चर्च ब्वाइज युनाइटेड काठमाडौं विजयी

झापाको शिवसताक्षी नगरपालिकाको दुधे खेलमैदानमा जारी प्रथम दुधे गोल्डकपमा आज सिजनको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौं विजयी भएको छ । पहिलो हाफ २ गोलले विभागिय टोलि एपीएफ अग्रतालाई दोस्रो हाफमा ब्वाइज युनाइटेड काठमाडौ लयमा फर्के २ गोल गरि दावेदारी प्रस्तुत गरेको थियो । पूरा समयमा खेल बराबरीमा हुँदा पलान्टिक सुट आउदा हुँदा रोमान्चक ढंगबाट अगाडि बढेको थियो ।
पलान्टिक सुट आउटमा पनि ४–४ गोल बराबर भएपछि अन्तिम सुट आउटमा 0–१ गोलले चर्च व्याइज विजयी भएको हो । चर्च व्वाइजका वर्षाद गुरुङ उत्कृष्ट खेलाडी भई नगद २५ हजार जितेका छन् । चर्च व्वाइजले नगद ३ लाख १ हजार सहित टर्फी उचालेको छ । एपीएफले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

फाइनल खेलको म्यान अफ द म्याच विजयी टिमका छिरिङ गुरुङ घोषित भए । उनले नगद ५ हजार पाए ।

खेलमा सर्वाधिक गोलकर्ता एपीएफका युवराज खड्का घोषित भए भने म्यान अफ द टुर्नामेन्ट चर्च ब्वाइजका कप्तान वर्षात गुरुङ भए । खड्काले खेलमा व्यक्तिगत ३ गोल गरेका थिए । प्रतियोगितामा ‘ए’ डिभिजनका ६ सहित ८ टिमको सहभागिता रहेको थियो । खेलको समापन कार्यक्रममा आपूर्ति मन्त्री शिवकुमार मण्डलको प्रमुख आतिथ्य रहेको थियो ।

Related Articles

Back to top button