कल्पना नगरेको शक्तिको नतिजालाई हात पार्छौं

एडोल्फ हिटलर जर्मनीका तानाशाह थिए जसले पोल्यान्डमाथि हमला गरेपछि ख्रिस्टाब्द १९३९ मा दोस्रो विश्वयुद्धको थालनी भएको थियो । दोस्रो विश्वयुद्ध (१९३९-१९४५) को इतिहासमा एउटा अनौठो पक्ष भनेको ३० सेप्टेम्बर १९३८ मा म्युनिक सम्झौतामा हिटलरको हस्ताक्षर हो । उक्त सम्झौताले इङ्गल्यान्डमाथि हमला गर्न तिनको हात बाँधिदिएको थियो । हिटलर ती मानिस थिए जो युद्धको लागि तम्तयार थिए र तिनले इङ्गल्यान्डतर्फ आफ्नो बन्दुक तेर्साउनै लागेका थिए । त्यस बेला इङ्गल्यान्ड कमजोर थियो र ऊ आफ्नो प्रतिरक्षा गर्न असमर्थ थियो । हिटलरको हस्ताक्षर तिनको आफ्नै स्वभावको विरुद्धमा मात्र थिएन, तर तिनलाई जे गर्न सल्लाह दिइएको थियो त्यसको विरुद्धमा पनि थियो ।

हिटलर सधैँ आफ्नो भित्री आवाजको बारेमा चर्चा गर्थे । तिनले भनेका छन्, “भित्री आवाजले मलाई भनेको थियो, कि इङ्गल्यान्ड कमजोर र सहाराविहीन भएको बेलामा नै त्यसमाथि आक्रमण गर्ने उपयुक्त समय थियो । तर केही कुरोले ममाथि विजय हासिल गर्यो् र मैले त्यस सम्झौतामा हस्ताक्षर गरेँ ।” उक्त हस्ताक्षरको कारणले गर्दा तिनी बाँकी जीवनभर बैचैन भए र आफूसित रिसाए ।

केले गर्दा हिटलरले म्युनिक सम्झौतामा हस्ताक्षर गरे जसको कारणले गर्दा तिनले इङ्गल्यान्डमाथि हमला गर्न पाएनन ? प्रार्थना । दक्षिणी वेल्समा सैयौँ मानिसहरू भेला भएका थिए जसले बेलुका सातदेखि मध्यरातसम्म शान्तिको लागि प्रार्थनामा बिताएका थिए । युद्ध पन्छिओस् भनी विश्वासीहरूले प्रार्थना गरेका थिए । हिटलरले भनेका छन्, “त्यो पहिलो पटक थियो जुन बेला मैले मेरो आवाजलाई सुनिनँ ।” धेरै मानिसहरूको विश्वासअनुसार त्यो शैतानको आवाज थियो ।

प्रार्थनाको कारणले गर्दा कति ठुलो विजय हासिल गरियो भनी बताइरहनुपर्दैन । जब हामी पवित्र आत्माको अगुवाइमा एकसाथ प्रार्थनामा भेला हुन्छौँ हामीले जीवनभर कल्पना नगरेको शक्तिको नतिजालाई हात पार्छौं ।

Related Articles

Back to top button