नारिलाई पुल्पिटबाट बोल्नलाई प्रतिबन्ध लगाउनु ठीक होइन ।

मेरो नाम माया सुनुवार घर काठमाण्डौ हाल इस्राएलमा नोकरी साथै संयुक्त नेपाली मण्डली इस्राएलको पाष्टरिय सेवामा आबद्ध छु।

 मैले प्रभु ख्रिष्ट लाई कसरी पाए भन्नु पर्दा, आज भन्दा १९ बर्ष अगाडि हङ्कङ कल्भरी चर्ज मा प्रभुलाई आफ्नो मुक्ती दाता उधार कर्ता भनी ग्रहण गरेकी हुँ, प्रभुलाई मैले तोडिएको घायल अनी चुर्ण ह्र्दयमा होइन सम्पन्नता र खुशीको क्षणमा मैले प्रभुलाई पाएकी हुँ।
पाष्टरिय सेवामा कसरी बोलावाट भयो भन्दा यो मानिसको इच्छ र मानिसले चुनेको नभएर परमेस्वरको योजन र बोलावाट हो, किन भने हामी मानिसको बल बुद्धी इच्छ र योजनाले केही पनि गर्न सकिदैन, बोलावाटको बिषय भन्नु पर्दा २००४ म जब इस्राएल प्रबेश गरे नोकरीको सिलसिलामा र २००६ मा मण्डली स्थापना काल देखी २ वर्ष एल्डर, सचिप,सह कोष अध्यक्ष को जिम्मेवारीहरु बाहान गर्दै आए, त्यस्पछी २००८ मा मण्डलीका आगुवा पाष्टर विश्वासी सबैको सहमतिमा पाष्टर घोषणा गर्नु भयो, मो ४० दिनको उपवास प्रथाना बसेको थिए बिचमा परमेस्वरले मलाई दर्शन दिनु भयो त्यस्पछी ३०,११,२००८ मा मलाई प्राथना सहित पवित्र तेल ले पाष्टर दौलत थुलुङ ज्युको बाहुली बाट पाष्टरमा अभिशेक भएकी हुँ, प्रभुको अनुग्रह पवित्र आत्माको आगुवाइमा सिक्दै सिकाउदै सेवाकाइमा अगाडि बढने कोशीस गर्दैछु, यस्को लागि सम्पूर्ण प्रभुका प्रिय जनहरुमा प्रथाना सपोर्ट,प्रेम को अपेक्षा गर्दछु।
मानीसहरुको हेर्ने दृष्‍टिकोण, नारी भएर सेवाकाइ अनी इस्राएल को तुलात्मकमा भन्नु पर्दा, प्रतिकृया आलोचनाहरु मैले आजसम्मा खासै त्यस्तो कठिनाई आलोचनाहरु खेप्नु परेको छैन र पनि सेवाकाइ हो सजिलो छैन कहिले काँही धेरै अफ्ठेरो परिस्थितीहरु सँग लडदै पार गर्नु पर्ने हुन्छ, पाष्टर आगुवा हुनु सजिलो छैन साघुरो बाटो हिडनु पर्छ र अरुको निम्ती फराकिलो बाटो बनाउने काम गर्नु पर्छ जस्दुवारा अरुले त्यो बाटो पछाउन र हिडन सकोस। हेर्ने द्दष्टिकोण भन्नु पर्द इस्राएल लगायत देश बिदेश सबैबाट अहिले सम्म यो लेडिज पाष्टर भनेर छुट्टाएको महसुस मैले गरेकी छुइन, किन भने नेपाल एम्बासी इस्राएल लागयत इन्टर नेसनल पाष्टर मिटिङ, बिभिन्न संघ सस्था कार्यक्रमहरुमा निमन्त्रण पठाएको ठाउँहरुमा सामिल भएर दुई शब्द बोल्ने मौका पाएकी छु, र मो के भन्न चाहन्छु भने हामी मानिसमा हेर्ने द्धष्टीकोण हृदय, र बिचार हरु सुद्ध हुनुपर्छ, यस्को लागि प्रत्यक मानिसलाई परमेस्वरको सहायता चाहिन्छ जस्दुवारा कृया र भावनाहरु पनि शुद्ध हुन सक्छन।
 नारिलाई पुल्पिटबाट बोल्न हुँदैन भन्ने बिषयमा, बिभिन्न सम्प्रादयहरुको मतहरु अलग अलग होला तर परमेस्वरको ज्ञानको सन्धर्वामा कुनै भिन्नता छैन। पुल्पित एउटा उभेर परमेस्वरको पवित्र बचन बाहान गर्ने र प्रभु ख्रिष्ट्को गवाइ दिने, र असल शान्तिको सन्देश दिने ठाउँ हो यस्मा नारिलाई प्रतिबन्ध लगाउनु ठीक होइन, हामी ख्रिष्ट्को अनुनयी हौ, त्यसैले योएल २:२९ प्रेरित २;१८ मा उल्लेख अनुसार हामी सबैलाई अधिकार दिएको छ, र मत्ती २८:१९-२० अनुसार सबै मिलेर परमेस्वरको राज्य बिस्तार गर्नु पर्छ।
 महिलाहरुलाई सेवाकाइमा पहिलो पंक्तिमा ल्याउन, मण्डलिमा आमा दिदी बहिनिहरुको ठुलो भूमिका हुन्छ, आमाहरुको प्रथाना शक्तिसाली हुन्छ, त्यसैले आमा दिदी बहिनीहरुलाई पनि सेवाकाइमा अगाडि बढाउन जरुरी छ,हामी सबै महानता र पूर्णता छैनउ र पनि हामीले सिक्दै र सिकाउदै सबैलाई अगाडि बडाउनु पर्छ। हामीमा पक्षपात र हैकम्बादी भन्ने हुनुहुदैन जसरी ख्रिष्टले सबैसँग सामन्त व्यवाहार गर्नु भयो। त्यसैले जहाँ आमा दिदी बहिनीहरुलाई प्राथना सहित सेवाकाइमा अगाडि बडाइन्छ त्यो मण्डली अवस्य नै आशीसित हुनेछ।
अन्त्यममा जुन मलाई सवाल गर्नु भइ मेरो अनुभवहरुलाई प्रस्टाउने मौका दिनुभयो बचन पत्रीकाले सम्पादक ज्यु लाई धन्यवाद जैमसी, परमेस्वरले आशिसको जीवन दिनुभएको होस्। तपाईं हाम्रो सेवाबाट सदा प्रमप्रभु परमेस्वरको महिमा भाईरहोस् आमेन।
– पा. माया सुनुवार संयुक्त नेपाली मण्डली इस्राएल।

Related Articles

Back to top button