बाइबलको शाब्दिक अर्थ

बाइबलको संक्षिप्त इतिहास! भाग:- १

बाइबलको शाब्दिक अर्थ
(The Literal meaning of Bible)

‘बाइबल’ शब्द ल्याटिन भाषाको ‘बिबलोस’ शब्दबाट‌ अाएको आएको‌ हो। जसको अर्थ ‘एउटा पुस्तक’ भन्ने हुन्छ। यो एउटा संज्ञा बाचक शब्द हो तर बाइबल थुप्रै पुस्तकहरुको संकलन भएको हुनाले यसको बहुबचन शब्द ‘बिबलिया’ हुन्छ। यूनानी (ग्रीक) भाषामा यसलाई ‘ता बिबलिया’ भनिन्छ जसको अर्थ ‘पस्तकहरु’ हो।

‘बाइबल’ शब्दको उत्पत्ति यूनानी भाषामा प्रयोग हुनुभन्दा २००० ख्रीष्टपूर्व अगाडी यो एउटा शहरको नाउँ थियो जसलाई ‘बिबलस’ भनिन्थ्यो। बिबलस शहरका मानिसहरु कुशल कारिगरहरु थिए। राजमिस्त्री, बढाई मिस्त्री र नाँव बनाउने काममा सिपालु थिए। राजा सुलेमानको समयमा लबानोनको देवदारको रुख काटेर निर्यात गर्ने पनि यिनै सिपालु कारिगरहरु थिए। (१राजा ५:५-७ १८, इजकिएल २७:९)
मिश्रको उच्च संस्कृतिसित बिबलस शहरको लामो सम्बन्ध भएको हुनाले त्यहि संस्कृतिलाई नै बिबलसले पनि अपनाएका थिए। बिबलसमा मिस्र देशबाट आयात गरिएका सामानहरुमध्ये पेपिरसका बोटहरु पनि थिए। यो मिस्र देशको निल नदीमा पलाउने एक प्रकारको जल विरुवा (बोट) थियो जसबाट कागत (पेपर) बनाइन्थयो साथै डोरी, कपडा, पाल, दवाई इत्यादि पनि बनाइन्थ्यो हामीले प्रयोग गर्ने कागत जसलाई अंग्रेजीमा (paper) भनिन्छ यो शब्दको उत्पत्ति पनि पेपिरस बाट नै भएको हो। इतिहास अनुसार यही पेपिरस पछि फेनिसियाका प्राकृतिक सम्पत्ति हुनगयो। बिबलस शहरका व्यापारीहरुले आफ्ना बन्दरगाहलाई त्यस समयका सबैभन्दा ठूला पेपिरसका व्यापारकेन्द्र बनाए अनि उनिहरुले उत्पादन गरी बेचेका पेपिरसलाई आफ्नै देशको नाम दिए ‘बिबलस’।
पेपिरस अर्थात बिबलस बोटको जराबाट खस्रो पदार्थ निस्किन्थ्यो जो खानु पनि हुन्थ्यो। मिस्रबासीहरुले यसलाई खाने गरेको हुँदा यूनानीहरुले तिनीहरुलाई खिसी गर्थे, होच्याउँथे। बिबलसको बोटबाट, पातहरुबाट र बोक्राहरुबाट जुत्ता, डोरी, नाँवको पाल, कपडा इत्यादि बनिन्थ्यो अनि यसको गुदीबाट पेपिरस कागत बनिन्थ्यो। पछि भेडा-बाख्राको छाला र अरु रुखको बोक्राबाट कागत आविष्कार नभइन्जेलसम्म‌ यही पेपिरस कागत त्यस समयको सभ्य संसारको लागि लेख्ने सामग्री थियो। बिबलस देशमा उत्पादन‌ गरिएको पेपिरसलाई यूनानीहरुले ‘बिबलस’ र ‘बिबलिया’ नाम दिए र यही ‘बिबलस’ शब्दलाई ल्याटिन भाषामा ‘बिबलिया’ भनियो र पुरानो अंग्रेजी भाषामा यसलाई‌ ‘बिबुल’, ‘बाइबुल’ वा ‘बाइबल’ भनिन्थ्यो।
पुरानो बिबलसको बन्दरगाह जसलाई आजकल अरबी नाम ‘जेबेइल’ वा ‘गेबाल’ भनी चिनिन्छ, लेबानोनको बेरुत शहरको २० मिल उत्तरतिर पर्छ अनि सिदोन प्रान्तको ‌४२ मिल उत्तरमा स्थित छ। इतिहासकार फिलोको विवरणमा‌ बिबलसलाई त्यसबेलाको संसारमा सबैभन्दा पुरानो शहर र बन्दरगाह मानिलिएको छ। यही शहरमा फेनिसीहरुले ३००० वर्षभन्दा अघि पहिलो वर्णमाला आविष्कार गरेका थिए। कति विद्वानहरुको मतअनुसार दोस्रो सुसमचारका लेखक मर्कूस यहाँको पहिलो मण्डलीका धर्मगुरु थिए।
यूनानी संस्कृति र परम्परामा जन्मेर हुर्केका यहूदीहरुले आफ्ना धर्मग्रन्थलाई चिनाउन पहिलोपल्ट ‘बिबलिया’ शब्द प्रयोग गरे। प्राचिन मण्डलीले शुरुमा पवित्र आत्माको प्रेेरणा पाएर लेखिएको भनेर मानिलिएको जति सबै धर्मग्रन्थहरुलाई समावेश गर्दा यही शव्द ‘बिबलिया’ प्रयोग गरे।
यूनानी बहुबचन ‘ता बिबलिया’ अंग्रेजीमा ‘The books’ को अघि कुनै विशेषण जोडिएको नहुँदा यो शव्द प्रयोग गर्नेहरुले यी ग्रन्थहरुको आफ्नै एउटा श्रेणी बनाएको र अरु साहित्यिक रचनाहरुभन्दा श्रेष्ठ छन् भनी मानिलिएको हुन्।
यसकारण बहुबचन शव्द ‘बिबलिया’ ले बाइबल एउटै मात्र पुस्तक नभएर धेरै पुस्तकहरु भएको अर्थ लगाउदछ।

ख्रीष्टको पक्षमा
पाष्टर बिमल‌ छेत्री,
शिलिगुडी।

Related Articles

Back to top button