बैसाखीको साहारमा …

सानैदेखि मलाई खेलकुदमा निकै रुचि थियो । गाँउमा हुँदा नै किक बक्सिङ्ग सिके । तर सानैदखि पढाईमा रुचि नै थिएन । मलाई बुबा आमाले पठाउन पठाए पनि मलाई ह्ृदय देखि नै पढ्न मन थिएन । कक्षा ६ बाछट नै स्कुल छाडिदिए । अनि किक बक्सिङ्ग खेलतिर विशेष ध्यान दिए । खेल्दै जाँदा शारीरिक रुपमा पनि म तन्दुरुस्त थिए । लामाको छोरो हामी बलियो हुन्छौ, भन्ने मलाई घमण्ड थियो ।
मकवानपुर जिल्लाको शिखरपुर गाविसमा मेरो स्थागी घर हो । लामा परिवारमा जन्मिएकोले मेरो परिवारमा आमाबुबाले लामा विधि अनुसार पूजाआज गर्ने गर्दथे । समय बित्दै गयो । आज भन्दा १५ बर्षअघि आफ्नो दिदिसँग म काठमाण्डौ आएँ । काठमाण्डौको बानेश्वरमा दिदिसँग बहालमा बस्ने गर्थे । काठमाण्डौमा आएर पनि मैले मेरो खेल किक बक्सिङ्गलाई निरन्तरता दिँदै गए । खेल खेल्दै जाँदा काठमाण्डौका गुन्डा साथीहरुसँग मेरो घनिष्टता बढ्दै गयो । बिहानभरि किक बक्सिङ्ग खेल्थे । दिनभरि साथीहरसँग जथाभावी घुम्थे । साथीहरु मिलेर गायाङ फ्याट गर्न जान्थे । तरबार साथमा । यतिमात्र नभई बेलुका परेपछि काठमाण्डौको बौद्ध, धोबिघाट, गौशाला, नयाँ बानेश्वरमा मैले काठमाण्डौमा व्यवसायिक (पेशवर) लेटुवा, गुण्डा गर्दै गरे । काठमाण्डौका नाम चलेका गुण्डा साथीहरुसँग मिलेर मैले मेरो जीवनको जवानिपन बिताए । जीन्दगीका पानाहरु यसरी नै पल्टी रहे । एक दिनको कुरा हो । काठमाण्डौको कोटेश्वरमा गायाङ फाईट भयो, त्यही गायाङ फाईटको झगडा हुने क्रममा मैले मेरो दाहिने खुट्टा भाचियो उपचार गर्दा गर्दै सन्चो नभएपछि अन्तः मैले मेरो दाहिने खुट्टा काट्नु प¥यो र जिन्दगी भरी अपाङ्ग भएर बाच्नुपयो ।
मेरो दाहिने खुट्टा नभएपछि अब मेरो जिन्दगीका अध्यारा दिनहरु सुरु भए । खुट्टा भाच्यिए पछि मलाई मेरो साथीहरुले पनि वास्थ ागर्न छोडे आमाबुबाले पनि वास्ता गर्न छोडन थाले । एकदिनको कुरा हो भाईटिकाको समय आयो बानेश्वरमा बसेकी मेरी दिदिले भनिन्, “यसपालि त मैले भाई टिका मादिन्न् किनकि मेरो अपाङ्ग भाईले मलाई भाईटिकामा के नै पो दिन सक्छ र ?” यो भनाई दिदीबाट सुनेपछि म झन् निरास भए । दिदीको वचनले मलाई छोयो म झन् मानसिक हृदयमा अपाङ्ग बने । भएकी एउटा दिदीले पनि मलाई हेप्न थालिन् । काठमाण्डौ बानेश्वरबाट निराश मन लिएर आफ्नो दुई बैसाखीको साथमा म गोरखातर्फ लागे । मन विचलन भएर म त्यहाँ सुसाइडगर्न भनी गोरखा लागे । एक दिन गोरखाको जंगलमा सुसाइड गर्न पोइजन लिएर रात्री जंगलमा जादा बाटैमा औषधी (विष) पोखिई सकेको रहेछ । म त्यहाँबाट फेरी नारायणघाटमा पुगे रात्री १२ बजे नारायणघाटको पुलबाट हाम फलेर सुसाइड गर्छ भनेर लाग्दा रात्री १२ बजे पुलमा एउटा केटा केटीले मलाई भने दाई यती राती कतै सुसाइड गर्न जान लागेको त होइन ? ला यिनीहरुले म सुसाइड गर्न जान लागेको कसरी थाहा पाए ? भनेर छक्क परे । ती दुई भाई बहिनीले मलाई सम्झाए दाई तपाई जस्ता मानिसले यही नारायणघाटमा दिनभरी मागेर बस्दा दिनमा ३०० देखि ५०० सम्म कमाउछन् तपाई पनि आफ्नो एकलो शरीरलाई पाल्न सक्नुहुन्छ । जानुस् भोलिदेखि नारायणघाट फुटपाथमा बसेर माग्ने गर्नुहोस् । अनि मैले सोचे हो यसरी पुलबाट हामफलेर सुसाइड गर्नुभन्दा त बरु दिनमा ५० रुपैया मागेपनि म बाच्न सक्छु भन्ने लाग्यो । र नारायणघाट दिनभरी माग्न थाले दिनमा १०० देखि ३०० सय सम्म हुनथालो । खुशी नै थिए तर पछिल्ला दिनमा दिनभरी मागेको रुपैया चोरले लिदा मलाई झन् पीडा भयो । लाग्यो अब मैले यहाँ बस्नुहुन्न भने फेरि काठमाण्डौ फर्किए । काठमाण्डौको कालिमाटीमा फुटपाथमा व्यापारी आमाले मलाई येशुको बारेमा बताउनुभयो । उहाँले भन्नुभयो, “ मण्डलीमा जानुहोस् तपाईका चिन्ता फिक्रि गर्ने येशुले लिनुहुन्छ, तपाईलाई प्रेम गर्ने येशु हुनुहुन्छ ।” अनि उहाँले मलाई एकसय दिनुभयो मैले त्योे पैसाले रक्सी खाँए । हुदाँ हुदाँ कालमिाटीमा गलैँचा फ्याक्टिमा काम गने मौका पाँए । काम गर्दा गर्दै मैले त्यहाँ काम गर्ने केटीलाई मन पराएँ र तीनले पनि मन पराइन् र विवाह पनि गर्यौ।
परिवारबाट दिदिबाट तिरस्कृत भएर म एक्लोलाई माया गर्न एउटा केटी रहेछ भनेर साहस बढ्दै गयो । खुशी थिए उनीलाई पाउँदा विवाह गरेपछि म मेरो जन्म घर शिखरपुर गाविस मकवानपुर लगे श्रीमतीको साथमा गाउँमा पनि मलाई सबैले लङ्गडो (अपाङ्ग) भनेर हेप्ने गर्थे । श्रीमतीको साथमा डेलीबरी हुने समयमा श्रीमतीलाई प्यारालाईसिस हुदाँ म झन् चिन्तित भए सोचे अब मलाई प्रेम गर्ने र मेरो श्रीमतीलाई निर्को यस संसारमा को होला ? यसौ निरास मन लिएर शिखरपुरको खोलामुनि लुगा धुर्दै थिए अचानक एउटा आवाज मेरो कानमा ठोकियो प्रेम ! तिमीले प्रार्थना गर ? तिम्रो श्रीमती निको हुनेछ । यस्तो आवाज मेरो कानमा बजारिदा म छक्क परे, अरे ! जिन्दगीमा कहिले पनि प्रार्थना भनेको के हो ? नजानेको मानिस प्रार्थना गर भनेको आवाजले मनमा आशा ल्लायो लुगा धोएर घरमा गए श्रीमतीलाई भने हेर मैले लुगा धुर्दै गर्दा तिम्रो श्रीमती निको हुन्छ । तिमी प्रार्थना गर भन्ने आवाज श्रीमतीलाई सुनाएँ । श्रीमतीको शरिर पुरै प्यारालाइसिस थियो । चल्नै नसक्ने अवस्थाकी थिइन् । अनि मैले जानी नजानी प्रभु मेरो श्रीमतीलाई प्रार्थना पानुहोस् भनेर आमेन भनेर भने श्रीमती एकैछिनमा हिड्ने बस्ने सबै गर्न थालिन् । म आश्चर्य चकित भए । मलाई याद आयो कालीमाटीमा फुट फाटमा भेटिए कि व्यापारी महिलाले मलाई येशुको टायास् अनि हल्का प्रार्थना गर्न सिकाएको थिईन । तर मैले त्यतिखेर केही वास्था गरेको थिएन् । मलाई अहिले याद आयो त्यो येशू ख्रीष्टको बारेमा थियो । मेरो श्रीमतीलाई निको भएपछि म त्यतीखेर नै चर्चमा जाने थाले अहिले मेरो एउटा दाहिने खुट्टा गुमेपनि मैले परमेश्वरमा नयाँ जीवन प्राप्त गरेको छु ।
मैले जीवनमा २ पटक सुसाइड गर्न निधो गरे । कुनैदिन म काठमाण्डौमा अरुको लुट्ने चोर्ने। मार्ने। काममा लागेको थिए । तर नारायणघाटमा म हुदाँ उल्टो चोरहरुले मलाई लुटर्ने गर्थे । परिस्थितिले मलाई कहाँ सम्म पु¥याइ दियो । मलाई लाग्यो यो संसारमा मलाई प्रेम गर्ने, वास्ता गर्ने कही छैन भनेर तर येशू ख्रीष्ट नै मेरो निम्ति परिवर्तन गर्ने शक्ति बनिदिनुभयो । अहिले म शिखरपुरमा मण्डलीको पाष्टर भएर सेवकाई गर्दै आईरहेको छु । परिवारले र समाजले मलाई साथ नदिदाँ येशू नै मेरो ुसाहार बनीदिनुभयो ।
पहिला मैले गर्ने गुण्डा गर्दै, डकैती सब छोडेर अहिले म खराब काम छोडेर येशूमा नयाँ जीवन प्राप्त गर्नको लागि आउन आग्रह अनुरोध गरिराखेको छु । अपाङ्ग भएर जीउन समाजमा गाह्रो हुदोरहेछ भनेर पटकपटक सुसाइड गर्ने निर्णय गरे तर कालान्तरमा येशूलाई आफ्नो शान्तिदाता। मुक्तिदाता भनेर ग्रहण गरिसकेपछि मैले नयाँ जीवन प्राप्त गरेको छु ।
मेरो छोरोछोरीहरु छ, श्रीमती सँग खुशीको दिनहरु बिताईरहको छु ।

Related Articles

Back to top button