सुक्ष्म यंत्र (BIO-CHIP)

Writer : Pradeep Jha

आज जुन समयमा हामी बाँचिरहेका छौँ त्यहाँ यदि तपाईलाई कुनै नयाँ आविष्कारको विषयमा भन्यो भने तपाईलाई केही जस्तो लाग्दैन होला । किनकि दिन–प्रतिदिन विकासले चरमसिमा छोइरहेको छ । एउटा विकासले पहिलाको विकासलाई उछिन्दै आफ्नो फरक स्थान हासिल गरि रहेछ । यहाँ तपाईले यस्तै एउटा नयाँ आविष्कारको बारेमा थाहा पाउनु हुनेछ जसले निश्चय नै तपाईलाई सोच्न बाध्य गराउनेछ । वास्तवमा, भन्ने हो भने कुनै समयमा अंदाज नै गर्न नसकिने ठूलो संसार अहिले एउटा सानो गाँऊ जस्तो भएको छ । यहाँ मानिसहरू बिहान पृथ्वीको एउटा छेउमा र साँझ अर्को छेउमा पुग्न सक्ने भईसकेको छ । बरु लोकल कल गर्न २–४ रुपियाँ लाग्ला तर यहाँदेखि अमेरिका फोन गर्न त्योभन्दा पनि सस्तो वा अहिलेका अत्याधुनिक स्मार्टफोनहरूमा विकसित गरिएका एप्सहरूद्वारा त झन् सित्तैमा कल गर्न सकिने पनि भएको छ । कुनै जानकारी लिनदिन मानिस नजिकै हुनुपर्छ भन्ने कुरा अब आवश्यक छैन । मानिसले कुनै पनि जानकारी केही क्षणमै पृथ्वीको पल्लो छेउमा भएको मानिसकहाँ पुरयाउन सक्छ ।
जुनसुकै विकास वा आविष्कारले यो दावी गर्छ कि त्यो आफ्नै प्रकारको एकदमै नयाँ, कसैले नदेखेको, कुरा नगरिएको आविष्कार हो । यस्तो समयमा हामी ख्रीष्टियनहरूको प्रतिक्रिया के हुन्छ ? के सबै नयाँ आविष्कारहरू वास्तवमै नयाँ हो त ? के त्यसको बारेमा कहिल्यै कुनै पनि प्रकारले उल्लेख गरिएको छैन त ? के साँच्चै सबै नयाँ आविष्कारहरूको बारेमा हामी अनभिज्ञ छौँ त ? पक्कै पनि होइन ∕ यदि हो भने, हामीले परमेश्वरको वचनलाई राम्ररी नलियालेर होला । आउनुहोस् तपाईलाई संसारकै नवीनतम आविष्कारहरूमध्ये एक, बायो– चिप (BIO-CHIP) –को बारेमा बताउँछु । यसले कसरी काम गर्छ ? बाइबलले यसको बारेमा के भन्छ ? ती प्रश्नहरूको उत्तर खोज्नेछौं ।bio

यो के हो ?
हो, तपाईलाई भन्न लागेको यो बायोचिप (सुक्ष्म–यंत्र) एकदमै सानो तर त्यति नै शक्तिशाली छ । यसको लम्बाई ७ मिली मिटर र चौडाई लगभग ०.७५ मिली मिटर रहेकोछ जो एउटा बासमती चामलको दाना जस्तै छ । यति सानो सुक्ष्म यंत्रमा एउटा रिचार्जेबल लिथियम ब्याट्री लोगेको छ जो एउटा सर्किट द्वारा विद्युत उत्पन्न भई शरीरको bio 2तापक्रमले चार्ज हुन्छ । यो हाम्रो शरीरको अंगमा राखिएको हुन्छ । मोटोरोला कम्पनीले यो बायोचिप (माइक्रो चीप) मोन्डेक्स स्मार्ट कार्डका लागि बनाउँछन् । यस माइक्रो चीपको प्रयोग गरेपछि रुपियाँ–पैसा र क्रेडिट÷डेबिट कार्डको प्रयोग गर्नैपर्ने बाध्यतालाई हटाएको छ । विकसित र विकासशील संसारमा यसले एउटा क्रान्ति ल्याएकोछ । हामीलाई राम्ररी थाहा छ कि शैतान परमेश्वरको विरुद्धमा लडिरहेकोछ र उसको उत्कट इच्छा हामीलाई परमेश्वरदेखि टाढा लाने हो । उसले इतिहासभरि नै विभिन्न प्रकारका रणनीतिहरू प्रयोग गरेर हामीलाई आक्रमण गरिरहेको छ ।

यसको प्रयोग के को लागि हुन्छ ?
यसअघि नै संसारका केहि धनी व्यक्तिहरूद्वारा यसको प्रयोग चोरी, अपहरण, धोका इत्यादिबाट बच्नको लागि एउटा औजारको रुपमा भइसकेको छ । यसलाई प्रयोग गरेर तपाई धोकाबाट बच्न र चोरी हुँदा चोरलाई भेटाउन सक्नुहुन्छ । यो चीप प्रयोग गरेपछि तपाई कहाँ हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ त्यसकारण अपहरणबाट पनि बच्न सकिन्छ । यसले तपाईको बारे सम्पूर्ण जानकारी राख्दछ । तपाइको पहिचान यसले दिन्छ । त्यसको लागि कुनै कागजात बोक्नु पर्दैन । तपाई देशदेखि बाहिर जाँदा पासपोर्ट बोक्नु पर्दैन तपाईको शरीरभित्र बायोचिप राखिएको अंगलाई कम्प्यूटरीकृत मशीनमाथि राखे त्यसमा सबै जानकारी आफै जान्छ । त्यसैगरी यदि तपाई रेस्टुरेन्टमा खाना खान वा ठूलो शपिड्ड सेन्टरमा केहि किनमेल गर्न जाँदा पनि तपाईंले बायोचिप राखिएको अंगलाई कम्प्यूटरमाथि राख्यौँ भने बैंकमा भएका तपाईको खाताबाट पैसा आफै निस्किन्छ ।

यसको वितरण कसले कहाँ गर्दैछ ? boi 3
मोन्डेक्स भन्ने कम्पनीले यहि नामले यो बायोचिप प्रयोग गरिरहेकोछ । याद गर्नुहोस् यो कम्पनीको नाम र लोगो हो जसले यसको पहिचान दिदँछ । संसारभरिका २० वटा देशका लगभग २५० कम्पनीहरूले यस बायोचिपलाई वितरण गर्ने काम गरिरहेका छन् । र धेरै देशहरू छन् जसले यो मोन्डेक्स कार्डलाई वा प्रविधिलाई प्रयोग गर्ने अवसर पाएका छन्, तिनीहरूमध्ये यी देशहरू हुन्ः अमेरिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड, इस्राएल, हड्डकड्ड, चीन, इन्डोनेशिया, मकाउ, मलेशिया, फिलिपिन्स, सिड्डापुर, थाइल्याण्ड, भारत, ताइवान, श्रीलंका, कोस्टारिका, गुवाटेमाला, निकारागुवा, पनामा, होन्डुरास, एल साल्वाडोर र ब्राजील इत्यादि । हाम्रा दुई छिमेकी राष्ट्र भारत र चीनमा यसको प्रयोग भइरहेको छ भने हाम्रो देशमा पनि यो चाँडै न आउला भनी भन्न सकिँदैन ।

यसले तपाइलाई कसरी असर गर्छ ?
तपाई आफै विचार गर्नुहोस कि यस बायोचिपले तपाईलाई कुन प्रकारले असर गर्छ ? तपाईसंग यसको के मतलब छ ? यसबाट भाग्नुहोस् ¤ किन भन्ने कुरा पत्ता लगाउनुहोस । यो शैतानको एउटा हतियार हो । यो परमेश्वरको वचनमा भएको भविष्यवाणीको पूर्ति हो । यो बायोचिपको कोड संख्या ६६६ छ किनकि यहि नै संख्या सबैभन्दा उपयुक्त भएको तिनीहरूले आप्mनो खोजमा पत्ता लगाए । र बाइबलले पनि स्पष्ट रुपमा भन्छ कि त्यो पशुको संख्या ६६६ छ । (प्रकाश १३:१८) यस बायोचिपलाई शरीरको कुन भागमा लगाउने भन्ने कुरा अर्को चिन्ताको विषय थियो । किनकि यदि यो बायोचिप, जसमा सम्पूर्ण जानकारी छ, कार्डमा निकालियो भने चोरी हुनसक्छ, कसैको हातमा प¥यो भने समस्या हुनसक्छ । ती जानकारीहरू अरुले थाहा पाएर गलत प्रयोग गर्न सक्छ वा परिवर्तन गर्न सक्छ । त्यसैकारण, तिनीहरूले यसलाई एकदमै सुरक्षित स्थानमा राख्न bio 4चाहन्थ्ये । त्यसैले मोटोरोला कम्पनीको सुझाउ अनुसार यसलाई सुरक्षित राख्ने एकमात्र स्थान थियोः मानिसको शरीरको कुनै अंगमा । यसकारण, तिनीहरूले यस बायोचिपलाई शरीरको कुन भागमा राख्दा सबैभन्दा उपयुक्त हुन्छ भन्ने कुरा थाहा गर्न मात्र लगभग १२ करोड रुपियाँ खर्च गरे र पत्ता लगाए कि यसलाई मात्र निधार (Forehead) र दाहिने हातमा (Right Hand) लगाउन सकिन्छ । यो ठाउँबाट यदि बायोचिपलाई शल्यक्रियाद्वारा निकाल्ने प्रयास गरियोभने त्यो क्याप्सुल फुट्नसक्छ र त्यसमा भएको लिथियम ब्याट्रीमा भएको केमिकलद्वारा शरीर संक्रमित हुनसक्छ र GPS (Global Positioning System) ले पत्ता लगाउँछ कि यो निकालिएकोछ र प्रशासनलाई सतर्क गराउँछ । याद गर्नुहोस यस बायोचिपको नाम MONDEX  जसको अर्थ हुन्छ “रुपियाँ–पैसा तपाईको हातैमा” MON= Monetary = Money, (रुपियाँ–पैसा), DEX= Dexter = Right-hand side (दाहिने हाततिर) यस कुराले परमेश्वरको वचनलाई पूरा गरेको छ । प्रकाश १३:१६–१७ पदले भन्छ, “अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो । त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो । त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो ।”

परिणाम र प्रतिफल
के तपाई यसप्रति गंभीर हुनुहुन्छ ? तपाईको एउटा निर्णयले तपाईलाई त्यसको परिणाम वा प्रतिफलतर्फ लानसक्छ । तपाईले आफ्नो बाटो र गन्तव्य आफै चुन्न सक्नुहुन्छ । यसको परिणाम असरदार, दुःखदायी र हामीलाई अल्मल्याउने हुनसक्छ । बाइबल अनुसार, यदि हामी ख्रीष्टको साक्षी दिन चाहन्छौँ भने यो अंकको छाप हामीमा लगाउन दिनुहुँदैन । त्यसको निम्ति हामीले धेरै सास्ती भोग्नुपर्ने हुनसक्छ । हाम्रो शिर काटिनसक्छ (प्रकाश २०:४)। हामीले सजिलै किनमेल गर्न पाउँदैनौ होला । तर यदि हामी bio 5यसलाई चाँडो गरी प्रतिक्रिया दियौँ भने, र जुनसुकै परिस्थितिमा परमेश्वरतर्फ नै रहने निर्णय गरयौँ भने र शिर काटिए तापनि परमेश्वरकै साक्षी दियौँ भने हामी फेरि जीवित पारिनेछौँ । र त्यति मात्र होइन, उहाँसँगै एक हजार वर्षसम्म राज्य गर्नेछौँ । (प्रकाश २०:४)

निष्कर्ष
शैतानको कति रणनीतिहरूको विषयमा बाइबलले हामीलाई सतर्क गराईसकेको छ । यो बायो–चिप पनि त्यसको एउटा उदाहरण हो । अब हामी कसरी यसलाई प्रतिक्रिया दिन्छौँ त्यहि अनुसारको जीवन हामीले जिउनु पर्नेछ । अब हामी योबारे अनभिज्ञ छैनौँ तर यसबारे थाहा भएको छ, र थाहा भैसकेकोले हामी जिम्मेवार पनि भएका छौँ । हामीले यो थाहा पाउन आवश्यक छ कि शैतानले कसरी काम गर्दैछ र कसरी परमेश्वरको वचन पूरा भइरहेको छ । वास्तवमा, हामीले हाम्रो वरिपरि हे¥यौँ भने यो भान हुन्छ कि हामी येशूको दोस्रो आगमनको अन्तिम समयको अन्तिम घडीमा छौँ । तसर्थ कहिले र कुन समय उहाँ आउनुहुन्छ भन्दा पनि अहिले नै उहाँ आउनु भए के हामीलाई तयार पाउनुहुन्छ ? के तपाई आफ्नो परिवारका सदस्यहरू, मण्डलीका सदस्यहरू वा छिमेकीहरूलाई त्यस पशु अर्थात् ६६६ को चिन्ह लगाइएको देख्न सक्नुहुन्छ ? होइन भने, यो कुरा तिनीहरूलाई बताइदिनुहोस् ताकि तिनीहरूलाई पनि यो कुरा थाहा होस् ।

Related Articles

Back to top button