मापदण्डभित्र स्कूल परेन भने सरकारले नै यो स्कूल बन्द गरि दिन्छ

  • नेपालमा तपाईंको प्रवेश कहिले भयो ?

सन् १९८५ नेपालमा आएको हुँ ।
पहिलो चोटी नेपालमा आउँदा कस्तो महशुस भयो ?
मलाई अचम्म लाग्यो किनभने म कहिले पनि नेपालमा आएकी थिइन । म र मेरो साथी इन्डियामा बस्थ्यौं । त्यहाँ म एकदम निराश भए कारण यस्तो किसिमको ठाउँमा म वस्न सक्दिन । मेलै एउटा एग्रीमेन्ट गरे सात वर्षको विचमा साढे ३ वर्ष पछि घर जानको लागि । म डिल्लीबाट नेपालमा आएँ । यहाँ आउँदा मलाई मेरो घर आए जस्तो लाग्यो । यो ठाउँ प्रभुको इच्छा थियो ।

  • नेपालमा आउँदा कुन इच्छा लिएर आउनु   भयो ?

मात्र मिसिनेरीको रूपमा आएको थिए । गरिब तथा कमजोरहरूलाई उठाउने, सुसमाचारले तथा शिक्षाले । त्यो मेरो उद्देश्य थियो ।

  • नेपालमा आएर बिकट जिल्ला जुम्लामा जानु भयो कस्तो अनुभव पाउनु भयो त ?

अचम्म लाग्यो । धेरै फरक पाएँ । माटोको घर त्यही वस्नु पर्ने । खाना दाउराले बनाउनु पर्दथ्यो । दाउरा पनि आफैंले खोजरे ल्याउनु पर्ने यस्तै विभिन्न किसिका अप्ठारो अवस्था थियो । यसभन्दा पहिले मेलै कहिले पनि यस्तो काम गरेकी थिइन । मानिसहरू पनि धेरै फरक, धेरै मैलो कपडा लगाएको, ननुहाएको । मेलै ति मानिसहरूलाई कूलोमा लगे । सफा गर्न सकिन्छ भन्ने सिकाएर सफा गर्न लगाए यस्ता विभिन्न काम गरे । सबभन्दा अचम्मको काम भने विद्यालयको प्रीन्सिपले मलाई एउटा लठ्ठी दिए । कक्षा कोठामा बल्याक बोर्ड पनि थिएन । अनि त्यो लठ्ठी किन दिएको भनेर सोच्न लागे । पछिबाट पो थाहा पाए कि त्यो त विधार्थीलाई पिट्नको लागि रहेछ । ति विधार्थीहरूलाई त्यही लठ्ठीले पिट्ने गरिन्थ्यो । आजकाल अलि कम भएको छ पिट्ने कार्य ।

  • जुम्लामा कुन संस्था अन्तगत्त त्यहाँ जानु भयो ?

शिक्षिकाको रूपमा म यु.एम. एन. अन्तगत्त गएको थिए । यु.एम. एन. बाट नेपाली भाषा सिके । जुम्लामा भाषा सिक्ने मौका पाएँ किनभने त्यहाँ अंग्रजी भाषा बोल्ने कोही पनि थिएन । त्यसकारण चाँडै नै नेपाली भाषा सिके ।

  • २ वर्ष जुम्लामा वस्दा तपाईंले के परिवर्तन ल्याउनु भयो ?

मेलै धेरै परिवर्तन त ल्याउन सकिन तर अलिअलि परिवर्तन ल्याएँ । बच्चाहरू फोहोर जहाँपाएँ त्यही फाल्थे अब तिनीहरूको डस्बीनमा फाल्ने बानी भएको छ । त्यहाँको टिचरहरूले सैद्धान्तिक कुरा मात्र पढाउथे भने मेलै पूरै प्राक्टिकल रूपमा पढाएको थिए ।
तपाईंले सोचे जस्तो सिकाउन नसक्नुको कारण के थियो ?
विशेष खेल सामाग्रीको कमी थियो । जुम्लामा लठ्ठीबाहेक केही पनि सामाग्री थिएन । यो २० वर्षको अघिको कुरा हो ।

  • जुम्लामा फेरी फर्केर जानु भयो कि ?

२० वर्षपछि गए । त्यहाँ फेरी परिवर्तन आएको रहेछ । एक प्रकार तर अर्को प्रकार त्यही परिवर्तन आएको पनि छैनन् । बच्चाहरू स्कूलमा जान्छन् । खाना पकाउन चुलो छ,त्यो राम्रो हो । अरू विभिन्न किसिमको समस्याहरू यथावत् नै छन् ।

  • नेपाल र नेदरल्याण्डको शिक्षामा के फरक पाउनु भयो ?

तुलना गर्न मिल्र्दैन । धेरै नै फरक छ । स्कूल भवन, किताबको सामाग्री,पढाउनु तर तरिकाहरू सबै फरक छन् । नेदरल्याण्डमा सबै कण्ड गर्नु पर्दैन । तर नेपालमा सबै कण्ठ गर्नुपर्छ । यदि किताबमा भूल छ भने त्यहीँ पढाइन्छ । किताबमा भएका भूलहरू सुधानु आवश्यक छ । यहाँ चिट गर्ने बानी भइसकेको छ । स्कूलको राम्रो रिजल्ट ल्याउनको लागि चिट गरिन्छ । यो परम्परालाई तोडनु आवश्यक छ । उता नेदरल्याण्डमा यस्तो छैन उता विधार्थीहरू प्रयोग गरेर,अनुसन्धान गरेर,पत्ता लगाएर एकदम प्रयोगात्मक शिक्षा दिइन्छ । अर्को कुरा नेदरल्याण्डमा स्कूल चलाउन निश्चित मापदण्ड तोकिदिएको हुन्छ । यदि यो मापदण्डभित्र स्कूल परेन भने सरकारले नै यो स्कूल बन्द गरि दिन्छ । पढाउनको लागि नयाँ नयाँ तरिका उपनाउनु पर्दछ । प्रथामिक स्कूलहरूमा सरकारले नै सबै सामाग्री उपलब्ध गराउँछ ।

  • ECEC को स्थापना कहिले भयो ?

ECEC  को स्थापना सन् २००१ मा भएको हो । बाल संगतिका शिक्षक–शिक्षिकाहरूलाई हामीले जब TEACH मा थिए तालीम दिन्थ्यौं र अहिले पनि त्भ्ब्ऋज् ले तालिम दिंदैछ । बाल संगतिकै शिक्षक तथा शिक्षिकाले भने,“हामी बाहिरका स्कूलहरूमा पनि पढाउँछौं । हाम्रा बाहिरको शिक्षक शिक्षिका लाई पनि यसरी नै सिकाउनु होस ।” यो कुरा हामीले महशुस गयौं अनिTEACH को स्थापना भयो । जसले विद्यालयका पूर्व प्राथमिक विद्यालयका शिक्षक शिक्षिकालाई तालिम दिने, विभिन्न शैक्षिक सामाग्री उत्पादन गर्ने तथा उपलब्ध गराउने, अभिभावक अभिमुखीकरण कार्यक्रम गर्ने, विभिन्न विद्यालयहरुमा गई सल्लाह सुझाव दिने काम गर्दै आएको छ । राष्ट्रिय स्तरमा शिक्षा विभागमा इसिडि विभागको विभिन्न कार्यशालाहरुमा भाग लिइ आºनो सल्लाह सुझाव दिने जस्ता कार्यहरु गर्दै आएका छौं । भ्ऋभ्ऋ नेशलन इसिडि फरुमको एक सदस्य पनि हो ।

  • नमुना स्कूल भनेको के हो ?

धेरै टिचरहरूलाई यो थाहा नै छैन वा आइडिया नै छैन । सबै खेल सामाग्रीहरू प्रिन्सिपलको कोठामा छन् । त्यस्ता किसिमका स्कूलहरूलाई हामी तालिम दिन्छौं । नेपालको स्कूलहरूमा धेरै जाँच÷परिक्षा हुन्छ । वास्तवमा यस्ता जाँच फाइदाजनक छैन । २–३ वर्षको बच्चालाई परिक्षा दिन लगाइन्छ । वास्तवमा यो राम्रो कुरा होइन् । साना बच्चाहरुरू त्यसको निम्ति तयार नै भएका हुँदैनन् । त्यसकारण तिनीहरूलाई लागि प्रयोगात्मक रूपमा सिकाउनु नितान्त आवश्यक छ । उनीहरूलाई पहिले नै ABCD सिकाउनु हुदैन बरु उनीहरूलाई आवाजको बारेमा सिकाउने ,वस्तुको भिन्नताको बारेमा सिकाउने , यो चाहिँ पढ्नको लागि तयारी हो । उनीहरूले उत्रम अक्षर उस्तै अक्षर जस्तो देख्छन् । उनीहरूलाईvpqd छुट्टयाउन गाह्रो हुन्छ । । यो चाहीँ उनीहरू पढ्नको लागि तयारी छैन भन्ने बुझिन्छ । नमुना स्कूल भनेकै पढ्नको लागि बच्चाहरूलाई तयार पार्नु हो । TEACH यही काम गर्दछ । बच्चाहरूको चरित्र, बानी, जीवनको मूल्य आदि स्थापित गराउँनु पर्छ । उनीहरूको चौतर्फी विकाश गराउनु पर्छ । बेन्चमा बसेर कण्ठ गरेर, दोहोराएर, के कुरा सिक्न सक्दछन् त ? तिनीहरूको सोच्ने शक्ति वढ्दैन, अनुसन्धान गर्ने शक्ति बढ्दैन । एक अर्कामा मिल्न सक्दैन अर्थात सामाजिक शिपको विकास हुँदैन । आºनै तरिकाका हुन्छन् ।

  • त्यसो भए नेपालको स्कूलहरूको कमी कमजोरीलाई हटाउनको लागि अब के हुन आवश्यक छ ?

बच्चाहरू उठाउने(विकाश) गर्ने काम हुनु पर्दछ । कारण तिनीहरू कमजोर छन् । कण्ठ गर्न सक्दैनन् । त्यस्ता बच्चाहरूको लागि अर्को वा नयाँ तरिका अपनाउनु पर्दछ । नेपालको लागि पनि यो आवश्यक छ । एकजना बालिका थिइन् उनी हरेक वर्ष फेल हुन्थीन् । जब उनीहरू क्यानेडामा गए । त्यही केटीले त्यहाँ धेरै सफलता पाइनँ । किनकि त्यहाँ नेपालमा जस्तो कण्ठ गर्नु पर्दैन्थ्यो बरू प्रोयोगात्मक अभ्यास हुन्थ्यो । त्यसैले उनी क्यानेडामा सफल भइन् र अहिले उनी नर्स छिन् । त्यसकारण धेरै विधार्थीहरूलाई प्रोयोगात्मक पढाइ गर्न र गराउनु आवश्यक छ अब नेपालमा ।
यसको कस्तो प्रतिक्रिया छ ?
सबैबाट राम्रो प्रतिक्रिया छ । टिचर, सरकार ,स्कूल आदि सबैको धारणा हामीले राम्रो पायौं ।

नेपालमा Partical Teaching method लागू गर्न कत्तिको गाह्रो छ ?
हामीले धेरै कुरामा सम्झौता गर्नु पर्दछ । अविभावकहरुले बुझ्दैनन्, कतिपय टिचरले पनि बझ्दैनन् यो लागू गर्न गाह«ो छ । नेपालमा बच्चाहरूलाई छिटो अर्थात कम उमेरमा स्कूल पठायो भने चाडै नै ज्ञानी हुन्छन भन्दछन् । तर यो विल्कुलै गलत हो । हामीले विद्यालयहरुमा जाँच÷परिक्षा हटाउनु पर्छ भन्छौं तर हटाइदैन । अविभावकहरू नै जाँच चाहिन्छ चाहिन्छ भन्छन् । Partical Teaching method गर्न धेरै गाह«ो कुरा हो ।

  • यहाँ सिकेको शिक्षिक शिक्षिका आफ्नो स्कूलमा गएर सिकाएका छन् ? 

यो हाम्रो आशा हो र उद्देश्य पनि हो । यहाँबाट सिकेर गएका टिचरहरूले आफ्नो स्कूलमा परिवर्तन ल्याएका पनि छन् धेरै जसोले प्रयास गरिरहेका छन् ।

  • फुर्सदको समयमा के गर्नु हुन्छ ?

चर्चमा सेवकाइ गर्छु । सुमिङ्ग खेल्छु । बेलाबेलामा टे««किङ्ग जान्छु ।

  • परिवारमा को–को हुनुहुन्छ ?

म एक्लै हो । होल्याण्डमा बुढी आमा हुनुहुन्छ । बुवा वित्नुभयो । दाज, भाई, बहिनी, िददी हुनुहुन्छ ।
२५ वर्ष भयो नेपालमा वस्नु भएको नेपालीबाट कति माया पाउनु भयो ?
धेरै माया पाँए । कति परिवारले आफ्नै छोरी जस्तै माया गर्नुहुन्छ । दुइजना अप्पाहरू पाँए । नेपालमा धेरै आशिष् प्राप्त गरे ।

  • अन्तमा के भन्नु हुन्छ ?

हाँस्दै… मैले धेरै कुरा भने अब भन्नु के छ र ? धेरै व्यक्तिहरूले विधाथीैहरूको Interest लिनुहोस् । विधार्थीहरूलाई शिक्षामा प्रयोगात्मक गराएर परिवर्तन ल्याउनु होस् । हाम्रो ECECको भिजन “Let the children reach their potential let’s give them our best.

Related Articles

Back to top button