बाइबललाई ट्वाइलेट पेपरका रुपमा प्रयोग गरें

मेरो नाम नवीन खड्की हो । मेरो जन्म बु·मती, ललितपुर जिल्ला वार्ड नः ४ मा भएको हो । मेरो जन्म २०३५ साल भद्रौ महिना १५ गते भएको हो । परमेश्वरलाई धन्यवाद होस् र मैले परमेश्वरलाई धन्यवाद दिनैपर्छ । किनभने मलाई आमाको गर्भदेखि नै रच्नु भएको हो, भनेर यतिखेर म महसुस गरिरहेको छु । परमेश्वरको अनुग्रह कृपा र वोलावटअनुसार म बाल्यवस्थादेखि नै छुट्टै किसिमको मानिस थिएँ । म जथाभावी साथीभाइहरूसँग नहिड्ने, संगत नगर्ने, मेरो कुनै पनि नराम्रो बानीहरू चुरोट रक्सी पिउने आदि थिएन । तर पनि मेरो मनमा एक किसिमको अशान्ति थियो । मैले मेरो पढाईलाई निरन्तरता दिन सकिन ।

मैले विभिन्न कामहरू गर्न थालें, कुल्लीको काम गर्नेदेखि पेन्टि· गर्ने, सिर्कमी र डर्कमी जस्ता कामहरू पनि गरें । कामको शिलसिलामा म विभिन्न आफन्तहरू कहाँ बस्ने गर्थे । कहिले मामाको मा कहिले ठूलाको घरमा, कहिले काहीँ पसलहरूमा सहयोग गर्ने र सिक्न जान्थें । त्यहाँ पनि मैले निरन्तता दिन सकिन र मिति वि.सं. २०५३, सालतिर आफ्नै घरमा फर्के तब म विभिन्न कुराहरू सोच्थे । कुनै पनि काममा स्थिर भइन ।

 

वि.सं.२०५४ साल हरेक काममा थकित भएर सोचिरहन्थें । अरू मानिसहरूले के–के गरिसकेका थिए, मैले भने केही गर्न सकिन ।म भने सोचेर कोठाभित्र बसिरहन्थें । एकदिन म भलिवल खेलिरहेका थिए । केही विदेशी दाजुभाइहरू पुस्तक तथा पत्रपत्रिकाहरू बाँडिरहेको थिए । बाडँने क्रममा मैले पनि सो पुस्तक र पत्रपत्रिका पनि लिए । त्यो गिदोनको बाइबल नयाँ करार भजनसंग्रह र हितोपदेशसहितको थियोमलाई विदेशी धर्म, येशू धर्म भनेर भन्ने वित्तिकै घृणा लागेर आउँथ्यो । म विरोध गर्थे । आफ्नो धर्म नै प्यारो लाग्थ्यो ।हाम्रो परिवारमा खान, बस्नको लागि समस्या कुनै समस्या थिएन । सबै राम्रै थियो तर बुवाको नराम्रो बानी जाड् रक्सी खाने थियो । घरमा अशान्ति र बेमेलको थियो ।मकहाँ जाने र के गर्ने भनेर सोचिरहन्थे ? तर परमेश्वरले कहिले काहीँ आफ्नो महिमाको लागि विभिन्न व्यक्तिहरूलाई चलाउनु हुँदो रहेछ । मेरो सानीआमा इसाई हुनुहुन्थ्यो । हाम्रो घरमा सुसमाचार सुनाउन कहिले काहि आउनु हुन्थ्यो । तर मलाई सुसमाचार सुन्न पटक्कै पर्दैन्थ्यो । यदि उहाँ घरभित्र हुँदा म घरबाहिर हुन्थें । उहाँ घरबाहिर हुँदा म भित्र हुन्थें । सुसमाचारबाट म भागि हिड्थे ।

वि.सं.२०५५ सालको कुरा हो । बु·मती गा.वि.स. मा शौचालय व्यवस्था थिएन र हामी शौचालय वस्न अरूको खेतबारीमा जानुपथ्र्यो । त्यो बेला बाइबल मेरो साथमा थियो । दुःखको कुरा, मैले बाइबललाई ट्वाइलेट पेपरको रूपमा प्रयोग गरें । त्यो मैले मेरा अज्ञानता गरेको थिए ।
त्यस पश्चात अचानक ममा एक किसिमको खुल्दुली आएर, म पहिलो पटक पाटन चर्चमा पुगें । दशवटा औंलामा औंठी लगाएर गएको थिए । त्यो मेरो सोख थियो । ममा यस्तो भावना थियो कि म केही हुँ भनी बुभ्दथे । डा. मंगलमान महर्जनले वचन बाँड्नुभएको थियो । प्रेरित २२.अध्ययाको पावलले आफ्नो वचाउको लागि गवाही दिएको थियो । त्यो वचन साँच्चै नै मेरो जीवनमा काम ग¥यो । त्यो दिन मैले आफूमा परिवर्तन भएको पाँए ।
मैले विश्वास गरें । त्यो प्रचारले मेरो जीवनमा ठूलो परिवर्तन ल्याइयों । वि.सं. २०५५ सालको भदौ २७ गते, मैले प्रभु येशूलाई प्रभु र व्यक्तिगत मुक्तिदाता भनेर ग्रहण गर्ने मौका पाँए ।

अहिलेसम्म परमेश्वरले मलाई सफलता नै सफलता दिनु भएको छ । साँचै आजको दिनसम्म असफलता र दुःख के हो भन्ने मलाई थाहा छैन । परमेश्वर मेरो साथमा भएको कारणले गर्दा आमाको गर्भदेखि नै छान्नुभएको, चुन्नुभएको । परमेश्वरको महिमाको निम्ति म यसरी नै बड्दै गएँ । माघ महिनको १८ गते डा. मंगलमान महर्जनको हातबाट पानीको बप्तिस्मा पनि लिएँ । केही समयको अन्तरालपछि बाइबलीय पास्टर र अगुवापन तालिम लिएँ । मेरो आफ्नो पाष्टर बा सुमन थापा, उहाँले मलाई धेरै सहायता गर्नुभएको थियो । उहाँलाई म धन्यवाद दिन चाहन्छु र त्यो दिनदेखि मैले भ्याएसम्म मण्डलीको सेवा गरिरहेका छु ।
जहाँ म छु, त्यो केवल परमेश्वरको अनुग्रह मात्र हो । म क्वाइनोनिया मण्डली बु·मतिका सक्रिय सदस्य र एल्डरको रूपमा सेवारत छु । साँच्चै नै हामी यस्ता व्यक्ति थियौं, जो परमेश्वरलाई चिन्दैन्थ्यौं । विरोध गर्दथ्यौं, तर परमेश्वरले यस्तै व्यक्तिहरूलाई चुन्नुहुँदोरहेछ । उहाँले ढु·ाको ह्दय हटाएर मासुको ह्दय दिनुहुन्छ ।
हामी जहाँ गएता पनि हामीले एउटै कुरा मनमा राख्नुपर्दछ उहाँको उपकारलाई कहिल्यै पनि भुल्नुहुन्न र आज्ञाहरू होशियार पूर्वक र इमान्दारीका सात हामीले पालना ग¥यो भने हामी कहिल्यै पनि लाजमा पर्नेछैनौं ।

मेरो अनुभवमा सेवाकाइ र व्यवसाय गर्र्न एकदमै गाह्रो कुरा होइन । सर्वप्रथम मन, इच्छा चाहिँदो रहेछ । यदि हाम्रो चाहना छ, भने वाहना भन्ने कुरा मनबाट निस्कदैन । चाहना नभएपछि धेरै वाहना आँउदो रहेछ । मेरो यो छ, त्यो छ, हामीले बिर्सन नहुने कुरा परमेश्वरलाई पहिलो स्थान दिनुपर्दछ । किनभने म पनि एक सानो े मिट सप व्यसायमा आवद्ध छु । मैले त्यसको लागि समयको प्रबन्ध मिलाउनु पर्दछ । कामलाई व्यवस्थित गर्नुपर्दछ किनभने परमेश्वर स्वयमले मत्ती ६ः३३ मा भन्नुभएको छ । पहिला ईश्वरको राज्य खोजी गर …। पहिलाका सेवकाइ अनि व्यवसाय हुनुपर्दछ ।
परमेश्वरको नजरमा कुनै पनि कुरा गाह्रो छैन । हाम्रो निम्ति परमेश्वर एक मात्र पुत्र दिनुभयो भने अरू कुरा किन गर्न सक्नुहुन्न र ? सक्नुहुन्छ । केवल हाम्रो इच्छा हुनु पर्दछ । नेपालीमा एउटा उखान छ जहाँ इच्छा त्यहाँ उपाय परमेश्वरले आफ्नो रगत बगाउनु भयो । स्वर्ग उहाँको सिंहासन र पृथ्वी उहाँको पाउदान हो । परमेश्वरलाई के दिन सक्छौं ।

मलाई सहयोग गर्ने परिवार, साथी र इष्टमित्र असल भएकोले गर्दा मलाई खासै गाह्रो भएको छैन । चाहे हामी सेवाकाइ गरौं या व्यवसाय गरौं । सबै परमेश्वरबाट नै आउँदछ । कति पल्ट परमेश्वरलाई भन्दा कामलाई बढि मान्यता दियौं भने हामी सफलता हासिल गर्न सक्दैनौं । बाइबलमा पनि भनेको छ, “एकजनाले दुईवटा मालिकको सेवा गर्न सक्दैन” तर अहिले बुझ्दा फरक छ पहिलो स्थान परमेश्वर नै दिनुपर्दछ । कति पटक हामी राम्रो काम भनेर भन्छौं तर बाइबलबाट नै हामी पावलको जीवनबाट सिक्न सक्छौं । उनले पनि पाल बुन्ने काम गर्दै र समय पाउने बिति कै विभिन्न सभाघर र शहरमा प्रभुको बारेमा घोषणा गर्दथे । आज पनि हामी सेवाकाइ साथै व्यवसाय गर्दा, त्यो पनि परमेश्वरबाट आएको हो, भनेर थाहा गर्नुपर्दछ । सर्वप्रथम काम परमेश्वरको हो भनेर ग¥यो, भने त्यो परमेश्वरबाट व्यवस्था हुन्छ । व्यवसायमा सफलताको लागि सेवकाइमा पनि आज्ञाकारिता, विश्वास र इमान्दारिता चाहिन्छ । त्यसपछि मेहनत पनि चाहिन्छ ।
अहिलेको समयमा म हरेक विहान ४ः०० बजे उठ्छु, त्यसपछि केही साथीभाइहरूसँग दैनिक १ घण्टा प्रार्थनामा बस्छु । दिनमा म १५, १६ घण्टा जति सेवकाइ तथा व्यवसायमा काम गर्छु ।

अन्त्यमा परमेश्वरले मलाई दिनुभएको आशिष बाँड्न दिनुभएकोले गर्दा म वचन पत्रिकालाई धन्यवाद छ । वचन पत्रिका मार्फत अरूहरू पनि आशिष हुन सकून, यही नै सदैव मेरो र मेरो मण्डलीको प्रार्थना छ ।

Related Articles

Back to top button