“क्षमा, मिलाप, प्रेम र एकताको लागि महिला पाष्टरहरुको आत्मिकी संगति”

मार्था राई मार्था राई   मिती २०७४ साल बुधवार असोज ४ गते तदनुसार,  20 September 2017 का दिन “क्षमा, मिलाप, प्रेम र एकताको लागि महिला पाष्टरहरुको आत्मिकी संगति” ललितपुरको नक्खु स्थित युनिभर्सल क्याफेमा सुसम्पन्न भएको थियो । सोही कार्यक्रममा शुरुको प्रार्थना डा ः के.बि. रोकायाले गर्नु भएको थियो भन,े सञ्चालन पाष्टर तारा राईले गर्नुभएको थियो । आराधनामा पाष्टर शिशिर राईले अगुवाई गर्नुभएको थियो । पहिलो सेसन्मा तारा राईले, भने दोस्रो सेसन्मा डाः के.बि. रोकायाले परमेश्वरको उत्साहका वचनबाट बाढ्नुभएको थियो । वचनको समयमा क्षमा दिने, लिने र धेरै नै आशिषित भएको थियो । यस्ता कार्यक्रम फेरी पनि हुनुपर्छ भनेर सहभागीहरुले बताएको थियो । अन्तमा पाष्टर मरियम गहत्राजले जीवन गवाही बाढ्नुभएको थियो भने, अन्तिमको प्रार्थना पाष्टर एलिसिवाले गर्नुभएको थियो । सोही कार्यक्रममा सगरमाथा मण्डलीले अर्गनाईज गर्नुभएको थियो ।

Related Articles

Back to top button