सल्यान घटनाः महासंघको सफलता र चुनौती

समसामयिक लेख

दिनेश श्रेष्ठ

सल्यान जिल्लाको कुभिन्डे–४, ज्यामिरेस्थित शमुएल मण्डलीमा मिति २०७३ जेठ २४ गते सोमबारका दिन भूत लागेकी सेती परियारलाई आफ््नै सुसुराले चर्चमा लगेर प्रार्थना गरेको खण्डमा निको हुन्छ भन्ने सुनेकोले प्रार्थना गरीदिनका लागि अनुरोधका साथ चर्चमा पठाएका थिए किनकि जो भूत लागेकी सेती परियारकी आफ््नै देवर र देवरानी पनि त्यही मण्डलीका विश्वासी थिए । उनको लागि सबैले आँखा बन्द गरी प्रार्थना गरिरहेकै बेलामा निज भूत लागेकी सेती परियार प्रार्थनाकै विचबाट चर्च बाहिर गएकी थिइन्् । प्रार्थना गरिसकेपछि निजलाई नदेखेपछि सबै मिली खोज्दै जाँदा नजिकैको जंगलमा आफैलाई चिथोर्दै चिच्याउँदै बसेको बेलामा भेटिइन्् । जो झुटो आरोप लागि करिव १० महिना थुनामा रहि हालै रिहा भएका चार जना रुपलाल परियार, (जो स्थानीय चर्चका डिकन हुन््) निजकी श्रीमती गंगा परियार, लाली पुन (महिला डिकन), विमकली बुढा र यस घटनामा सफाई पाएकी रुपा थापा समेत सेती परियारलाई खोज्न गएका थिए । निजलाई जे जस्तो अवस्थामा भेट्टाएका थिए, त्यही अवस्थामा ल्याई उनको घरमा लगेर बुझाएका थिए ।

यो घटना घटेको लामो समयपछि अचानक साउनको पहिलो हप्ता स्थानीय व्यापारी दिपेन्द्र बस्नेतको पहलमा उक्त कुरालाई तोडमोड गरी कान्तिपुर, रातोपाटी लगायतका मिडियामा समाचारका रुपमा बाहिर ल्याइयो । (स्थानीय व्यापारी दिपेन्द्र बस्नेत पनि सोही चर्चमा सेवा संगतिमा पहिले गएका तर पछि प्रभुलाई त्यागेका व्यक्ति हुन्् ।) मिडियामा आएको समाचारका आधारमा गत वर्षको श्रावण ६ गते जिल्ला प्रहरी कार्यालयले प्रहरी जवानहरूलाई पठाई निजहरूलाई पक्राउ गरी थुनामा राखी अनुसन्धान अगाडि बढाएको थियो । उहाँहरूलाई बोक्सीको आरोपमा गु मुत खुवाई सिस्नोपानी लगाएको साथै जवरजस्ती धर्म परिवर्तन गर्न लगाएको आरोपमा पक्राउ गरी अभियोग लगाइएको र जिल्ला अदालतमा लामो समयसम्मको वहस पछि भूत लागेकी भनिएकी सेती परियार जो पछि आश्चर्यकर्मसाथ निको भएकी र निजका श्रीमान समेत अदालतमा आई उहाँहरू निर्दोष हुनुहुन्छ भन्दाभन्दै पनि गत साल २०७३ पुस ४ गते आरोपी रुपा थापालाई सफाई दिंदै बाँकी अरु चार जनालाई पाँच वर्षको जेल सजायँ र जनही पचास हजारका दरले जरिवाना तोकेका कारण उहाँहरू जिल्ला कारागार सल्यानमा थुनामा पर्नुभएको थियो ।

जब यो सल्यानको घटना बाहिर आयो, त्यसपछि नेपाल ख्रीष्टियन समाजले यस केसलाई हेरेको हो । एक त यर्थाथ सत्यतथ्य खबर आउन समय लाग्यो । त्यतिखेर जिल्ला अदालतमा यो केस चल्दै गर्दा समाजका तर्फबाट मुकुन्द शर्मा लगायतका ब्यक्तिहरू त्यहाँ घटनास्थलसम्म पुगेतापनि जसरी काम गर्नुपथ्र्यो र लविङ्ग गर्नुपथ्र्यो, त्यसरी भएको देखिएन । आरोपी र उनका परिवारलाई केही आर्थिक सहयोग गर्नु मात्र ठूलो उपलब्धी कदापि होइन । जिल्ला अदालतले फैसला गर्ने दिनसम्म पनि यो केस सामान्य हो, मिलिसक्यो । सामान्य तारिख र थोरै जरिवानामा उनीहरूलाई छोडिदिन्छ भन्ने जस्ता मनोगत कुरामा रमाएर समाजका पदाधिकारीहरू बसेका थिए । जिल्ला अदालतले अन्तिम फैसला पुस ४ गतेका दिन ग¥यो । एक जना रुपा थापालाई सफाई दिंदै अरु चार जनालाई पाँच वर्षको जेल सजायँ र जनही पचास हजारका दरले जरिवाना तोक्यो तर माघ महिनाको अन्तसम्ममा पनि समाजले अबको कानुनी उपचार कसरी गर्ने भन्ने कुनै निचोड निकाल्न सकेन ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले यो केशलाई शुरुमा बेवास्ता गरेको थियो, के कति कारणले हो थाहा हुन सकेन । जो समग्र ख्रीष्टियन समुदायको हकहितका लागि हामी काम गर्छौं भनेर अघि बढेको संस्थाले यसरी बेवास्ता गर्नु यस संस्थाको पनि एकदमै कमजोरी नै थियो तर पछिल्लो समयमा महासंघले जुन पहल ग¥यो, त्यो एकदमै स्रहनीय कार्य थियो । वास्तवमा गत सालको माघ अन्तिम साता महासंघका अध्यक्ष सि.वि गहतराजको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले त्यहाँ यथार्थ के भएको हो भन्ने बारेमा सत्यतथ्य कुरा बाहिर ल्याउन सक्यो । सम्बन्धित सबै पक्षलाई भेटेर यथार्थ कुरा बाहिर ल्यायो र साथै महासंघले यस घटनालाई गम्भिरतापूर्वक जुन पहल कदमी पाइला बढायो र ती आरोपी सबैलाई हालै जेल मुक्त गर्न सक्यो, त्यसका लागि महासंघ धन्यवादको पात्र भएको छ । कतिपय विश्वासी जनकाे प्रार्थनाकाे प्रतिफल भन्नुपर्छ कि महासंघका उपमहासचिव तथा प्रवक्ता श्री सागर बैजुले गत फागुन ८ गतेका दिन सल्यानमा थुनामा पर्नु भएका ४ जना ख्रीष्टियनको रिहाईका लागि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका तर्फबाट उच्च अदालत सुर्खेतमा रिट दायर गर्नुभयो । महासंघले आफ््नो ध्यान र काम यस घटनामा थुनामा परेकाहरूलाई कानुनी उपचारद्वारा छुटकारा दिलाउन लागि प¥यो, त्यसैका कारण आज उहाँहरू कैदी जीवनबाट मुक्त हुनुभएको छ । ती चारै जना बन्दीलाई यसै असोज ६ गतेका दिन राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष सि.वि गहतराज, महासचिव पदमनाथ पराजुली, केन्द्रिय सदस्य बल बहादुर ताम्राकार र फ्रिडम फर अल नेपालका सचिव तथा मानवअधिकारकर्मी खगेन्द्र ओलीको रोहबरमा थुनामुक्त गरिएको हो । देखिन त यहाँ उच्च अदालत सुर्खेतमा महासंघले रिट दायर गरेको मात्र देखिन्छ तर उहाँहरूलाई थुनामुक्त गराउनका लागि महासंघले कानुनी लडाईकासाथै राजनीतिक तवरबाट गरेको पहल स्रहनीय छ । उहाँहरूलाई छुटाउनका लागि मानवअधिकारकर्मी लगायत राजनीतिक दलका नेता, मन्त्री, प्रधानमन्त्री लगायतसम्म गर्नुभएको लविङका कारण नै यो सफलता महासंघले पाएको हो । यसलाई कसैले नजरअन्दाज नगरोस्् । यदि उच्च अदालत सुर्खेतमा मुद्धा दायर गरेर मात्र बसेको भए उहाँहरू निश्चय नै छुट््नुहुनेथिएन भन्ने तथ्य त घाम जत्तिकै छर्लङ्ग छ ।

अन्तमा, यो केसमा दोषी बनाइएकाहरूको पक्षमा उच्च अदालतले पूर्ण सफाई जसरी दिनुपथ्र्यो त्यसरी दिएको देखिंदैन । उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसलालाई आंशिक उल्टाई सजाय कम मात्र गरेको देखिन्छ । उहाँहरूले पूर्णरुपले सफाई पाउनुपर्ने हो तर पाएको देखिंदैन । यत्ति सफलता हात पारेर महासंघ रमाएर बस्नु मात्र सुहाउँदिलो कुरो हो जस्तो लाग्दैन तसर्थ उहाँहरूलाई पूर्णरुपले न्याय दिलाउने भनेकै उहाँहरूले सफाई पाउनु हो तसर्थ उहाँहरूलाई पूर्ण न्याय दिलाउन महासंघले अरु कानुनी उपचारमा जानुपर्ने देखिन्छ । उहाँहरूलाई कसैमाथि बोक्सीको आरोप लगाएको हो भनि दोष लगाइएको देखिन्छ, जबसम्म यो दोष मुक्त गरिन्न, निर्दोष उहाँहरू दोषी नै ठहरिरहनेछन्् । माथिको घटनाक्रम हेर्दा उहाँहरू निर्दोष हुनुहुन्छ भन्ने देखिन्छ, त्यसैले उहाँहरूको पक्का न्याय पाउने भनेकै पूर्णरुपले सफाई पाउनु हो । जसरी सजाय घटाउन र उहाँहरूलाई जेलबाट छुटाउन महासंघ लागि प¥यो, त्यसरी नै अबको कानुनी उपचार मार्फत उहाँहरूलाई निर्दोष सावित गराई पूर्ण सफाई दिलाउन महासंघले पहल गर्नुपर्ने देखिन्छ । त्यो काममा पनि महासंघले सफलता हात पार्न सकोस्् । धन्यवाद ।

Related Articles

Check Also
Close
Back to top button