मलाई कसैले कुट्दा थापी राख्थें, उ आफैं थाक्थ्यो

वि. सं. १९८५ मा पूर्वी नेपालको सोलुखुम्बु जिल्ला सल्यान गा. वि. स. वार्ड नं. ९ साल्पामा बुबा लक्ष्मण थुलुङ र आमा फुलमाया थुलुङको एक्लो छोराको रुपमा जन्मनुभएका प्रेरित डि. आर. थुलुङ नेपाली इसाई जगतमा प्रसिद्ध नाम हो । ८४ वर्षीय प्रेरित थुलुङस“ग धरान पवित्र चर्चमा हालै गरेको अन्तवार्ताको सम्पादित अंश यहा“ प्रस्तुत गरिएको छ ः

  • अहिले के गर्दै हुनुहुन्छ ?

म परमेश्वरको सेवाकाईमा नै छु । केही महिना अघिमात्र पश्चिम नेपालका विभिन्न ठाउँमा पुगेर विश्वासीहरुसँग संगति गरें । अहिले धरानमा नै छु । परमेश्वरको भक्ति गरिरहेको छु ।

  • उमेरमा धेरै पाको भइसक्नु भयो, बाल्यावस्था कसरी वित्यो सम्झना छ ?

म सानै हुँदा मेरो बाबु मलायाको लाहुरे हनुहुन्थ्यो रे । बाजे बजु रोग हैजाले मरेपछि बाबु पल्टनबाट फर्केर आउनु भएपछि बाजेको सबै कार्यभार सम्हाल्नुप¥यो अनि उहाँ पल्टन फर्कन सक्नु भएनछ । यस्तो गर्दा गर्दै ऋणहरु झन्–झन् बढ्दै गयो र बाबुले पछि आमालाई भनेर विदेश जानु भएछ । म त्यो बेला ढेड वर्षको मात्रै थिए रे । हुन त हाम्रो ऋण छिनाउन बाबु विदेश गएको तर उहाँ अहिलेसम्म फर्केर आउन सक्नुभएन, उहाँ कहाँ हुनुहुन्छ वा हुनुहुन्छ थाहा छैन । यसकारणले मेरो बाल्य अवस्था साह्रै दुःखमा वित्यो । म १५ वर्षकै उमेरमा पल्टनमा भर्ति भएँ ।

  • त्यति सानो उमेरमा कसरी भर्ति लाग्नु भयो त ?

मेरो बजुले चलाउनु भएको ऋण धेरै भएकोले साहुलाई घरबारी सबै छाडेर पनि ऋण चुक्ता नभएपछि लाहुरमा लाग्नु मेरो सहर हैन वाध्यता थियो ।
राई र लिम्बूहरुले नै गोर्खा सेनामा काम गर्नुपर्ने किन ?
किनभने त्य समयमा राई र लिम्बूलाई देशको सेना भनेर चिनिन्थ्यो पछि आएर नेपालमा राणा, शाहलाई यति धेरै असर पुग्यो आफ्नै देशमा राख्दा यिनीहरुलाई असहज हुन्थ्यो, राणा र शाह मिलेर बेलायती सरकारलाई १० लाखमा बेलयतीको सुसारेको लागि बेचिदियो । आजकाल बेलायती सेनामा जाने हरेकको मोल (दाम) राणा र शाहहरुले लिइसकेको छ ।

  • त्यसो भए यतिखेर धेरै टे«निङ्ग सेन्टरमा लाहुरे बन्न युवाहरु प्रयत्नशील छन् । उनीहरुलाई के भन्नुहुन्छ ?

छोरा नातीहर होलान् । तिमीहरु सेनामा काम गर्ने ठूलो आशा नगर । किनभने त्यो त त्यस्तो ठाउँ हो कि, दुःख र कष्टको नरक हो । दर्द धेरै हुन्छ । यदि इच्छा नै गर्छौं भने आफ्नो देशको लागि मरिदेउ । त्यहाँ त अर्काको मरुभूमिको चिल गिद्ध मात्र रमाउँछन् ।
तपाईले त लाहुरेको कथा यति थोरै शब्दमा प्रष्ट पारिहाल्नु भयो । सेनाको कुन पक्ष चाहि“ नराम्रो लाग्छ ।
सेनामा कुन मात्र हैन सबै कुरा नरा नराम्रो लाग्छ । ढाँट छल र काटमार मात्र सिकाउँछन् । केही पनि राम्रो कुरा सिक्न पाइँदैन ।

  • कुनै एउटा पक्ष त राम्रो होला नि ?

पल्टनमा बस्दा राम्रो कुरा केही पाइएन उही तलब मात्र राम्रो हो ।

  • तपाईले कुनै छोरालाई लाहुरे बनाउनु भएन ?

लान त बेलायमा पनि मेरा छोराहरु लगें तर मेरा छोराहरु दुःख र पीडा देखि डराए ।

  • तपाईका धेरै छोराहरु छन्, कुन छोराको सबैभन्दा बढी माया लाग्छ ?

अरु कसैको लाग्दैन नाती लाजरसको मात्र लाग्छ ।

  • तपाई सबैभन्दा खुशी भएको दिन कुन हो ?

मेरो जीवनमा सबैभन्दा खुशीको दिन भनेको २०२५ फागुन मा हो जतिबेला मैले प्रभुलाई मुक्तिदाता भनेर ग्रहण गरेको थिएँ ।

  • ख्रिष्टियन भएपछि कतिपटक जेल पर्नुभयो ?

२४ पटक । २ पटक मलाई मारेर छाडेका थिए । उदयपुरको बसाहा र खोटाङ्गको ऐंसेलुखर्कमा ।

  • आफ्नो मृत्तक शरीर राख्ने वाकस वनाउनु भएको छ अरे भन्ने सुनिन्छ के यो सत्य हो ?

हो । मैले मेरो श्रीमतिको लागि ३ वर्ष अघि हाम्रो मरेको शरीर राख्नको लागि वाकस ‘चिहान घर’ बनाएको छु । वाकसको लम्बाई ६ फुट र उचाई १५ ईन्च को छ । जुन सखुवाको बनाएको छु ।
यस बाकसमा यस्तो लेखिएको छ– “आज म संसारको सित विदा भएर नयाँ घरमा जाँदैछु पछि भेटौंला । जैमसी !”

  • तपाईलाई मर्नदेखि डर लाग्दैन ?

किन डराउने ? म मरे पनि मेरो जीवन आत्मा स्वर्गमा वाच्नेछ । केही कुराको डर छैन मलाई । आजै मरे पनि म तयार छु । पहिले पनि मलाई कसैले कुट्दा थापी राख्थें । उ आफैं थाक्थ्यो ।

  • नेपाली इसाई जगतमा तपाई कुन उपनामले चिनिनु हुन्छ ?

“पूर्वको तारा” भने ।

  • अन्त्यमा तपाईको केही भन्न छुटेको छ ?

सबैले साँचो ईश्वरलाई चिन्नु आवश्यक छ । अन्य कसैलाई विश्वास गरेर धोकामा पर्नु हुँदैन । साँचो ईश्वर येसु ख्रिष्ट नै हुनुहुन्छ । ईसाइहरुले पनि साँचो गवाही बन्न आवश्यक छ । आफ्ना छिमेकीलाई सबैले प्रेम गर्न आवश्यक छ ।

Power by Gideon Lamichhane

Related Articles

Back to top button