इतिहासमा आज : सेप्टेम्बर २८

लेखकसाथै पास्टर डेभिड जेरिमियाले भनेका छन्, “प्रार्थना एउटा यस्तो मार्ग हो जसद्वारा तपाईं/ले शैतानलाई पराजित गर्नुहुन्छ; हराएकाहरूकहाँ पुग्नुहुन्छ; विश्वास त्याग गरेकोलाई पुनस्थापित गर्नुहुन्छ; सन्तहरूलाई मजबुत पार्नुहुन्छ; मिसनरीहरूलाई बाहिर पठाउनुहुन्छ; बिरामीलाई निको पार्नुहुन्छ; असम्भव कुरोलाई पुरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ ।”

जर्मनीका मिसनरी थियोडोर सोन्डरम्यानले थालनी गरेको काममा यो भनाइ लागु भएको देखिन्छ । २८ सेप्टेम्बर १८६० मा तिनले जमैकामा जे कुराको सुरुआत गरे त्यो नियमित सेवा हुने थियो भनी अपेक्षा गरेका थिए । एउटा भजन गाइयो, त्यसपछि सुरुको प्रार्थना गरियो । त्यसपछि अर्कोले प्रार्थना गर्योक अनि अर्कोले । बच्चाहरू पनि प्रार्थनामा झुम्मिए । कुख्यात पापीहरू पनि परमेश्वरको सामु चिच्च्याए । मानिसहरू प्रार्थनामा रुँदै थिए । त्यो सेवा तिन घण्टासम्म लम्बियो । तर धेरै मानिसहरूले प्रार्थनालाई जारी राखे ।

चार हप्तापछि ती मिसनरीले तिन सयभन्दा बेसी खोजकर्तालाई सम्बोधन गर्दै थिए । जागृति अन्य सम्प्रदायहरूमा पनि फैलँदै थियो ।

यस जागृतिको अवधिमा जमैकाका असिवटा बप्तिस मण्डलीले १२,००० मानिसले नयाँ जन्म पाएको प्रतिवेदन दिएका थिए । जमैकाका प्रेसबिटेरियन मण्डलीहरूले १८६० मा ३,००० र अर्को वर्ष १,७०० प्रभुमा आएका देखे ।

एक जना पास्टरले त्यस जागृतिका नतिजाहरूलाई यसरी सारांशमा ल्याएका छन्, “यसले मादक पदार्थ बेच्ने पसल र जुवा घरहरूलाई बन्द गरिदियो; लामो समयदेखि विच्छेद भएका पति पत्नीहरू मिलापमा आए; हराएका छोराहरू फर्केर आए; विवाहको निम्ति पढिनुपर्ने दर्जनौँ सार्वजनिक घोषणा उत्पादन गरिए; आराधनाको हरेक स्थलमा भिड लाग्यो; सेवकहरूको जोसलाई उत्तेजित पारियो; मण्डलीहरूलाई परिष्कृत गरियो र कैयौँ पापीहरू पश्चात्तापमा डोर्यापइए ।”

यी सबै काम प्रार्थनाद्वारा सुरु भएको थियो ।

Related Articles

Back to top button