आराधना चर्चको चालिसौं वार्षिकोत्सव

ललितपुर । सानेपास्थित आराधना चर्चले आफ्नो स्थापनाको चालिसौं कार्षिकोत्सव मनाउँदै छ । आज आइतबार चर्च हलमा आयोजित उत्सवमा राजधानीका विभिन्न चर्चका पास्टरअगुवाहरुको उल्लेख्य सहभागीता रहेको छ । वार्षिकोत्सवलाई आराधना चर्चका संस्थापक पास्टर निकानोर तामाङले उद्घाटन गर्नुभएको हो । हाल आराधना चर्चका पास्टर हनोक तामाङ हुनुहुन्छ ।
उत्सवमा विभिन्न चर्चका पास्टरअगुवाहरु तथा राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल, नेपाल ख्रीष्टिय समाज, एनसिएफ नेपालले शुभकामना दिएको छ । उत्सवमा आराधना चर्चका पहिलो मिशनेरी पास्टर ज्ञानवहादुर सुनुवार र वेथलेहेम चर्च समुदायका पास्टर दिनेश सुनुवारले आराधना चर्चमा दशकौ अघि आफूले सेवा गरेको स्मरण गरे भने उनीहरुले आराधना चर्चका पास्टरअगुवाहरुको कारण आज आफूहरु प्रभुको सेवामा लागि रहेको बताउँदै आराधना चर्चका पास्टर हनोक तामाङलाई धन्यवाद दिनुभयो । उत्सवमा सयौ मानिसहरुको हसभागीता रहेको छ ।
Sourch : Turahi.com

Related Articles

Back to top button