जीवनको खोक्रोपन हराएर गयो ।

जीवन गवाही
नाम : नरेश महर्जन
ठेगाना : घर, झोसे, न्युरोड, हाल: नयाँ बस्ती, बाफल
उमेर: ४९
परिवारमा: सबै परिवार, २ छोरा, प्रज्जल महर्जन र निरजल महर्जन, श्रीमती रायल महर्जन
पेशा : न्युरोडमा रोडा पसल
जिवनमा अनेक मोडहरु आउछन् कति रमाइला हुन्छ त कति यस्तै प्रकारका हुन्छन् । जसरी भएपनि यी जीवनका मोडहरु त पार्न हुनु नै छ । मान्छे भएर यस पृथ्वीमा रहेपछि ।
आमा सबै प्यारो नाउ । संसारमा सबै थोक खोजे पाइएला तर आमा भने खोजेर कही पनि पाइनन् । आफ्नो आमा जस्तो सुकै होस् । तर पनि प्यारो लागेर आउँछ । अचम्म छ आमा प्यार । आमालाई एउटा यस्तो बिराम हुन्छीन कि आज सुकै लगेर पनि यो निको भएन । डाक्टर, बैध कतिलाई देखाइयो तर उनीहरुले रोग पनि पत्ता लागन सकेन । औषधीको त कुरा परे छ । आमा कामि रहेन । कहिले निको भएन । विभिन्न धामी, झाक्री र जान्ने लागि पनि केही सिप लागेन । विभिन्न रीतिविधा गर्दा छुदै छोएन । यही काम्ने विरामीले गर्दा आमा यस संसारबाट चट्क छाड्नु भयो । आमाको विछोडमा नरेन्द्र महर्जन आसु झादै बसे ।
नरेन्द्र महर्जनको आमाको मृत्युपछि झन उनीले आसु झार्ने समय आएछ किनभने उही आमाको काम्ने विराम उनीलाई ३० वर्षमा समातियो । उनको हालत पनि उनी आमाको जस्तै भयो । जे गरे पनि यो काम्ने भन्ने रोग निको भएन । यही काम्ने विरामीले गर्दा डाक्टर, बैध, धामी र झाक्रीको केही लागेन । यो काम्ने रोगको लागि कति खर्च गर्दा पनि यही बालुवा पानी हालेकोझैँँ भयो । यही सिप लागेन । धामीले एकछिन फुकेपछि २,३ घण्टा मात्र काम गर थियो । त्यसपछि कामेको कामै बस्नु पर्ने उनका नियती नै थियो । कुनै पनि उपाय नलागेपछि के गर्नु र ? अनेक तन्त्रमन्त्र गर्दा पैसा जाने तर शरीरलाई चाहिँ केही फाइदा भएन ।
मेरो सानो छोरो दुध खाने अवस्थामा यो काम्ने रोगले धेरै नै च्यापियो । सड्कमा हिड्दा सडकैमा लडाउने सम्म पुगियो । उनी भन्छन, एक चोटी मेरो दिमागले केही सोच्नै सकेन । त्यसपछि संसारमा बाँच्नु भन्दा मर्न बेस लागेर । मटितेल आफ्ना जीउ लगाएर जलाउने समेत प्रयास गरे ।
भित्रबाट एउटा आवाज आयो । तिमी के अहिले मछौं पछि मरे हाले हुन्छ भन्ने आवाजले उनीलाई जीउन सिकायो । आत्माहत्या जस्तो पापाबाट उनी बाँचे । यस्तै जिवन बित्दै थियो । काम्ने विमारले छोडेको थिएन । तर मन्त्रतन्त्र, झारफुक गर्ने, धामीझाक्रीलाई देखाउने क्रमः भने जारि नै रहो ।
उनलाई काम्ने बेलामा केही होस् नहुने, हातखुटा चलाएको थाहा नहुने । विशेष गरेर मुटुमा असर पथ्यो । मुटु भित्र नै गयो जस्तो हुन्छ । जीवन खोक्रो भएको जस्तो हुन्थ्यो । जीवन अन्धकारै अन्धकारले घेरेका थियो । जीवनमा केही पनि आशा थिइन । निराशाका पाहाडहरु जताततै थिए । यसलाई कसरी हटाउने भनेर चित्ता थियो ।
यही क्रममा उनीको बहिनीलाई ख्रीष्टियन विश्वासीहरुले सुसमाचार सुनाउने क्रम बाइबलको कुरा सुनाउनु भयो । उनीको बहिनीले बेलुका पख भेटघाट गराइदिनु भयो । उहाँहरुले भन्नु भयो, यदि तपाईंले येशू प्रभुमा विश्वास गर्नु भयो भने यो काम्ने सबै प्रकारको रोग निको हुन्छ भनेपछि उहाँहरुले उनको लागि प्रार्थना गरिदिनु भयो । उहाँहरुले ललितपुर स्थानीय मण्डली आउन निम्तो पनि दिनु भयो ।
उहाँहरुले प्रार्थना गर्ने वित्तिकै उनको जीवनको खोक्रोपन हराएर गयो । र काम्ने रोग निको भयो । त्यसपछि उनले जीवनको ठूलो राहत पाए । अब उनी निन्तरण रुपमा ललितपुर स्थानीय मण्डली जान थाले ।
पहिलो सेवा उनी गए । तर केही पनि थाहा थिइन । मात्र उनले भने, येशूले मलाई मुक्ति दिनु भयो । प्रभु धन्यवाद । त्यसपछि सेवामा उनी प्र्र्रभुमा अघि बढ्दै गए । उनीले येशूको नाउँ प्रार्थना गर्दा प्रभुले अचम्मका काम गर्नु भएको छ ।
जीवनको सबैभन्दा ठूलो आशिष् पाउनु भनेर नै प्रभु येशूलाई पाउनु हो उनीले भने । पहिला काम्ने रोग लाग्दा शरिरलाई बचाउने कोशिष थियो तर अहिले प्रभुमा आएर शरिर भन्दा ठूलो त आत्मा पो रहेछ । प्रभुमा आएपछि आत्मा बाच्नुको साथै सबै किसिमको डरबाट छुटकारा पाए ।

Related Articles

Check Also
Close
Back to top button