व्हिलचियरको पाँग्रामा लागेको माटोबाट मैले पाएको आशिषव्हिलचियरको पाँग्रामा लागेको माटोबाट मैले पाएको आशिष

मेरो जिवन सबल व्यक्तिहरुको को जस्तो सरल जिवन थिएन र छैन पनि, सबल व्यक्तिहरु आफनो विचारद्धारा स्वचालित शरिरको भरमा जिवनयापन गर्दछन भने मेरो जिवनको कहानी ति व्यक्तिहरुको तुलनामा अलि भिन्नै थियो । हुन त अहिले पनि शरिरमा त्यस्तै नै छु तर आत्मामा भने मैले नयाँ जोश र जागरको साथमा अनन्तको जिवन पाएको छु । मेरो जिवनको भौतिक सहयात्री जो विना मेरो जिवन सम्भवत असम्भव नै छ जस्का पाइला वा भनौ पाँग्राहरुले मलाई मैले चाहेको गन्तव्यमा पुग्न सहायता गर्दछ जसमाथि बसेर मैले मेरो जिवनको आधा बसन्त पार गरिसके, सायद हजुरहरुले अनुमान लगाइसक्नुभयो होला, हो त्यहि मेरो जिवनको सहयात्री अर्थात चार पाँग्रा जोडिएको मेरो बस्ने र गुड्ने मेच, कुर्सि, चियर जे भने पनि मेरो नजिकको भौतिक सहयात्रि ।रुखबाट जमिनमा बजारिदा मैले करिब ……….जति अस्पताल र घरको खाट मा लम्पसार परेर जिवन विताएको अझै पनि मेरो मानसपटलमा ताजा नै छ । जब मैले मेरो जिवनको भौैतिक सहयात्री पाए मलाई लाग्यो पुर्णरुपमा नभएपनि आंशिकरुपमा नै सहि सबल व्यक्तिहरुको जस्तो जिवन यापन गर्न सक्छु । तर त्यतिबेलाको हाम्रो पुरातनबादी सोच भएको नेपाली समाज समावेशी कहाँ थियो र जुन समाजले मलाई आफुसँगै आत्मासाथ गर्ने आट गर्न सकोस् । निकै नै कठिन समय थियो मेरो लागी समाज बाट बहिष्कृत भई जिउनुलाई ।तर समयको खेल भनौ वा परमेश्वरको इच्छा मेरो शारिरीक दुघर्टना पश्चात जुन मिसन अस्तालमा मैले उपचार पाए त्यहि मिसन अस्पतालका कर्मचारीहरु द्धारा मेरो हृदयमा परमेश्वरको सुसमाचारको विजारोपण भयो । फलस्वरुप त्यो समयमा मैले परमेश्वरलाई ग्रहण गरि बष्तिसमा लिने मौको पाए । त्यसको केहि समय पश्चात मैले मेरो जिवनको बाकि सघर्षलाई शहरमा आई सामना गर्ने विचार गरे । सोच्दथे गाउँको भौगोलिक  विकटपनले मेरो जिवनलाई कष्टकर बनाएपनि शहरको भौगोलिक सहजताले मलाई राहत प्राप्त हुन्छ भनेर तर सधै सोचेको र खोजेको जस्तो कहाँ हुने रहेछ र जब मेरो शारिरीक दुर्घटनाले मेरो शरिरलाई साधारण व्यक्तिको भन्दा भिन्न क्षमताको बनायो तब देखि नै समाजमा मेरो लागी असमावेशिताको परिस्थिति सृजना हुदै गयो । गाउँबाट शहर आए कारण त्यहाँको भौगोलिक विकटपनले मलाई विचलित तुल्याको थियो तर जब शहर प्रवेश गरे यहाँ त झन समाजमा बस्ने सामाजिक प्राणी भनौदाहरुको मानसिक विकटपन ले मेरो मन मस्तिष्क नै खलबल्याइदियो । तै पनि जसो तसो जिवनमा कष्ट र सघर्षलाई छिचोल्दै अगाडि बढ्ने निर्णय गरि आत्मसाथ अगाडी बढे । अवसर भनौ कि चुनौती भनौ या निमन्त्रणा एक दिन मैले मलाई गाउँमा नै आएर बप्तिषमा दिने पाष्टर वुवाको मण्डली जाने मौका पाए । लामो सास फेरे र सोचे सायद समाजमा अन्य जाती वा परमेश्वरलाई नचिन्ने व्यक्तिहरुको बाहुल्यता बढी नै रहेको कारण ति व्यक्तिहरुले मेरा भावना नबुझेका होलान, अब परमेश्वरलाई पछ्याउनेहरुको माझमा जादैछु त्यस पछि मेरो जिवनको कष्ट, दुःख र पिडादायी भोगाईहरुको अन्त्य हुनेछ । तर म अझै पनि गलत थिए कारण मैले परमेश्वरलाई चिन्ने व्यक्तिहरुलाई हेरेर मण्डली जाने निधो गर्र्दै थिए । मैले त परमेश्वरलाई हेरेर मण्डली जाने कुरा नै विर्सेछु । जसको कारणले मेरो मण्डली प्रतिको प्रारम्भिक सहभागीता वा भोगाई निकै नै तितो रह¥यो तर त्यहि तिक्तताबाट नै मैले जिवनमा अनगिन्ति आशिषहरु पाए, परमेश्वरले मलाई उहाँको कामको लागी चुन्नुभएको रहेछ भन्ने कुराको महशुस गरे ।एक समय विश्रामको (शनिबार) दिन थियो म मण्डली जाने विचार गर्दै थिए तर जाउ कि नजाउ भन्ने कुराको दोसाध परे कारण वर्ष भरिको भौतिक ऋतुहरुको घुम्ने क्रममा सायद त्यो समयको पालो चाहि वर्षा ऋतुको थियो जस्को कारण कहिले अल्प ,कहिले खण्ड त कहिले भिषण वर्षा को दोहोरि चलिरहेको थियो ।  अहिले भन्दा करिब २८ वर्ष अघिको काठमाडौको बाटो कस्तो थियो भन्ने कुरा हजुरहरुलाई त थाहा नै होला । अहिले को परिस्थिति मा त बाटाघाटोको अवस्था नाजुक छ भने झन त्यो वेलाको बाटोको अवस्था त कल्पना गरि साध्य नै थिएन । जताततै खाल्डा खुल्डी, हिलो त्यसमाथी पानी जमेको, सबल व्यक्तिहरु त लगाएको लुगा उचाली उचाली उफ्रन्दै हिड्दथ्यो भने म त झन चार पाँग्राको भरमा गुड्नु पर्ने मान्छे के गरौ र कसो गरौ भनि ठुलो दुविधामा परे तर अन्त्यमा मैले जाने निर्णय गरे । म कुनै सभा, आमसभा वा राजनैतिक भेला मा नेताहरुको झुटो आश्वासनले भरिएको मिठो भाषण सुन्नको निम्ति जान लागेको थिइन, म त परमेश्वरको जिवित वचनको रसपान गर्न जाने लागेको थिए तसर्थ मैले जसरी भए पनि जानै पर्छ भनि मनमा अठोट गरे र जानको लागी तयार भए । वर्षायामको त्यो झरिको समय त्यसमाथि बाटो दुर्रावस्थामा मेरो लागी कम चुनौतिको कुरा थिएन मण्डली जानको लागी, तर जसो तसो सकस गरेर भए पनि म मण्डली पुगेरै छाडे र मण्डली पुगे पश्चात आफैले आफैलाई यसो नियालेर हरेको त पुरै हिलाम्य नै भएको रहेछु भर्खर रोपाईबाट फर्केर आएको बाउसे जस्ते । आफनो अवस्था र मण्डलीको भौतिक संरचना अपाङ्गमैत्री नभएको कारण मैले मण्डली भित्र जाने आट गर्न सकिन तर मण्डली परिसरमा रहेका केहि असल मित्रहरुको सहयोगमा मण्डली भवनको द्धारमा रहेको खुडकिलो पार गर्न सफल भए र आफु सधै बस्ने ठाउँमा स्वयम आफनो व्हिलचियरलाई धकेल्दै गए, जादै गर्दा मण्डली परमेश्वरको महिमाको भजन मिठो शब्द र आवाजहरुले गुञ्जयमान थियो, जब ति महिमाका आवाजहरु मेरा कानमा परे मेरो मन निकै नै आनन्दित भयो र मण्डली आउदा बखतको मेरो सर्घष खुशी र आनन्दमा परिवर्तन भयो । मैले सबै कुरा विर्सिएर परमेश्वरमा आफनो ध्यान केन्द्रित गरे र उहाँ मा नै लिप्त हुन पुगे । परमेश्वर प्रतिको मेरो आनन्दको समय धेरै वेर टिक्न सकेन मेरो आनन्द क्षण भरमा नै निराशामा परिणत भयो कारण थियो मेरो व्हिलचियरको पाँग्रामा लागेको हिलो, जस्ले मण्डली भवन भित्रको महगो कार्पेटको धजिया उडाईरहेको थियो, कार्पेट भरि पुरै हिलो नै हिलो लागेको थियो फलस्वरुप मण्डलीका अगुवाहरुको अनुरोधमा म बाहिरीन पुगे र मण्डलीको द्धार अगाडी बसे । मन खिन्न भएको थियो नरमाईलो लागी रहेको थियो । आफुले आफैलाई मण्डलीको द्धार अगाडी बस्ने द्धारपाल जस्तै पो भएको महशुस गर्र्दैथिए । परमेश्वरको उपस्थितिमा जानुको साटो ढिलो आउने विश्वासीलाई जयमसिह भन्दै आराधनाको समय गयो । भेटीको समयमा पनि भेटी उठाउने व्यक्ति मकहाँ आएन । मेरो मन चिसोभई दुख्यो । मेरो पीडा सुन्ने कोही थिएन । वचन सुनें तर भवनभित्रबाट मुहार हेरेर सुनेको जस्तो स्वाद बाहिर नहुँदो रहेछ । बाहिर बसेर संगति गर्दा परमेश्वरप्रति घनिष्ठ नभएको महशुस भयो । कति मित्रहरु बाहिर बसेर वचन सुन्नुहुन्छ भनेर भन्थें । उनीहरुलाई मेरो पीडा व्यक्त गर्न सकिन । विश्वासीहरूले फुकालेको जुत्ता र चप्पल कुरेर बसेको अनुभव भयो । श्रीमती गोमा र छोरा विकासचाहिँ भवनभित्रै संगतिमा बसेको थिएँ ।वास्तवमा गल्ति कस्को थियो, हिलाम्य भएर व्हिलचियर सहित भित्र जाने मेरो कि मेरो अवस्था देखेर मलाई मण्डली बाहिर निकाल्ने मण्डली र मण्डली समुदायको, एक छिन त रनभुल्लमा परे । तर पछि मैले महशुस गरे कि गल्ति न मेरो थियो न त मण्डली समुदायको नै, गल्ति त केवल समय र परिस्थितिको थियो । मौसमले पनि मेरो अवस्था देखेर मलाई जिस्क्याईराको हो कि जस्तो पनि महशुस भयो र मनमनै सम्पुर्ण परिस्थितिको लागी परमेश्वरलाई धन्यवाद दिई प्रार्थना गरे । बेलुकीपख गोमालाई अब म संगति जान्न भनेर गुनासोसमेत पोखें । उनी पनि नाजवाफ हुन्थिन् । इमान्दारीसाथ भन्दा म केही हप्ता मण्डली गइँन । किन मण्डली नआएको कसैले सोधेन साथै प्रार्थना गर्न कोही पनि आएन । मण्डली नगएकोले म अझ निराशा भएँ । शनिवारको दिन आउँदा, र चर्च नजाँदा, घरमै बसेर स्तुति प्रशंसा गर्दा छुट्टै प्रकारको अनुभव गरें । आफै एक्लै बसेर परमेश्वरको प्रशंसा गर्दा पनि टाढा भएको महशुस हुन थाल्यों । स्वर्गीय सहायता नभएपछि जीवनमा मानवीय सोच, भावना, विचार र सिद्दान्तले किच्दो रहेछ । परमेश्वरको महिमा गर्न पनि गाह«ो हुने अवस्था आयो । प्रेरित १६ः१५ मा यहूदीहरूले पावल र सिलासलाई लगाएको दोषजस्तै मैले पनि महशुस गरें । उनीहरूको खुट्टामा ठिँगुरा ठोकेको जस्तै मेरा खुट्टा थिए । यस्तो विषम परिस्थितिमा अति अचम्म परमेश्वरको भजन गाएर प्रशंसा गरेको देख्दा मलाई हौसला मिल्यो । आशुसहित, चोट र पीडा सहित नजिकै मण्डली खोज्दै हिँडें तर कोही टाढा, कोही अपाङ्गता मैत्री नहुँदा घरमै थन्किनुको अरू कुनै विकल्प नै थिएन ।यस्तो अपाङ्गता भएको व्यक्तिको अप्ठ्यारो, समवेदना र यथार्थ केवल येशू बाहेक कोहीले बुझ्न सक्दैन । येशूले भन्नुभएको वचन याद आयो, “मानिसको पुत्रको शिर राख्ने ठाउँ छैन ।” तर मेरो त परिवार र घर त परमेश्वर दिनुभएको छ । हाल्लेलूयाह ! दुर्बलता, कमजोर, दुःख, पीडाको बीचमा पनि परमेश्वरबाट टाढा हुन नसकिँदो रहेछ । व्हिलचियरमा हिलो लाग्नु मेरो केही दोष थियो र ? यस्ता प्रश्नहरू सुत्ने बेलामा तरङ्गित भइरहन्थ्यो । सुत्ने बेलामा हाल्लेलूयाह ! भनेर सुत्ने बानी परिसकेको थियो ।  कसैले तिम्रो निम्ति प्रार्थना गरिदिन्छु भन्दा ठूलो आनन्द र राहत मिल्थ्यो । मेरो पूरा केन्द्र विन्दु नै येशू ख्रीष्ट बन्नुभयो । भजनसंग्रह ३४ः१ मा भने जस्तै हर समय म परमप्रभुको प्रशंसा गर्नेछु । यस्तै मेरो जीवनमा सार्थक भयो । दुःखको पहाड खडा हुँदा पनि उहाँलाई नै पहिलो स्थान दिएँ । जसले गर्दा गहिरो र साँचो प्रार्थना गर्न सिकाउनुभयो । फलस्वरूप प्रार्थनाको उत्तर प्रशस्त पाएँ । मन मात्र कहाँ दुख्दो रहेछ ! परमेश्वरले क्षमा दिने मन पनि दिनुभयो । अग्निबाण हान्ने मित्रहरूप्रति पनि एफिसी ५ः२० अनुसार धन्यवाद, क्षमा र माया झन् बढी नै आयो । कठिनाइ र बिषम परिस्थितिले सुन जस्तै खारिएँ । अरूलाई भलाई गर्न छोडिनँ । फलस्वरूप परमेश्वरले सेवकाइ गर्ने ढोकाहरू खोलिदिनुभयो । आजभोली व्हीलचियर गुड्ने मण्डली र सडक निर्माण भइसकेका छन्, हुने क्रममा पनि छन् । परमेश्वरलाई नै महिमा होस् । नकरात्मक सोच पालेर बस्दा आफैं यसको सिकार हुन्छौं साथै शैतानको मन पर्दो हतियार र मित्र हुन्छौं । यस्तो अवस्थामा येशूको रगतले स्वतन्त्रता हुनु अनिवार्यता हो । उहाँप्रति समर्पणताले आत्मिक खुड्किलो चढ्न अझै सहज हुन्छ भन्ने मेरो पक्का विश्वास छ । रोमी १ः१८, २ कोरिन्थी ४ः४, यर्मिया १७ः९–१०, भजनसंग्रह ८ः९, ७१ः१४ ।भूतआत्माहरू र मृतलोकमा जानेहरू परमेश्वरको महिमा कहिल्यै गर्दैनन् (भजनसंग्रह १५ः१७) । परमेश्वरको महिमा नगर्नु नर्कमा पु¥याउने नकरात्मक सोच हुन् । पाप ख्रीष्टप्रतिको विरोध हो । कतिले पापलाई आश्रय दिएकै कारण ख्रीष्टमा विरोधाभास अनुभव र्गछन् । यस्ता सोचहरूबाट ग्रस्त व्यक्तिहरूको शब्द, विचार र व्यवहार निम्नस्तरको हुन्छ । परमेश्वरको महिमा गर्न येशूको विचार लिनु पर्दछ । उहाँलाई नै महिमा दिन हृदय तयार हुन्छ । आमेन् ! कर उठाउने व्यक्तिको पापको स्वीकारोक्तीले उसको परमेश्वर खोजीको अन्त भयो । यस्तै आज पनि यो सिलसिला निरन्तर चलिरहेको छ कारण पापले पोल्छ, पोलेको ठाउँमा निको हुन चाहन्छ फलस्वरूप परमेश्वरलाई चिन्छ, मुक्ति पाउँछ र परमेश्वरको प्रशंसा गर्दछ । यस्तै म एक शारीरिक अपाङ्गता तर ख्रीष्टमा एक आत्मिक सिपाही । मैले मानिसहरूलाई खुसी पार्न खोज्दा झण्डै परमेश्वरलाई नै बिर्सेको थिएँ । कसरी मानिसहरूलाई पछ्याउने ? कसरी आफ्नो सुख दुःख मिलाउने भनी एकोहोरो लागि रहें साथै भौतिक आवश्यकता र संसारप्रतिको जीवनलाई कसरी सहज हुनसक्दछ भन्ने कुरामा लागिरहँे । परमेश्वरलाई खुसी बनाउने भन्ने ज्ञान नै भएन । मानिसलाई खुसी बनाउँदा भौतिक लाभ त होला तर आत्मिक धरहरा महाभूकम्पले भत्किएको धरहरासरह हुनेरहेछ । धेरै वर्ष यस्तै मेरो हालत थियो । पास्टर, अगुवा र धनी मानिसहरूलाई खुसी तुल्यान समय बर्बाद पारँे । तर आज परमेश्वरको वचनबाट सिकें र बुझें । परमेश्वरलाई महिमा होस् । ख्रीष्ट हाम्रो एक मात्र केन्द्रित विन्दु हुुनुहुन्छ ।संसारको सोच र लहलहैमा लाग्दा मनोवृत्ति पनि संसारतिर केन्द्रित हुने रहेछ । यसमा लाग्दा अरूलाई दोषी देख्ने, सांसारिक लक्षणहरू देखा पर्न थाल्दछ, रिस उठ्ने, शंका गर्ने, सधैँ अपुग हुने, चर्च जान मन नलाग्ने, बाइबल पढन नलाग्ने पक्का रहेछ । यस्ता नकारात्मक सोचविचार त्यागेर ख्रीष्टको अधिनतामा बस्यौं भने परमेश्वरले स्वतन्त्रता दिनुहुन्छ जसले गर्दा परमेश्वरको महिमा, स्तुति प्रशंसा गर्न सक्छौं । येशूलाई सम्झनु भनेको आफ्नो भुल र गल्तीलाई देख्नु पनि हो ।

  • Koshbilash Adhikari

Related Articles

Back to top button