ज्योतीको घर नेपालको आठौं साधारण सभा

०६ असोज । काठमाडौं । ज्योतीको घर नेपालको आठौ वार्षिक साधारण सभा यसै साता काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभा ज्योतीको घर नेपालका अध्यक्ष विजय लामाको अध्यक्षतामा र गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

 

गोकर्णेश्वर नगरपालिकाका मेयर संतोष चालिसे :

ज्योती घरको नेपाललाई ८ औं बार्षिक साधारण सभा गर्न सफल हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छु । राजु सुन्दास, विजय लामा ज्योती घरको नेपाललाई ८ औं बार्षिक साधारण सभा गर्न सफल हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छु । राजु सुन्दास, विजय लामा लगायतका टिमले ति पिछडिएका बादी समुदायका पिडाको महशुस गर्नुभयो । केही गर्नु पर्दछ त तिनीहरुलाई नै गर्नुपर्दछ भन्ने भाव उहाँहरुमा आयो । यसको लागि सलाम छ । एक व्यक्तिको पहलमा यत्रो ठूलो काम भएको देख्दा धेरै खुशी लागेको छ । तपाईंलाई धेरै धन्यवाद । तिजको महिनाको समयमा ति विधार्थीहरुको कृयाकलाप हेर्न पाँँए । उनीहरुले आफ्नो उत्कृष्ट कलाहरु देखाएका थिए । म धेरै प्रभावित भएँ । कुराले मात्र होइन, कामले गरेर देखाउनु भएको छ । यस्तो संस्थालाई मैले माया गरिन मेरो अस्तित्व हुँदैन । यस संस्थालाई मैले गर्न सक्ने सहयोग र सहकार्य गर्न सधैं तयार छु । फेरी ८ औं बार्षिक साधारण सभा सफल भएकोमा हार्दिक बधाई र शुभकामना व्यत्त गर्दछु ।

संस्थापक÷सल्लाहकारः राजु सुन्दास : 

ज्योतीको घर नेपाल ८ औं बार्षिक पुनित अवसरमा हार्दिक बधाई दिदछु । शोषित, अपहेलित र घृणित बालबालिकाहरुले पनि गर्न सक्दछन् भन्ने उद्देश्यसहित संसारभरि हामी काम गर्न चाहन्छौं ।

सेवा गर्ने मान्छेलाई, काम गर्ने मान्छेलाई कही पनि सम्मान हुँदैन । कुरा काट्नेको भिड वढेर गएको छ । असल कार्य गरेको देख्ने आँखाहरु अभाव छ । बालबालिकाहरुको निम्ति खर्च जुटाउन कति खट्नु पर्दछ । त्यतीकै कसैले सहयोग गर्दैनन् । ज्यातीको घर नेपालको ढोका खोल्न लाखौं लाख लाग्छ । बाहिर बसेर गाली गर्न सजिलो छ तर भित्र बसेर कार्य गर्न सकस पूर्ण छ । गाह्रो अवस्थामा पनि हामी निरन्तररुपमा कार्य गरिरहेको छौं । सबैको साथ र
सहयोगको अपेक्षा गर्दछु । ठूलो हात होइन धेरै हातहरु आवश्यक छ । जसले धेरै कार्य गर्न सकिन्छ । हृदयभित्र
प्रेम हुन्छ, त्यसैले समाज सेवा गर्न प्रेरित गर्दछ । पैसाभन्दा पनि सेवा गर्ने मनहरुको खाँचो छ ।

 

पूर्व अध्यक्ष डिल्लीराम गिरी
( बाल कल्याण समिति)

ज्योतीको घर नेपालको ८ औं बार्षिक साधारण सभा सम्पन्न भएकोले हार्दिक शुभकामना व्युक्त गर्दछु ।ज्योतीको घर नेपालको ८ औं बार्षिक साधारण सभा सम्पन्न भएकोले हार्दिक शुभकामना व्युक्त गर्दछु ।मेरो शरिरमा रगत रहुन्जेल बालबालिकाको क्षेत्रमा निरन्तर रुपमा कार्य गरिरहन्छु, यो क्षेत्रमा विकासको निम्ति मेरो प्रयास रहिरहन्छ । सरकार, मन्त्रालय र केन्द्रिय बाल कल्याण सिमितिको आँखामा राम्रो काम गरिरहेको छ । विभिन्न कार्यक्रममा प्रधान मन्त्री, मन्त्रीहरुको प्रशंसा पत्र प्राप्त गरिरहेको छ । राजु सुन्दास, विजय लामाको नेतृत्वमा सारा संसारका मानिसहरुलाई विश्वास र साथ लिएर ५१७ बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायत सर्वाङ्गगी विकासमा लागेको देख्दा उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।
असल कार्य गर्दा गाह्रो अप्ठायारोहरुलाई यी बालबालिकाको माया र आशिषवादले ति समस्त तत्वलाई समाप्त गरेको छ । समस्या आउँदा पनि उत्साह र ऊर्जाको साथ गरिरहनु भएको छ । यसलाई लागी यस नेतृत्वहरुमा हुनु हुने सबैलाई बधाई दिन चाहन्छु । नेपाल सरकारले प्रत्यक्ष सहयोग यस संस्थाले भविष्यमा प्राप्त गर्नेछ । संसारमा सबैभन्दा वढी लगानी बालबालिकामा भएको छ र सबभन्दा वढी सम्मान पनि बालबालिकालाई नै भएको छ । बालबालिकालाई सबैले सकेको लगानी गर्नुपर्दछ । आज तिनीहरु भोलीका असल व्यक्तिहरु बन्ने छन् । देश हान्ने, ठूला लगायत साना पदहरुमा उनीहरु नै हुन्छन् । बालबालिकाहरुलाई सही बाटो देखाउने, हिडाउने कार्य ज्योतीको घर नेपालले गरिरहेको छ । यस महान् कार्यमा यस संस्था लागिरहोस् धेरै बधाई छ ।  जय बालबालिका !

 

अध्यक्ष विजय लामा:-

स्थापनाको आठौं वर्षको वर्षगाँठमा ज्योतीको घर नेपालले आफ्नो ८ औं बार्षिक उत्सव गोकर्णेश्वर नगरपालिकाका मेयर संतोष चालिसे, बाल कल्याण समितिका पूर्व अध्यक्ष डिल्लीराम गिरी र संस्थाको संस्थापक राजु सन्दास स्थापनाको आठौं वर्षको वर्षगाँठमा ज्योतीको घर नेपालले आफ्नो ८ औं बार्षिक उत्सव गोकर्णेश्वर नगरपालिकाका मेयर संतोष चालिसे, बाल कल्याण समितिका पूर्व अध्यक्ष डिल्लीराम गिरी र संस्थाको संस्थापक राजु सन्दास लगायत आदरनिय पाहुनाहरु समस्तलाई अभिवादन ! निरन्तररुपमा यस संस्थाले बालबालिकाको निम्ति काम गरिरहेको छ । यस मातहतमा ८ वटा बाल गृह संचालन भईरहेको छ । ५१७ जना असाहय बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य, भरपोषण गर्न सफल भएको छ । विभिन्न आरोह अवरोहबीचमा आफूलाई अवल संस्थारुपमा प्रमाणित गरेको छ । हालसम्म प्रधानमन्त्री, मन्त्री, सरकारी निकाय, बाल कल्याण समितिबाट सम्मान प्राप्त भएको छ । देशमा महाभूकम्म, वाढीपहिरो आउँदा अहोरात्र यस संस्थाले मेहनतका साथ खटिएको थियो र सकेको सहयोग गरिरहेको छ । यस संस्थालाई सहयोग गर्ने समस्त महानुभावहरुलाई धन्यवाद दिन्छु  ।

 

कार्यक्रम संचालक  कुमारसिंह विष्ट :-

ज्योतीको घर नेपाल संस्था नाम नै प्रयाप्त छ । शिक्षाको ज्योती फैलाउने कार्य करिव १ दशकदेखि गर्दै आइरहेको छ । हालसम्म ८०० भन्दा वढी बालबालिकाको लागि प्रत्यक्षरुपमा सहयोग गरिरहेको छ । भूकम्प पिडीत, बाढी पिडीत, सिमान्तकृत, अल्पसंख्य, चेपाङ्ग र बादी समुदायका बालबालिकाहरुलाई साथसाथै गरिव, पिछडिएका, बेसाहारा बालबालिकाको उत्थानको निम्ति अनवरत रुपमा सेवा पु¥याउँदै आइरहेको छ । देशलाई नै ठूलो टेवा पु¥याइरहेको छ ।

 

विधार्थी  संगिता वादी :-

म यस्तो समुदायबाट आएको छु । मेरो समुदायको बास खोलाको किनारामा हुन्छ । पेशा नाचगान लगायत मानिसहरुको मनोञ्जनको भाँडो बनी बसेको अवस्थामा म नावालीका ७ वर्षको अवस्थामा र आमाको ममताबाट बन्चित भई बसेको अवस्थामा ज्योतीको घर नेपाल संस्थाले राम्रोसँग शिक्षादिक्षा, खान, बस्ने अवस्था श्रृजना गर्नुभयो । EEC मा B+ ल्याउन सफल भएँ । अहिले पिसिएल नसिङ्ग पढ्ने मौका संस्थाले उपलब्ध गराएको छ । यस संस्था मेरो असल अभिभावकको भूमिका निर्वाह गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ । आज नसिङ्ग पढ्न पनि पाँए र छुट्टिमा घर जाने मौका पनि पाँए । यो
सम्पूर्ण श्रेय ज्योतीको घर नेपाललाई जाँदछ ।

 

 

Related Articles

Back to top button