दै थिए, आफूसँगै यात्रा गरिरहेका मिसनरीहरूलाई त्यहाँ स्थापित गर्न । तर सामुद्रिक यात्रा सोचेजस्तो राम्रो भएन र यात्रा दिनप्रति दिन कठिन हुँदै गयो । जहाज आँधीमा फस्न् पुग्यो । थोमास र तिनका मिसनरीहरूको कारणले गर्दा जहाजमा अनर्थ हुँदै थियो भनी कप्तानले महसुस गरे । तिनले मिसनरीहरूलाई जहाजबाट फ्याँक्ने विचारसमेत गरे । कप्तानले वास्तवमै थोमासका केही कागज पत्रहरू जम्मा गरी समुद्रमा फ्याँकिदिए । यात्रा सोचेको समयभन्दा लम्बियो अर्थात् तिन महिना लाग्यो र तिनीहरू नोभा स्कोटियामा पुग्नुुको साटो क्षतिग्रस्त जहाज क्यारेबियन क्षेत्रमा पर्ने वेस्ट इन्डिजको एन्टिगुआ टापुमा पुग्यो । त्यो ख्रीष्टमसको दिन थियो ।

जोन बाक्स्टर नाउँ गरेका मिसनरी एन्टिगुआ टापुको कुनै क्षेत्रमा बस्थे भनी थोमासलाई थाहा थियो । तिनलाई फेला पार्ने आशाका साथ थोमास र तिनका तिन जना मिसनरी तिनलाई खोज्दै अगाडि बढे । बाटोमा तिनीहरूले एक जना मानिसलाई सोधे जो तिनीहरूले खोजेका मानिस नै हुन पुगे अर्थात् तिनी त जोन बाक्स्टर नै रहेछन् ।

थोमास र तिनका सहयात्रीहरूले नोभा स्कोटिया जाने अवधारणालाई त्यागिदिए । बरु, तिनीहरूले एन्टिगुआ र वरिपरिका टापुहरूमा सेवा गर्ने निधो गरे । ख्रिस्टाब्द १८१४ मा थोमासको मृत्यु हुँदा त्यहाँका मण्डलीहरूमा १७,००० भन्दा बेसी विश्वासी भइसकेका थिए ।

१७४७ मा वेल्समा जन्मेका थोमास प्रथम मेथोडिस्ट बिशप हुन् र तिनी मेथोडिस्ट मिसनका पिताको रूपमा परिचित छन् ।

Related Articles

Back to top button