इतिहासमा आज : ख्रीष्टियान झण्डा

चित्रमा तपाईं देख्दै हुनुहुन्छ, ख्रीष्टियान झण्डा । बिसौँ शताब्दीको आरम्भमा रचना गरिएको यस झण्डाले सबै ख्रीष्टियान जगत्‌को प्रतिनिधित्व गर्छ । यसलाई बप्तिस, एङ्गलिकन, मेनोनाइट, मेथोडिस्ट, प्रेसबिटेरिएनजस्ता सबै ख्रीष्टियान सम्प्रदायले प्रयोग गर्छन् ।

यस झण्डमा तपाईं तिनवटा रङ देख्नुहुन्छ । सेतो भागको बायाँपट्टिको माथि किनाराको निलो रङभित्र रातो क्रुस राखिएको छ । क्रुसभित्रको रातो रङ कलवरी क्रुसमा प्रभु येशू ख्रीष्टले बगाउनुभएको रगतको प्रतीक हो । निलो रङले येशूको बप्तिस्मा र विश्वासयोग्यताको प्रतिनिधित्व गर्छ । सेतो रङ येशूको शुद्धताको प्रतीक हो । यो झण्डाको कुनै औपचारिक नाप भने छैन ।

यो झण्डाको इतिहास खोज्दै जाने हो भने हामी २६ सेप्टेम्बर १८९७ मा पुग्छौँ जुन दिन अमेरिकाको न्युयोर्क सहरमा यसको अवधारणाले जन्म लिएको थियो । सन्डे स्कुलका निरीक्षक चार्ल्स सी. ओभर्टोनले जम्मा भएका विद्यार्थीहरूलाई महत्त्वपूर्ण भाषण दिए, किनकि कार्यक्रमको लागि तोकिएका वक्ता आइपुग्नू चुकेका थिए । कुनचाहिँ झण्डाले ख्रीष्टियमतको प्रतिनिधित्व गर्छ भनी तिनले उपस्थितहरूलाई सोध्दै भाषण दिए । धेरै वर्षपछि तिनले आफ्नो भाषणबारे सोचे । १९०७ मा झण्डाको रचना गरी त्यसको बढुवा गर्न थालियो ।

कैयौँ सम्प्रदायहरूले यसलाई मण्डलीभित्र देखाएर राख्‍ने गर्छन् ।

  • Kamal Adhikari with Reasons to Believe

Related Articles

Back to top button